२०२३
पवित्र आत्माका लागि आफ्नो हृदय खोल्नुहोस्
अप्रिल २०२३


“पवित्र आत्माका लागि आफ्नो हृदय खोल्नुहोस्,” युवाहरूको शक्तिका लागि, अप्रिल २०२३ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, अप्रिल २०२३

पवित्र आत्माका लागि आफ्नो हृदय खोल्नुहोस्

यस इस्टरको अवसरमा, म स्वर्गमा रहनुहुने हाम्रो पितालाई उहाँको प्रिय पुत्रको उपहारका लागि धन्यवाद दिन्छु, जो हाम्रो उद्धारकर्ता हुन स्वेच्छाले पृथ्वीमा आउनु भयो । उहाँले हाम्रा पापहरूका लागि प्रायश्चित गर्नुभयो र पुनरुत्थानमा उठ्नुभयो भनेर बुझ्न पाउँदा म कृतज्ञ छु । उहाँको प्रायश्चितका कारणले, म कुनै दिन एक मायालु परिवारमा सदैव जिउनका लागि पुनरुत्थान हुन सक्छु भनेर बुझेकोमा हरेक दिन म धन्य छु ।

म ती विषयहरू हामी हरेकले जान्न सक्ने एउटै मार्ग द्वारा जान्दछु । पवित्र आत्माले मेरो मस्तिष्कर हृदयसँग बोलेको छ कि तिनीहरू सत्य छन्—एक पटक मात्र होइन तर बारम्बार ।

हामीसँग एक साथीका रूपमा पवित्र आत्माको अमूल्य प्रतिज्ञा छ । हाम्रो दायित्व जीवनभर पवित्र आत्माद्वारा निरन्तर आध्यात्मिक निर्देशन र सान्त्वना प्राप्त गर्न हाम्रो हृदय खोल्ने छनोट गर्नु हो ।

छवि
फूल

एमिली ई. जोन्सद्वारा चित्रण

पहिलो रोजाइ भनेको परमेश्वरसामु विनम्र तुल्याउनु हो ।

छवि
प्रार्थना गरिरहेका हातहरू

दोस्रो भनेको परमप्रभु येशू ख्रीष्टमा आस्थाका साथ प्रार्थना गर्नु हो ।

छवि
दिशा-निर्देशक यन्त्र

तेस्रो भनेको दुरुस्तै पालनागर्नु हो ।

छवि
मुटुको आकार

अनि चौथो भनेको अरूहरूका आवश्यकताहरू र हृदय बुझ्न र परमप्रभुका लागि तिनीहरूलाई कसरी सहयोग गर्ने भनेर बुझ्न प्रार्थना गर्नु हो ।

म मेरो सारा हृदयले प्रार्थना गर्दछु कि तपाईंहरूले आत्माको आवाज सुन्नुहुने छ, जुन तपाईंलाई उदारतापूर्वक पठाइएको छ । अनि म प्रार्थना गर्दछु कि तपाईंहरूले आत्मालाई प्राप्त गर्नका लागि सदैव आफ्नो हृदय खोल्नुहुने छ कि तपाईंहरूसँग उहाँलाई तपाईंहरूका साथीका रूपमा निरन्तर रूपमा प्राप्त गर्दा तपाईंहरूले आनन्द प्राप्त गर्न सक्नुहुने छ ।

प्रिन्ट गर्नुहोस्