२०१०–२०१९
उहाँको आत्मा तपाइँहरूसंग रहोस्
अप्रिल २०१८


उहाँको आत्मा तपाईहरूसँग रहोस्

म सम्पूर्ण हृदय देखि प्रार्थना गर्छु कि तपाईले पवित्र आत्माको आवाजलाई सुन्नुहुने छ, जुन तपाइलाई उदारतापूर्वक पठाईएको ।

मेरा दाजुभाइ र दिदीबहिनीहरू, म प्रभुको विश्रामको दिनमा, यो इस्टरको दिनमा उहाँको चर्चको साधारण सम्मेलनमा बोल्न पाउँदा धेरै आभारी छु| म हाम्रो स्वर्गीय पितालाई उहाँको पुत्र येशू ख्रीष्टका लागी धन्यबाद दिन्छु जो स्वेच्छाले हाम्रो उद्धारकर्ता भएर आउनुभएको छ | म यो थाहा पाउँदा आभारी छु कि उहाँले हाम्रा पापहरूका निम्ति प्रयाश्चित्त गर्नुभयो, र पुनरुत्थानमा उठ्नुभयो| प्रत्येक दिन त्यस ज्ञानका निम्ति आभारी छु कि उहाँको प्रयाश्चित्तका कारणलेएक दिन म पनि सदाका निम्ति एक परिवारमा जिउन पुनारुत्थान हुनसक्छु|

हामीमध्य कसैले पनि थाहा पाउने एउटा मात्रै तरिकाबाट मलाई ती कुराहरू थाहा भएका हुन्| पवित्र आत्माले एक चोटी मात्र हैन धेरै पटक मेरो मस्तिष्क र हृदयमा भनेका छन् की ती सत्य छन्| मलाई त्यो शान्त्वनाको निरन्तर आवश्यक परेको छ| मेरो जीवनमा हामी सबैले दुखको अनुभव गर्दछौँ जुन बेलामा आत्माको आश्वासन आवश्यक पर्छ | मैले एक दिन त्यो अनुभव गरेँ जुन दिन म मेरो बुवाको साथ अस्पतालमा उभिएको थिएँ| हामीले मेरी आमाले अन्तिम सास लिनुभएको हेर्यौं| जब हामीले उहाँको अनुहारमा हेर्यौं, पिडा हराएपछि उहाँ मुस्काउनुभयो| केहि मौन क्षण पछि, मेरो बुवा पहिला बोल्नुभयो | उहाँले भन्नुभयो, “एउटी सानी केटि उनको घर गएकी छिन्”

उहाँले सानो स्वरमा भन्नुभयो| उहाँ सान्त हुनुहुन्थ्यो| उहाँले आफुलाई थाहा भएको सत्य कुरा जानकारी गराउनु भएको थियो| उहाँले केहि नबोली आमाका व्यक्तिगत कुराहरू बटुल्न थाल्नुभयो| हाम्रो आमाको सेवा गर्ने नर्सहरू र डाक्टरहरू सबैलाई धन्यबाद दिन उहाँ हलमा निस्कनुभयो|

मेरो बुवाले त्यो क्षण त्यो अनुभव गर्न, त्यो थाहा पाउन र त्यो गर्न उहाँसँग पवित्र आत्माको साथ् थियो| उहाँले अरुले जस्तै वाचा प्राप्त गर्नुभएको थियो: “ता कि उनीहरूसँग उहाँको आत्मा हुनेछ” (सि. र क. २०:७९)

आज मेरो आशा तपाईहरूको पवित्र आत्मा प्राप्त गर्ने चाहना र क्षमताको वृद्धि गर्नु हो| सम्झनुहोस्, उनी इश्वरीय परिषदका तेस्रा सदस्य हुन्| पिता र पुत्र पुनारुत्थित सदस्य हुनुहुन्छ| पवित्र आत्मा आत्माका व्यक्ति हुन् |D&C १३०:२२.) उनलाई प्राप्त गर्ने र आफ्नो हृदय र मस्तिष्कमा उनलाई स्वागत गर्ने तपाईहरूको छनोट हो|

त्यो स्वर्गीय आशिष प्राप्त गर्न आवश्यक सर्तहरू प्रत्येक हप्ता बोलिने तर कहिलेकाँही मात्र हामीलाई घचघच्याउने वचनहरूमा स्पष्ट छन् | आत्मालाई हामीमा पठाईनका लागि हामीले मुक्तिदातालाई “सदैव सम्झनु” पर्छ र “उहाँका आज्ञाहरू पालना गर्नुपर्छ” (सि. र क. २०:७७)

बर्षको यो समयमा हामीलाई मुक्तिदाताको बलिदान र उहाँको चिहानबाट पुनारुत्थित व्यक्तिका रुपको उठाईलाई सम्झन सहयोग मिल्छ| ती दृश्यहरूलाई हामीमध्ये धेरैले आफ्ना सम्झनामा राख्छौँ | म मेरी श्रीमती सहित एक पटक येरूशालेमको एउटा चिहान बाहिर खडा थिएँ| धेरैले विश्वास गर्छन् कि त्यो चिहानबाट नै क्रुसमा टाङ्गिनुभएका मुक्तिदाता एक पुनारुत्थित र जिउँदो परमेश्वर भएर निस्कनुभएको थियो |

हाम्रो गाइडले सम्मानपुर्वक हातले हामी तर्फ इसारा गरे र हामीलाई भने, “आउनुहोस्, हेर्नुहोस् एउटा रित्तो चिहान ।”

हामी प्रवेश गर्नलाई निहुरियौँ | हामीले भित्ताको आडमा एउटा ढुङ्गाको बेन्च देख्यौँ | तर मेरो मानाश्पटलमा भने अर्को चित्र आयो, त्यस दिन देखेको जस्तै बास्तविक थियो | यो मरियमको थियो, जसलाई प्रेरितहरूद्वारा चिहानमा छाडिएको थियो| म आँफै त्यहाँ उपस्थित भएजस्तै गरि स्पष्ट हुनेगरि मलाई आत्माले त्यो दिन मेरो मानाश्पटलमा देखायो र सुनायो;

“तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन् | तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्|

“र जहाँ प्रभुको मृत शरीर राखिएको थियो, त्यहाँ सेता वस्त्र लाएका दुइ स्वर्गदुतहरूलाई देखिन्, एउटा शिरतिर र अर्का पाउतिर बसिरहेको |

“अनि उनीहरूले तिनीलाई भने, “नारी, किन रुन्छ्यौ?” तिनीले उनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगेछन, र उहाँलाई कहाँ राखेका छन्, मलाई थाहाछैन |

“अनि यी कुराहरू भनेर तिनी पछिल्तिर फर्किन्, र तिनले येशूलाई उभिरहेको देखिन्, तर त्यो येशू हुनुहुन्छ भनी चिनिनन्|

“येशूले तिनलाई भन्नुभयो, “नारी तिमी किन रुँदैछौ ? कसलाई खोज्छौ ?” तिनीले उहाँलाई माली भन्ठानेर भनिन्, “सर तपाईले उहाँलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्नुभएको छ मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु|”

“येशूले तिनलाई भन्नुभयो, “मरियम”, तिनले फर्केर उहाँलाई हिब्रुमा भनिन्, “रब्बोनि”, अर्थात, “हे गुरुज्यू”

“येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैन| तर मेरा भाइहरूकहाँ गएर उनीहरूलाई भनिदेऊ, “मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ गइरहेकोछु” ((यूहन्ना २०:११-१७)

मरियमले र एम्म्याउसको बाटोमा पुनारुत्थित उद्दारकर्तासँग हिड्दा अरू दुइ प्रेरितहरूले गरेको अनुभवको सानो अंश अनुभव गर्न पाउन मैले प्रार्थना गरेको थिएँ ।

“तर उनीहरूले उहाँलाई यसो भनेर कर खाए, “हामीसँगै बस्नुहोस, किनकि साँझ पर्नै लाग्यो, र दिन धेरै ढल्किसकेको छ|” अनि उहाँ तिनीहरूसँग बस्नलाई घरभित्र पस्नुभयो|

“अनि यस्तो भयो, जब येशू तिनीहरूसँग खान बस्नुभयो उहाँले रोटि लिएर आशिर्बाद दिनुभयो र भाँचेर तिनीहरूलाई दिनभयो ।

“अनि तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने| अनि उहाँ तिनीहरूका दृष्टिबाट गायब हुनुभयो |

“अनि तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा, र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?” (लुका २४:२९-३२) ।

यी मध्ये केहि शब्दहरू आज भन्दा ७० बर्ष अगाडी म उपस्थित भएको एक प्रभुभोजमा दोहोर्याइएको थियो| ती दिनहरूमा प्रभुभोज साँझमा हुने गर्थ्यो| बाहिर अँध्यारो थियो| सङ्गतिले यी परिचित वचनहरू गायो| मैले ती शब्दहरू धेरै पटक सुनेको थिएँ| तर मेरो सम्झनामा धेरै लामोसम्म रहेको अनुभव एक विशेष रातको थियो| यसले मलाई मुक्तिदाताको नजिक तान्छ| हुनसक्छ यदि मैले यसलाई पढेँ भने हामी सबैलाई फेरी याद आउन सक्छ:

मसँग बस्नुस्, साँझ पर्दैछ|

दिन ढल्केर गैसक्यो|

साँझको छाँया ढल्दैछ |

रात आउँदैछ |

मेरो हृदयमा एक प्यारो पाहुना,

मेरो घरमा बस्नुहुन्छ|

मसँग बस्नुस्, साँझ पर्दैछ|

हजुरको मसङ्गको हिंडाइले आज

मेरो हृदयमा भित्र बालेको छ|

जब मैले तपाइँसँग बोले,

हजुरका बचनले मेरो हृदय भरेको छ|

र मलाइ हजुरको समिपमा राखेको छ|

हे मुक्तिदाता, यो रात मसँग बसिदिनुस्|

हेर्नुहोस, साँझ पर्दैछ|

हे मुक्तिदाता, यो रात मसँग बसिदिनुहोस् ;

हेर्नुहोस्, साँझ पर्दैछ|

घटनाहरुको सम्झनाभन्दा पनि पवित्र आत्माले हाम्रो हृदयलाई छोएर सत्यको पुष्टि गरेको सम्झना बढी अन्मोल हुन्छ | हाम्रा आँखाले देख्नु अथवा पढिएका र बोलिइएका वचनहरूलाई सम्झनु भन्दा पनि अझ बढी अनमोल आत्माको शान्त आवाजको साथमा आएका भावनाहरूलाई सम्झनु हुन्छ | कहिलेकाँही मैले एम्म्याउस जाने बाटोका यात्रुहरुले जस्तै महसुस गरेकोछु - मुटुमा कोमल तर अज्ञात रुपमा बलेको जस्तै । धेरैजसो यो ज्योति र शान्त आश्वासनको अनुभव हो |

हामीसँग पवित्र आत्माको साथ पाउने अनमोल वाचा छ र यो उपहारलाई कसरी दावा गर्ने भन्ने सत्य निर्देशनहरू पनि हामीसँग छन् | हाम्रो शिरमाथि हात राखेर प्रभुको अधिकार पाएका उहाँका सेवकद्वारा यी वचनहरू उच्चारण गरिन्छ: पवित्र आत्मा प्राप्त गर| त्यो क्षणमा, हामीलाई भरोसा दिइएको छ कि उहाँलाई पठाइनेछ| तर हाम्रो कर्तव्य यो हो कि हामीले हाम्रो जीवनभर आफ्नो हृदयको ढोका खोलेर उनको सेवाकाइलाई स्विकार्न छनोट गर्नु हो |

अगमवक्ता जोसेफ स्मिथका अनुभवहरूले बाटो देखाउँछन्| उहाँले कुन बाटो रोज्नुपर्छ भन्ने निर्णय गर्न आफुसँग भएको ज्ञान पर्याप्त छैन भन्ने निर्णयबाट आफ्नो सेवाकाइसुरु गरि निरन्तरता दिनुभयो | उहाँले परमेश्वर अगाडी विनम्र हुने रोज्नुभयो|

अर्को, जेसेफले परमेश्वरलाई सोध्ने निर्णय गर्नुभयो| उहाँले परमेश्वरले उत्तर दिनुहुन्छ भन्ने आस्थाका साथ प्रार्थना गर्नुभयो| उहाँ कलिलो उमेरको छँदा नै उत्तर आयो| जोसेफलाई परमेश्वरले आफ्नो चर्च कसरी स्थापित गर्नुहुन्छ भन्ने ज्ञानको आवश्यक परेको समयमा ती सन्देशहरू आए| पवित्र आत्माले उहाँलाई उहाँको जीवनभरि शान्त्वना र बाटो देखानुभयो |

कठिन भएको समयमा उहाँलेप्रेरणा पालना गर्नुभयो| उदाहरणका लागि, उहाँलाई बाह्रको अत्यन्त जरुरि भएको बेला उहाँले उनीहरूलाई बेलायतमा मिसनमा पठाउनेनिर्देशन पाउनुभयो थियो| उहाँले उनिहरुलाई पठाउनुभयो|

जब उहाँलाई जेलमा हलिएको थियो र सन्तहरूअत्यन्तै दमनमा परेका थिए, उहाँले आत्माबाट सच्याउने काम र सान्त्वनालाई स्वीकार्नुभयो । अनि उहाँले ज्यानकै खतरा छ भनि थाहा हुँदाहुँदैकार्थेजको बाटोमा गई आज्ञाकारी हुनुभयो

अध्यक्ष योसेफ स्मिथले कसरी पवित्र आत्माद्वारा निरन्तर आत्मिक निर्देशन र सान्त्वना प्राप्त गर्ने भन्ने उदाहरण दिनुभयो ।

उहाँले प्रथमत: परमेश्वर अगाडी विनम्र हुन रोज्नुभयो|

दोस्रो थियो प्रभु येशू ख्रीष्टमा आस्थाका साथ प्रार्थना गर्नु|

तेस्रो थियो भनिए जस्तै गरि पालना गर्नु| आज्ञाकारिता भन्नुको अर्थ तुरुन्तै गर्नु हुनसक्छ| यसको अर्थ तयारि गर्नु पनि हुन सक्छ| अर्थात यसको अर्थ धैर्यताका साथ् अरू प्रेरणाका लागि प्रतीक्षा गर्नु पनि हुन सक्छ|

अनि चौथो हो अरुको आवश्यकतार हृदयलाई र प्रभुका निम्ति उनीहरूलाई कसरी सहयोग गर्ने भनि बुझ्नु प्रार्थना गर्नु हो| जोसेफले आँफू कारागारमा हुँदा दुखमा परेका सन्तहरूका निम्ति प्रार्थना गर्नुभयो| परमेश्वरका अगमबक्ताहरूले प्रार्थना गरेको, प्रेरणाका निम्ति विन्ती गरेको, निर्देशन प्राप्त गरेको र ती निर्देशन पुरा गरेको देख्न मैले धेरै अवसरहरू पाएको छु|

उहाँहरूका प्रार्थना प्रायास: उहाँहरूले माया गर्ने र सेवा गर्ने व्यक्तिहरूका बारेमा भएको देख्न पाएको छु| उहाँहरूको अरूप्रतिको चिन्ताले उहाँहरूको हृदयलाई प्रेरणा प्राप्त गर्नका निम्ति खोल्दछ| त्यो तपाईहरूका निम्ति पनि सत्य हुन सक्छ|

प्रेरणाले हामीलाई प्रभुका निम्ति अरूको सेवा गर्न सहयोग गर्छ| तपाइँहरूले आफ्नो अनुभवमा त्यो देख्नुभएको छ जसरी मैले देखेको छु| मेरो बिशपले मलाई भन्नुभयो—मेरी श्रीमती आफ्नो जीवन एक ठूलो दुखमा भएको बेलामा—“जति पटक हाम्रो वार्डमा कसैलाई सहयोगको आवश्यकता परेको छ भनी सुन्छु, जब म त्यहाँ पुग्छु, म तपाइकी श्रीमतीलाई मभन्दा पहिले पुगेको पाउँछु| उहाँले कसरी गर्नुहुन्छ?”

उनी प्रभुको अधिराज्यमा भएका महान सेवकहरू जस्तै छिन्| मलाई यस्तो लाग्छ कि उनीहरूले दुइ काम गर्छन्| ती महान सेवकहरूले पवित्र आत्माको प्रायस: निरन्तर साथ् पाएका हुन्छन्| अनि उनीहरूले ख्रीष्टिय प्रेम उपहारका लागि योग्य भएका हुन्छन्, जुन ख्रीष्टको पवित्र प्रेम हो | प्रभुको प्रतिको प्रेमका कारण उनीहरूले सेवामा ती उपहारको प्रयोग गरेको हुनाले उनीहरूमा त्यसको वृद्धि भएको छ |

कसरी प्रार्थना, प्रेरणा, प्रभु प्रतिको प्रेम हामीले गर्ने सेवामा एकसाथ काम गर्छन् भन्ने यी वचनहरूमा मेरा लागि पूर्णरुपमा व्याख्या गरिएकोछ :

“तिमीहरूले मेरो नाममा केहिपनि माग्यौ भने म गरिदिनेछु|

“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालना गर्नू|

“र म पितासँग बिन्ति गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ|

“यिनी सत्यको आत्मा हुनुहुन्छ; जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न त चिन्छ : तर तिमीहरूले उहाँलाई चिन्छौ; किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुन्छ|

“म तिमीहरूलाई टुहुरो छाड्नेछैन| म तिमीहरूकहाँ आउनेछु|

“अब केहि समयपछि, संसारले मलाई कहिल्यै देख्नेछैन; तर तिमीहरूले मलाई देख्नेछौ: म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ|

“त्यस दिन तिमीहरूले जान्नेछौ कि म मेरो पिता छु, र तिमीहरू ममा र म तिमीहरूमा छु|

“मलाई प्रेम गर्ने त्यहि हो जससँग मेरा आज्ञाहरू छन् र ती पालना गर्दछन्, अनी मलाई प्रेम गर्नेलाई मेरो पिताले प्रेम गर्नुहुनेछ र म त्सलाई प्रेम गर्नेछु, र म आँफैलाई त्यसकहाँ प्रकट गर्नेछु” (यूहन्ना १४:१४-२१) ।

म मेरो गवाही दिन्छु कि पिता यस समयमा तपाइँका बारेमा, तपाइँका भावनाका बारेमा, र तपाइँ वरिपरिका प्रत्येकको आत्मिक र भौतिक आवश्यकताका बारेमा चिन्तित हुनुहुन्छ| म गवाही दिन्छु कि पिता र पुत्रले पवित्र आत्मा ती सबैलाई पठाइरहनुहुन्छ जोसँग त्यो उपहार छ, त्यो आशिषका निम्ति विन्ती गर्छन्, र त्यसका निम्ति योग्य हुन खोज्छन् | न त पिता, न त पुत्र, न त पवित्र आत्मा आँफै तपाईहरूको जीवनमा बलजफ्ती आउनुहुन्छ| हामी रोज्नलाई स्वतन्त्र छौँ | प्रभुले हामी सबैलाई भन्नुभएको छ:

“हेर म ढोकामा उभिएर ढकढक्याउँछु: कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन गर्नेछु. र त्यसले मसँग भोजन गर्नेछ |

“जसले विजय गर्छ उसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आँफैले पनि विजय गरे र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु|

“जसको कान छ उसले सुनोस्, पवित्र आत्माले जे भन्नुहुन्छ त्यो सुनोस् |” (प्रकाश ३:२०-२२)

म मेरो सम्पूर्ण हृदयले प्रार्थना गर्दछु कि तपाइँहरूले त्यस्तो दयाका साथ पठाइएको आत्माको आवाजलाई सुन्नुहुनेछ | अनि म प्रार्थना गर्छु कि तपाईहरूले सदैव उहाँलाई प्राप्त गर्न आफ्नो हृदयलाई खुल्ला राख्नुहुनेछ| सच्चा नियतले र येशू ख्रीष्टमाथिको आस्थाका साथ यदि तपाइँहरूले प्रेरणाका निम्ति विन्ती गर्नुभयो भने तपाईहरूले त्यसलाई प्रभूको तरिकामा र उहाँकै समयमा प्राप्त गर्नुहुनेछ| परमेश्वरले कलिलो उमेरको जोसेफ स्मिथलाई त्यसै गर्नुभयो| उहाँले आज पनि हाम्रो जीवित अगमवक्ता, अध्यक्ष रसल एम. नेल्सनलाई पनि त्यसै गर्नुहुन्छ| परमेश्वरले तपाइँलाई उहाँका निम्ति अरू सन्तानहरूको सेवा गर्न उनीहरूलाई तपाइँको पथहरूमा राख्नुभएको छ | मैले आँखाले देखेकाले मात्र हैन तर अझ शक्तिसाली तरिकामा आत्माले सानो स्वरमा मेरो हृदयमा भनेको हुनाले मलाई त्यो थाहा छ ।

मैले पिता र उहाँ’को प्रिय पुत्रको यस संसारका परमेश्वरका सन्तानप्रतिको र आत्माका संसारमा भएका उहाँका सन्तानहरू प्रतिको प्रेमको अनुभव गरेकोछु| मैले पवित्र आत्माले दिने निर्देशन र शान्त्वनाको अनुभव गरेकोछु| म प्रार्थना गर्छु कि तपाइँहरूले पवित्र आत्माको निरन्तर साथबाट प्राप्त हुने आनन्द पाउनुहोस्| येशू ख्रीष्टको नाममा, आमिन|

नोटहरु

  1. “मसँग, रहनुहोस्, साँझ पर्दैछ” भजन नं. १६५

प्रिन्ट गर्नुहोस्