ऊ जो अन्त्यसम्म स्थिर रहन्छ, उसको उद्धार गरिनेछ
हामीले विश्वास गरेका र थाहा पाएका कुरामा हामी आज्ञाकारी होऔँ ।
प्यारा दाजुभाइ तथा दिदीबहिनीहरु, तपाईंहरु सामु मेरा केही विचारहरुहरु राख्ने सुअवसर पाएकोमा म धेरै आभारी छु।
धेरै वर्ष पहिले, मेरी श्रीमती र म सल्ट लेक सिटी अवस्थित चर्चको ऐतिहासिक संग्रहालयमा बालबालिकाको पारस्परिक प्रदर्शनको उद्घाटन समारोहमा उपस्थित भएका थियौँ । समारोहको अन्त्यमा, अध्यक्ष थमस एस. मन्सन हामी तर्फ आउनुभयो, अनि उहाँले हामीसँग हात मिलाउनु भयो उहाँले यसो भन्नुभयो, “सहनुहोस् अनि तपाईंले जित्नुहुनेछ – एक गहन शिक्षा र एक जसको सत्यता जुन अवश्य नै हामी सबैले पुष्टि गर्न सक्छौँ ।
येशू ख्रीष्टले हामीसँग वाचा गर्नुभएको छ कि “तर अन्तसम्म सहने रहने चाहिंले उद्धार पाउनेछ।”
सहनु भनेको “प्रलोभन,प्रतिरोध र विपत्तिको वावजूद पनि परमेश्वरका आज्ञाहरुप्रति सत्य रहने प्रतिज्ञामा अडिग रहनु हो।”
शक्तिशाली आध्यात्मिक अनुभव भएकाहरु र आस्थावान् सेवा दिएकाहरु पनि एक दिन भौतारिन सक्छन् र निस्कृय हुन सक्छन् यदि उनीहरुले अन्त्यसम्म सहेनन् भने। हामीले सधैं अनि निश्चितताका साथ हाम्रो मस्तिष्क र हृदयमा यो वचन राखौँ “मलाई यसो हुने छैन।”
जब येशू ख्रीष्टले कफर्नहुममा सिकाउनुभयो, “उहाँका चेलाहरु मध्ये धेरै जना पछि हटे अनि उहाँसँग फेरि हिंडडुल गरेनन्।
“त्यसपछि येशूले बाह्रजनालाई भन्नुभयो, के तिमीहरु पनि जानेछौ?”
म विश्वास गर्दछु कि आज येशू ख्रीष्टले हामी सबैलाई सोध्नुहुन्छ जसले उहाँसँग पवित्र करार गरेका छन्, “के तिमीहरु पनि जानेछौ?”
म प्रार्थना गर्दछु कि हामी सबैले अनन्तताले हाम्रा लागि के राखेको छ भन्ने गहन चिन्तनका साथ शिमोन पत्रुसले झैँ जवाफ दिनेछौं: “ हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा त हजुरसँग छन्।”
हामीले विश्वास गरेका र थाहा पाएका कुरामा आस्थावान् रहौं। यदि हामी हाम्रो ज्ञान अनुसार जिएका छैनौ भने, अब बदलिऔँ । पापीहरु जो आफ्ना पापमा अडिग रहन्छन्, र पश्चाताप गर्दैनन्, गन्दगीमा गहिरिदै जान्छन् तबसम्म जब सैतानले तिनीहरुलाई आफ्नो बनाउँदैन, पश्चात्ताप गर्ने, क्षमा पाउने र अनन्तताका आशीषहरुले अशीषित हुने सुअवसरलाई संकटमा पार्दै ।
मैले तिनीहरुबाट त्यस्ता धेरै सफाइहरु सुनेको छु जसले चर्चमा सक्रिय भइ सहभागी हुन छाडेका छन् र यस पृथ्वीमा हाम्रो यात्राको उद्देश्यको सही दुर्दर्शन गुमाएका छन्। म तिनीहरुलाई मनन गर्न र फर्किन अनुरोध गर्दछु किनकि कसैले पनि हाम्रा प्रभु, येशू ख्रीष्टसामु सफाइ दिन सक्ने छैनन् ।
जब हामीले बप्तिस्मा लियौँ हामीले करार गर्यौं—कुनै मानिससँग होइन तर मुक्तिदातासँग, “[आफूमा ] येशू ख्रीष्टको नाउँ लिदै, अन्त्यसम्म उहाँको सेवा गर्ने अठोट लिदै।”
प्रभुभोजमा सम्मिलित हुनु उहाँको सेवा गर्ने हाम्रो अठोट, हाम्रो आध्यात्मिक सहनशक्ति, र येशू ख्रीष्टमा हाम्रो आस्थाको वृद्धिलाई मुल्यांकन गर्ने एक महत्वपूर्ण तरिका हो।
शबाथको दिनमा गर्ने सबै भन्दा महत्वपूर्ण काम प्रभुभोज लिनु हो। परमप्रभुले आफु मर्नुभन्दा अगाडि आफ्ना प्रेरितहरुलाई यो विधि प्रतिपादन गर्नुभयो। उहाँले अमेरिकी महादेशमा पनि यसै गर्नुभयो। उहाँले हामीलाई भन्नुहुन्छ कि यदि हामीले यो विधिमा भाग लियौं भने, यो पिताका लागि एक गवाही हुनेछ कि हामी उहाँलाई सधैं सम्झन्छौं, र तदनुसार, उहाँले वाचा गर्न्नुहुन्छ कि उहाँको आत्मा हामीसँग हुनेछ।
सानो अल्माका छोरा शिब्लोनलाई दिइएको शिक्षामा हामी विवेकी सल्लाह र चेतावनी पाउछौँ जसले हामीलाई हाम्रा करारहरूमा आस्थावान् रहन सहयोग गर्दछ:
“यो हेर कि तिमी घमण्डमा उचालिएका छैनौ; हो, यो देख कि तिमी आफ्नो विवेकमा घमण्ड नगर, न त तिम्रो आफ्नो धेरै शक्तिमा।
“सहासको प्रयोग गर, तर दबाउने होइन; अनि यो पनि देख कि आफ्ना सबै आवेगहरुलाई नियन्त्रण गर, कि तिमी मायाले भरिय, यो देख कि तिमी अल्छिपनबाट बेवास्ता गर।”
धेरै वर्ष अघि, बिदाको समयमा, पहिलो पटक मलाई कायाक डुङ्गा चलाउन मन लाग्यो । मैले कायाक डुङ्गा भाडामा लिएँ, र अति उत्साहका साथ म समुन्द्रमा गएँ।
केही मिनेटपछि, एक छालले डुङ्गा उल्टाइदियो। धेरै मिहिनेतपछि डुङ्गा खियाउने बिँड एक हातमा लिँदै र डुंगा अर्को हातमा कायाक लिँदै मैले खुट्टा टेक्न सकेँ ।
मैले पून: डुङ्गा चलाउन खोजेँ, तर केही मिनेट पछि, डुङ्गा पून: पल्टियो। सफलता प्राप्त नगर्दा पनि मैले हठपूर्वक तबसम्म प्रयत्न गरिरह्यें जबसम्म कायाक डुङ्गा चलाउन जान्ने एकजनाले मलाई बाहिरी भागमा चिरा परेको कारण डुङ्गामा पानी भरिएकाले यो अस्थिर भई नियन्त्रण गर्न असम्भव भएको हुन सक्छ भन्ने कुरा बताएनन्। मैले डुङ्गा किनारमा घिसार्दै ल्याएँ र प्लग झिकें, वास्तवमा नै कायाकबाट धेरै मात्रामा पानी बाहिर निस्क्यो।
मेरो विचारमा हामी जीवनमा कहिलेकाहीँ मेरो डुङ्गाको चिरा जस्तै पापहरुलाई लिएर अघि बढ़छौँ जसले हाम्रो आध्यात्मिक प्रगतिमा व्यवधान सिर्जना गर्छ।
यदि हामीले आफ्ना पापहरुलाई निरन्तरता दिइरह्यौँ भने, हामीले परमप्रभुसँग गरेका करारहरू बिर्सनेछौँ, हामीले प्रगति गर्दैनौं किनभने ती पापहरुले हाम्रा जीवनमा असन्तुलन ल्याउँछ।
मेरो डुङ्गाको चिरा जस्तै, हाम्रो जीवनको चिराहरुको ख्याल गर्नुपर्दछ। केही पापहरुको पश्चात्तापका लागि अन्यको भन्दा धेरै नै मेहेनत आवश्यक छ।
तसर्थ हामीले आफूलाई सोध्नुपर्दछ: परमप्रभु र उहाँको कार्य प्रतिको हाम्रो धारणामा हामी कहाँ छौँ? के हामी पत्रुसले येशू ख्रीस्टलाई अस्विकार गरेको अवस्थामा झैँ छौँ? अथवा मुक्तिदाताबाट उनले पाएको महान् निर्देशन पछिको उनको धारणा र प्रतिवध्दता झैँ के हामी त्यो ठाउँमा पुगेका छौँ?
हामीले सबै आज्ञाहरुको पालना गर्ने प्रयास गर्नु पर्दछ र तिनमा बढी ध्यान दिनु पर्दछ जुन हाम्रा लागि साह्रै कठीन छन् । परमप्रभु हाम्रो पक्षमा हुनुहुनेछ, आवश्यक परेको बेलामा र कमजोरीमा हामीलाई सहयोग गर्नुहुँदै, र यदि हामीले साँचो इच्छा देखायौं र त्यसअनुसार कार्य गर्यौं भने उहाँले “कमजोर कुराहरुलाई बलियो बनाउनुहुनेछ ।”
आज्ञाकारिताले हामीलाई पापको परास्त गर्ने शक्ति दिन्छ। हामीले यो पनि बुझ्नुपर्छ कि धेरै पटक परिणाम थाहै नपाई आस्थाको परीक्षामा हामीले
म एक सुत्र सुझाव दिन्छु जसले हामीलाई अन्त्यसम्म सहन सहयोग गर्नेछ:
-
हरेक दिन प्रार्थना गर्नुहोस् र धर्मशास्त्रहरु पढ्नुहोस्।
-
हरेक हप्ता चूर्ण हृदय र पछुताएको आत्मा सहित प्रभुभोज लिनुहोस्।
-
आफ्नो दशांश र मासिक उपवास भेटी तिरौँ ।
-
हरेक दुई वर्षमा-युवाका लागि हरेक वर्ष-हाम्रो मन्दिर प्रवेशाज्ञा नवीकरण गरौँ ।
-
हाम्रो सम्पूर्ण जीवन परमप्रभुको सेवा कार्यमा समर्पित गरौँ ।
सुसमाचारको महान् सत्यता हाम्रो मस्तिष्कमा स्थिर रहिरहोस्, र हामीले आफ्ना जीवन बिना दरार राख्न सकौँ जसले यो जीवनको सागरमा हाम्रो सुरक्षित यात्रामा व्यवधान सिर्जना नगरून् ।
परमप्रभुको तरिकामा सफलताको एक मूल्य छ, र त्यो प्राप्त गर्ने एउटै मात्र उपाय छ त्यो हो मूल्य चुकाउनु।
म कति कृतज्ञ छु कि हाम्रा मुक्तिदाताले प्रायश्चित्तको महान् वलिदान पूरा गरेर अन्त्यसम्म सहनुभयो ।
उहाँले हाम्रा पापहरु, पीडाहरु, उदासी, वेदना, दुर्वलता, र त्रासहरु सहनुभयो, र त्यसैले हामीलाई कसरी सहयोग गर्ने, कसरी प्रेरित गर्ने, कसरी सान्त्वना दिने, र कसरी बलियो बनाउने भन्ने उहाँलाई थाहा छ ताकि हामी अन्त्यसम्म सहन सकौँ र त्यो ताज प्राप्त गर्न सकौँ जुन पराजित नहुनेहरुका लागि आरक्षित छ।
हामी हरेकका लागि जीवन फरक छ। हामी सबैमा परीक्षाको समय, खुशीको समय, निर्णय गर्ने समय, अवारोधहरुलाई परास्त गर्ने समय, र सुअवसरहरुको फाइदा लिने समय आउनेछ।
हाम्रो व्यक्तिगत अवस्था जस्तोसुकै भए तापनि म गवाही दिन्छु कि हाम्रो स्वर्गीय पिता निरन्तर भनिरहनु हुन्छ, “म तिमीलाई माया गर्छु म तिमीलाई सहारा दिन्छु म तिमी संगै छु। हार नमान। पश्चात्ताप गर र मैले देखाएको मार्गमा स्थिर रहौ। अनि म तिमीलाई विश्वास दिलाउँछु कि हामी एकअर्कालाई फेरि सेलेसटिअल राज्यमा भेट्नेछौँ ।” येशू ख्रीस्टको नाउँमा, आमीन।