पवित्र आत्मालाई तपाईको निर्देशकका रुपमा लिनुहोस्
येशू ख्रीष्टमा आस्था राख्नेहरुलाई कस्तो अतुलनीय उपहार आउँदछ । त्यो उपहार भनेको पवित्र आत्मा हो ।
यो इस्टर आइतबारको दिन, येशू ख्रीष्टको पुनरुत्थान र त्यो खाली चिहानमा हाम्रा बिचारहरु फर्कन्छन् जसले हरेक विश्वासीलाई प्राय निश्चित पराजय माथि ख्रीष्टको विजयमा आशा दिन्छ । म प्रेरित पत्रुससँगै विश्वास गर्छु की जसरी परमेश्वरले ख्रीष्टलाई मृत्युबाट ब्युँताउनुभायो त्यसरी नै हामीमा रहेको उहाँको आत्माद्वारा उहाँले हाम्रा मरणशील शरीरलाई ब्युँताउनुहुनेछ ।”
ब्युँताउनु भनेको जीवित पर्नु हो । जसरी ख्रीष्टले उहाँको पुनरुत्थानको शक्तिद्वारा हाम्रो शरीरलाई शारीरिक मृत्यु पछि जीवित पार्नुहुन्छ, त्यसरी नै उहाँले हामीलाई आत्मिक मृत्युबाट ब्युँताउन सक्नुहुन्छ। मोशाको पुस्तकमा हामीले आदम यो प्रकारको ब्युँताईमा परेको पढ्न सक्छौँ :“आदमले बप्तिस्मा लिनुभयो र परमेश्वरको आत्मा उहाँमा झर्नुभयो र त्यसरी उहाँ आत्माद्वारा जन्मिनुभयो र उहाँ भित्रबाट जीवित हुनुभयो ।”
येशू ख्रीष्टमा आस्था राख्नेहरुलाई कस्तो अतुलनीय उपहार आउँछ । नयाँ करारमा भने झैँ “ख्रीष्टमा जीवन” नै त्यो उपहार हो जुन् पबित्र आत्माले हामीलाई दिनुहुन्छ। तर के हामीले त्यस्तो उपहारलाई कहिलेकाँही सजिलै लिन्छौँ?
दाजुभाई तथा दिदीबहिनीहरु,निम्न अनुभवले देखाए जस्तै “ पवित्र आत्मालाई हाम्रो अगुवाको रूपमा पाउनु” भनेको असाधारण सुअवसर हो।
कोरियाको युद्दकालमा, एनसाइन फ्रान्क ब्लेरले जापानमा रहेको सिपाहीहरु ओसारपसार गर्ने पानी जहाजमा सेवा गर्नुभएको थियो । यो पानी जाहाजमाऔपचारिक पादरी राख्नका लागी पर्याप्त रूपमा ठूलो नभएको कारण जाहाजका क्याप्टेनले दाई ब्लेरलाई अनौपचारिक पादरी हुन भने किनभने उनले यी यूवा एक आस्थावान र सिद्धान्तमा चल्ने र चालक दलका सबैले सम्मान गर्ने व्यक्तिका रूपमा देखिएका थिए ।
एनसाइन ब्लेरले लेख्नुभयो: “हाम्रो जाहाज एउटा ठूलो आँधिमा फसेको थियो । छालहरु ४५ फिट (१४ मि) अग्ला थिए । मेरो हेर्ने पालो थियो, त्यही बेला हाम्रो तीनवटा इन्जिन मध्य एउटाले काम गर्न छाड्यो र जाहाजको मध्य भागमा चिरिएको खबर आयो । हामीसँग दुईवटा इन्जिनहरू बाँकि थिए जसमा एउटाले आधा शक्तिमा मात्र काम गरिरहेको थियो । हामी ठूलो समस्यामा परेका थियौँ ।
एनसाइन ब्लेरले आफ्नो पालो सकाएर सुत्न जाने तयारी गर्दै हुनुहुन्थ्यो जब कप्तानले उनको ढोका ढकढक्याउनुभयो । उहाँले सोध्नुभयो, “के तपाईले जाहाजका लागि प्रार्थना गर्न सक्नुहुन्छ ?” पक्कै पनि,एनसाइन ब्लेरले त्यसो गर्न स्वीकार्नु भयो ।
त्यो समयमा, एनसाइन ब्लेरले सामान्य रुपमा, “परमेश्वर पिता, हाम्रो जाहाजलाई आशिषित गर्नुहोस् र हामीलाई सुरक्षित राख्नुहोस्,” भन्दै प्रार्थना गरेर सुत्न जान सक्नुहुन्थ्यो। त्यसको सट्टामा, त्यो समयमा जाहाजको सुरक्षालाई सुनिस्चित गर्न उहाँले गर्न सक्नेकेही छ कि भनि प्रार्थना गर्नुभयो । दाई ब्लेरको प्रार्थनाको जवाफमा पवित्र आत्माले उहाँलाई पुलमा गएर कप्तानसँग कुरा गरी थप कुरा बुझ्न प्रेरित गर्नुभयो । उहाँले पत्ता लगाउनुभयो कि कप्तानले जाहाजका बाँकी इन्जिनहरु कति छिटो चलाउने भन्ने निर्धारण गर्दै हुनुहुन्थ्यो । एनसाइन ब्लेर फेरी प्रार्थना गर्न आफ्नो कोठामा जानुभयो ।
उहाँले प्रार्थना गर्नुभयो, “इन्जिनहरुको समस्या समाधान गर्न मैले कसरी सहयोग गर्न सक्छु ?”
जवाफमा पवित्र आत्माले भन्नुभयोकि थप जानकारी संकलन गर्नका लागि उहाँले जाहाजको वरिपरी हिड्नुपर्नेछ र अवलोकन गर्नुपर्नेछ। उहाँ फेरि कप्तानकहाँ फर्कनुभयो र देकको वरिपरी हिड्न अनुमति माग्नुभयो। त्यसपछि आफ्नो कम्मरमा लाइफलाइन बाँधेर त्यस आँधीमा बाहिर निस्कनुभयो।
जाहाजको पछाडीको भागमा उभिएर उहाँले जाहाज छालमाथि चढ्दा निस्किरहेका ठूला प्रोपेल्लारहरुलाई नियाल्नुभयो। एउटा मात्र काम गरिरहेको थियो र त्योपनि धेरै छिटो घुमिरहेको थियो । यी देखेपछि, एनसाइन ब्लेरले फेरि प्रार्थना गर्नुभयो । उहाँले प्राप्त गरेको स्पष्ट उत्तर यो थियो कि बाँकि रहेको राम्रो इन्जिनमा धेरै बल परिरहेको छ र त्यसको गति कम गर्नुपर्छ । त्यसैले उहाँ कप्तानकहाँ जानुभयो र त्यो सल्लाह दिनुभयो । कप्तान अचम्म पर्नुभयो र उहाँलाई भन्नुभयो कि जाहाजका इन्जिनियरले त्यसको ठ्याक्कै उल्टो सुझाव दिएका थिए – कि उनीहरुले आँधिलाई पराजय गर्न त्यो राम्रो चलिरहेको इन्जिनको गति बढाउनुपर्छ । तथापी, कप्तानले एनसाइन ब्लेरको सल्लाह मान्ने निर्णय गर्नुभयो र जाहाजको गति कम गर्नुभयो । बिहानीपख जाहाज शान्त पानीमा पुगिसकेको थियो ।
दुइ घण्टा पछि मात्र त्यो राम्रो इन्जिनले पूर्णरूपमा काम गर्न छाड्यो । बाँकि रहेको इन्जिनको आधि शक्तिले जाहाज खोच्याउदै पोर्टसम्म पुग्न सक्यो ।
कप्तानले एनसाइन ब्लेरलाई भन्नुभयो, “यदि हामीले त्यो इन्जिनको गति कम नगरेको भए हामीले त्यसलाई आँधिको बीचमा गुमाउने थियौँ ।”
इन्जिन बिना, जाहाज चलाउन सम्भव थिएन । त्यो जाहाज पल्टिन सक्थ्योर डुब्ने थियो। कप्तानले ती यूवा सन्त अफिसरलाई धन्यवाद दिनुभयो र एनसाइन ब्लेरका आत्मिक प्रेरणाहरु मान्नाले जाहाज र त्यसका यात्रुहरुको जिवन सुरक्षित भएको भन्ने विश्वास रहेको कुरा व्यक्त गर्नुभयो।
यो कथा केही नाटकीय छ । हामीले त्यस्तो खतरनाक अवस्था सामना गर्ने सम्भावना कम भएतापनि यो कथामा हामीले कसरी आत्माको निर्देशनलाई अझ बढी प्राप्त गर्न सक्छौँ भन्ने महत्वपूर्ण दिशानिर्देशहरु छन् ।
पहिलो, जब प्रकाशको कुरा आउँछ, हामीले हाम्रो जीवनलाई कसरी जिउने ताकि हामीले स्वर्गिय प्रेरणा पाउन सकौं। एनसाइन ब्लेर सफा र आस्थावान जिवन जिई रहनुभएको थियो । उहाँ आज्ञाकारी नभएकोभए जाहाजको सुरक्षाका लागि उहाँले गरेजस्तै प्रार्थना गर्ने र त्यस्तो विशिष्ट निर्देशन प्राप्त गर्ने त्यो आत्मिक साहस उहाँमा हुने थिएन । परमेश्वरबाट निर्देशन प्राप्त गर्नका लागि हामी हरेकले उहाँका आज्ञाहरुसँग हाम्रा जीवनहरु पङ्क्तिबद्धगर्ने प्रयास गरिरहेको हुनुपर्छ ।
कहिलेकाँही हामीले आत्माको प्रेरणालाई सुन्न सक्दैनौँ किनभने हामी योग्य हुँदैनौँ। पश्चाताप र आज्ञाकारिता नै स्पष्ट सन्देश प्राप्त गर्ने मध्यम हो । पुरानो करारमा पश्चाताप शब्दको अर्थ घुम्नु वा मोड्नुहो। जब तपाई परमेश्वरबाट टाढा भएको महसुस गर्नुहुन्छ, तपाईले मात्र पापबाट फर्किनेरमुक्तिदातासँग नजर मिलाउनेनिर्णय गर्नुपर्छ जहाँ तपाईलेउहाँलाई आफ्नो बाहु फैलाएर पर्खिरहनु भएको भेटाउनुहुनेछ । उहाँ तपाईलाई बाटो देखाउन उत्सुक हुनुहुन्छ र तपाई त्यो मार्गदर्शन पाउनबाट एउटा प्रार्थनाले मात्र टाढा हुनुहुन्छ ।
दोश्रो,एनसाइन ब्लेरलेपरमप्रभुलाई उहाँको समस्या समाधान गर्दिन मात्र भन्नुभएन । उहाँले समाधानको हिस्सा बन्न आफूले के गर्नुपर्दछ भनि सोध्नुभयो। त्यसैगरी हामीले सोध्न सक्छौं, “परमप्रभु, समाधानको हिस्सा बन्न मैले के गर्नुपर्दछ?” हाम्रा प्रार्थनाहरुमा हाम्रा समस्याहरुको सुची बनाई परमप्रभुलाई समाधान गर्दिन भन्नुभन्दा हामीले परमप्रभुको सहयोग प्राप्त गर्न र आत्माको निर्देशन अनुसार कार्य गर्ने प्रतिबद्धता देखाउनअझ अग्रसर उपायहरु खोज्नुपर्छ ।
एनसाइन ब्लेरको कथामा तेश्रो महत्वपूर्ण पाठ छ । पहिलेका अवसरहरुमा आत्माबाट निर्देशन प्राप्त नगरेकोभए के उहाँले त्यस्तो निश्चितताका साथ प्रार्थना गर्नु हुन्थ्योहोला ? लामो समय सम्म पवित्र आत्मालाई नखोजेका भए आँधि आएको बेलामा मात्रै पवित्र आत्माको प्रेरणा माग्ने समय थिएन। यी यूवाले पहिलेनै पूर्णकालीन सुसमाचार प्रचारक लगायतका समयमा धेरै पटक प्रयोग गरिसकेको एउटा स्पष्ट तरिका अपनाई रहनुभएको थियो । शान्त पानीमा हामीलाई पवित्र आत्माको मार्गदर्शन चाहिन्छ ताकी क्रुर आँधीमा उहाँको आवाज हामीले चिन्न नससक्ने नहोस् ।
केहिले सोच्न सक्छ कि हामीले आत्माबाट दैनिक निर्देशन खोज्नु हुँदैन किनभने “परमेश्वरले सबै कुरामा निर्देशन गर्नु विवेकपूर्ण होइन,” अन्यथा हामी अल्छीनोकरहरु बन्नेछौँ । यो धर्मशास्त्र, तथापि, पहिलेका केहि सुसमाचार प्रचारकहरुलाई दिइएको थियो जब उनीहरुले आफैले प्राप्त गर्नुपर्ने प्रकाश योसेफ स्मिथलाई पाउन आग्रह गरेका थिए । यो भन्दा अगाडीको पदमा परमप्रभुले उनीहरुलाई आफू र उनीहरु बीच सरसल्लाह गर्न सुसमाचार प्रचार सेवा क्षेत्रमा आउन भन्नुभएको थियो ।
यी सुसमाचार प्रचारकहरुले आफ्ना यात्राको योजनाका बारेमा विशिष्ट प्रकाश खोजिरहेका थिए । उनीहरुले व्यक्तिगत मामिलामा आफ्नै दिशा खोज्न सिकिसकेका थिएनन् । परमप्रभुले यो मनोवृत्तिलाई आलस भन्नुभएको छ । पहिलेका चर्चका सदस्यहरु सत्य अगमवक्ता पाएकोमा धेरै खुशी थिएहोलान् तर उनीहरु आफैले प्रकाश प्राप्त गर्न सिक्न नसकेकोखतरामा थिए । आत्मिक आत्मनिर्भर भनेको हाम्रो आफ्नै जीवनका लागि परमप्रभुको आत्माद्वारा उहाँको आवाज सुन्न सक्ने हो ।
अल्माले आफ्ना छोरालाई सुझाव दिनुभयो “तिम्रा सबै कामहरुमा परमप्रभुसँग सल्लाह गर।” यो तरिकाले जिउनु भनेको ठूलो सुअवसर हो– हामीले प्राय भन्ने गरेका छौं “आत्माद्वारा जिउने” । यसले शान्त र निश्चितताको अनुभूति साथै आत्माका फलहरु ल्याउँछ-माया, खुशी र शान्ति ।
एनसाइन ब्लेरकोप्रकाश प्राप्त गर्ने क्षमताले प्रकोप आँधीबाट उहाँलाई र उहाँका सहयात्रीहरुलाई बचायो । आजभोलि अरू प्रकारका आँधीहरु अग्रतामा चलिरहेकाछन् । मोर्मोनको पुस्तकको जीवनको वृक्षको दृष्टान्तले त्यस्तो संसारमा कसरी आत्मिक सुरक्षा प्राप्त गर्ने भन्ने एउटा शक्तिशाली आकार दिन्छ । यो सपनाले परमेश्वरकहाँ जाने बाटोमा हिडीरहेका चर्चका सदस्यहरुको आत्मिक विनाश ल्याउन अचानक निस्केको एउटा अन्धकारको तुवाँलोका बारेमा भन्दछ ।
यो आकारका बारेमा सोच्दा, त्यो बाटोमा मान्छेहरुको ठूलो भिड यात्रा गरिरहेको म कल्पना गर्दछु, केहिले फलामको छडलाई दरिलोसँग समातेको तर अरु धेरैले आफ्ना अगाडीका मान्छेका पाइलाहरु पछ्याईरहेका देख्छु । पछिल्ला तरिकाका मान्छेहरुमा थोरै सोच वा प्रयास छ। तपाईले अरुले जे गरिरहेकाछन् र सोचिरहेका छन् त्यही गर्न र सोच्न सक्नुहुन्छ । यसले घाम लागेको बेलामा राम्रै काम गर्छ । तर धोकाका आँधीहरु र झुटोपनाको तुवाँलो बिना सूचना नै निस्कन्छ । यी अवस्थाहरुमा पवित्र आत्माको आवाजसँग परिचित हुनु भनेको आत्मिक जीवन र मृत्यु को कुरा हो ।
नाफीको शक्तिशाली प्रतिज्ञा भेनेको, “ज-जसले परमेश्वरको वचनलाई सुन्यो र … यसलाई दह्रिलोसँग अँगाल्यो,..उनीहरु कहिल्यै नाशिने छैनन्; न त प्रलोभन र सत्रुका आगाका सोइलाहरुले अन्धा हुने गरी विनाशतिर अगुवाइ गरेर लैजान उनीहरुलाई वशमा नै पार्न सक्नेछन् ।”
बाटोमा तपाईको अगाडीका मानिसहरुको पाइलाहरु पछ्याउनु पर्याप्त हुँदैन। हामीले अरुले जे गरिरहेको र सोचिरहेको मात्र गर्नु र सोच्नु हुँदैन; हामीले एक निर्देशित जीवन जिउनुपर्छ । हामी प्रत्यकको हात फलामको छडमा हुनुपर्छ । त्यसपछि हामी परमप्रभुसँग विनम्र आत्मविश्वासका साथ जान सक्छौं, यो कुरा थाहापाई कि “उहाँले हामीलाई हाम्रो हात समाई डोर्याउनुहुनेछ र हामीलाई हाम्रा प्रार्थनाका उत्तर दिनुहुनेछ।”येशू ख्रीष्टको नाममा, आमिन ।