२०१०–२०१९
साना र साधारण कुराहरु
अप्रिल २०१८


साना र साधारण कुराहरु

हामीलाई स्मरण गराउन आवश्यक छ कि समग्रतामा र समयको महत्वोपूर्ण अवधिमा, बिस्तारै साना कुराहरुले महान कुराहरु ल्याउनेछन् ।

१.

मेरा प्यारा दाजुभाई र दिदीबहिनीहरु, तपाईहरु जस्तै, मलाई सन्देशहरुले र संगीत र यो समयको भावनाहरुले एक साथ मलाई गहिरो रुपमा छोएको छ र मजबुत र प्रेरित गरेको छ । मलाई निश्चित रुपमा थाहा छ कि हाम्रा दाजुभाई र दिदीबहिनीहरुलाई धन्यवाद ब्यक्त गर्ने कुरामा म तपाईहरुको तर्फबाट बोलिरहेको छु जसले, परमप्रभुको हातहरुमा औजारहरुको रुपमा हामीलाई यो सँगै रहँदा मजबुतिकरणको असर दिनुभएको छ ।

इस्टर को आइतवार यो दर्शक माँझ बोल्न पाउँदा म कृतज्ञ छु। आज हामी अरु इसाईहरूसँग मिली परमप्रभु येशू ख्रीष्टको पुनरुत्थान मनाउछौं। पछिल्ला दिनका सन्तहरुको येशू ख्रीष्टको चर्चका सदस्यहरुका लागि येशू ख्रीष्टको पुनरुत्थान हाम्रो आस्थाको एक खम्बा हो।

किनभने हामी येशू ख्रीष्टको पुनरुत्थानका बारेमा बाइबल र मोर्मोनको पुस्तकमा भएको दुवै विवरणहरुको विश्वास गर्दछौं, हामी धेरै धर्मशास्त्रीय शिक्षाहरुमा पनि विश्वास गर्दछौं कि समान किसिमको पुनरुत्थान सबै मानवजातिमा आउनेछ जो यस पृथ्वीमा जिएका छन्। त्यो पुनरुत्थानले प्रेरित पत्रुसले “एक जीवित आशा” हामीलाई दिन्छ (१ पत्रुस १:३)। त्यो जीवित आशा हाम्रो दृढ विश्वास हो कि मृत्यु हाम्रो चिनारीको अन्त्य होइन तर स्वर्गीय पिताका सन्तानको मुक्तिका लागि केवल उहाँको कृपालु योजनाको एक महत्वपूर्ण खुड्किला हो। त्यो योजनाले मरणशीलता बाट अविनाशिमा परिवर्तन माग्दछ। त्यो परिवर्तनको केन्द्र मृत्युको सूर्यास्त र महिमामय बिहानी हो जुन् हाम्रो परमप्रभु र मुक्तिदाताको पुनरुत्थानले सम्भव गर्दछ जुन् हामी यो इस्टरको आइतवारमा मनाउदछौँ।

२.

एक महान भजन जसका शब्दहरु इलाइजा आर.स्नोद्वारा लेखिएको छ, हामी गाउँछौँ:

कति महान, कति महिमामय, कति पूर्ण

उद्धारको महान परिकल्पना,

जहाँ न्याय, प्रेम, र कृपा भेट्छ

दैवीय मधुरतामा!

त्यो दैवीय परिकल्पना र मधुरताको अग्रगतिमा, हामी यो सम्मेलन लगायतका सभाहरुमा जम्मा हुन्छौँ, एक अर्कालाई सिकाउन र प्रोत्साहन दिन।

यो बिहान मलाई मोर्मोनको पुस्तकमा लेखिएको अल्माले उहाँको छोरा हेलामनलाई दिएको शिक्षा नै मेरो मूल विषय बनाउन मन लाग्यो: “साना र साधारण कुराहरुद्वारा महान् कुराहरु ल्याइन्छन्”( अल्मा३७:६)।

हामीलाई येशू ख्रीष्टको सुसमाचारमा धेरै साना र साधारण कुराहरु सिकाइन्छ। हामीलाई स्मरण गराइनु पर्दछ कि पूरापूर र केही लामो समय पछि यी देख्दाको साना कुराहरुले महान् कुराहरु ल्याउँदछन्। यस विषयमा साधारण अधिकारीहरु र अरु सम्मानित शिक्षकहरुद्वारा धेरै छलफल भएको छ। यो विषय यति धेरै महत्वपूर्ण छ कि मलाई फेरि बोल्न मन लाग्यो।

मलाई बिहानीपख हिड्दाको दौरानमा मैले देखेको साना र साधारण कुराको शक्तिका बारेमा स्मरण गरायो। मैले खिचेको तस्वीर यहाँ छ। बाक्लो र बलियो सिमेन्टको पैदल मार्ग चर्किएको छ। के यो महान् शक्तिशाली धक्काको परिणाम हो? होइन, यो चर्काई नजिकैको रुखबाट विस्तारै थोरथोरै बढ्दै आएको जराको कारणले हो। मैले अर्को मार्गमा देखेको समान उदाहरण यहाँ छ।

छवि
पैदल मार्गमा चिरो
छवि
पैदल मार्गमा अर्को चिरो

सिमेन्टको भारी पैदल मार्ग चिरेको त्यो दवाबको शक्तिलाई हरेक दिन वा हरेक महिनाको हिसाब ले नाप्दा धेरै सानो थियो तर केही अवधिपछि हेर्दा यसको प्रभाव पत्याउन नसकिने शक्तिशाली थियो।

त्यसैगरी केही अवधिपछि हामीलाई धर्मशास्त्रमा र जीवित अगमवक्ताहरुद्वारा सिकाइएका साना र साधारण कुराहरुको शक्तिशाली प्रवाभ हुन्छ। हाम्रो दैनिक जीवनमा धर्मशास्त्र पढ्नुपर्छ भनेर हामीलाई सिकाइएको मनन गर्नुहोस्। अथवा पछिल्ला दिनका आस्थावान् सन्तहरुले निरन्तर प्रयास गर्ने व्यक्तिगत प्रार्थना र घुंडा टेकेर गर्ने पारिवारिक प्रार्थनालाई मनन गर्नुहोस्। युवाका लागि सेमिनरी वा वयस्कका लागि इन्स्टिटुट कक्षामा उपस्थितिको मनन गर्नुहोस्। यी प्रयासहरु साना र साधारण लागेतापनि, केही समयावधिमा आध्यात्मिक रुपमा त्यो शक्तिशाली भइ बढ्नेछ र माथि उठ्नेछ। यसो हुन्छ किनकि यी हरेक साना र साधारण कुराहरुले पवित्र आत्माको मित्रतालाई निम्त्याउँछ, त्यो गवाहीकर्ता जसले हामीलाई सत्यताको शिक्षा दिलाउँछ र हामीलाई मार्गदर्शन गर्छ, अध्यक्ष आइरिङ्ले बर्णन गर्नुभएको जस्तै ।

सानै देखिएका उल्लंघन पनि पश्चाताप गर्ने निरन्तर प्रयास आध्यात्मिक रुपमा बढ्नु र माथि उठ्नुको अर्को श्रोत हो । हाम्रो आफ्नै प्रेरणादायी स्वयम् मुल्यांकनहरुले हामीलाई कहाँ पछि परेका छौँ र हामीले कसरी सुधार्न सक्छौं भनेर हेर्न हामीलाई मद्दत गर्दछ। त्यस्ता पश्चातापहरु हामीले हरेक हफ्ता लिने प्रभुभोज भन्दा अघि हुनुपर्दछ। पश्चातापको यो प्रक्रियामा मनन गर्ने सकिने केही विषयहरु यस भजनमा सुझाव दिइएको छ “के मैले आज केही असल गरेको छु?”

के मैले आज संसारमा केही असल गरेको छु?

के मैले आवश्यक परेकालाई मद्दत गरेको छु?

के मैले दुखीलाई हसाएको र कसैलाई खुशी पारेको छु?

यदि छैन भने, म अवश्य नै असफल भएको छु।

के कसैको बोझ आज हलुका भएको छ

किनकी म मद्दत गर्न तयार थिएँ?

के बिरामी र थकितलाई मद्दत गरिएको छ?

तिनलाई मद्दत चाहिँदा के म त्यहाँ थिएँ ?

अवश्य नै यी साना कुराहरु हुन्, तर ती अवश्य नै अल्माले आफ्ना छोरा हेलामानलाई सिकाएका राम्रा उदाहरण हुन्: “अनि परमप्रभु परमेश्वरले उपायहरुद्वारा उहाँका महान् र अनन्त प्रयोजनहरु ल्याउन कार्य गर्नुहुन्छ; र अति साना उपायहरुद्वारा परमप्रभुले ......धेरै जीवात्माहरुको मुक्ति ल्याउनु हुन्छ” (अल्मा ३७:७)।

अध्यक्ष स्टिभन सी.विलराइटले ब्रिघम यांग विश्वविध्यालय-हवाई मा दर्शकलाई अल्माका शिक्षाको यो प्रेरणादायी उदाहरण दिनुभयो: “अल्माले आफ्ना छोरालाई बताउँछन् कि जब हामी परमप्रभुमा आस्थाको अभ्यास गर्छौं र साना र साधारण कुराहरुमा उहाँको सुझाव लिन्छौं, परमप्रभुले अवश्य नै त्यो नमुना प्रयोग गर्नुहुन्छ जहाँ कि उहाँले हामीलाई दिनहुँ साना आश्चर्यजनक कुराहरु दिनुहुन्छ, र केही समयावधिमा अद्भुत कार्यहरु।”

अध्यक्ष हावर्ड डब्ल्यू हन्टरले सिकाउनुभयो कि “संसारले प्रायस: महान् भनेर देखाउने कुराहरुलाई दाँजोमा , अक्सर यो दिनहुँ क्रियाकलाप नै हो...जसले अरुको जीवनमा महान् सकारात्मक प्रभाव ल्याउँदछ।”

यही सिद्धान्तको एक प्रभावी लौकिक शिक्षा इन्डीयानाका सिनेट को सदस्य डान कोट्सबाट आउँदछ जसले लेखेका छन्: “एउटा जीवन वा एक राष्ट्र नै बदल्न सक्ने त्यो एक महत्वपूर्ण फैसलाको तयारी भनेको एकान्तमा गरिएको सयौं र हजारौं अर्द्धचेतानामा, स्वपरिभाषित, देख्दा महत्वहीन फैसलाहरु हुन्।”

त्यो “देख्दा महत्वहीन” एकान्तका फैसलाहरु भनेको हामीले हाम्रो समय कसरी बिताउछौँ, टेलिभिजन र इन्टरनेट मा हामीले के हेछौँ, हामीले के पढ्छौँ, काममा र घरमा आफुलाई कस्ता कला र संगीतले घेर्छौ, रमाइलोका लागि हामी के खोज्छौँ, इमान्दार र सत्य रहन हाम्रो प्रतिबद्धतालाई कसरी निभाउछौँ लगायतका पर्दछन्। अर्को देख्दा सानो र साधारण कुरा भनेको व्यक्तिगत व्यवहारमा सभ्य हुनु र प्रसन्नचित्त हुनु हो।

यी कुनैपनि साना र साधारण कुराहरुले हामीलाई ठूला कुराहरुमा लइजान सक्दैन जबसम्म तिनलाई निरन्तर र लगातार रुपमा प्रयास गरिदैन। अध्यक्ष ब्रिघम यंगले भन्नुभएकोछ कि : “हाम्रो जीवन सानो, साधारण घटनाहरुले बनेको छ जुन सबै मिलाएर एउटा पार्यो भने महान् हुन्छ, र एउटा महिला वा पुरुषको पूरा जिन्दगीको सारांश दिन्छ।”

हामी सन्चारको प्रभाव र साँस्कृतिक विकृतीले घेरिएका छौँ जसले हामीलाई हाम्रा गुणमा तलतिर घिसार्छ यदि हामीले निरन्तर प्रतिरोध गरेनौँ भने। खोलाको माथितिर अनन्त उद्देश्यतर्फ जान, हामीले निरन्तर डुंगा खियाउनु पर्छ। यहाँ काममा लागेका यो समूह झैँ यदि हामी डुंगा खियाउनेको समूहको सदस्य भयौं भने यसले मद्दत गर्दछ। यो उदाहरणलाई अझै विस्तृत तुल्याउने हो भनेँ, पानीको बेग यति शक्तिशाली छ कि यदि हामीले डुंगा खियाउन रोक्यौँ भने, हामीलाई तलतिर त्यो गन्तव्यमा लगिने छ जहाँ हामी जान चाँहदैनौ तर त्यो नै सत्य हुन्छ यदि हामी निरन्तर माथि बढ्ने प्रयास गरेनौ भने।

ठूलो परिणाम भएको तर देख्दा सानो घटना जसको लाग्ने घटनाका बारे पदेपछी, नफीले लेखे, “अनि यसरी हामी देख्छौं कि साना उपायहरुबाट परमप्रभुले ठूला कुराहरु गराउन सक्नुहुन्छ” १ नफी१६:२९। पुरानो करारमा यसको अविष्मरणीय उदाहरण सामेल छ। त्यहाँ हामी पढ्छौँ कि कसरी इस्राएलीहरुलाई विषालु सर्पले सतायो। धेरै मानिसहरु यसको डसाइले मरे (गन्ती २१:६ हेर्नुहोस्)। जब मोशाले सहयोगका निम्ति प्रार्थना गरे, उनलाई “पीतलको सर्प बनाएर खाममा झुण्ड्याउने प्रेरणा मिल्यो।” तब “यदि कुनै व्यक्तिलाई सर्पले डसेमा, उसले त्यो पीतलको सर्प हेरेमा ऊ बाँच्थीयो। (छन्द ९)। त्यस्तो सानो कुराको लागि त्यस्तो आश्चर्यजनक परिणाम! तर, नफीले यो उदाहरण परमप्रभु प्रति विद्रोह गरिरहेकाहरुलाई सिकाउँदा भनेझै, परमप्रभुले उनीहरुलाई निको पार्न एक साधारण उपाय तयार गर्नुभएतापनि, “उपायको सरलपना, वा सजिलोपनाको कारणले गर्दा नासिएर जाने धेरै थिए” (१ नफी१७:४१)।

त्यो उदाहरण र त्यो सिक्षाले हामीलाई सम्झाउछ कि उपायको सरलपना वा आज्ञा दिएको कामको सजिलोपनाले हाम्रो पवित्र इच्छा पुरा गर्नु महत्वहीन छ भन्ने अर्थ लगाउँदैन।

त्यसैगरी, अनाज्ञाकारीताको सानो क्रिया वा पवित्र चलनहरु पालना गर्न साना असफलताहरुले हामीलाई त्यो परिणाममा तान्दै लान्छ जुनबाट जोगिन हामीलाई सावधान गरिएको छ। ज्ञानका कुराले यसको उदाहरण दिन्छ। सम्भवत: एक चुरोट, रक्सीको एक पेय वा लागू पदार्थको अर्को डोजको शरीरमा पर्ने प्रभावको नाप गर्न संकिदैन। तर केही समयावधिमा यसको प्रभाव शक्तिशाली हुन्छ र परिवर्तन गर्न नसकिने हुनसक्छ। रुखको जराको क्रमिक सानो फैलावका कारण चर्किएको पैदल मार्गलाई सम्झनुहोस्। एउटा कुरा निश्चित छ, भयानक परिणाम ल्याउने कुनैपनि व्यसनकारी चीजमा सहभागी हुने जस्तै हाम्रो शरीरलाई आक्रमण गर्ने लागूपदार्थ वा हाम्रो दिमागलाई घटाउँने अश्लील दृश्य वा पाठ्यसामग्री बाट पूर्णरुपमा टाढा रहन सकिन्छ यदि हामीले यसलाई पहिलो पटक –एक चोटिपनि लिएनौ भने।

धेरै बर्ष अघि, अध्येक्ष एम. रसल बलार्डले साधारण सभामा दर्शकलाई सम्बोधन गर्दै भन्नुभयो “कसरी सानो र साधारण कुराहरु एउटा मानिसको मुक्तिका लागि नकारात्मक र विनाशकारी हुनसक्छ।” उहाँले सिकाउनुभयो: “जसरी एक कमजोर रेसा एउटा धागो बन्छ,अनि एउटा डोरी र अन्त्यमा एक लट्ठा, यी साना कुराहरु संगै जोडिएमा बलियो हुनेछ जुन् चुडाल्न सकिंदैन। हामी धार्मिकता निर्माण गर्ने त्यो साना र साधारण कुराहरुको शक्तिप्रति सदा सचेत रहनुपर्दछ” उहालेँ भन्नुभयो । “त्यसैगरी, हामी यसमा पनि सचेत रहनुपर्दछ कि सैतानले हामीलाई निराशा र विपत्तितिर लैजान साना र साधारण कुराहरु प्रयोग गर्नेछ।”

अध्यक्ष व्हिलराइटले त्यस्तै चेतावनी बि.वाई.यू.-हवाइका दर्शकलाई दिनुभयो: “साना र साधारण कुराहरु गर्न असमर्थ हुँदा आस्था डगमगिन्छ, आश्चर्य कर्महरु रोकिन्छ, र परमप्रभु र उहाँको राज्यप्रतिको प्रगति प्रथमत: अड्किन्छ र त्यसपछि अस्तव्यस्त हुनथाल्छ किनकि परमेश्वरको राज्य खोज्नुको सट्टा भौतिक लक्ष्य र सांसारिक उच्चाकांक्षीले ठाउँ लिन्छ।”

हाम्रो धार्मिक प्रगतिका लागि विनाशकारी हुनसक्ने थपिंदै जाने नकारात्मक प्रभावहरु बाट जोगाउन, हामीले साना र सरल आध्यात्मिक तरिकाहरु अपनाउनु पर्दछ। एल्डर डेविड ए. बेडनारले वि.वाइ.यू. महिला सम्मेलनमा यो सिद्धान्तको वर्णन गर्नुभयो: “हामीले यो आध्यात्मिक तरिकाको प्रकृति र महत्व बारेमा बाढी ल्याउनु वा आवश्यक नपरेको ठाउँमा धेरै मात्रामा पानी छर्नुको विपरीत माटोमा कम रफ्तार मा पानि चुहाउने उपायबाट धेरै सिक्न सक्छौं ।”

उहाँले भन्नुभयो: “सन्तुलित गरेर हालेको पानीको थोपाहरु जमीन भित्र छिर्छ र माटोलाई ओसिलो बनाउँदछ तब विरुवाहरु फस्टाउँछन्। त्यसैगरी, यदि तपाईहरु र मैले आध्यात्मिक पोषणका निरन्तर थोपाहरु लिन अभिरुची राख्यौं र बारम्बार लियौ भने सुसमाचारका जराहरु हाम्रो हृदयमा गाढीनेछन्, दह्रोसँग स्थापना हुनेछ र अडिग रहनेछ, र असाधारण र स्वादिष्ट फल उत्पादन गर्नेछ।

उहाँले अगाडी भन्नुभयो, “महान कुराहरु ल्याउने आध्यात्मिक तरिकाका साना र सरल कुराहरुले स्थिरता र दृढता, गहिरो भक्ति, र परमप्रभु येशू ख्रीष्ट र उहाँको सुसमाचारप्रति पूर्ण रुपमा परिवर्तन ल्याउँदछ।”

अगमवक्ता जोसेफ स्मिथले यो सिद्धान्त शब्दमा सिकाउनुभयो जुन् अहिले सिद्धान्त र करारहरूमा उल्लेख गरिएको छ: “कसैलेपनि तिनीहरुलाई साना कुराहरु भनि नसोचुन किनकि त्यहाँ सन्तहरुका लागि धेरै छन्... जुन् यी कुराहरुमा भर पर्दछ” (सि र क १२३:१५ हेर्नुहोस् )।

मिसौरीमा भर्खर चर्च स्थापना गर्ने क्रममा परमप्रभुले सन्तहरुलाई धैर्य रहन सुझाव दिनुभयो किनभने “सबै कुराहरु आफ्नो निर्धारित समयमा आउनुपर्दछ” (सि र क ६४:३२हेर्नुहोस् )। अनि उहाँले यो महान कुरा सिकाउनुभयो: “हामी असल कामहरु गर्न थाक्नु हुँदैन किनकि तपाईंहरुले एक महान् कार्यको जग बसाल्दै हुनुहुन्छ। र साना कुराहरुबाट महान कुराको उत्पन्न हुन्छ (सि र क ६४:३३ हेर्नुहोस्)।

म विश्वास गर्दछु हामी सबै अध्यक्ष रसल एम. नेल्सनको अघि बढ “करारको मार्गमा” भन्ने चुनौतीलाई मान्ने इच्छा राख्दछौँ।१० येशू ख्रीष्टको सुसमाचार र उहाँको चर्चका अगुवाहरुले हामीलाई सिकाउनुभएको साना कुराहरुलाई निरन्तर रुपमा पालना गरेमा त्यसो गर्ने हाम्रो प्रतिबद्धता हामी बलिया हुन्छौँ। म उहाँको गवाही दिन्छु र उहाँको आशिषहरु सबैका लागि माग्दछु जसले उहाँको करारको मार्गमा हिंड्न खोज्दछ, येशू ख्रीष्टको नाममा, आमिन।

टिप्पणीहरु

  1. “How Great the Wisdom and the Love,” भजन नं. १९५

  2. “Have I Done Any Good?” भजन, नं. २२३।

  3. स्टिभन सि.विलराइट, “The Power of Small and Simple Things” (Brigham Young University–Hawaii devotional, Aug. 31, 2007), 2, devotional.byuh.edu।

  4. Teachings of Presidents of the Church: Howard W. Hunter (2015), 165.

  5. Dan Coats, “America’s Youth: A Crisis of Character,” Imprimis, vol. 20, no. 9 (Sept. 1991), 4; एल्डर विल्फर्ड एन्डरसनद्वारा Mesa Tribune मा उनको पृष्ठमा उल्लेख गरिएको, मे १९९६ पनि हेर्नुहोस्।

  6. Brigham Young, discourse in Ogden Tabernacle, July 19, 1877, as reported in “Discourse,” Deseret News, Oct. 17, 1877, 578.

  7. M. Russell Ballard, “Small and Simple Things,” Ensign, May 1990, 7, 8.

  8. Steven C. Wheelwright, “The Power of Small and Simple Things,” 3.

  9. डेविड ए. बेडनार, “By Small and Simple Things Are Great Things Brought to Pass” (Brigham Young University Women’s Conference, Apr. 29, 2011), womensconference.byu.edu ।

  10. Russell M. Nelson, “As We Go Forward Together,” Liahona Apr. 2018, 7.

प्रिन्ट गर्नुहोस्