२०१०–२०१९
एक मनका साथ
अप्रिल २०१८


एक मनका साथ

हाम्रो गम्भीर गन्तब्यस्थान पुग्नकालागि, हामीलाई एक अर्काको खाँचो छ, र हामी एक हुनुपर्छ |

पृथ्वीका अति उल्लेखनीय प्राणिहरू मध्ये मोनार्क पुतली एक हो | मेरो श्रीमानको परिवारसँग ख्रीष्टमास बिताउन गएको मेक्सिकोको यात्रामा, हामी एक पुतली आरक्षण केन्द्र घुम्न गयौँ, जहाँ लाखौ मोनार्क पुतलीहरूले जाडोको समय बिताउँछन् | त्यस्तो प्रभावशालि दृश्य देख्न र परमेश्वरका सृष्टिले इश्वरीय व्यवस्था प्रति देखाएको आज्ञाकारिता र एकताको उदाहरणप्रति मनन गर्न पाउनु अति आकर्षकजनक थियो |

छवि
मोनार्क पुतलीहरू
छवि
पुतलीहरूको झुण्ड

मोनार्क पुतलीहरू बाटो खोज्न अत्यन्त सिपालु हुन्छन् | सुर्यको स्थान हेरेर उनीहरू कहाँ जानु पर्छ भनि पत्ता लगाउँछन् | प्रत्येक बसन्तमा, उनीहरू मेक्सिको देखो क्यानाडा सम्म, र शरदमा मेक्सिकोमा फर्केर उनीहरूका पवित्र देबदारूका जङ्गलसम्म हजारौं माइलको यात्रा गर्छन् |. आफ्नो सानो पखेटाको एक एक पटक फड्काउदै उनीहरू यसो बर्षै पिच्छे गर्छन् | उनीहरूको त्यो यात्रामा, राति उनीहरू रुखमा एक साथ् बस्छन ता कि उनहरूले आफैलाई जाडोबाट र हिंस्रक जनावरबाट बचाउन सकून् |.

छवि
पुतलीहरूको केलीडोस्कोप
छवि
पुतलीहरूको दोस्रो केलीडोस्कोप

पुतलीहरूको एक समुहलाई केलीडोस्कोप भनिन्छ | के त्यो सुन्दर आकृति हैन त? केलीडोस्कोपका प्रत्येक पुतली अनुपम र फरक हुन्छन्, तैपनि यी अति कम्जोर प्राणिहरू हामीलाई प्रेम गर्ने सृष्टिकर्ताद्वारा जिउन, यात्रा गर्न, प्रजनन गर्न, र जीवनलाई अघि बढाउन सक्ने क्षमता सहित बनाइएका छन्; ती पुतलीहरू एक फूल देखि अर्को फूल सम्म परागण सार्दै जाँदा जीवनलाई फैलाउँछन् |

ती मोनार्क पुतली जस्तै, हामी पनि हाम्रा स्वर्गका घरमा फर्कने यात्रामा छौँ, जहाँ हामी स्वर्गका मातापितासँग पुनः साथ हुने छौँ । पुतलीहरू जस्तै, हामीलाई पनि जीवनमा बाटो चिन्न बिशेष गुणहरू दिइएको छ ता कि हामीले “आफ्ना सृष्टिको उदेश्य पुरा गर्न सकौं”| ती जस्तै, यदि हामीले हाम्रा मुटुलाई एउटा धागोमा बुन्यौं भने, प्रभुले “एउटा पोथीले आफ्ना चल्लाहरूलाई आफ्नो पखेटामुनि जम्मा गरे” जस्तै सुरक्षा गर्नुहुन्छ र हामीलाई एउटा सुन्दर केलीदोस्कोप बनाउनुहुनेछ |

बाबु नानिहरू, युवक युवतीहरू, दाजुभाइ दिदीबहिनिहरू, हामी सबै यो यात्रामा सँगै छौँ | हामीलाई हाम्रो गम्भीर गन्तव्यमा एक अर्काको आवश्यक छ, र हामी एकीकृत हुन आवश्यक छ | प्रभुले हामीलाई आज्ञा दिनुभएको छ, “एक होऊ, र यदि तिमीहरू एक नभए तिमीहरू मेरा हैनौ ।”

येशू ख्रीष्ट उहाँको पितासँगको एकताको अत्युत्तम उदाहरण हुनुहुन्छ | उहाँहरू उद्धेश्यमा , प्रेममा, र कार्यमा एक हुनुहुन्छ, किनकि “पुत्रको चाहना पिताको चाहनामा निलिएको छ” १०

हामी कसरि प्रभुको पितासँगको एकताको उदाहरणको अनुकरण गर्न र उहाँहरूसँग र एक अर्कासँग अझ बढी एकीकृत हुन सक्छौँ |

एक प्रेरणादायी नमुना हामीले प्रेरित १:१४ मा पाउन सक्छौँ | हामी पढ्छौं: “ती सबै पुरुषहरु एक मनका साथ ती महिलाहरुसँग निरन्तर प्रार्थना र याचनामा लागिरहे |”११

मलाई लाग्छ यो महत्वपूर्ण छ कि प्रेरितको पुस्तकमा “एक मनका साथ” भन्ने भनाइ धेरै पटक देखिन्छ | जहाँ येशू ख्रीष्टको पुनरुत्थान भएर स्वर्गमा आरोहण भए पछाडी उहाँका शिष्यहरूले गरेका कार्य र उनीहरूले उनीहरूका प्रयासका कारण पाएका आशिषका बारेमा पढ्न पाइन्छ | यो पनि महत्वपूर्ण कुरा हो कि हामीले त्यस्तै नमुना अमेरिकी महाद्वीपका आस्थावान माँझ प्रभुले उनीहरूलाई भेट्न र उनीहरूको सेवा गर्न आउँदाको समयमा पनि पाउछौँ | “एक मनका साथ” भनेको सहमतिमा, एकतामा र सबै सँगै भन्ने अर्थ लाग्छ |

ती दुवै स्थानमा ती आस्थावान सन्तहरूले एकताका साथ् गरेका कुराहरू मध्ये केहि कुराहरू यी थिए कि उनीहरूले येशू ख्रीष्टको गवाही दिए, एक साथ परमेश्वरका वचनहरूको अध्यन गरे, र एक अर्काको प्रेमका साथ सेवा गरे|१२

प्रभुका अनुयायीहरू उद्धेश्यमा, प्रेममा, र कार्यमा एक थिए | उनीहरूलाई थाहा थियो कि उनीहरू को थिए, उनीहरूलाई थाहा थियो कि उनीहरूले के गर्नु पर्थ्यो, र उनीहरूले परमेश्वर र एक अर्का प्रतिको प्रेमका साथ गरे | उनीहरू एक मन साथ अगाडी बढिरहेको एक सुन्दर केलीडीस्कोपको भाग थिए |

उनीहरूले प्राप्त गरेका आशिषहरू मध्य उनीहरू पवित्र आत्माले भरिए र आश्चर्यकर्महरू भए र चर्चको वृद्धि भयो, उनीहरूमाँझ कुनै वैमनश्यता थिएन र प्रभुले सबै कुराहरूमा उनीहरूलाई आशिष दिनुभयो |१३

हामी भन्न सक्छौं कि उनीहरू त्यसरी एकीकृत हुनुको कारण उनीहरूले प्रभुलाई व्यक्तिगत रुपमा चिनेका थिए | उनीहरू उहाँसँग नजिक थिए, र उनीहरूले उहाँको दैवी उदेश्य, उहाँले गरेका आश्चर्यकर्महरू र उहाँको पुनरुत्थानलाई प्रत्यक्ष देख्न पाएका थिए | उनीहरूले उहाँका हात र गोडाका खतहरू छुन र देख्न पाएका थिए | उनीहरूलाई निश्चितताका साथ थाहा थियो कि उहाँ वाचा गरिएको मसीह, र संसारका उद्धारकर्ता हुनुहुन्थ्यो | उनीहरूलाई थाहा थियो कि “उहाँ चङ्गाइको, सान्तिको, र अनन्त प्रगतिको स्रोत हुनुहुन्छ |”१४

हामीले उहाँलाई आफ्ना भौतिक आखाँले नदेखेपनि हामीले थाहा पाउन सक्छौ कि उहाँ जिवीत हुनुहुन्छ | जब हामी उहाँ नजिक पुग्छौँ, पवित्र आत्मा मार्फत हामीले उहाँको इश्वरीय मिसनको व्यक्तिगत गवाहि प्राप्त गर्न प्रयास गर्छौँ; हामीले उहाँको उद्धेश्यलाई अझ बढी बुझ्न सक्छौं; परमेश्वरको प्रेम हाम्रो मुटुमा रहनेछ; १५ हामीमा आफ्ना परिवारको, वार्डको, र समुदायको केलीडोस्कोपमा एक बन्ने दृढता हुनेछ, र हामीले एक अर्कालाई “नयाँ, झन् असल तरिकाले” सेवा गर्नेछौँ |१६

आश्चर्यकर्महरू त्यति बेला हुन्छन् जब परमेश्वरका सन्तानहरू आवश्यकमा परेकाहरूलाई सहयोक पुर्याउन आत्माद्वारा दिएको निर्देशन अनुसार एक साथ कार्य गर्छन् |

छवि
बढीले ढाकेको सडकमा उद्दारकर्ताहरु

आपतकालिन समयमा मानिसहरूमाँझ देखाइएको मैत्रीपूर्ण प्रेमको कथाहरू हामी धेरै सुन्छौँ | उदाहरणका निम्ति, जब गत बर्ष हुस्टन सहरमा बिशाल बाढी आएको थियो, मानिसहरूले आफ्ना आवश्यकताहरूलाई बिर्सेर अरूको उद्धार गर्न निस्के | एउटा एल्डर कोरमको अध्यक्षले आफ्नो समुदायमा सहयोगको आव्हान पठाए, र ७७ वटा डुङ्गाहरूको तुरुन्त व्यवस्था गरिएको थियो | उद्धारकहरू प्रभावित क्षेत्रमा गए र परिवारहरूलाई भेलाहुने भवनमा ल्याए जहाँ उनीहरूले आश्रय र आवश्यक सहयोग पाए | सदस्य र गैर-सदस्यहरूले एउटा उद्धेश्यका निम्ति एक साथ काम गरे |

छवि
मिसिनरीहरू स्पानिश सिकाउदै

चिलेको सान्तिआगोमा, एक राहत समाजका अध्यक्षलाई आफ्नो समुदायमा हैटीमा आएका आप्रवासीहरूलाई सहयोग इच्छा भयो | आफ्ना पादरित्वका अगुवाको सल्लाह लिएर उनले ती आप्रवासीका निम्ति स्पैनिश भाषा सिकाउने र उनीहरूलाई आफ्नो नयाँ घरमा राम्रोसँग एकीकृत गर्न सहयोग गर्ने विचार निकालिन् | प्रत्येक सनिबार मिसिनरीहरूले आफ्ना उत्सुक बिद्यार्थीहरूलाई जम्मा गर्छन् | त्यस भवनमा भएको एकताको भावना विवित पृष्ठभूमिका व्यक्तिहरूले एक मन साथ सेवा गरेको एक प्रेरणादायी उदाहरण हो |

छवि
मेक्सिकोमा स्वयंसेवकहरु

मेक्सिकोमा, सयौं सदस्यहरू दुइ ठूला भूकम्पमा बचेकाहरुलाई मद्दत गर्न घन्टौं यात्रा गरे | उनीहरू औजार, मसिन, र आफ्ना छिमेकीहरूप्रतिको मायाका साथ् आएका थिए | जब स्वम्सेवकहरू निर्देशनको प्रतीक्षा गर्दै हाम्रो एक भवनमा भेला भएका थिए, सहरका मेयर इक्सहुआतानले त्यो देख्दा आँसु झरे किनकि उनले “ख्रीष्ट को पवित्र प्रेमको” प्रदर्शन देखे |१७

प्रभुले हामीलाई पादरित्वका कोरमहरू र राहात समाजहरूमा प्रत्येक महिना सँगै परामर्श गर्ने अवसर दिनुभएको छ, ता कि हामी सबैले वार्ड अथवा शाखाको केलिडोस्कोपमा सक्रिय सहभागी बन्न सकौँ—त्यस्तो स्थान जहाँ हामी सबै मिल्न सक्छौँ र जहाँ हामी सबै आवश्यक छौँ |

हामी प्रत्येकका बाटाहरू भिन्न छन्, तैपनि हामी सँगै हिड्छौँ | हाम्रा बाटो हामीले के गरेका थियौँ वा हामी कहाँ पुगेका छौँ भन्ने बारेमा हैन; तर यो त एकतामा हामी कहाँ जाँदैछौं र के गर्दैछौं भन्ने बारेमा हो | जब पवित्र आत्माद्वारा निर्देशित भइ एक साथ् परामर्श गर्छौं, हामीले आँफू कहाँ छौँ र कहाँ हुनुपर्छ भनी देख्न सक्छौँ | पवित्र आत्माले हाम्रा आँखाले देख्न नसकिने कुराहरूको दृश्य देखाउछन् किनभने “प्रकाश हामीमाँझ छरिएको छ” १८र जब हामीले त्यो प्रकाशलाई एक साथ् जम्मा गर्छौं, हामीले अझ बढी देख्न सक्छौँ ।

जब हामी एकतामा काम गर्छौँ, हाम्रो उदेश्य प्रभुको इच्छाको खोजि गर्नु र पुरा गर्नु हुनुपर्छ; हाम्रो प्रेरण परमेश्वर प्रतिको र आफ्ना छिमेकीप्रतिको हाम्रो प्रेम हुनुपर्छ; १९ र हाम्रो मुख्य चाहना “दृढताका साथ् परिश्रम गर्ने” हुनुपर्छ, २० ताकि हामीले मुक्तिदाताको महिमित फिर्ता सवारीको बाटो तयार गर्न सकौँ | हामीले त्यसो गर्नसक्ने एउटा मात्र बाटो “एक मनका साथ” हो|

मोनार्क पुतलीहरूलाई जस्तै, प्रत्येक व्यक्ति आफ्नै गुणहरु र योक्दानहरुका साथ उद्धेश्यमा सँगै निरन्तर यात्रामा अगाडी बढौं, यस संसारलाई झन् बढी सुन्दर र फलदायी बनाउने कार्य गर्दै—एक चोटीमा एक सानो कदम र परमेश्वरका आज्ञाहरुप्रति सहमत हुँदै अघि बढौँ |

हाम्रा प्रभु येशू ख्रीष्टले हामीसँग वाचा गर्नुभएको छ कि जब हामी उहाँको नाममा एक साथ भेला हुन्छौँ, उहाँ हामीमाँझ हुनुहुनेछ |२१ म गवाही दिन्छु कि उहाँ जीवित हुनुहुन्छ र उहाँ त्यो आज जस्तै बसन्तको एक सुन्दर बिहानीमा पुनर्उत्थित हुनुभयो | उहाँ मोनार्कहरूको पनि मोनार्क हुनुहुन्छ, “राजाहरूको राजा, प्रभुहरूको प्रभु हुनुहुन्छ |”२२

हामी पवित्र आत्माबाट निर्देशित हुँदै, हामी सबै पिता र उहाँद्वारा जन्माइएका एक मात्र पुत्रमा एक हुन सकौँ, यो नै मेरो विनम्र प्रार्थना छ, येशू ख्रीष्टको नाममा, आमिन ।

नोटहरु

  1. अब्राहम ३:२६; ४:७, ९-१२, १५, १८, २१, २४-२५ हेर्नुहोस् ।

  2. मोनार्क पुतली सम्बन्धि चाख लाग्दो तत्थ्य यो हो कि उनीहरुलाई उत्तर तर्फको यात्रा पुरा गर्न तिन पिढी लाग्छ| तैपनि, एक “विशेष पुस्ताले” दक्षिण जाने यात्रा एक पुस्तामै पुरा गर्छन, जाडो त्यहाँ बिताउछन् र उत्तर तर्फको पहिलो भाग पुरा गर्छन| (“Flight of the Butterflies” [video, 2012] “‘Flight’: A Few Million Little Creatures That Could,” WBUR News, Sept. 28, 2012, wbur.org.) हेर्नुहोस् ।

  3. सिद्धान्त र करार ८८:१९; सिद्धान्त र करार ८८;२५ पनि हेर्नुहोस् ।

  4. “What Is a Group of Butterflies Called?” amazingbutterflies.com/frequentlyaskedquestions.htm; see also “kaleidoscope,” merriam-webster.com. Kaleidoscope comes from the Greek kalos (“beautiful”) and eidos (“form”) हेर्नुहोस् ।

  5. The Family: A Proclamation to the World,” Liahona,May 2017, 145 हेर्नुहोस् ।

  6. सिद्धान्त र करार ८८:१९; सिद्धान्त र करार ८८;२५ पनि हेर्नुहोस् ।

  7. मोसियाह १८:२१ हेर्नुहोस ।

  8. ३ नफी १०:४

  9. सिद्धान्त र करार ३८:२७

  10. मोसियाह १५:७

  11. प्रेरित १;१४ जोड दिएको ।

  12. येरुशलेममा सन्तहरुले गरेका केहि कार्यहरु: नयाँ प्रेरित छनौट गरे र “सात इमान्दार मानिसहरुले प्रतिवेदन दिए” र तिनीहरुलाई समर्थन गरे (प्रेरित १:२६; ६:३–५) हेर्नुहोस; पेन्तिकोसको दिनमा भेला भए ( प्रेरित २:१) हेर्नुहोस्; येशु ख्रिष्टको गवाही दिईयो ( प्रेरित २:२२–३६; ३:१३–२६; ४:१०, ३३; ५:४२) हेर्नुहोस; मानिसहरुलाई पस्चाताप गर्न बोलियियो र तिनीहरुलाई बप्तिस्मा दियियो ( प्रेरित २:३८–४१ हेर्नुहोस); संगति र रोटी भाँच्न, र प्रार्थनामा निरन्तर लाग्थे ( प्रेरित २:४२ हेर्नुहोस); एकसाथ बस्थे र सबै थोक साझा थिए ( प्रेरित २:४४–४६; ४:३४–३५ हेर्नुहोस); मन्दिरमा जान्छन् ( प्रेरित २:४६ हेर्नुहोस); “खुशी र शुद्ध हृदयले” खान्थे ( प्रेरित २:४६ हेर्नुहोस); परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरुबाट शुभेच्छा पाउँदै बस्थे ( प्रेरित 2:47 हेर्नुहोस); विश्वाशलाई ग्रहण गरे ( प्रेरित ६:७ हेर्नुहोस); प्रार्थना र “वचनको सेवकाईमा” उनीहरु स्वोयंले निरन्तर दिए ( प्रेरित ६:४). अमेरिकी महाद्वीपमा सन्तहरुले गरेका केहि कार्यहरु: ख्रीष्टको सुसमाचार प्रचार गरे (३ Nephi २८:२३ हेर्नुहोस); वरिपरि ख्रीष्टका चर्च बनाए (४ Nephi १:१ हेर्नुहोस); बप्तिस्मा लिए (४ नफी १:१ हेर्नुहोस); एक अर्कासँग न्यायोचित व्यवहार गरे (४ नफी १:२ हेर्नुहोस); अनि उनीहरूसँग भएका सबै कुराहरू उनीहरूमाझ साझा थिए; (४ नफी १:३ हेर्नुहोस); फेरि सहरहरू बनाए (४ नफी १:७–९ हेर्नुहोस); विवाह गरियो (४ नफी १:११ हेर्नुहोस); ती आज्ञाहरूपछि हिँडे जुन उनीहरूले उनीहरूका परमप्रभुबाट प्राप्त गरेका थिए, (४ नफी १:१२ हेर्नुहोस); निरन्तर उपवास र प्रार्थना गरे (४ नफी १:१२ हेर्नुहोस); प्रार्थना गर्न र परमप्रभुका वचन सुन्न सधैँ एकसाथ भेला भए (४ नफी १:१२ हेर्नुहोस).

  13. येरुशलेममा सन्तहरुले प्राप्त गरेका केहि आशिषहरु: उनीहरु पवित्र आत्माले भरिए ( प्रेरित २:४; ४:३१ हेर्नुहोस्); तिनीहरुले भाषाहरुको र भविश्यवाणी बरदान पाए र “परमप्रभुको आश्चर्य कार्यहरुको बारेमा” बोले ( प्रेरित २:४–१८ हेर्नुहोस्); प्रेरितहरु द्वारा धेरै अचम्मका काम र चिन्हहरु गरे ( प्रेरित २:४३ हेर्नुहोस्); चमत्कारहरु भए (प्रेरित ३:१–१०; ५:१८–१९; ६:८,१५ हेर्नुहोस्); थप मानिसहरु चर्चमा सामेल भए ( प्रेरित २:४७; ५:१४ हेर्नुहोस्). अमेरिकी महाद्वीपमा सन्तहरुले प्राप्त गरेका केहि आशिषहरु: मानिसहरु परमप्रभुमा परिवर्तित भए (३ नफी २८:२३; ४ नफी १:२ हेर्नुहोस्); एक पुस्ता आशीषित भए, (३ नफी २८:२३ हेर्नुहोस्); त्यहाँ उनीहरूमाझ कुनै कलहहरू र विवादहरू थिएनन् (४ नफी १:२, १३, १५, १८ हेर्नुहोस्); त्यहाँ कोही धनी र गरिब थिएनन्, (see ४ नफी १:३ हेर्नुहोस्); “उनीहरू सबैलाई स्वतन्त्र र स्वर्गीय उपहारको सहभागी बनाइएको थियो” (4 नफी १:३); भूमिमा शान्ति थियो (४ नफी १:४ हेर्नुहोस्); महान् अद्भूत कार्यहरू भए (४ नफी १:५, २९ हेर्नुहोस्); परमप्रभुले भूमिमा उनीहरूको अत्यन्त उन्नति गराउनुभयो (४ नफी १:७, १८ हेर्नुहोस्); उनीहरु अत्यन्त बलिया, भए र अत्यन्त छिटो फैलिए, र अत्यन्त गोरा र आनन्ददायक बने (४ नफी १:१० हेर्नुहोस्); ती धेरै वाचाहरू अनुसार आशीषित भए जुन परमप्रभुले उनीहरूसँग गर्नुभएको थियो (४ नफी १:११ हेर्नुहोस्); “भूमिमा कुनै कलह भएन, परमेश्वरको मायाका कारण जुनले जनका हृदयहरूमा बास गऱ्यो” (४ नफी १:१५); “अनि त्यहाँ कुनै ईर्ष्याहरू थिएन, न त झगडाहरू, न त निन्दो-चर्चो, न त वेश्यावृत्तिहरू, न त झुटहरू, न त हत्याहरू, न त कुनै प्रकारका लम्पटपना थिए; अनि निश्चय नै परमेश्वरका हातद्वारा सृष्टि गरिएका सबै जनमाझ यी भन्दा बढी खुसी जन पाउन सकिन्न” (४ नफी १:१६); “ त्यहाँ न त डाँकाहरू, न त हत्याराहरू थिए, न त लमानीहरू, न त कुनै—यायीहरू थिए; तर उनीहरू एकीकृत ख्रीष्टका छोराछोरीहरू र परमेश्वरका अधिराज्यका उत्तराधिकारीहरू थिए” (४ नफी १:१७); परमप्रभुले उनीहरूका सबै कामहरूमा उनीहरूलाई आशीषित गर्नुभयो (४ नफी १:१८ हेर्नुहोस्).

  14. Jean  B. Bingham, “That Your Joy Might Be Full,” Liahona, Nov. 2017, 85.

  15. ४ नफी १:१५ हेर्नुहोस् ।

  16. Jeffrey R. Holland, “Emissaries to the Church,” Liahona, Nov. 2016, 62.

  17. मोरोनी ७:४७

  18. Neil L. Andersen, in “Auxiliary Panels Use New Training Library,” Liahona, Apr. 2011, 76.

  19. मत्ती २२:३७-४० हेर्नुहोस् ।

  20. याकूब ५:६१

  21. मत्ति १८:२० हेर्नुहोस् ।

  22. १ तिमोथी ६:१५

प्रिन्ट गर्नुहोस्