२०१०–२०१९
विशुद्ध प्रेम: येशू ख्रिष्टको हरेक सत्य अनुयायीको साँचो सङ्केत
अप्रिल २०१८


विशुद्ध प्रेम: येशू ख्रिष्टको हरेक सच्चा अनुयायीको साँचो सङ्केत

येशू ख्रीष्टको सुसमाचार पिता र मुक्तिदाताको प्रेम हाम्रो लागि अनि उहाँहरु प्रतिको र हामी एकअर्का प्रतिको हाम्रो प्रेममा आधारित छ।

हामी अध्यक्ष थमस एस. मन्सनलाई गुमाएको महसुस गर्छौँर हामी अध्यक्ष रासल एम.नेलसनलाई प्रेम र समर्थन गर्छौँ।अध्यक्ष नेलसनकालागिमेरोहृदयमाविशेषस्थानछ।

म एक जवान पिता हुँदा, हाम्रो सानो छोरा जो पाँच वर्षको थियो, एकदिन स्कूलबाट आयो र उसकी आमालाई सोध्यो, “बाबाले कस्तो प्रकारको काम गर्नुहुन्छ ?” त्यसपछि उसले उसका याँ साथीहरुले आफ्ना बाबाहरुको जागीरका बारेमा बहस गरेको बतायो। एकले भन्यो कि उसको बाबा शहरको पुलिसको प्रमूख हुनुहुन्छ, जब कि अर्कोले गर्वपूर्वक भन्यो कि उसको बाबा एक ठूलो कम्पनीको प्रमूख हुनुहुन्छ।

उसको बाबाका बारेमा सोध्दा, मेरो छोराले सामान्य रुपमा जवाफ दियो, “मेरा बाबाले अफ़िसमा एक कम्प्युटरमा काम गर्नुहुन्छ” भन्यो। त्यसपछि उसको जवाफको कुनै पनि कुराले उसको नयाँ साथीहरुलाई खासै आकर्षण नगरेन देखेपछि, उसले थप्यो, “वास्तवमा मेरो बाबा ब्रह्माण्डकैप्रमुख हुनुहुन्छ।”

म अनुमान गर्छु त्यही नै वार्तालापको अन्त्य थियोहोला।

मैले मेरी श्रीमतीलाई भनें, “उसलाई मुक्तिको योजना र वास्तवमा सबैको प्रमुखहो भन्ने बारेमा थप जानकारी दिने समय भएको छ।”

तर जब हामीले हाम्रा केटाकेटीहरुलाई मुक्तिको योजनाका बारेमा सिकाउँदास्वर्गमा रहनुहुने पिता र मुक्तिदाताका लागि तिनीहरुको प्रेम बढ्योजब उनीहरुलेयो प्रेमको योजना हो भनेर थाहा पाए। येशू ख्रीष्टको सुसमाचार पिता र मुक्तिदाताको प्रेम हाम्रो लागि अनि उहाँहरु र हामी एकअर्काका प्रतिको हाम्रो प्रेममा केन्द्रित छ।

एल्डरजेफ्फ्री आर. हल्याण्डले भन्नुभयो: “अनन्त सम्मको पहिलो महान आज्ञा भनेको हाम्रो सम्पूर्ण हृदय, समझ र शक्तिले परमेश्वरलाई प्रेम गर्नु हो - त्यो नै पहिलो महान आज्ञा हो। तरपनि अनन्त सम्मको पहिलो महान सत्य भनेको परमेश्वरले आफ्नो सम्पूर्ण हृदय, समझ र शक्तिले हामीलाई प्रेम गर्नुहुन्छ।त्यो प्रेम नै अनन्तताको आधार ढुङ्गा हो र यो नै हाम्रो दैनिक जीवनको आधार ढुङ्गा हुनुपर्छ।

हाम्रो दैनिक जीवनको आधारढुङ्गा भएका कारण विशुद्ध प्रेम येशू ख्रीष्टक हरेक सत्य अनुयायीहरूका लागि आवश्यकता हो।

अगमवक्ता मोर्मोनले सिकाउनुभयो, “त्यसकारण मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरु, सम्पूर्ण हृदयको शक्तिद्वारा पितालाई प्रार्थना गर्नुहोस् ताकि तपाईं यो प्रेमले भरीपूर्ण हुनुहुन्छ जुन उहाँले आफ्नो पुत्र येशू ख्रीष्टका सबै सत्य अनुयायीहरु माथि प्रदान गर्नुभएको छ।”

प्रेम वास्तवमा येशू ख्रीष्टको हरेक सही अनुयायीको सत्य सङ्केत हो।

सत्य अनुयायीहरु सेवा गर्न मन पराउँछन्। तिनीहरुलाई थाहा छ कि सेवा गर्नु सत्य प्रेम र बप्तिष्माको समयमा तिनीहरुले गरेको करार अभिव्यक्तिहो। चर्चमा तिनीहरुको बोलावटक वा समुदायमा तिनीहरुको भूमिकाका बावजुद तिनीहरुले परमप्रभु र एकअर्कालाई सेवा गर्ने चाहनामा वृध्दि भएको महसुस गर्छन्।

सत्य अनुयायीहरुले क्षमादिन मन पराउँछन्। तिनीहरुलाई थाहाछकि हामी हरेकका पाप र गल्तीहरुलाई मुक्तिदाताको प्रायश्चित्तले पूरा गर्छ। तिनीहरुलाई थाहाछ कि उहाँले चुकाएको मूल्यले “सबै मूल्यलाई समावेस” गर्छ । आत्मिक कर, शुल्क, कमिशन र पाप, गल्ती, अथवा गलत कार्यहरुसँग सम्वन्धित सबै शुल्कहरुलाई समेट्छ । सत्य अनुयायीहरु शीघ्र क्षमा दिन खालका हुन्छन् क्षमा माग्ने कुरामा पनि शीघ्र हुन्छन्।

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरु, यदि तपाईंहरुलाई क्षमा दिनका लागि कठीन भइरहेको छ भने अरुहरुले तपाईंलाई के गरेका छन् भन्ने कुरा नसोच्नुहोस् तर मुक्तिदाताले तपाईंलाई के गर्नुभएको छ भनेर सोच्नुहोस् अनि तपाईंले उहाँको प्रायश्चित्तको उद्धार गर्नेआशीषहरुमाशान्तिप्राप्त गर्नुहुनेछ।

सत्य अनुयायीहरुले तिनीहरुको हृदयमा शान्ति सहित आफु स्वयमलाई परमप्रभुमा समर्पण गर्न मनपराउँछन् । तिनीहरु विनम्र र समर्पण गर्ने खालका हुन्छन् किनकि तिनीहरुले उहाँलाई प्रेमगर्छन् । तिनीहरुमा केवल उहाँले के गर्नुहुन्छ भन्नेमा मात्रै नभई कसरी र कहाँ भन्नेमा समेत उहाँको चाहनालाई पूर्ण रुपमा स्वीकार गर्ने आस्था हुन्छ । सही अनुयायीहरुलाई वास्तविक आशीषहरु सधैं तिनीहरुले चाहेको जसरी भन्दा पनि तिनीहरुका लागि परमप्रभुले चाहेको अनुसार हुन्छन् भनेर थाहा छ।

सत्य अनुयायीहरुले परमप्रभुलाई संसारलाई भन्दा बढी प्रेम गर्छन् र तिनीहरु आस्थामा दृढ र अविचलित हुन्छन्। तिनीहरु परिवर्तनशीलर द्विविधात्मक संसारमा मजबुत र दृढ रहनछन्। सही अनुयायीहरु आत्मा र अगमवक्ता आवाजलाई सुन्न मन पराउँछन् अनि संसारिक कुराहरुले दुविधामा पर्दैनन्। सही अनुयायीहरु उनीहरु जहाँ गए पनि “पवित्र स्थानमा उभिन” मन पराउँछन् र आफु उभिएको स्थानलाई पवित्र बनाउन चाहन्छन्। तिनीहरुले अरुहरुको हृदयमा परमप्रभुको प्रेम र शान्ति ल्याउँछन्। सही अनुयायीहरु परमप्रभुका आज्ञाहरु पालना गर्न मन पराउँछन् र तिनीहरुले पालना गर्छन् किनकि तिनीहरुले परमप्रभुलाई प्रेम गर्छन्। जब तिनीहरुले आफ्ना करारहरुलाई प्रेम गर्छन् र पालना गर्छन्, तिनीहरुका हृदयहरु नवीकरण हुन्छन् र तिनीहरुको प्रकृति परिवर्तित हुन्छ।

विशुद्ध प्रेमयेशूख्रीष्टकोहरेकसहीअनुयायीको सत्यसङ्केतहो।

विशुद्ध प्रेमका बारेमा मैले मेरी आमाबाट सिकेको थिएँ । उहाँ चर्चको सदस्य हुनुहुन्थिएन।

धेरै वर्ष पहिले एक दिन, मैले मेरी आमालाई भेटेँ जो केन्सरबाट पीडित हुनुहुन्थ्यो। मलाई थाहा थियो कि उहाँ मर्दै हुनुहुन्छ तरपनि म उहाँले पीडा भोगिरहनु भएको छ भन्ने बारेमा चिन्तित थिएँ। मैले केही पनि भनिन तर मलाई राम्ररी चिनेका कारण उहाँले नै मलाई भन्नुभयो “म देखिरहेको छु कि तिमी चिन्तित छौ।”

त्यसपछि मलाई चकित पर्दै उहाँले मलाई कापेको आवाजमा भन्नुभयो, “के तिमी मलाई प्रार्थना कसरी गर्ने भनेर सिकाउन सक्छौ ? म तिम्रा लागि प्रार्थना गर्न चाहन्छु, मलाई थाहा छ तिमी ‘स्वर्गमा रहनुहुने पिता’ भनेर सुरु गर्छौ, तर त्यसपछि मैले के भन्नुपर्छ ?”

जब म उहाँको ओछ्यान नजकै घुँडा मारें अनि उहाँले मेरा लागि प्रार्थना गर्नुभयो, मैले पहिले कहिल्यै महसुस नगरेको प्रेम महसुस गरेँ। यो साधारण, सत्य, विशद्ध प्रेम थियो। उहाँलाई मुक्तिको योजनाका बारेमा जानकारी थिएन तापनिउहाँको हृदयमा उहाँको व्यक्तिगत प्रेमको योजना थियो, उहाँको छोराका लागि आमाको प्रेमको योजना।उहाँ आफैँ प्रार्थना गर्ने शक्ति प्राप्त गर्न पनि नसक्ने पीडामा हुनुहुन्थ्यो। मैले मुस्किलले उहाँको आवाज सुन्न सक्थेँ तरपनि मैले निश्चित रुपमा उहाँको प्रेमलाई महसुस गरेँ।

“आफु नै त्यति ठूलो पीडामा हुँदा कसैले अरु कसैका लागि प्रार्थना कसरीगर्न सक्छ? उहाँ नै आवश्यकतामा हुनुहुन्थ्यो।” भनेर मैले सोचिरहेको कुरा मैले सम्झिरहेँ।

त्यसपछि मेरो मष्तिस्कमा स्पष्ट जबाफ आयो: विशुद्ध प्रेम। उहाँले मलाई धेरै प्रेम गर्नुहुन्थ्योत्यसैले उहाँले आफुलाई नै बिर्सनुभयो। उहाँको महत्वपूर्ण समयमा उहाँले आफुलाई भन्दा पनि मलाई धेरै प्रेम गर्नुभयो।

अब, प्यारा दाजुभाइ तथा दिदीबहिनीहरु, के यो मुक्तिदाताले गर्नुभएन त ? निश्चय नै, एक अनन्त र अति नै व्यापक दृष्टिकोणमा गर्नुभयो। तरपनि त्यो रातमा गेत्सामानीको बगैंचामा उहाँको महान पीडाको बीचमा उहाँलाई नै सहयोग चाहिएको थियो। हामीले अनुमान र बुझ्न नसक्ने तरिकाले उहाँले पीडा भोगिरहनु भएको थियो। तरपनि अन्त्यमा उहाँले आफुलाई नै बिर्सनु भयो र पूर्ण रुपमा मूल्य नचुकाउँदा सम्म हाम्रा लागि प्रार्थना गर्नुभयो। उहाँले यो कसरी गर्न सक्नुभयो ? उहाँलाई पठाउनुहुने उहाँकापिता र हामि प्रतिविशुद्ध प्रेमका कारण। उहाँले पिता र हामीलाई आफु भन्दा पनि बढी प्रेम गर्नुभयो।

उहाँले त्यस्तो कुराका लागि मूल्य चुकाउनु भयो जुन उहाँले गर्नुभएको थिएन। उहाँले पापका लागि मूल्य चुकाउनु भयो जुन पाप उहाँले गर्नुभएको थिएन। किन ? विशुद्ध प्रेम। यदि हामीले पश्त्ताप गरेमा उहाँले चुकाउनु भएको पूर्ण मूल्यका कारण उहाँ हामीहरुलाई आशीषहरु दिनसक्नेस्थानमा पुग्नुभयो। उहाँले यो किन प्रस्ताव गर्नुभयो ? फेरी र सधैं विशुद्ध प्रेमका कारण।

विशुद्ध प्रेमयेशूख्रीष्टकोहरेकसहीअनुयायीको सत्यसङ्केतहो।

अध्यक्ष थमस एस. मन्सनले भन्नुभयो: “हामी अहिले, आजबाट नै परमेश्वोरका सबै सन्ततिहरुलाई प्रेम प्रकट गर्न सुरु गर्न सकौँ चाहे तिनीहरु हाम्रो परिवारका सदस्यहरु हुन्, हाम्रा साथीहरु हुन्, परिचित मात्रै हुन् वा पूर्ण रुपमा अपरिचित हुन्। जब हामी हरेक बिहान उठ्छौँ, हाम्रो बाटोमा जे जस्तो आए पनि प्रेमपूर्वकर दयालु रुपमा प्रतिउत्तर दिने समर्पण गरौँ।”5

दाजुभाइ र दिदीबहिनीहरु, येशू ख्रीष्टको सुसमाचार प्रेमको सुसमाचार हो। सबैभन्दामहान आज्ञा प्रेमका बारेमा नै छ। मेरा लागि यो सबै प्रेमका बारेमा हो। पिताको प्रेम, जसले हाम्रा लागि उहाँको पुत्रको वलिदान दिनुभयो। मुक्तिदाताको प्रेम, जसले हाम्रा लागि सबै वलिदान गर्नुभयो। माता वा पिताको प्रेम जसले आफ्ना केटाकेटीहरुलाई कुनै पनि कुरा दिनुहुन्छ। मौन रुपमा सेवा गर्नेको प्रेम, जो हामी मध्यअधिकांशका लागि परिचित छैनन् तर परमप्रभुका लागि पूर्ण रुपमा परिचित छन्। तिनीहरुको प्रेम जसले सबैलाई र सधैँ क्षमा दिन्छन्। तिनीहरुको प्रेम जसले आफुले प्राप्त गरेको भन्दा धेरै दिन्छन्।

म मेरा स्वर्गमा रहनुहुने पितालाई प्रेम गर्छु। म मेरा मुक्तिदातालाई प्रेम गर्छु। म सुसमाचारलाई प्रेम गर्छु। म यो चर्चलाई प्रेम गर्छु। म मेरो परिवारलाई प्रेम गर्छु। म यो अद्भुत जीवनलाईप्रेम गर्छु। मेरा लागि यो सबै प्रेमका बारेमा हो।

हामी हरेकका लागि यो मुक्तिदाताको पुनरुत्थानको स्मरण गर्ने दिन आत्मिक नवीकरण गर्ने दिन होस्। यो दिन भरिपूर्ण प्रेम, “हाम्रो दैनिक जीवनको आधार ढुङ्गा” सहितको जीवनको सुरुआत होस्, ।

हाम्रो हृदय ख्रीष्टको बिशुद्ध प्रेमले भरीपूर्ण भएको होस्, येशू ख्रीष्टको सत्यअनुयायीको सत्य सङ्केतका रुपमा।योमेरोप्रार्थनाहो। येशू ख्रीष्टका नाममा,आमीन।

प्रिन्ट गर्नुहोस्