२०२३
येशू ख्रीष्टका शिक्षाहरू
मे २०२३


मासिक लियाहोना सन्देश, मे २०२३

येशू ख्रीष्टका शिक्षाहरू

उद्धरणहरू

छवि
भित्तेपत्र

अगमवक्ता नफीले हामीलाई सिकाए जस्तै हामीले “ख्रीष्टका वचनहरूमा भोज गर्नु पर्छ; किनकि हेर, ख्रीष्टका वचनहरूले तिमीहरूलाई के गर्नु पर्छ भन्ने सबै विषय बताउने छन् ।” … आजको मेरो सन्देशमा हाम्रा मुक्तिदाताका शब्दहरूको चयन—उहाँले के भन्नुभयो भन्ने समावेश छ । …

“[व्यवस्थाको महान् आज्ञा यो हो:] तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा आत्माले र आफ्नो सारा सामर्थ्यले प्रेम गर्नू ।

“यो पहिलो र महान् आज्ञा हो ।

“अनि दोस्रो यो जस्तै छ, तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।

“यी दुई आज्ञाहरूमा सबै नियम र अगमवक्ताहरू आवद्ध छन् ।”

“साच्चैँ नै, साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिमीहरू सदैव होसियार हुनु पर्छ र सदैव प्रार्थना गर्नु पर्छ, कथंकदाचित् तिमीहरूलाई सैतानद्वारा लोभ्याइन्छ र तिमीहरूलाई उसद्वारा बन्दी बनाएर अगुवाइ गरिन्छ ।”

“त्यसकारण, तिमीहरूले जे गर्छौ, त्यो मेरो नाममा गर; त्यसकारण तिमीहरूले चर्चलाई मेरो नाममा पुकार्ने छौ ।”

“अब यो आज्ञा हो: पश्चात्ताप गर, पृथ्वीका सीमान्तका तिमीहरू र मकहाँ आओ र मेरा नाममा बप्तिस्मा लिय, ताकि तिमीहरूलाई पवित्र आत्माको प्राप्तिद्वारा पवित्र पारिन सक्छ, कि त्यो अन्तिम दिनमा मसमक्ष तिमीहरू निस्कलङ्क खडा हुन सक्छौ ।

हामी ख्रीष्टमा विश्वास गर्छौं । हामीले उहाँका शिक्षाहरू कसरी बुझ्नु पर्छ र अनुशरण गर्नु पर्छ भन्ने सम्बन्धमा उहाँले के भन्नुभएको थियो त्यसबाट म समापन गर्छु:

“परन्तु सान्त्वना दिने, जो पवित्र आत्मा हो, जसलाई पिताले मेरो नाममा पठाउनुहुने छ, उसले तिमीहरूलाई सबै विषय सिकाउने छ र मैले तिमीहरूलाई भनेका सबै विषयहरू तिमीहरूको स्मरणमा ल्याउने छ ।”

प्रिन्ट गर्नुहोस्