साधारण सम्मेलन
येशू ख्रीष्टका शिक्षाहरू
अप्रिल २०२३ को साधारण सम्मेलन


येशू ख्रीष्टका शिक्षाहरू

हामीलाई हाम्रो जीवन निर्देशित गर्न धर्मशास्त्रहरू दिइएको छ । आजको मेरो सन्देशमा हाम्रा मुक्तिदाताका वचनहरूको छनोट समावेश छ—जुन उहाँले भन्नुभयो ।

हामी ख्रीष्टमा विश्वास गर्दर्छौं । पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरूका रूपमा, हामी उहाँको आराधना गर्दर्छौं र धर्मशास्त्रमा उहाँका शिक्षाहरूको अनुशरण गर्दर्छौँ ।

पतन हुनु अघि, हाम्रा स्वर्गका पिताले आदम र हव्वासँग प्रत्यक्ष वार्तालाप गर्नुभयो । त्यसपछि, पिताले उहाँका एकमात्र पुत्र, येशू ख्रीष्टलाई हाम्रा मुक्तिदाता र उद्धारकर्ताका रूपमा परिचय गराउनुभयो र हामीलाई “उहाँलाई सुन्न” आज्ञा दिनुभयो । यस तरिकाबाट हामी यो निष्कर्षमा पुग्छौँ कि “परमेश्वर” वा “परमप्रभु” द्वारा बोलिएका वचनहरूको धर्मशास्त्रीय अभिलेखहरू लगभग सदैव यहोवा, हाम्रा बौरि उठ्नुभएका परमप्रभु, येशू ख्रीष्टका शब्दहरू हुन् ।

हामीलाई हाम्रो जीवन निर्देशित गर्न धर्मशास्त्रहरू दिइएको छ । अगमवक्ता नफीले हामीलाई सिकाए जस्तै हामीले “ख्रीष्टका वचनहरूमा भोज गर्नु पर्छ; किनकि हेर, ख्रीष्टका वचनहरूले तिमीहरूलाई के गर्नु पर्छ भन्ने सबै विषय बताउने छन् ।” येशूको मरणशील सेवाहरू अभिलेख गर्ने अधिकांश धर्मशास्त्रहरूमा उहाँले के गर्नुभयोभन्ने विवरणहरू छन् । आजको मेरो सन्देशमा हाम्रा मुक्तिदाताका वचनहरूको छनोट समावेश छ—जुन उहाँले भन्नुभयो। यी शब्दहरू नयाँ करारमा (जोसेफ स्मिथको प्रेरित थपहरू सहित) र मोर्मोनको पुस्तकमा अभिलेख गरिएका शब्दहरू हुन् । यी अधिकांश छनोटहरू क्रममा छन् जसमा हाम्रा मुक्तिदाताले तिनीहरूलाई भन्नुभएको थियो ।

“साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्दछु, मानिस पानी र आत्माबाट नजन्मिएसम्म, ऊ परमेश्वरको अधिराज्यमा प्रवेश गर्न सक्दैन ।”

अनि आशीषित छन् तिनीहरू सबै जो धार्मिकताका निम्ति भोकाउँछन् र तिर्खाउछन्, किनकि उनीहरू पवित्र आत्माले भरिने छन् ।

“आशीषित छन् शान्तिका निर्माताहरू: किनकि उनीहरू परमेश्वरका सन्ततिहरू भनी बोलाइने छन् ।

“तिमीहरूले सुनेका छौ कि प्राचीन समयका तिनीहरूले भनेका थिए, तिमीले व्यभिचार नगर्नू ।

“परन्तु म तिमीहरूलाई भन्दछु, कि जसले कुनै स्त्रीलाई अभिलाषाले हेर्छ, उसले आफ्नो हृदयमा पहिले नै उनीसँग व्यभिचार गरिसकेको छ ।”

“तिमीहरूले सुनेका छौ कि यो भनिएको छ, तिमीले आफ्नो छिमेकीलाई प्रेम गर र आफ्नो शत्रुलाई घृणा गर ।

“परन्तु म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ, तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर र तिमीहरूलाई प्रयोग गर्ने र सताउनेहरूका लागि प्रार्थना गर;

“तिमीहरू स्वर्गमा रहनुहुने तिमीहरूका पिताका सन्ततिहरू हुन सक्छौ: किनकि उहाँले आफ्नो सूर्य खराब र असलमाथि उदाउनुहुन्छ, र धर्मी र अन्यायीहरूमाथि वर्षा पार्नुहुन्छ ।”

“किनकि, यदि तिमीहरूले मानिसहरूलाई उनीहरूका उल्लङ्घनहरूको क्षमा दियौ भने स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुने छ:

“परन्तु यदि तिमीहरूले मानिसहरूलाई तिनीहरूका उल्लङ्घनहरूको क्षमा गरेनौ भने, न त तिमीहरूका पिताले तिमीहरूका उल्लङ्घनहरूको क्षमा गर्नुहुने छ ।”

“यदि तिमीहरू संसारका हौ भने, संसारले आफ्नालाई प्रेम गर्ने थियो: तर तिमीहरू संसारका होइनौ, तर मैले तिमीहरूलाई संसारबाट छनोट गरेको छु, त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ ।”१०

“यसकारण, यस संसारका विषयहरू नखोज तर पहिले परमेश्वरको अधिराज्य निर्माण गर्न र उहाँको धार्मिकता स्थापित गर्न खोज र यी सबै विषयहरू तिमीहरूमा थपिने छन् ।”११

“त्यसकारण, सबै विषयहरू जुन तिमीहरूले चाहन्छौ कि मानिसहरूले तिमीलाई गरून्, तिमीहरूले पनि उनीहरूलाई त्यसै गर्नू, किनकि यो नै नियम र अगमवक्ताको सारांश हो ।१२

“झुटा अगमवक्ताहरूदेखि होसियार हुनू, जो भेडाको भेषमा तिमीहरूसामु आउँछन्, तर भित्र उनीहरू डरलाग्दा ब्वाँसाहरू हुन् ।

“तिमीहरूले तिनीहरूलाई उनीहरूका फलहरूद्वारा चिन्ने छौ । के मानिसहरूले काँडाको बोटबाट अङ्गुर, अथवा सिउँडीबाट अन्जीर जम्मा गर्छन् र?

“त्यस्तै गरी प्रत्येक असल वृक्षले असल फल ल्याउँदछ; तर भ्रष्ट वृक्षले खराब फल ल्याउँछ ।”१३

“मलाई परमप्रभु, परमप्रभु भन्ने सबै स्वर्गको अधिराज्यमा प्रवेश गर्ने छैनन्; तर ऊ जसले स्वर्गमा रहनुहुने मेरा पिताको इच्छा पूरा गर्दछ ।”१४

“मकहाँ आओ, सबै परिश्रम गर्ने र बोझले दबिएका, अनि मैले तिमीहरूलाई विश्राम दिने छु ।

“मेरो जुवा आफूमाथि लेओ र मसँग सिक; किनभने म विनम्र र कोमल हृदयको छु: अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम प्राप्त गर्ने छौ ।

“किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुका छ ।”१५

“यदि कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई अस्वीकार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् ।

“अनि अब एक मानिसले आफ्नो क्रूस उठाउनुका लागि, आफैलाई सबै अधर्म र हरेक सांसारिक अभिलाषालाई अस्वीकार गर्नू र मेरा आज्ञाहरू पालना गर्नू हो ।”१६

“त्यसैले, संसार त्याग र आफ्नो आत्मा बचाओ; यदि मानिसले सारा संसार हात पार्छ र आफ्नो आत्मा गुमाउँछ भने के फाइदा हुन्छ? अथवा मानिसले आफ्नो आत्माको बदलामा के दिने?”१७

“यदि कुनै मानिसले आफ्नो चाहना पूरा गर्छ भने, उसले सिद्धान्तका सम्बन्धमा थाहा पाउने छ, चाहे त्यो परमेश्वरको हो वा म आफ्नै सम्बन्धमा बोल्छु ।”१८

“अनि म तिमीहरूलाई भन्दछु, माग र त्यो तिमीहरूलाई दिइने छ; खोज र तिमीहरूले प्राप्त गर्ने छौ; ढकढक्याओ र यो तिमीहरूका लागि उघारिने छ ।

“किनकि जसले माग्छ उसले प्राप्त गर्छ; अनि जसले खोज्छ उसले प्राप्त गर्छ; र जसले ढकढकाउँछ उसका लागि यो उघारिने छ ।”१९

“मसँग अरू भेडाहरू छन्, जो यस समूहका होइनन्: तिनीहरूलाई पनि मैले ल्याउनु पर्छ र तिनीहरूले मेरो आवाज सुन्ने छन्; र त्यहाँ एउटै समूह र एउटै गोठालो हुने छ ।”२०

“येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ: ममाथि विश्वास गर्नेले, ऊ मरेको भए तापनि जिउने छ ।

“अनि जो जीवित छ र ममा विश्वास गर्छ, उसको कहिल्यै मृत्यु हुने छैन ।”२१

“[व्यवस्थाको महान् आज्ञा हो] तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा आत्माले र आफ्नो सारा सामर्थ्यले प्रेम गर्ने छौ ।

“यो पहिलो र महान् आज्ञा हो ।

“अनि दोस्रो यो जस्तै छ, तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।

“यी दुई आज्ञाहरूमा सबै नियम र अगमवक्ताहरू आवद्ध छन् ।”२२

“ऊ जोसँग मेरा आज्ञाहरू छन् र ती पालना गर्दछ, त्यसले मलाई प्रेम गर्छ: र जसले मलाई प्रेम गर्छ, त्यसलाई मेरा पिताले प्रेम गर्नुहुने छ र म उनलाई प्रेम गर्ने छु र ऊकहाँ आफूलाई प्रकट गर्ने छु ।”२३

“शान्ति म तिमीहरूसँग छोड्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु: संसारले दिने जस्तो होइन, म तिमीहरूलाई दिन्छु । तिमीहरूको हृदयलाई विचलित हुन नदेऊ, न त यसलाई त्रसित नै हुन देऊ ।”२४

“मैले तिमीहरूलाई प्रेम गरे जस्तै तिमीहरूले पनि एकअर्कालाई प्रेम गर, मेरो आज्ञा यही हो ।”२५

“हेर, मेरा बाहु र पाउ, यो म आफै हुँ: मलाई महसुस गर र हेर; किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीहरूले मलाई देख्छौ ।”२६

“त्यसकारण तिमीहरू जाओ र सबै राष्ट्रहरूलाई सिकाओ, तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ:

“मैले तिमीहरूलाई आज्ञा दिएका सबै विषयहरू पालना गर्न तिनीहरूलाई सिकाओ: र, हेर, म संसारको अन्त्यसम्म पनि तिमीहरूको साथमा छु ।”२७

पवित्र भूमिमा उहाँको सेवा पछि, येशू ख्रीष्ट अमेरिकी महादेशमा धर्मीहरूसामु प्रकट हुनुभयो । उहाँले त्यहाँ बोलेका केही शब्दहरू यी हुन् ।

“हेर, म परमेश्वरको पुत्र येशू ख्रीष्ट हुँ । मैले स्वर्गहरू र पृथ्वी र तिनमा भएका सबै विषयहरूको सृष्टि गरेँ । म प्रारम्भ देखि नै पितासँग थिएँ । म पितामा छु र पिता ममा हुनुहुन्छ; र पिताले आफ्नो नाम ममा महिमित गर्नु भएको छ ।२८

म संसारको ज्योति र जीवन हुँ । म नै अल्फा र ओमेगा, प्रारम्भ र अन्त्य हुँ ।

“अनि तिमीहरूले अबदेखि रगत बगाएर मलाई अर्पण गर्नु पर्दैन; हो, तिमीहरूका बलिहरू र तिमीहरूका होमबलिहरू रोकिने छ, किनकि म तिमीहरूका कुनै बलिहरू र तिमीहरूका कुनै होमबलिहरू स्वीकार्ने छैन ।

“अनि तिमीहरूले मेरासामु चूर्ण हृदय र पछुताएको आत्मा बलिका रुपमा अर्पण गर्नू । अनि जो चूर्ण हृदय र पछुताएको आत्मा लिएर मसामु आउँछ, उसलाई म आगो र पवित्र आत्माले बप्तिस्मा दिने छु । …

“हेर, म संसारमा संसारको उद्धार ल्याउन, संसारलाई पापबाट बचाउन आएको छु ।29

“अनि पुन: म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गर्नुपर्दछ र मेरो नाउँमा बप्तिस्मा लिनुपर्दछ र एउटा सानो बच्चा जस्तो हुनुपर्छ, अन्यथा तिमीहरूले कुनै हालतमा परमेश्वरको अधिराज्य उत्तराधिकारमा प्राप्त गर्न सक्दैनौ ।३०

“त्यसकारण म चाहन्छु कि तिमीहरू परिपूर्ण हुनु जसरी म छु र तिमीहरूका स्वर्गमा रहनु हुने पिता परिपूर्ण हुनुहुन्छ ।३१

“साच्चैँ नै, साच्चैँ नै म तिमीहरूलाई भन्छु, तिमीहरू सदैव होसियार हुनुपर्छ र सदैव प्रार्थना गर्नुपर्छ, कथंकदाचित तिमीहरूलाई सैतानद्वारा लोभ्याइन्छ र तिमीहरूलाई उसद्वारा बन्दी बनाएर अगुवाइ गरिन्छ ।३२

“त्यसकारण तिमीहरूले सदैव पितासमक्ष मेरा नाममा प्रार्थना गर्नु पर्दछ;३३

“यसैकारण, तिमीहरूले जे गर्छौ, त्यो मेरो नाममा गर; त्यसकारण तिमीहरूले चर्चलाई मेरो नाममा पुकार्ने छौ ।”३४

“हेर मैले तिमीहरूलाई मेरो सुसमाचार दिएको छु र यो त्यो सुसमाचार हो जुन मैले तिमीहरूलाई दिएको छु—कि म मेरा पिताको इच्छा पूरा गर्न संसारमा आएँ, किनभने मेरा पिताले मलाई पठाउनुभयो ।

“अनि मेरा पिताले मलाई क्रुसमा उचाल्न सकूँ भनेर पठाउनुभयो; र त्यस पछि म क्रूसमा उचालिएको थिएँ, ताकि म सबै मानिसहरूलाई मकहाँ तान्न सकूँ … तिनीहरूका कामहरूको न्याय होस्, चाहे तिनीहरू असल होस् वा खराब ।३५

“अब यो आज्ञा हो: पश्चात्ताप गर, पृथ्वीका सीमान्तका तिमीहरू र मकहाँ आओ र मेरा नाउँमा बप्तिस्मा लिय, कि तिमीहरूलाई पवित्र आत्माको प्राप्तिद्वारा पवित्र पारियोस्, कि त्यो अन्तिम दिनमा मसमक्ष तिमीहरू बेदाग खडा हुन सक्षम बन ।३६

हामी ख्रीष्टमा विश्वास गर्छौं । हामीले उहाँका शिक्षाहरू कसरी बुझ्नु पर्छ र अनुशरण गर्नु पर्छ भन्ने सम्बन्धमा उहाँले के भन्नुभएको थियो त्यसबाट म समापन गर्छु:

“परन्तु सान्त्वना दिने, जो पवित्र आत्मा हो, जसलाई पिताले मेरो नाममा पठाउनुहुने छ, उसले तिमीहरूलाई सबै विषय सिकाउनुहुने छ र मैले तिमीहरूलाई भनेका सबै विषयहरू तिमीहरूको स्मरणमा ल्याउने छ ।”३७

म येशू ख्रीष्टको नाममा यी शिक्षाहरूको सत्यता प्रमाणित गर्दछु, आमीन ।

प्रिन्ट गर्नुहोस्