साधारण सम्मेलन
के तपाईंलाई थाहा छ म एक क्रिश्चियनका रूपमा किन ख्रीष्टमा विश्वास गर्छु?
अप्रिल २०२३ को साधारण सम्मेलन


के तपाईंलाई थाहा छ म एक क्रिश्चियनका रूपमा किन ख्रीष्टमा विश्वास गर्छु?

येशू ख्रीष्टले सारा मानवजातिलाई शारीरिक मृत्युबाट उद्दार गर्न र परमेश्वरसँग अनन्त जीवन दिनको लागि दुःख भोग्नु, मर्नु र फेरि उठ्नु परेको थियो ।

वर्षौँ पहिले, एक साँझ, काम पछि म न्यूयोर्क शहरबाट न्यू जर्सी मेरो घर जान दिनहुँ यात्रा गर्ने बसमा चढेँ । मेरो छेउमा बसेकी महिलाले मैले कम्प्युटरमा के लेखिरहेको देखेर सोध्नुभयो, “तपाईं … ख्रीष्टमा विश्वास गर्नुहुन्छ?” मैले भने, “हो, म गर्छु!” हामीले कुरा गर्दैगर्दा, मैले बुझेँ कि उनी भर्खरै आफ्नो सुन्दर एसियाली देशबाट न्यूयोर्कको अत्यधिक प्रतिस्पर्धी सूचना प्रविधि क्षेत्रमा काम गर्नका लागि यस क्षेत्रमा सरेकी थिइन् ।

स्वाभाविक रूपमा, मैले उनलाई सोधें, “के तपाईंलाई थाहा छ म किन एक क्रिस्चियन भएर येशू ख्रीष्टमा विश्वास गर्छु?” उनले पनि सामान्य रूपमा जवाफ दिईन् र उनलाई बताउन मलाई आमन्त्रण गरीन् । तर जब म बोल्न गएँ, मसँग ती पलहरू मध्येको एक थियो जहाँ धेरै विचारहरू तपाईंको दिमागमा बाढी आउँछन् । यो पहिलो पटक थियो जब मैले ईसाई धर्मको “किन” यससँग धेरै अपरिचित र उच्च बुद्धिमानी व्यक्तिलाई व्याख्या गर्दै थिएँ । मैले यसो भन्न सकिन, “म येशू ख्रीष्टलाई अनुशरण गर्छु किनभने उहाँले स्वेच्छाले मेरो पापका लागि कष्ट भोग्नु भयो र मृत्यु हुनुभयो ।” उनले सोच्न सक्छिन्, “के येशूको मृत्यु हुनु पर्ने थियो? यदि हामीले उहाँलाई अनुरोध गरेको भए के परमेश्वरले सरल रूपमा हामीलाई हाम्रा पापहरूबाट क्षमा र विशुद्ध पार्न सक्नु हुन्नथ्यो?”

केही मिनेटमा तपाईंले कस्तो प्रतिक्रिया दिनुहुने थियो? यो विषय तपाईंले साथीलाई कसरी बताउनु हुन्छ ? बालबालिका र युवाहरू: के तपाईं आफ्नो अभिभावक वा अगुवालाई पछि सोध्नुहुने छ, “येशूले किन मृत्यु ग्रहण गर्नु पर्‍यो ?” अनि दाजुभाइ तथा दिदीबहिनीहरू, मसँग एक स्वीकारोक्ति छ: मैले चर्चको सिद्धान्त, इतिहास, नीति र आदि मलाई थाहा भएको लागेपनि, हाम्रो आस्थाको यो महत्वपूर्ण प्रश्नको जवाफ त्यति सजिलै आएन । त्यो दिन, मैले अनन्त जीवनका लागि सबैभन्दा महत्त्वपूर्ण विषयमा बढी ध्यान केन्द्रित गर्ने निर्णय गरेँ।

खैर, मैले मेरो नयाँ साथीलाई जानकारी दिएँ कि हामीसँग शरीरको अतिरिक्त आत्मा पनि छ र परमेश्वर हाम्रा आत्माहरूको पिता हुनुहुन्छ । मैले उनलाई भनेँ कि यस मरणशील संसारमा जन्मनु अघि हामी हाम्रा स्वर्गका पितासँग जिउँथ्यौ । किनभने उहाँले उनीलाई र उहाँका सबै सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई उहाँको महिमित शरीरको स्वरूपमा एउटा शरीर प्राप्त गर्ने , परिवारको हिस्सा बन्ने, र हाम्रा परिवारहरूसँग अनन्त जीवनको आनन्द लिन उहाँको मायालु उपस्थितिमा फर्कन योजना बनाउनुभयो जसरी उहाँले आफ्नोसँग गर्नुहुन्छ । परन्तु, मैले भनेँ, हामीले यस पतित संसारमा दुई मुख्य अवरोधहरूको सामना गर्ने छौँ: (१) शारीरिक मृत्यु—हाम्रा आत्माबाटहरु हाम्रा शरीर अलग हुने । नि:सन्देह, उनलाई थाहा थियो कि हामी सबै मर्ने छौँ । अनि (२) आत्मिक मृत्यु—परमेश्वरबाट हामी अलग हुनु किनभने मरणशीलका रूपमा हामीलाई हाम्रा पापहरू, गल्तीहरू र त्रुटिहरूले हामीलाई उहाँको पवित्र उपस्थितिबाट टाढा पार्छ । उनले योसँग पनि सम्बन्धित गरिन् ।

यो न्यायको नियमको प्रभाव हो भनेर मैले उनलाई जानकारी दिएँ । यस अनन्त नियम ले हाम्रो प्रत्येक पाप वा परमेश्वरको नियम वा सत्यको उल्लङ्घनका लागि अनन्त दण्ड तिर्नु पर्छ वा हामी उहाँको पवित्र उपस्थितिमा बस्न कहिल्यै पनि फर्कन सक्दैनौं भन्ने माग गर्दछ ।१० यो अन्यायपूर्ण हुने छ र परमेश्वरले “न्यायलाई अस्वीकार गर्न सक्नुहुन्न ।”११ उनले यो बुझिन् तर सजिलै बुझिन् कि परमेश्वर पनि दयालु, मायालु र हाम्रो अनन्त जीवन ल्याउन उत्सुक हुनुहुन्छ ।१२ मैले मेरो साथीलाई सूचित गरेँ कि हामीसँग एक धूर्त, शक्तिशाली विरोधी—दुष्ट र झूटको स्रोत—हाम्रो विरोध गर्ने पनि हुने छ ।१३ त्यसकारण, यस्ता सबै विरोध र अवरोधहरूलाई पार गर्न असीम दैवी शक्ति भएको कोहिले हामीलाई बचाउन आवश्यक छ ।१४

त्यसपछि मैले उनीसँग राम्रो समाचार बाँढें—“महान् प्रसन्नताको असल समाचार … सबै मानिसहरूलाई”१५—ताकि “परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, कि उहाँमा विश्वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन प्राप्त गरोस् ।”१६ मैले मेरो साथीलाई गवाही दिएँ र म तिमीहरूलाई गवाही दिन्छु, कि येशू ख्रीष्ट त्यो मुक्तिदाता हुनुहुन्छ, कि उहाँले कष्ट भोग्नुपर्ने थियो, मृत्यु हुनु पर्ने थियो र पुनः बौरी उठ्नु पर्ने थियो— उहाँको असीम प्रायश्चित—सम्पूर्ण मानवजातिलाई शारीरिक मृत्यु बाट छुटकारा दिन१७ र परमेश्वर र हाम्रो परिवारहरूसँग अनन्त जीवन दिनका लागि१८ उहाँलाई अनुशरण गर्नेहरू सबै लाई । मोर्मोनको पुस्तकले घोषणा गर्दछ, “यसरी परमेश्वरले मृत्युमाथि विजय प्राप्त गर्नुभयो; पुत्रलाई मानिसहरूका छोराछोरीहरूका लागि मध्यस्थता गर्ने शक्ति दिनुहुँदै… [दया र] करूणाले भरिएर… ; मृत्युको बन्धन तोडेर, तिनीहरूको अधर्म र अपराधहरू आफैंमा लिएर, तिनीहरूलाई छुटकारा दिई र न्यायका मागहरू पूरा गरेर ।”१९

हामीले येशूलाई अनुशरण गर्न र अनन्त जीवन प्राप्त गर्नका लागि परमेश्वरले प्रकट गर्नुभएका हामीले चाल्नुपर्ने कदमहरूलाई ख्रीष्टको सिद्धान्त भनिन्छ । तिनीहरूमा “येशू ख्रीष्टमा आस्था र उहाँको प्रायश्चित, पश्चात्ताप, बप्तिस्मा [पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा], पवित्र आत्माको उपहार प्राप्त गर्ने र अन्तसम्म सहने” समावेश छन् ।२० मैले यी चरणहरू मेरो साथीसँग बाँढें तर यहाँ केही तरिकाहरू छन् जसमा अगमवक्ताहरू र प्रेरितहरूले भर्खरै ख्रीष्टको सिद्धान्तले कसरी परमेश्वरका सबै सन्ततिहरूलाई आशीर्वाद दिन सक्छ भनेर सिकाउनु भएको छ ।

अध्यक्ष रसल एम्. नेल्सनले निर्देशन दिनुभयो: “ख्रीष्टको विशुद्ध सिद्धान्त शक्तिशाली छ । यसले हरेक को जीवन परिवर्तन गर्छ जसले यसलाई बुझ्दछ र आफ्नो जीवनमा लागू गर्न खोज्छ।”२१

एल्डर डिटर एफ. उक्डोर्फले सिकाउनुभयो, “[यो] युवाहरूका शक्तिका लागि [मार्गदर्शक] ख्रीष्टको सिद्धान्त घोषणा गर्नमा साहसी छ [र] तपाईंलाई [युवाहरू] लाई [यसको] आधारमा छनोटहरू गर्न आमन्त्रण गर्छ।”२२

एल्डर डेल जी. रेनलण्डले सिकाउनुभयो, “हामी सुसमाचार प्रचारकहरू लाई तिनीहरूले सिकाउनेहरूलाई जे गर्न आग्रह गर्छन् त्यही गर्न : … ख्रीष्टको सिद्धान्तलाई तिनीहरूको जीवनमा लागू गर्नु [र] करारको मार्गमा लग्न र रहन आमन्त्रण गर्छौं।”२३

ख्रीष्टको सिद्धान्तले तिनीहरूलाई सशक्त बनाउँछ जो संघर्ष गरिरहेका छन् वा तिनीहरू चर्चसँग सम्बन्धित छैनन् भनेर महसुस गर्छन् किनभने यसले उनीहरूलाई सहयोग गर्दछ, एल्डर डी. टड क्रिस्टोफर्सनले भन्नुभए जस्तै, “प्रमाणित गर्छ: येशू ख्रीष्ट मेरा लागि मर्नुभयो [र] मलाई प्रेम गर्नुहुन्छ ।”२४

अभिभावकहरू, यदि तपाईंको बच्चा कुनै सुसमाचारको सिद्धान्त वा अगमवाणीसूचक शिक्षासँग संघर्ष गरिरहेको छ भने, कृपया चर्च वा यसका अगुवाहरू तर्फ कुनै पनि प्रकारको दुष्ट बोली वा सक्रियताको प्रतिरोध नगर्नुहोस्२५ । यी निम्न, निरपेक्ष दृष्टिकोणहरू तपाईंको मुनी छन् र तपाईंको बच्चाको दीर्घकालीन आस्थावादीताकालागि घातक हुन सक्छ ।२६ यसले तपाईंको सम्बन्धमा यति राम्रोसँग बोल्छ कि तपाईंले आफ्नो बहुमूल्य बच्चाको सुरक्षा वा वकालत गर्नुहुन्छ वा उहाँसँग ऐक्यबद्धताको सङ्केत देखाउनुहुन्छ । परन्तु मेरी श्रीमती, जेन र मलाई व्यक्तिगत अनुभवबाट थाहा छ कि तपाईंको प्यारो बच्चालाई किन हामी सबैलाई येशू ख्रीष्टको अति नै आवश्यकता छ र उहाँको प्रसन्नतापूर्वक सिद्धान्तलाई कसरी लागू गर्ने भनेर सिकाउनु भनेको त्यो हो जसले ऊ वा उनलाई मजबुत बनाउँछ र चङ्गाइ दिन्छ। हामी तिनीहरूलाई येशूतिर फर्काऔँ, जो पितासँगतिनीहरूको सत्य अधिवक्ता हुनुहुन्छ । प्रेरित यूहन्नाले सिकाए, “जो कोही … ख्रीष्टको शिक्षामा समाहित हुन्छ … उससँग पिता र पुत्र दुबै हुनुहुन्छ ।” त्यसपछि उहाँले हामीलाई चेतावनी दिनुहुन्छ “यदि तिमीहरूकहाँ कोही आयो भने र यो सिद्धान्त ल्याएन भने ।“२७

जेन र मैले भर्खरै उजाडस्थानको भ्रमण गर्‍यौँ जहाँ मोशाले इजरायलका भट्किरहेका सन्ततिहरूसामु काँसाको सर्प समातेका थिए । यदि तिनीहरूले यसलाई हेर्छन् भने परमप्रभुले विषालु सर्पले टोकेका सबैलाई चङ्गाइ प्रदान गर्ने प्रतिज्ञा गर्नुभएको थियो ।२८ ख्रीष्टको सिद्धान्तलाई हाम्रासामु उचालेर, परमप्रभुका अगमवक्ताले पनि त्यसै गरिरहनुभएको छ, “कि उहाँले राष्ट्रहरूलाई चङ्गाइ प्रदान गर्नुपर्छ ।”२९ यस मरणशील उजाड स्थानमा हामीले जतिसुकै टोकाइ वा विष वा संघर्षहरू अनुभव गर्छौं, हामी ती व्यक्तिहरू जस्तो नबनौँ जसले, प्राचीन र वर्तमानमा, चङ्गाइ प्राप्त गर्न सक्थे तर दुःखको कुरा, “हेर्दैनन् … किनकि तिनीहरूले यसले तिनीहरूलाई चङ्गाइ दिन्छ भनेर विश्वास गरेनन् ।”३० मोर्मोनको पुस्तकले प्रमाणित गर्छ: “हेर, … यो बाटो हो; र स्वर्गमुनि अरू कुनै तरिका वा नाम दिइएको छैन जसद्वारा मानिसलाई परमेश्वरको राज्यमा बचाउन सकिन्छ । अनि अब, हेर, यो ख्रीष्टको सिद्धान्त हो ।”३१

न्यू जर्सीमा त्यो साँझ, हामीलाई किन येशू ख्रीष्ट र उहाँको सिद्धान्तको आवश्यकता छ भन्ने सम्बन्धमा छलफल गर्दा मलाई एउटा नयाँ बहिनी र उनलाई एउटा नयाँ दाइ मिल्यो । हामीले शान्तिपूर्ण, पवित्र आत्माको प्रमाणित गर्ने साक्षी महसुस गर्‍यौं । स्वाभाविक रूपमा, मैले उनलाई आफ्नो सम्पर्क जानकारी प्रदान गर्न र हाम्रा सुसमाचार प्रचारकहरूसँग कुराकानी गर्न जारी राख्न आमन्त्रण गरेँ । यसो गर्न उनी खुशी भईन् ।

“यसकारण, पृथ्वीका बासिन्दाहरूलाई यी विषयहरूको जानकारी दिन कत्ति ठूलो महत्त्व छ,” मोर्मोनको पुस्तकले घोषणा गर्दछ—हामी इस्राएललाई हाम्रा सबै समुदाय र परिवारहरूमा एकत्रित गरीरहँदा प्रेम गर्न, बाँढ्न र आमन्त्रण गर्न३२ —“कि तिनीहरूले जानकारी प्राप्त गर्ने छन् कि पवित्र मसीहाका गुणहरू, कृपा र अनुग्रह [र सिद्धान्त] द्वारा बाहेक परमेश्वरको उपस्थितिमा बास गर्न सक्ने कुनै शरीर छैन ।”३३ येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू:

  1. मैले मेरो साथीको नाम सार्वजनिक नगर्ने वा काल्पनिक नाम प्रयोग नगर्ने छनोट गरेको छु ।

  2. हेर्नुहोस् रोमीहरू ८:१५-१७; हिब्रू १२:९; सिद्धान्त र करार ८८:१५

  3. हेर्नुहोस् यर्मिया १:४-५; सिद्धान्त र क रार १३८:५५-५६; अब्राहाम ३:२२-२३,२६; Guide to the Scriptures, “नश्वर जीवनपूर्व,” scriptures.ChurchofJesusChrist.org; “पाठ २: मुक्तिको योजना,” Preach My Gospel: A Guide to Missionary Service (२०१९), ४८।

  4. हेर्नुहोस् “पाठ २: मुक्तिको योजना,” Preach My Gospel, ४८ ।

  5. पिताको परिपूर्ण योजना, जसलाई सुखको महान् योजना, मुक्तिको योजना र उद्दारको योजना भनिन्छ, अन्य सन्दर्भहरू बीच, यसरी सङ्गठित छ कि मरणशीलतामा आउने जो कोही पनि परिवारको अंश हो र सबैजना परिवारका अंश हुन् । नि:सन्देह, सबै पारिवारिक परिस्थितिहरू उहाँका सबै सन्ततिहरूका लागि हाम्रा पिताको मायालु दृष्टिकोणसँग उपयुक्त छैनन् वा मिल्दैनन् र केही दुःखद पनि छन् । यद्यपि, हामी ख्रीष्टको सिद्धान्तमा जिउँदा,, येशू ख्रीष्टले हामीलाई उहाँको दयालु र व्यापक योजनाद्वारा पिताले आफ्ना सन्ततिहरूका लागि राख्नुभएका सबै आशीर्वादहरू प्राप्त गर्न सहयोग गर्नुहुन्छ । समापन टिप्पणी ६ पनि हेर्नुहोस् ।

  6. परमेश्वरले आफ्ना सन्ततिहरूलाई गर्नुभएका सबैभन्दा महान् प्रतिज्ञाहरू मध्ये एक उहाँका सबै उपहारहरू मध्ये सबैभन्दा महान् उपहार पनि हो: उत्कर्ष, वा अनन्त जीवन, जुन अनन्तसम्म जिउनु हो “परमेश्वरको उपस्थितिमा अनि परिवारका रूपमा निरन्तर रहने” (Gospel Topics, “Eternal Life,” topics.ChurchofJesusChrist.org; यो पनि हेर्नुहोस् सिद्धान्त र करार १४:७)। “परिवारहरू” मा श्रीमान, श्रीमती र छोराछोरीहरू, साथै हाम्रा जीवित र मृत आफन्तहरू समावेश छन् जसले ख्रीष्टका सिद्धान्तलाई स्वीकार गर्छन् र जिउँछन् । आत्मिक संसारमा रहेका पहिले नै बितिसकेका परिवारका सदस्यहरू जसले यस जीवनमा ख्रीष्टका सिद्धान्तलाई आत्मसात गर्न सकेका थिएनन् तिनीहरूले आत्मिक संसारमा स्वीकार्न सक्छन् जब जीवित आफन्तहरूद्वारा प्रेमपूर्वक बप्तिस्मा, पवित्र आत्माको उपहार प्राप्त गर्ने र अन्य जसले हामीलाई “अन्तसम्म सहन” सहयोग गर्दछन्, पाछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका मन्दिरहरूमा उनीहरुको नाममा गर्दिन्छन् । यसका अतिरिक्त, अनन्त जीवनको प्रतिज्ञा यस जीवनमा विवाहितहरूलाई मात्रै होइन । अध्यक्ष एम्. रसल बलार्डले सिकाउनुभयो, “धर्मशास्त्रहरू र पछिल्ला दिनका अगमवक्ताहरूले सुसमाचारका करारहरू पालना गर्नमा आस्थावान् हुने हरेकले उत्कर्षको अवसर प्राप्त गर्ने छन् भनेर प्रमाणित गर्छन्” (”ख्रीष्टमा आशा,” लियाहोना, मे २०२१; ५५; जोड दिएको)। अध्यक्ष रसल एम्. नेल्सन र अध्यक्ष ड्यालिन एच् ओक्सलाई उद्धृत गर्दै, अध्यक्ष ब्यालर्डले निरन्तरता दिनुभयो, “उत्कर्षका आशीर्वादहरू प्रदान गर्ने सही समय र तरिका सबै प्रकट गरिएको छैन, तर तिनीहरू आश्वस्तछन्” (ख्रीष्टमा आशा,” ५५; जोड दिएको)। अध्यक्ष नेल्सनले सिकाउनुभयो: “परमप्रभुको आफ्नै तरिका र समयमा, उहाँका आस्थावान् सन्तहरूका लागि कुनै पनि आशीर्वाद रोकिने छैन । परमप्रभुले प्रत्येक व्यक्तिलाई हृदयदेखिको चाहना र कार्यअनुसार न्याय र पुरस्कार दिनु हुने छ” (”सेलेस्टियल विवाह,” लियाहोनानोभे. २००८, ९४)। अनि अध्यक्ष ओक्सले व्याख्या गर्नुभयो, “मरणशीलताका धेरै महत्त्वपूर्ण अभावहरू सहस्राब्दीमा ठीक हुने छन्, जुन हाम्रा पिताका सबै योग्य सन्ततिहरूका लागि खुशीको महान् योजनामा अपूर्ण रहेका सबै पूरा गर्ने समय हो” (“खुशीको महान् योजना,” Ensignनोभेम्बर १९९३, ७५)। समापन टिप्पणी ५ पनि हेर्नुहोस् ।

  7. धर्मशास्त्रका लागि मार्गदर्शन हेर्नुहोस्, “उद्दारको योजना,” scriptures.ChurchofJesusChrist.org; सुसमाचारका विषयहरू पनि हेर्नुहोस्, “मुक्तिको योजना,” topics.ChurchofJesusChrist.org “पाठ २: मुक्तिको योजना,” Preach My Gospel, ४८-५०, ५३ ।

  8. हेर्नुहोस् “पाठ २: मुक्तिको योजना,” Preach My Gospel, ४९ ।

  9. हेर्नुहोस् “पाठ २: मुक्तिको योजना,” Preach My Gospel, ४७– ५० ।

  10. हेर्नुहोस् “पाठ २: मुक्तिको योजना,” Preach My Gospel, ४७– ५० ।

  11. मोसीयाह १५:२७ । अनन्त न्याय वा परमेश्वरको न्यायका सन्दर्भहरू धर्मशास्त्रहरूमा प्रशस्त छन्, तर विशेष गरी अल्मा ४१:२–८अल्मा ४२हेर्नुहोस् ।

  12. हेर्नुहोस् अल्मा ४२:१४-२४; मोशा १:३९

  13. हेर्नुहोस् “पाठ २: मुक्तिको योजना,” Preach My Gospel, ४७– ५० ।

  14. हेर्नुहोस् अल्मा ३४:९-१३; पनि हेर्नुहोस् मोसीयाह १३:२८; १५:१-९; अल्मा ४२:१५

  15. लूका २:१०

  16. यूहन्ना ३:१६

  17. हेर्नुहोस् हेलामान १४:१५-१७; मोर्मोन ९:१२-१४

  18. हेर्नुहोस् समापन टिप्पणी ५ र ६ ।

  19. मोसीयाह १५:८-९

  20. What Is My Purpose as a Missionary?,” Preach My Gospel, १; पनि हेर्नुहोस् “Lesson 3: The Gospel of Jesus Christ,” Preach My Gospel, ६३ ।

  21. रसल एम्. नेल्सन, “Pure Truth, Pure Doctrine, and Pure Revelation,” लियाहोना, Nov. 2021, 6; थप जोड दिएर थपिएको ।

  22. डिएटर एफ. उक्डोर्फ, “Jesus Christ Is the Strength of Youth,” लियाहोना, नोभे. २०२२, ११; पनि हेर्नुहोस् For the Strength of Youth: A Guide for Making Choices (२०२२), ४।

  23. डेल जि. रेनलन्ड, “Lifelong Conversion of Missionaries” (address given at the mission leadership seminar, June 25, 2021), 1, Church History Library, Salt Lake City.

  24. डी. टड क्रिस्टोफर्सन, “The Doctrine of Belonging,” लियाहोना, नोभे. २०२२, ५६; पनि हेर्नुहोस् डी. टड क्रिस्टोफर्सन, “The Joy of the Saints,” लियाहोना, नोभे. २०१९, १५-१८ ।

  25. हेर्नुहोस् याकूब ४:११; सिद्धान्त र करार २०:५४; धर्मशास्त्रका लागि मार्गदर्शन, “दुष्ट बोल्ने,” scriptures.ChurchofJesusChrist.org।

  26. हेर्नुहोस् अहमद एस्. कोर्बिट , ““Activism vs. Discipleship: Protecting the Valiant” (address given at the chaplains’ seminar, Oct. 2022), cdn.vox-cdn.com/uploads/chorus_asset/file/24159863/Brother_Corbitt_Chaplain_seminar.pdf; video: media2.ldscdn.org/assets/general-authority-features/2022-chaplain-training-seminar/2022-10-1000-activism-vs-discipleship-1080p-eng.mp4.

  27. २ यूहन्ना १:९-१०

  28. हेर्नुहोस् गन्ती २१:५-९

  29. २ नफी २५:२०

  30. अल्मा ३३:२०

  31. २ नफी ३१:21

  32. हेर्नुहोस् “2021 Broadcast: Principles of Love, Share, and Invite,” broadcasts.ChurchofJesusChrist.org; पनि हेर्नुहोस् Gary E. Stevenson, “Love, Share, Invite,” लीयाहोना, मे २०२२, ८४–८७ ।

  33. २नफी २:८

प्रिन्ट गर्नुहोस्