साधारण सम्मेलन
तपाईंको कुलपिताको आशीर्वाद कहिले प्राप्त गर्ने
अप्रिल २०२३ को साधारण सम्मेलन


तपाईंको कुलपिताको आशीर्वाद कहिले प्राप्त गर्ने

जब तपाईंहरूले आशीर्वाद प्राप्त गर्नुहुन्छ, तपाईंहरूले जानकारी प्राप्त गर्नुहुने छ र महसुस गर्नुहुने छ उहाँहरूले तपाईंहरूलाई कति प्रेम गर्नु हुन्छ र व्यक्तिगत रूपमा तपाईंहरूमा कति ध्यान दिनुहुन्छ ।

हिजो मेरो प्रिय मित्र एल्डर रेन्डल के. बेनेटले कुलपिताका आशीर्वादहरूका सम्बन्धमा व्यक्तव्य दिनुभयो । यो एक महान् सन्देश थियो र हामी सबैलाई प्रेरित गर्‍यो । मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म पनि कुलपिताको आशीर्वादका सम्बन्धमा बोल्न सक्छु? कुलपिताहरू, कुलपिताका आशीर्वादहरूका लागि अनुरोधहरू बढ्दै गर्दा, म प्रार्थना गर्छु कि परमप्रभुले तपाईंहरूलाई आशीर्वाद दिनुहुने छ जब तपाईंहरू आफ्नो बोलावटलाई निरन्तर सम्मान गर्नुहुन्छ ।

जब म किला सम्मेलनहरूमा जान्छु, म सदैव किला कुलपिता र उनकी श्रीमतीलाई भेट्छु । कुलपिताहरू भद्र, आज्ञाकारी र परमेश्वरबाट बोलावट गरिएका अविश्वसनीय अगुवाहरू हुन् । उनीहरूले मलाई धेरै अद्भुत आध्यात्मिक अनुभवहरू बताउँछन् । म उनीहरूलाई तिनीहरूले आशीर्वाद दिएका सबैभन्दा साना र सबैभन्दा ठूला ब्यक्तिहरूको उमेर सोध्ने गर्छु । अहिलेसम्म, सबैभन्दा सानो ११ र सबैभन्दा ठूलो ९३ थिए \।

मैले मेरा कुलपिताको आशीर्वाद नयाँ चर्चका सदस्यका रूपमा १९ वर्षको उमेरमा, मेरो बपतिस्मा भएको दुई वर्षपछि प्राप्त गरेको थिएँ । मेरा कुलपिता धेरै वृद्ध थिए । उनी १९१६मा चर्चमा सामेल भएका थिए र जापानका चर्चका एक अग्रगामी थिए । परमप्रभुको ती उल्लेखनीय शिष्यबाट कुलपिताको आशीर्वाद प्राप्त गर्नु मेरा लागि महान् सम्मान थियो । उनको जापानी भाषा बुझ्न मेरा लागि अलिक कठिन थियो तर त्यो शक्तिशाली थियो ।

मैले भेटेका कुलपिताहरूले मलाई भन्छन् कि धेरै व्यक्तिहरूले आफ्ना कुलपिताको आशीर्वाद सुसमाचार प्रचार सेवा गर्नु ठीक अगाडि प्राप्त गर्छन् । मेरा प्यारा युवाहरू, युवतीहरू, अभिभावकहरू र बिशपहरू, कुलपिताका आशीर्वादहरू सुसमाचार प्रचार सेवाको तयारीका लागि मात्र होइन । योग्य बप्तिस्मा लिएका सदस्यहरूले आफ्ना कुलपिताको आशीर्वाद उनीहरूका लागि सही समयमा प्राप्त गर्न सक्ने छन् ।

प्रिय वयस्क सदस्यहरू, तपाईंहरू मध्ये कतिपयले आफ्नो कुलपिताको आशीर्वाद प्राप्त गर्नुभएको छैन । स्मरण रहोस, त्यहाँ कुनै अधिकतम उमेर छैन ।

मेरी सासुआमाले राहत समाजकी शिक्षिकाका रूपमा ९१ वर्षको उमेरमा नबित्दासम्म उहाँ चर्चको एक सक्रिय सदस्य हुनुहुन्थ्यो । उहाँले कुलपिताको आशीर्वाद प्राप्त नगरेको सम्बन्धमा जानकारी प्राप्त गर्दा म दुःखी भएँ । उहाँले आफ्नो जीवनमा धेरै कठिनाइहरूको अनुभव गर्नुभएको थियो र उहाँको घरमा पादरित्व वाहक नभएका कारण उहाँले धेरै पादरित्वका आशीर्वादहरू प्राप्त गर्नुभएको थिएन । कुलपिताको आशीर्वादले उहाँलाई अत्यावश्यक समयमा सान्त्वना दिन सकथ्यो ।

वयस्कहरू, यदि तपाईंहरूले कुलपिताको आशीर्वाद प्राप्त गर्नुभएको छैन भने, चिन्ता नगर्नुहोस् । सबैजनाको आत्मिक समय सीमा भिन्न छ । यदि तपाईंहरू ३५ अथवा ८५ हुनुहुन्छ र चाहना छ भने, आफ्ना बिशपसँग आफ्नो आशीर्वाद लिने सम्बन्धमा कुरा गर्नुहोस् ।

चर्चका नयाँ सदस्यहरू तपाईंहरूले कुलपिताको आशीर्वादका सम्बन्धमा सुन्नु भएको छ ? जब मैले चर्चमा सदयस्ता लिएको थिएँ मलाई यो प्राप्त गर्ने अवसरका सम्बन्धमा जानकारी प्राप्त भएको थिएन तर मेरा प्रिय बिशपले कुलपिताको आशीर्वादका सम्बन्धमा भने आफ्नो लागि लिनका लागि तयारी गर्न प्रोत्साहन गरे । चर्चका प्रत्येक योग्य सदस्यले कुलपिताको आशीर्वाद प्राप्त गर्न सक्छन् । परमप्रभुले तपाईंहरूलाई यो पवित्र अवसरको तयारी गर्नका लागि सहयोग गर्नुहुन्छ ।

कुलपिताको आशीर्वादका लागि दुईवटा उद्देश्यहरू विचार गरौँ ।

  1. कुलपिताको आशीर्वादमा परमप्रभुबाट तपाईंहरूका लागि व्यक्तिगत सल्लाह समावेश हुन्छ ।

  2. कुलपिताको आशीर्वादले इस्राएलको घरानामा तपाईंहरूको वंशको घोषणा गर्छ ।

तपाईंहरूका कुलपिताको आशीर्वाद तपाईंहरूको स्वर्गमा रहनुहुने पिताको सन्देश हो र सम्भवतः तपाईंहरूलाई आफ्नो जीवनभर निर्देशन गर्ने ज्ञाहरू र प्रेरणा युक्त सल्लाह समावेश हुने छ । कुलपिताको आशीर्वादले तपाईंहरूको जीवन निर्धारित गर्ने छैन वा तपाईंहरूका सबै प्रश्नहरूको उत्तर दिने छैन । यदि यसले तपाईंहरूको जीवनको महत्वपूर्ण घटना उल्लेख गरेन भने, यसको अर्थ तपाईंहरूले त्यो अवसर प्राप्त गर्नुहुने छैन भनेर नसम्झिनुहोस् । त्यसैगरी, तपाईंहरूको आशीर्वादका सबै विषय यो जीवनमा आउँछ भनेर प्रत्याभूति छैन । कुलपिताको आशीर्वाद अनन्त हो र यदि तपाईंहरू योग्य जीवन जिउनुहुन्छ भने, यो जीवनमा परिपूर्ण नभएका प्रतिज्ञाहरू अर्को जीवनमा दिइने छ ।3

जब तपाईंहरूले वंशको घोषणा प्राप्त गर्नुहुन्छ, तपाईंहरूले जानकारी प्राप्त गर्न सक्नुहुन्छ ताकि तपाईंहरू इस्राएलका घरानाबाट हुनुहुन्छ र अब्राहममा सन्तति हुनुहुन्छ । यसको महत्व बुझ्नका लागि, परमप्रभुले इस्राएलका घरानालाई अब्राहामद्वारा गर्नुभएका प्रतिज्ञाहरूमा ध्यान केन्द्रित गर्नुहोस् ।

ती प्रतिज्ञाहरूले समावेश छन्:

  • “उनका सन्तति अनगिन्ती हुने छन् (हेर्नुहोस् उत्पत्ति १७:५-६; अब्राहम २:९; ३:१४)।

  • “उनका सन्तति, अथवा सन्तानहरूले, सुसमाचार प्राप्त गर्ने छन् र पदारीत्व बहन गर्ने छन् (हेर्नुहोस् अब्राहाम २:९) ।

  • “उनका सन्ततिका सेवाद्वारा, ‘पृथ्वीका सबै परिवारहरू अशीषित [हुने छन्], सुसमाचारको आशीर्वादसँग समेत, जुन मुक्तिका आशीर्वादहरू हुन्, अनन्त जीवनको समेत’ (अब्राहाम २:११) ।”

चर्चका सदस्यहरू हुनाले, हामी करारका सन्ततिहरू हौँ । हामीले अब्राहामी करारको आशीर्वाद प्राप्त गर्छौँ जब हामी समाचारका नियमहरू र विधिहरूको पलाना गर्छौँ ।

तपाईंहरूको कुलपिताको आशीर्वादका लागि तयारीले स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्टमा आफ्नो आस्था बढाउन तपाईंहरूलाई सहयोग गर्ने छ । जब तपाईंले कुलपिताको आशीर्वाद प्राप्त गर्नुहुन्छ र पढ्नुहुन्छ र त्यसमा विचार गर्नुहुन्छ, तपाईंले त्यसमा धेरै जसो ध्यान केन्द्रित गर्न सक्नुहुने छ।

अध्यक्ष थमस एस्. मनसनले व्याख्या गरे, “उही परमप्रभु जसले लहीलाई लियाहोना प्रदान गर्नुभयो तपाईंहरूलाई र मलाई आज हाम्रो जीवनमा निर्देशन गर्न, हाम्रो सुरक्षाको लागि खतराहरू सङ्केत गर्न र सुरक्षित बाटो समेत मानचित्र गर्न, दुर्लभ र अमूल्य उपहार प्रदान गर्नुहुन्छ—प्रतिज्ञाको भूमिमा होइन, तर हाम्रो स्वर्गको घरमा ।”

मेरा प्रिय बिशपहरू, अभिभावकहरू, एल्डरहरूको गण र राहत समाजका अध्यक्षहरू, वार्ड सुसमाचार प्रचार अगुवाहरू, सेवा गर्ने दाजुभाइ र दिदीबहिनीहरू, कृपया ती युवा र युवतीहरूलाई, वयस्क सदस्य र नयाँ सदस्यहरू जसले अहिलेसम्म आफ्नो कुलपिताको आशीर्वाद प्राप्त गरेका छैनन्, परमप्रभुको निर्देशन खोज्न प्रोत्साहन गर्नुहोस् र उनीहरूलाई त्यसो गर्न तयारी गर्नका लागि सहयोग गर्नुहोस् ।

म बारम्बार र प्रार्थनापूर्वक मेरो कुलपिताको आशीर्वाद पढ्छु; यसले मलाई सदैव प्रोत्साहन दिन्छ । परमप्रभुले मबाट के अपेक्षा गर्नुहुन्छ भनेर म बुझ्छु र यसले मलाई पश्चात्ताप गर्न र विनम्र हुन सहयोग गरेको छ । जब म यसलाई पढ्छु र मनन गर्छु, म यसको प्रतिज्ञा गरिएको आशीर्वाद प्राप्त गर्न योग्य भएर बाँच्न चाहन्छु ।

जसरी हामीले धेरै पटक पढ्दा धर्मशास्त्रहरूले हामीलाई पछि नयाँ अर्थ दिन्छन्, हाम्रो कुलपितको आशीर्वादमा हाम्रा लागि विभिन्न समयमा फरक अर्थ हुने छ । मेरो मा म ३० वर्षको हुँदा र ५० वर्षको हुँदाको भन्दा अहिले भिन्न अर्थ छ । यसका शब्दहरू परिवर्तन हुने होइन, तर हामी तिनीरूलाई भिन्न तरीकामा हेर्छौँ ।

अध्यक्ष ड्यालिन एच्. ओक्सले घोषणा गर्नुभयो कि कुलपिताको आशीर्वाद “पवित्र आत्माको प्रेरणामा दिइन्छ र सोही आत्माको प्रभावमा पढिनु र व्याख्या गरिनु पर्छ । कुलपिताको आशीर्वादको अर्थ र महत्व हरफमाथि हरफ समयावधिमा सोही आत्माद्वारा सिकाइने छ जसले [त्यसमा] प्रेरणा दिएको थियो ।”

दाजुभाइ र दिदीबहिनीहरू, म मेरो गवाही दिन्छु कि स्वर्गमा रहनुहुने पिता र उहाँका प्रिय र एकमात्र पुत्र परमप्रभु येशू ख्रीष्ट जीवित हुनुहुन्छ । उहाँहरूले हामीलाई प्रेम गर्नुहुन्छ । कुलपिताको आशीर्वाद उहाँहरूका पवित्र उपहारहरू हुन् । जब तपाईंहरूले आशीर्वाद प्राप्त गर्नुहुन्छ, तपाईंहरूले जानकारी प्राप्त गर्नहुने छ र महसुस गर्नुहुने छ उहाँहरूले तपाईंहरूलाई कति प्रेम गर्नुहुन्छ र व्यक्तिगत रूपमा तपाईंहरूमा कति ध्यान दिनुहुन्छ ।

मोर्मोनको पुस्तक येशू ख्रीष्टको अर्को करार हो । अनि म जीवित अगमवक्ता, अध्यक्ष रसल एम्. नेल्सनद्वारा अगुवाइ गारिएकोमा कृतज्ञ छु ।

म हाम्रा मुक्तिदाता, येशू ख्रीष्टका लागि धेरै कृतज्ञ छु । यो इस्टर आइतबारमा म उहाँमा र उहाँको पुनरुत्थानमा ध्यान केन्द्रित गर्ने छु र उहाँको आराधना गर्ने छु र उहाँको बलिदानका लागि धन्यबाद दिने छु । मलाई थाहा छ उहाँले गहन पीडा भोग्नु भयो किनकि उहाँले हामीलाई गहन प्रेम गर्नुहुन्छ । मलाई थाहा छ हाम्रा लागि उहाँको प्रेमका कारण उहाँको पुनरुत्थान भएको थियो । उहाँ वास्तविक हुनुहुन्छ । म यो गवाही येशूख्रीष्टको नाममा प्रमाणित गर्छु, आमीन ।

सूचीहरू:

  1. हेर्नुहोस General Handbook: Serving in The Church of Jesus Christ of Latter-day Saints, 18.17, ChurchofJesusChrist.org.

  2. हेर्नुहोस् “कुलपिताको आशीर्वाद” मा True to the Faith (२००४), ११२ ।

  3. See “कुलपिताको आशीर्वाद,” in True to the Faith, ११३।

  4. हेर्नुहोस् अब्राहाम २:१०

  5. अब्राहमिक करार,” मा True to the Faith, ५ ।

  6. हेर्नुहोस् ३ नफी २०:२५-२६

  7. थोमस एस् मन्सन, “तपाईंको कुलपिताको आशीर्वाद: प्रकाशको एक लियाहोना,” Ensign, नोभे. १९८६, ६५ ।

  8. ड्यालिन एच ओक्स, “कुलपिताको आशीर्वाद Worldwide Leadership Training Meeting: The Patriarch, जान. ८, २००५, १०.

प्रिन्ट गर्नुहोस्