साधारण सम्मेलन
येशू ख्रीष्ट राहत हुनुहुन्छ
अप्रिल २०२३ को साधारण सम्मेलन


येशू ख्रीष्ट राहत हुनुहुन्छ

हामी आवश्यकतामा परेकाहरूलाई अस्थायी र आध्यात्मिक राहत प्रदान गर्न सहयोग गर्न मुक्तिदातासँग सहकार्य गर्न सक्छौँ—र त्यस प्रक्रियामा हाम्रो आफ्नै राहत प्राप्त गर्छौँ ।

येशू ख्रीष्टमा आस्था र उहाँका चमत्कारहरूका सम्बन्धमा उनीहरूले सुनेका विषयहरूमा आशा राख्दै, पक्षघाती व्यक्तिको हेरचाहकर्ताहरूले उसलाई येशूकहाँ ल्याए । उसलाई त्यहाँ पुर्‍याउनमा तिनीहरू रचनात्मक थिए—छत खोलेर त्यस व्यक्तिलाई उसको ओछ्यानमा, येशूले शिक्षा दिनुभएको ठाउँमा तल ल्याउन्मा। जब येशूले “तिनीहरूको आस्था देख्नुभयो, उहाँले [पक्षघात भएका मानिस]लाई भन्नुभयो, तिम्रा पापहरू क्षमा भयो ।” अनि त्यसपछि, “उठ, तिम्रो खाट उठाऊ र आफ्नो बाटोबाट आफ्नो घर जाऊ ।” अनि तत्कालै त्यो पक्षघात भएको मानिस उठ्यो र आफ्नो ओछ्यान लिएर “परमेश्वरको महिमा” गर्दै घरतिर लाग्यो ।

पक्षघात भएका मानिसको हेरचाह गर्ने साथीहरूका सम्बन्धमा हामीलाई अझै बढी के थाहा छ? हामीलाई थाहा छ कि मुक्तिदाताले तिनीहरूको आस्थालाई चिन्नु भयो । अनि मुक्तिदातालाई देखेर र सुनेर र उहाँका चमत्कारहरूका साक्षी भएर तिनीहरू “चकित” भए र “परमेश्वरको महिमा गरे ।”

येशू ख्रीष्टले आशा गरेकाहरूलाई चङ्गाइ प्रदान गर्नु भएको थियो—दीर्घकालीन रोगको पीडा र अपाङ्ग परिणामहरूबाट शारीरिक राहत । उल्लेखनीय रूपमा, मुक्तिदाताले ती मानिसलाई पापबाट शुद्ध पार्न आत्मिक राहत पनि प्रदान गर्नुभयो ।

अनि साथीहरूले—आवश्यकतामा परेको व्यक्तिको हेरचाह गर्ने प्रयासमा, उनीहरूले राहतको स्रोत भेट्टाए; तिनीहरूले येशू ख्रीष्टलाई भेट्टाए ।

म गवाही दिन्छु कि येशू ख्रीष्ट नै राहत हुनुहुन्छ । येशू ख्रीष्टको प्रायश्चितद्वारा, हामी पापको बोझ र परिणामहरूबाट मुक्त हुन सक्छौँ र हाम्रो दुर्बलताहरूमा सहयोग प्राप्त गर्न सक्छौँ ।

अनि किनभने हामी परमेश्वरलाई प्रेम गर्छौँ र उहाँको सेवा गर्न करार गरेका छौँ, हामी आवश्यकतामा परेकाहरूलाई अस्थायी र आत्मिक राहत प्रदान गर्न सहयोग गर्न मुक्तिदातासँग सहकार्य गर्न सक्छौँ—र त्यस प्रक्रियामा येशू ख्रीष्टमा हाम्रो आफ्नै राहत प्राप्त गर्न सक्छौँ ।

हाम्रा प्रिय अगमवक्ता, अध्यक्ष रसल एम्. नेल्सनले हामीलाई संसारलाई जित्न र विश्राम खोज्न आमन्त्रित गर्नुभयो ।6 उहाँले “सत्य विश्राम” लाई “राहत र शान्ति” भनेर परिभाषित गर्नुभयो । अध्यक्ष नेल्सन भन्नुहुन्छ, “किनभने मुक्तिदाताले उहाँको असीम प्रायश्चितद्वारा अनि तपाईंले अहिलेसम्म भोग्नुभएका हरेक पीडा, चिन्ता अनि बोझलाई उहाँले अनुभव गर्नुभएको हुनाले हामी प्रत्येकलाई कमजोरी, गल्ती र पापबाट छुटकारा दिनुभयो; त्यसकारण वास्तवमा नै तपाईंले पश्चात्ताप गर्नुभयो र उहाँको सहायता खोज्नुभयो भने, तपाईं यो वर्तमान अनिश्चित संसार माथि उठ्न सक्नुहुन्छ ।” येशू ख्रीष्टले हामीलाई दिनुहुने राहत त्यही नै हो!

हामी प्रत्येकले एक रूपक झोला बोकिरहेका छौँ । यो तपाईंको शिरकोमा सन्तुलित राखिएको टोकरी वा थैलो वा कपडामा बेरेर तपाईंको काँधमा लादिएका वस्तुहरूका बिटा हुन सक्छन् । परन्तु उदाहरणका लागि, यसलाई झोला भनौँ ।

यो रूपक झोला त्याहाँ छ जहाँ हामी पतित संसारमा जिउनकालागि बोझहरू बोक्छौँ । हाम्रा बोझहरू झोलामा भएका ढुङ्गाहरू जस्तै छन् । सामान्यतया, त्यहाँ तीन प्रकारका छन्:

  • पापको कारणले हाम्रो आफ्नै कर्मका ढुङ्गाहरू ।

  • खराब निर्णयहरू, दुराचार र अरूको निर्दयताको कारण हाम्रो झोलामा ढुङ्गाहरू ।

  • अनि हामी ढुङ्गाहरू बोक्छौँ किनभने हामी पतित अवस्थामा जिइरहेका छौँ । यसमा रोग, पीडा, दीर्घकालीन रोग, शोक, निराशा, एक्लोपन र प्राकृतिक प्रकोपका प्रभावहरूका ढुङ्गाहरू समावेश छन् ।

म खुशीसाथ घोषणा गर्छु कि हाम्रा नश्वर बोझहरू, हाम्रो तुलनात्मक झोलामा यी ढुङ्गाहरू, भारी महसुस गर्नु पर्दैन ।

येशू ख्रीष्टले हाम्रो भार हल्का गर्न सक्नुहुन्छ ।

येशू ख्रीष्टले हाम्रो बोझ उठाउन सक्नुहुन्छ ।

येशू ख्रीष्टले हामीलाई पापको बोझबाट मुक्त हुने बाटो प्रदान गर्नुहुन्छ ।

येशू ख्रीष्ट हाम्रो राहत हुनुहुन्छ ।

उहाँले भन्नुभयो:

“मकहाँ आओ, सबै परिश्रम गर्ने र बोझले दबिएका, अनि मैले तिमीहरूलाई विश्राम दिने छु [ती हुन्, राहत र शान्ति]।

“मेरो जुवा आफु माथि लेओ, र मसँग सिक; किनभने म विनम्र र कोमल हृदयको छु: अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउने छौ ।

“किनकि मेरो जुवा सजिलो छ, र मेरो बोझ हलुका छ ।”

जुवा सजिलो छ र बोझ हलुका छ भनेर अनुमान गर्छ कि हामी मुक्तिदाताको साथ जुवामा हुन्छौँ, कि हामी उहाँसँग हाम्रो बोझ बाँढ्छौँ, कि हामीले उहाँलाई हाम्रो भार उठाउन दिन्छौँ । यसको अर्थ परमेश्वरसँगको करार सम्बन्धमा प्रवेश गर्नु र त्यो करार पालना गर्नु हो, जसलाई अध्यक्ष नेल्सनले व्याख्या गर्नुभएको छ, “जीवनका सम्बन्धमा सबै विषय हरूलाई सजिलो बनाउँछ ।” उहाँले भन्नुभयो, “आफूलाई मुक्तिदातासँग जोड्नु भनेको उहाँको शक्ति र उद्धार दिने शक्तिमा तपाइँको पहुँच छ ।”

त्यसोभए हामी हाम्रा ढुङ्गाहरूको किन कञ्जुस गर्छौँ ? एक रिलिभर खेलाडी खेल पूरा गर्न तयार हुँदा एक थकित बेसबल पिचरले माउन्ड छोड्न किन अस्वीकार गर्दछ ? जब रिलिभर खेलाडी मसँग रहन तत्पर हुँदा मैले किन मेरो पद एक्लै कायम राख्न जिद्दी गर्ने ?

अध्यक्ष नेल्सनले सिकाउनुभएको छ, “येशू ख्रीष्ट … हामीलाई चङ्गाइ दिन, क्षमा गर्न, सफा गर्न, मजबुत बनाउन, शुद्ध पार्न र पवित्र गर्न खुल्ला बाहुहरू लिएर उभिनुहुन्छ ।”१०

त्यसोभए हामी किन हाम्रा ढुङ्गाहरू एक्लै बोक्न जिद्दी गर्दछौँ ?

यो तपाईंहरू मध्ये हरेकले विचार गर्नका लागि एक व्यक्तिगत प्रश्नका रूपमा अभिप्रेत छन् ।

मेरा लागि, यो घमण्डको वर्षौँ पुरानो दुर्गुण हो । “म यो आफै गर्छु, “ म भन्दछु । “कुनै चिन्ता छैन; म पूरा गर्ने छु ।” यो महान् धोखेबाज हो जसले मलाई परमेश्वरबाट लुकेको, उहाँलाई अस्वीकार गरेको, सहयोगबिना एक्लै कार्य गरेको चाहन्छ ।

दाजुभाइ तथा दिदीबहिनीहरू, सहयोगबिना म एक्लै कार्य गर्न सक्दिन र मैले गर्नु पनि पर्दैन र म गर्दिन । मेरो मुक्तिदाता, येशू ख्रीष्टसँग बाँधिन छनोट गर्दै, मैले परमेश्वरसँग गरेको करारहरूद्वारा, “मलाई बलियो पार्नुहुने ख्रीष्टद्वारा म सबै चीज गर्न सक्छु ।”११

करार पालना गर्नेहरू मुक्तिदाताको राहतसँगै आशीषित हुन्छन् ।

मोर्मोनको पुस्तकमा यो उदाहरण विचार गर्नुहोस्: अल्माका मानिसहरूलाई “तिनीहरूमाथि कार्यको बोझ थुपारेर र उनीहरूमाथि कार्य सुपरीवेक्षकहरू राखिएर” सताइयो ।१२ अनि उच्च स्वरमा प्रार्थना गर्न निषेध गरिएकाले, उनीहरूले “आफ्ना हृदयहरू परमेश्वरलाई पोखे; र उहाँले तिनीहरूका हृदयका विचारहरू थाहा पाउनुभयो ।”१३

अनि “उनीहरूका कष्टहरूमा परमप्रभुको वाणी उनीहरूसामु आयो, यसो भन्दै: तिमीहरूका शिर उठाओ र सान्त्वना लेओ, किनकि मलाई तिमीहरूले मसामु गरेको करार थाहा छ; र म मेरा जनसँग करार गर्ने छु र उनीहरूलाई दासत्वबाट मुक्त गर्ने छु ।

“अनि म तिमीहरूका काँधमा राखिएका बोझ पनि हलुका गर्ने छु, कि तिमीहरूले आफ्ना पिठ्यूँमा समेत महसुस गर्न सक्ने छैनौ ।”१४

अनि तिनीहरूको बोझ “हल्का पारियो” र “परमप्रभुले उनीहरूलाई बलियो बनाउनुभयो कि उनीहरूले आफ्ना बोझहरू सजिलोसँग बोक्न सकून् र उनीहरू खुसी र धीरताका साथ परमप्रभुका सबै इच्छाहरूमा समर्पित भए ।”१५

ती करार पालना गर्नेहरूले सान्त्वना, धेरै धीरता र प्रफुल्लता, उनीहरूको बोझमा सहजताका रूपमा राहत पाए ताकि उनीहरूले हल्का महसुस गरे र अन्ततः छुटकारा पाए ।१६

अब हाम्रो आफ्नै रूपक झोलामा फर्कौं ।

येशू ख्रीष्टको प्रायश्चितद्वारा, पश्चात्तापले हामीलाई पापको ढुङ्गाहरूको वजनबाट छुटकारा दिन्छ । अनि यो उत्कृष्ट उपहारद्वारा, परमेश्वरको कृपाले हामीलाई न्यायको भारी र अन्यथा अपराजेय मागहरूबाट राहत दिन्छ ।१७

येशू ख्रीष्टको प्रायश्चितले हामीलाई क्षमा गर्ने शक्ति प्राप्त गर्न पनि सम्भव बनाउँछ, जसले हामीलाई अरूहरूको दुर्व्यवहारका कारणले बोक्ने भार हटाउन अनुमति दिन्छ ।१८

त्यसोभए मुक्तिदाताले हामीलाई दुःख र पीडाको अधीनमा नश्वर शरीरहरू भएको पतित संसारमा बाँच्ने बोझबाट कसरी मुक्त गर्नुहुन्छ?

प्रायः, उहाँले हामीद्वारा त्यस प्रकारको राहत प्रदान गर्नुहुन्छ! उहाँको चर्चको करारमा बाँधिएका सदस्यहरूको रूपमा, हामी “शोक गर्नेहरूसँग शोक गर्ने” र “सान्त्वनाको आवश्यकतामा परेकाहरूलाई सान्त्वना दिने” प्रतिज्ञा गर्छौँ ।१९ हामी “परमेश्वरको समूहमा आएका” र “उहाँका जन भनिएका” भएकोले हामी “एकअर्काको भारी बोक्न राजी छौँ, कि तिनीहरू हलुका होऊन्‌ ।”२०

हाम्रो करारको आशीर्वाद भनेको परमेश्वरका सबै सन्तानहरूलाई अस्थायी र आत्मिक दुवै राहत प्रदान गर्न येशू ख्रीष्टसँग साझेदारी गर्नु हो । हामी एउटा माध्यम हौँ जसद्वारा उहाँले राहत प्रदान गर्नुहुन्छ ।२१

अनि त्यसकारण, पक्षघात भएका मानिसका साथीहरूजस्तै हामी “कमजोरको सहायता गर्छौँ, लत्रेका हातहरू उठाउँछौँ र दुर्बल घुँडाहरूलाई मजबुत बनाउँछौँ ।”२२ हामी “एक अर्काको भार उठाउँछौँ र ख्रीष्टको नियम पूरा गर्दछौँ ।”२३ जब हामी गर्छौँ, हामी उहाँलाई चिन्ने छौँ, उहाँ जस्तै बन्न सक्नेछौँ र उहाँको राहत प्राप्त गर्ने छौँ ।२४

राहत भनेको के हो?

यो पीडादायी, कष्टप्रद वा बोझिलो चीजलाई हटाउनु वा हल्का पार्नु हो वा सहन सक्ने शक्ति हो । यसले त्यस व्यक्तिलाई जनाउँछ जसले अर्को व्यक्तिको स्थान लिन्छ । यो गल्तीको कानुनी सुधार हो ।२५ एक एङ्ग्लो-फ्रान्सेली शब्द पुरानो फ्रान्सेली भाषाबाट आउँछ, शब्द रिलेभर, अथवा “माथि उठाउनु“,” र ल्याटिनमा रिलेभेर, वा पुन: उठाऊ ।”२६

दाजुभाइ र दिदीबहिनीहरू, येशू नै राहत हुनुहुन्छ । म गवाही दिन्छु कि उहाँ तेस्रो दिनमा पुन: बौरी उठ्नुभयो अनि प्रेमपूर्ण र असीम प्रायश्चित पूरा गरेर हामीलाई फेरि उठ्न, मुक्ति पाउन उच्च बन्न र उहाँ जस्तै बन्ने अवसर प्रदान गर्न खुल्ला बाहुहरू लिएर उभिनुहुन्छ । उहाँले हामीलाई दिनुहुने राहत अनन्त छ ।

त्यो पहिलो इस्टर बिहान स्वर्गदूतले भेटेका महिलाहरू जस्तै, म उहाँ बौरी उठ्नु भएको वचन सुनाउन “छिट्टै” र “महान् प्रसन्नताका साथ” जान चाहन्छु ।२७ हाम्रो मुक्तिदाता, येशू ख्रीष्टका नाममा, आमीन ।

सूचीहरू

  1. लुका ५:२०

  2. मर्कूस २:११

  3. लुका ५:२५

  4. लुका १५:२०

  5. हेर्नुहोस् डी. टड क्रिस्टोफर्सन, “The First Commandment First” (Brigham Young University devotional, मार्च २२, २०२२), 2, speeches.byu.edu: “परमेश्वरप्रतिको हाम्रो प्रेमले अरूलाई पूरा र परिपूर्ण रूपमा प्रेम गर्ने हाम्रो क्षमतालाई बढाउँछ किनभने हामी मूलतः उहाँका छोराछोरीहरूको हेरचाहमा परमेश्वरसँग साझेदार गर्छौँ (जोड दिएर थपिएको) ।

  6. हेर्नुहोस् रसल एम्. नेल्सन, “Overcome the World and Find Rest,” Liahona,” नोभे. २०२२, ९५-९८ ।

  7. रसल एम्. नेल्सन, “Overcome the World and Find Rest” ९६ ।

  8. मत्ती ११:२८-३०

  9. रसल एम्. नेल्सन, “Overcome the World and Find Rest,” ९७ ।

  10. रसल एम्. नेल्सन, “हामी अझै असल हुन सक्छौँ र अझ राम्रो बन्न सक्छौँ,” लियाहोना, मे २०१९, ६७ ।

  11. फिलिप्पी ४:१३

  12. मोसीयाह २४:९

  13. मोसीयाह २४:१२

  14. मोसीयाह २४:१३-१४; थप जोड दिइएको ।

  15. मोसीयाह २४:१५

  16. हेर्नुहोस् मोसीयाह २४:१३-१४

  17. हेर्नुहोस् अल्मा ३४:१४-१६; यो पनि हेर्नुहोस् अल्मा १५:८-९

  18. हेर्नुहोस् रसल एम्. नेल्सन, “Four Gifts That Jesus Offers to You” (First Presidency Christmas devotional, डिसेम्वर २, २०१८), broadcasts.ChurchofJesusChrist.org. मुक्तिदाताले तपाईंहरूलाई प्रदान गर्नुहुने दोस्रो उपहार क्षमाहो । उहाँको असीमित प्रायश्चितद्वारा तपाईंले ती व्यक्तिहरूलाई क्षमा गर्न सक्नुहुन्छ जसले तपाईंलाई चोट पुर्‍याएका छन् र जसले तपाईं प्रति आफ्नो क्रूरताको उत्तरदायित्व कहिल्यै स्वीकार गर्न सक्दैनन् ।

    “इमानदारिता र विनम्रतापूर्वक तपाईंको क्षमा खोज्ने व्यक्तिलाई क्षमा दिन सामान्यतया सजिलो हुन्छ । परन्तु मुक्तिदाताले तपाईंलाई कुनै पनि तरिकामा दुर्व्यवहार गर्ने जो कोहीलाई क्षमा गर्ने क्षमता प्रदान गर्नुहुने छ । तब तिनीहरूको पीडादायी कार्यहरूले तपाईंको आत्मालाई दुःख पुर्‍याउन सक्दैन ।”

  19. मोसीयाह १८:९

  20. मोसीयाह १८:८

  21. राहत समाज, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको महिला सङ्गठन, अगमवक्ता जोसेफ स्मिथले मार्च १७, १८४२ मा “a divinely established appendage to the priesthood” का रूपमा आयोजना गरेका थिए । (ड्यालिन एच. ओक्स, “The Keys and Authority of the Priesthood,” लियायहोना, मे २०१४, ५१) । नयाँ सङ्गठनका लागि नाम छनोट गर्दा, परोपकारी शब्दलाई विचार गरियो तर राहत महिलाहरूको पक्षमा थियो । एमा स्मिथ, सङ्गठनको पहिलो अध्यक्ष र इलाइजा आर. स्नो, यसको सचिव, जसले पछि राहत समाजको दोस्रो अध्यक्षका रूपमा सेवा गरीन्, तिनीहरूले व्याख्या गरे कि परोपकारी एक लोकप्रिय शब्द थियो—त्यो दिनका संस्थाहरूमा लोकप्रिय—तर त्यो लोकप्रियता “हाम्रो मार्गदर्शक हुनु हुँदैन ।” एमाले व्याख्या गरीन् कि राहत शब्दले उनीहरूको लक्ष्यलाई अझै राम्ररी वर्णन गर्छ । “हामी केही असाधारण गर्न जाँदै छौँ … हामी असाधारण अवसरहरू र प्रेस कलहरूको अपेक्षा गर्छौँ” (Emma Smith, Nauvoo Relief Society Minute Book मा, Mar. 17, 1842, 12, josephsmithpapers.org)। वास्तवमा नै, राहत समाजको कार्यभार सदैव भौतिक र आध्यात्मिक राहत प्रदान गर्नका लागि भएको छ । जोसेफ स्मिथले सिकाउनुभयो, “The Society is not only to relieve the poor, but to save souls” (Nauvoo Relief Society Minute Book, जुन ९, १८४२, ६३, josephsmithpapers.org)। अनि यसैले राहत समाजले राहत प्रदान गर्न निरन्तरता दिएको छ: “गरिबीको राहत, रोगको राहत; शङ्काको मुक्ति, अज्ञानताको राहत—महिलाको प्रसन्नता र प्रगतिमा बाधा पुर्‍याउने सबै विषयको राहत” (जोन ए विड्सो, Evidences and Reconciliations, द्वारा व्यवस्थित । जि. होमर डरहम, ३ पुस्तकहरू एकमा [१९६०], ३०८)।

  22. सिद्धान्त र करार ८१:५; यो पनि हेर्नुहोस् हिब्रू १२:१२

  23. गलाती ६:२

  24. भर्खरै सङ्गठित राहत समाजको प्रारम्भिक बैठकहरू मध्ये एकमा, अगमवक्ता जोसेफ स्मिथकी आमा लुसी म्याक स्मिथले भनिन्, “हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ, एकअर्काको हेरचाह गर्नुपर्छ, एकअर्कालाई सान्त्वना दिनु पर्छ र निर्देशन प्राप्त गर्नुपर्छ, ताकि हामी सबै स्वर्गमा सँगै बस्न सक्ने छौँ ।” इतिहासकार जेनिफर रीडरले यसका सम्बन्ध लेखे, “राहत प्रदान गर्नका लागि एकतावद्ध उद्देश्यमा, महिलाहरूले ख्रीष्टसँग साझेदारी गरे र यसो गर्दा उनीहरूले उहाँको राहत प्राप्त गरे” (First: The Life and Faith of Emma Smith [२०२१], १३० ।

  25. हेर्नुहोस् Merriam-Webster.com Dictionary, “relief.”

  26. हेर्नुहोस् Dictionary.com, “relief.”

  27. हेर्नुहोस् मत्ती २८:१-८

प्रिन्ट गर्नुहोस्