साधारण सम्मेलन
“ममा समाहित होओ र म तिमीहरूमा; त्यसैले मसँगै हिँड”
अप्रिल २०२३ को साधारण सम्मेलन


“ममा समाहित होओ र म तिमीहरूमा; त्यसैले मसँगै हिँड”

मुक्तिदाताको प्रतिज्ञा हामीमा समाहित हुने विषय सत्य छ र उहाँको पुनर्स्थापित चर्चको करार पालना गर्ने प्रत्येक सदस्यका लागि उपलब्ध छ ।

पुरानो करार, सिद्धान्त र करार र बहुमूल्य मोति, मा वर्णन गरिएको प्राचीन अगमवक्ता हनोकको, सियोन सहर स्थापना गर्नमा महत्वपूर्ण भूमिका थियो ।

हनोकको सेवा गर्न बोलावट गरिएको धर्मशास्त्रीय विवरणले सङ्केत गर्दछ कि “उनले स्वर्गबाट एउटा आवाज सुने, यसो भन्दै: हनोक, मेरा पुत्र, यी जनहरूसामु अगमवाणी गर र तिनीहरूलाई भन—पश्चात्ताप गर, … किनकि तिनीहरूको हृदय कठोर भएको छ र तिनीहरूका कान सुस्त छन्; र तिनीहरूका आँखाले टाढा देख्न सक्दैनन् ।”

“अनि जब हनोकले यी शब्दहरू सुनेका थिए, उनले आफैंलाई पृथ्वीमा झुकाए … र परमप्रभुका सामु बोले, यसो भन्दै: किन मैले हजुरको दृष्टिमा अनुग्रह पाएको छु र म बालक मात्र हुँ र सबै मानिसहरूले मलाई घृणा गर्छन्; किनकि म बोल्नमा सुस्त छु; यसकारण म हजुरको दास हुँ?”

कृपया ध्यान दिनुहोस् कि हनोकको सेवाका लागि बोलावट गरिएको समयमा, उनी आफ्नो व्यक्तिगत अपर्याप्तता र सीमितताहरूका सम्बन्धमा तीव्र रूपमा सचेत भए । अनि मलाई शङ्का छ कि हामी सबैले कुनै एक समय वा अर्कोमा चर्चको हाम्रो सेवामा हनोक जस्तै महसुस गरेका छौँ । परन्तु म विश्वास गर्दछु कि हनोकको बिन्ती प्रश्नमा परमप्रभुको जवाफ शिक्षाप्रद छ र आज हामी प्रत्येकमा लागू हुन्छ ।

“अनि परमप्रभुले हनोकलाई भन्नुभयो: अगाडि बढ र मैले तिमीलाई आज्ञा गरे अनुसार गर र कसैले तिमीलाई छेड्ने छैन । तिम्रो मुख खोल र यो भरिने छ र म तिमीलाई आवाज दिने छु । …

“हेर, मेरो आत्मा तिमीमाथि हुने छ, यसकारण म तिम्रा सबै वचनहरूलाई न्याय दिने छु; पहाडहरू तिम्रा अगाडि भाग्ने छन्, र नदीहरू आफ्नो बाटोबाट फर्कने छन् अनि तिमी ममा रहने छौ, र म तिमीमा रहने छु; त्यसकारण मसँगै हिँड ।”

हनोक अन्ततः एक शक्तिशाली अगमवक्ता र महान् कार्य पूरा गर्नका लागि परमेश्वरको हातमा एक उपकरण बने तर उनले आफ्नो सेवा यसरी प्रारम्भ गरेनन्! बरु, समयको साथसाथै उनको क्षमता बढ्दै गयो जब उनले परमेश्वरको पुत्रसँगै समाहित हुन र हिंड्न सिके ।

म पवित्र आत्माको सहयोगका लागि इमानदारीतापूर्वक प्रार्थना गर्दछु जब हामी परमप्रभुले हनोकलाई दिनुभएको सल्लाह र आज तपाईं र मेरा लागि यसको के अर्थ हुन सक्दछ भनेर विचार गर्दछौँ ।

तिमी ममा समाहित हुनु पर्दछ

परमप्रभु येशू ख्रीष्टले हामी प्रत्येकलाई उहाँमा समाहित हुन आमन्त्रण प्रदान गर्नुहुन्छ । परन्तु हामी वास्तवमा नै कसरी सिक्न सक्दछौँ र उहाँमा समाहित हुन आउँछौँ?

समाहित शब्दले सुनिश्चित वा स्थिर र उपज बिना स्थायी रहनुलाई जनाउँछ । एल्डर जेफ्री आर. हल्यान्डले व्याख्या गर्नुभयो कि कार्यका रूपमा “पालना गर्नु” भनेको “’[बस्नु]—तर सदासर्वदाका लागि रहनु” हो।’ यो संसारमा … सबैलाई … सुसमाचार सन्देशको आह्वान हो । आउनुहोस्, तर रहनको लागि आउनुहोस् । दृढ विश्वास र सहनशीलताका साथ आउनुहोस् । स्थायी रूपमा आउनुहोस्, तपाईंका लागि र तपाईं पछिका सबै पुस्ताहरूका लागि ।” यसरी, हामी ख्रीष्टमा समाहित हुन्छौँ जब हामी उद्धारकर्ता र उहाँका पवित्र उद्देश्यहरूप्रति असल र खराब दुवै समयमा हाम्रो भक्तिमा दृढ़ र अटल रहन्छौँ ।

पुनर्स्थापित सुसमाचारका करार र नियमहरूद्वारा उहाँको जुवा आफैंमाथि उठाउन हाम्रो छनोटको नैतिक स्वतन्त्रता प्रयोग गरेर हामी परमप्रभुमा समाहित हुन सुरु गर्छौं । हाम्रा स्वर्गका पिता र उहाँका पुनरुत्थापित र जीवित पुत्रसँगका करारका सम्बन्ध भनेको परिप्रेक्ष्य, आशा, शक्ति, शान्ति र स्थायी प्रसन्नताको अलौकिक स्रोत हो; यो चट्टानको ठोस आधार पनि हो जसमा हामीले हाम्रो जीवन निर्माण गर्नुपर्दछ ।

पिता र पुत्रसँगको हाम्रो व्यक्तिगत करारको बन्धनलाई मजबुत बनाउन निरन्तर प्रयास गरेर हामी उहाँमा समाहित हुन्छौँ । उदाहरणका लागि, उहाँको प्रिय पुत्रको नाममा अनन्त पितालाई इमानदारीपूर्वक प्रार्थना गर्दा उहाँहरूसँगका हाम्रा करारका सम्बन्धलाई अझ गहिरो र सुदृढ बनाउँदछ ।

हामी ख्रीष्टका वचनहरूमा वास्तवमा नै भोज गरेर उहाँमा समाहित हुन्छौँ । मुक्तिदाताको सिद्धान्तले हामीलाई करारका सन्ततिहरूका रूपमा उहाँको समीप लैजान्छ१० र हामीले के गर्नुपर्छ भन्ने सबै कुरा बताउनेछ ।११

हामी प्रभुभोजको विधिमा सहभागी हुनका लागि उत्कृष्ट तयारी गरेर, हाम्रा करारका प्रतिज्ञाहरूलाई समीक्षा र प्रतिबिम्बित गरेर र ईमानदारीपूर्वक पश्चात्ताप गरेर उहाँमा समाहित हुन्छौँ । योग्य रूपमा प्रभुभोजमा सहभागी हुन आवश्यक पर्ने छोटो अवधि पछि हामी येशू ख्रीष्टको नाम आफैंमा लिन र “उहाँलाई सदैव सम्झन”१२ प्रयास गर्न तयार छौँ भने त्यस पवित्र विधिमा उचित रूपमा सहभागी हुनु भनेको परमेश्वरको साक्षी हुनु हो ।

अनि हामी परमेश्वरको सेवा गरेर उहाँमा समाहित हुन्छौँ जब हामी उहाँका सन्तानको सेवा गर्छौं र हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको सेवा गर्छौं ।१३

मुक्तिदाताले भन्नुभयो, “यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गर्यौ भने, तिमीहरू मेरो प्रेममा रहने छौ; जसरी मैले मेरा पिताका आज्ञाहरू पालना गरेको छु, र उहाँको प्रेममा रहन्छु ।”१४

हामी मुक्तिदातामा समाहित हुन सक्ने असङ्ख्य तरिकाहरूमध्येका धेरै तरिकाहरूलाई मैले संक्षिप्त रूपमा वर्णन गरेको छु । अनि अब म हामी प्रत्येकलाई उहाँका शिष्यहरूका रूपमा सोध्न, खोज्न, ढकढकाउन र पवित्र आत्माको शक्तिद्वारा अन्य अर्थपूर्ण तरिकाहरू सिक्नका लागि हामीले गर्ने सबै विषयहरूमा ख्रीष्टलाई हाम्रो जीवनको केन्द्र बनाउन आमन्त्रण गर्दछु ।

अनि म तिमीमा

उहाँका अनुयायीहरूलाई मुक्तिदाताको प्रतिज्ञा दोहोरो छ: यदि हामी उहाँमा समाहित भयौँ भने, उहाँ हामीमा समाहित हुनु हुने छ । परन्तु के यो वास्तवमा नै सम्भव छ कि ख्रीष्ट तपाईं र ममा—वैयक्तिक र व्यक्तिगत रूपमा समाहित हुन सक्नुहुन्छ? यस प्रश्नको जवाफ आश्चर्यको छ, सक्नुहुन्छ!

मोर्मोनको पुस्तकमा, हामी अल्माको शिक्षा र गरिबहरूलाई गवाही दिने सम्बन्धमा सिक्छौँ जसको दुःखले उनीहरूलाई विनम्र हुन बाध्य बनाएको थियो । आफ्नो निर्देशनमा, उनले शब्दलाई बीउसँग तुलना गरे जुन रोप्नु र पोषण गर्नुपर्छ, र उनले “शब्द” लाई येशू ख्रीष्टको जीवन, उद्देश्य र प्रायश्चितको बलिदानका रूपमा वर्णन गरे ।

अल्माले भने, “परमेश्वरका पुत्रमा विश्वास गर्न थाल, कि उहाँ आफ्ना जनलाई उद्धार गर्न आउनु हुने छ र उहाँले उनीहरूका पापहरूको प्रायश्चित्त गर्न सहनु हुने छ र मर्नु हुने छ; र उहाँ मृत्युबाट पुन: व्युँतनु हुने छ, जसले पुनरुत्थान ल्याउनु हुने छ, ताकि सबै मानिसहरू उहाँसामु, त्यो अन्तिम र न्यायको दिनमा आफ्ना कार्यहरूअनुसार न्याय गरिइन, खडा हुने छन् ।१५

अल्माद्वारा “शब्द” को यो विवरण दिएपछि, कृपया उनले पहिचान गरेको प्रेरणादायक सम्बन्धलाई मनन गर्नुहोस् ।

अनि अब … मेरा बन्धुहरू, म चाहन्छु कि तिमीहरूले यो वचन तिमीहरूको हृदयहरूमा रोप्नुपर्छर जब यो फुल्न थाल्दछ तिमीहरूको आस्थाद्वारा पालनपोषण समेत गर्नु । अनि हेर, यो वृक्ष बन्ने छ, तिमीहरूमा अनन्त जीवनका लागि झर्ने । अनि तब परमेश्वरले तिमीहरूलाई दिनुहोस् ताकि तिमीहरूका बोझ, उहाँका पुत्रका आनन्दमार्फत्, हलुका होऊन् । अनि यदि तिमीहरूले चाहेमा यो सबै समेत गर्न सक्छौ ।”१६

हामीले हाम्रो हृदयमा रोप्ने बिउ भनेको शब्द हो—येशू ख्रीष्टको जीवन, उद्देश्य र सिद्धान्त समेत । अनि जसरी वचन आस्थाद्वारा पोषित हुन्छ यो हामीमा अनन्त जीवनका लागि बढ्ने वृक्ष हुने छ ।१७

लहीको दर्शनमा वृक्षको प्रतीक के थियो? वृक्षलाई येशू ख्रीष्टको प्रतिनिधित्वका रूपमा मान्न सकिन्छ ।१८

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, के हामीमा वचन छ? के मुक्तिदाताको सुसमाचारका सत्यहरू हाम्रो हृदय पाटीमा लेखिएका छन्?१९ के हामी उहाँकहाँ आउँदै छौँ र क्रमिक रूपमा उहाँ जस्तै बनिरहेका छौँ? के ख्रीष्टको वृक्ष हामीमा बढ्दै छ? के हामी उहाँमा “नयाँ [प्राणी]”२० बन्न कोसिस गर्दैछौँ?२१

संभवतः यो चमत्कारी सम्भाव्यताले अल्मालाई सोध्न प्रेरित गर्‍यो, “के तिमी आध्यात्मिक रूपमा परमेश्वरबाट जन्मेका छौ ? के तिमीहरूले उहाँको स्वरूप तिम्रो मुहारमा प्राप्त गरेका छौ? के तिमीहरूले आफ्ना हृदयमा यो शक्तिशाली परिवर्तन अनुभव गरेका छौ?२२

हामीले हनोकलाई दिएको परमप्रभुको निर्देशनलाई सदैव सम्झनुपर्छ, “तिमी ममा समाहित हुने छौ र म तिमीमा।”२३ अनि म गवाही दिन्छु कि मुक्तिदाताको प्रतिज्ञा हामीमा समाहित हुने विषय सत्य छ र उहाँको पुनर्स्थापित चर्चको करार पालना गर्ने प्रत्येक सदस्यका लागि उपलब्ध छ ।

त्यसैले मसँगै हिड

प्रेरित पावलले परमप्रभुलाई ग्रहण गरेका विश्वासीहरूलाई सल्लाह दिए: “त्यसैले तिमीहरू उहाँमा हिँड ।”२४

मुक्तिदातामा र उहाँको साथमा हिंड्नुले शिष्यत्वका दुई महत्त्वपूर्ण पक्षहरूलाई प्रदर्शित गर्दछ: (१) परमेश्वरका आज्ञाहरू पालना गर्ने र (२) पवित्र करारहरूलाई स्मरण र आदर गर्ने जसले हामीलाई पिता र पुत्रसँग जोड्छन् ।

यूहन्नाले घोषणा गरे:

“यदि हामीले उहाँका आज्ञाहरू पालना गर्‍यौं भने, हामी उहाँलाई चिन्छौँ भनी हामी जान्दछौँ।

“म उहाँलाई चिन्छु भनेर जसले भन्छ र उहाँका आज्ञाहरू पालना गर्दैन, त्यो झूटो हो र उसमा सत्य छैन ।

“परन्तु जसले उहाँका वचन पालना गर्छ, उसमा साँच्चै नै परमेश्वरको प्रेम परिपूर्ण हुन्छ: हामी उहाँमाछौँ भनी हामी जान्दछौँ ।

“जसले म उहाँमा समाहित हुन्छु भनी भन्छ, उसले आफै पनि हिँड्नुपर्छ, जसरी उहाँले हिँड्नुभयो।”२५

येशूले हामी प्रत्येकलाई “आऊ, मेरो अनुसरण गर”२६ र “मसँग हिंड” भनी इशारा गर्नुहुन्छ ।२७

म गवाही दिन्छु कि जब हामी आस्थामा अगाडि बढ्छौँ र परमप्रभुको आत्माको नम्रतामा हिंड्छौँ,२८ हामी शक्ति, मार्गदर्शन, सुरक्षा र शान्ति सहित आशीषित हुन्छौँ।

गवाही र प्रतिज्ञा

सबै जीवित आत्माहरूप्रतिको प्रिय बिन्तीलाई अल्माले वर्णन गर्दछन्:

“हेर, उहाँले सबै मानिसहरूलाई एक निमन्त्रणा पठाउनु हुन्छ, किनकि कृपाका बाहुहरू उनीहरूतर्फ फैल्याइएका छन् र उहाँ भन्नुहुन्छ: पश्चात्ताप गर र म तिमीहरूलाई ग्रहण गर्ने छु।

“… म समक्ष आऊ र तिमीहरूले जीवनको वृक्षको फल खाने छौ; हो, तिमीहरूले जीवनको रोटी र पानी सित्तैमा खाने छौ र पिउने छौ ।”२९

म मुक्तिदाताको बिन्तीको पूर्ण व्यापकतामा जोड दिन्छु । उहाँ आफ्नो दया र कृपाले हरेक व्यक्तिलाई आशीर्वाद दिन चाहनुहुन्छ जो अहिले जिएका छन्, जो पहिले जिएका थिए र जो अझै पृथ्वीमा जिउने छन् ।

केही चर्चका सदस्यहरूले सम्मेलन केन्द्र र विश्वभरका स्थानीय चर्चहरूमा बारम्बार घोषणा गरिएका सिद्धान्त, धारणाहरू र गवाहीहरूलाई सत्यका रूपमा स्वीकार गर्छन्—र अझै पनि यी अनन्त सत्यहरू तिनीहरूको जीवन र परिस्थितिहरूमा विशेष रूपमा लागू हुने विश्वास गर्न कठीनाइ महसुस गर्छन् । तिनीहरू इमानदारीतापूर्वक विश्वास गर्छन् र कर्तव्यपूर्वक सेवा गर्छन्, तर पिता र उहाँका उद्धार गर्ने पुत्रसँगको तिनीहरूको करारका सम्बन्ध अझै तिनीहरूको जीवनमा जीवित र परिवर्तन गर्ने वास्तविकता बन्न सकेका छैन ।

म वचन दिन्छु कि पवित्र आत्माको शक्तिद्वारा, तपाईंले सुसमाचारको सत्यताहरू—तपाईंका लागि वैयक्तिक र व्यक्तिगत रूपमा जान्न र महसुस गर्न सक्नुहुन्छ जुन मैले वर्णन गर्ने प्रयास गरेको छु ।

म खुशीसाथ गवाही दिन्छु कि येशू ख्रीष्ट हाम्रा प्रिय र जीवित मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ । यदि हामी उहाँमा समाहित भयौँ भने, उहाँ हामीमा समाहित हुनु हुने छ ।३० अनि हामी उहाँमा र उहाँको साथमा हिंड्दा, हामीले धेरै फलहरू उब्जाउने आशीर्वाद प्राप्त गर्ने छौँ । म यो परमप्रभु येशू ख्रीष्टको पवित्र नाममा गवाही दिन्छु, आमीन ।

सूचीहरू:

  1. हेर्नुहोस् उत्पत्ति ५:१८-२४; सिद्धान्त र करार १०७:४८-५७; मोशा ६–७

  2. मोशा ६:२७

  3. मोशा ६:३१

  4. मोशा ६:३२, ३४; जोड दिएर थपिएको ।

  5. हेर्नुहोस् यूहन्ना १५:४-९

  6. जेफ्री आर हल्याण्ड,“Abide in Me,” Liahona, मे २००४, ३२।

  7. हेर्नुहोस् यूहन्ना १५:१०

  8. हेर्नुहोस् मत्ती ११:२९-३०

  9. हेर्नुहोस् हेलामान ५:१२

  10. हेर्नुहोस् ३ नफी २७:१४-१५

  11. हेर्नुहोस् २ नफी ३२:३

  12. मोरोनी ४:३; ५: २

  13. हेर्नुहोस् मोसीयाह २:१७

  14. यूहन्ना १५:१०

  15. अल्मा ३३:२२

  16. अल्मा ३३:२३; जोड दिएर थपिएको ।

  17. हेर्नुहोस् अल्मा २६:१३

  18. मैले २०१७ को भक्तिको सभामा यो सिद्धान्त व्याख्या गरेँ:

    “अल्माले ‘मानिसहरूलाई परमेश्वरको वचन प्रचार गर्न सुरू गरे, तिनीहरूका सभागृहहरूमा र तिनीहरूका गृहहरूमा प्रवेश गरे; हो र उनीहरूले पनि आफ्ना गल्लीहरूमा’[वचन प्रचार गरे’[अल्मा 32:१; जोड दिएको]। उहाँले परमेश्वरको वचनलाई बीउसँग पनि तुलना गर्नुभयो ।

    “अब, यदि तिमीहरूले स्थान दियौ भने, कि बीउ तिमीहरूको हृदयमा रोपियोस्, यदि यो सत्य बीउ, अथवा असल बीउ भएमा, यदि तिमीहरूले यसलाई तिमीहरूको अविश्वासद्वारा यसलाई निकाला गरेनौ भने, ताकि तिमीहरूले परमप्रभुको आत्माको प्रतिरोध गर्ने छौ, हेर, यो तिमीहरूको छातीभित्र फुल्न थाल्ने छ र जब तिमीले यी फुल्ने भावनाहरूको अनुभव गर्‍छौ, तिमीहरूले आफ्नै भित्र भन्न सुरू गर्ने छौ—यो आवश्यक छ कि यो असल बीउ हो, अथवा यो वचन असल वचन हो, किनकि यसले मेरो जीवात्मालाई फैलाउन सुरू गर्छ; हो, यसले मेरो सुझबुझलाई ज्ञान दिन सुरू गर्छ, हो, यो मेरा लागि मीठो हुन सुरू गर्छ ।[अल्मा ३२:२८; जोड दिएर थपिएको]।

    “रोचक विषय के छ भने, राम्रो बीउ हृदयमा रोप्दा वृक्ष बन्छ र फुल्न, अङ्कुराउन र बढ्न सुरू गर्छ ।

    “’अनि हेर, वृक्ष बढ्न सुरू गरेपछि, तिमीहरूले भन्ने छौ: हामी यसलाई ठूलो होसियारीका साथ पालनपोषण गरौँ, ताकि यसले जरा प्राप्त गरोस्, ताकि यो बढोस्, र हामीसामु फल फलाओस् । अनि अब हेर, यदि तिमीहरूले यसलाई धेरै हेरचाहका साथ पालनपोषण गर्यौगर्‍यौ भने यसले जरा प्राप्त गर्ने छ र हुर्किने छ र फल फलाउने छ ।

    “’परन्तु यदि तिमीहरूले वृक्षको बेवास्ता गर्‍यौ र यसको पालनपोषणको कुनै विचार गरेनौ भने, हेर यसले कुनै जरा हाल्ने छैन; र जब सूर्यको ताप आउँदछ र यसलाई डढाउँछ, किनभने यसको जरा छैन यो ओइलाउनेछ र तिमीहरूले यसलाई उखाल्ने छौ र फ्याँक्ने छौ ।

    “’अब, यो बीउ असल नभएको कारणले होइन, न त यो त्यसको फल चाहाना योग्य नभएको कारणले हो; यो तिमीहरूको जमिन बाँझो भएको कारणले हो, अनि तिमीहरूले वृक्षको पालनपोषण नगरेर हो, त्यसकारण तिमीहरूले त्यसको फल पाउन सक्दैनौ ।

    ‘अनि त्यसरी, यदि तिमीहरूले आस्थाको एक दृष्टिका साथ त्यो फलको प्रतीक्षा गर्दै वचनको पालनपोषणगरेनौ भने, तिमीहरूले कहिल्यै जीवनको वृक्षको फल टिप्न सक्ने छैनौ ।

    “’परन्तु यदि तिमीहरूले वचनलाई पालनपोषणदियौ भने, हो, वृक्ष बढ्‌न सुरू गरेपछि आफ्नो आस्थाद्वारा महान् लगनशीलताका साथ र धीरताका साथ, त्यसको फलको प्रतिक्षामा, त्यसले जरा गाड्ने छ; र हेर, यो अनन्त जीवनका लागि झर्ने वृक्ष हुने छ’[अल्मा ३२:३७-४१;जोड दिएर थपिएको]।

    “… लहीको सपनाको प्रमुख्य विशेषता भनेको—’परमेश्वरको प्रेम’ को प्रतिनिधित्व जीवनको वृक्ष हो’ [१ नफी ११:२१-२२]।

    “किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने जो कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस्।’ [यूहन्ना ३:१६]।

    “परमप्रभु येशू ख्रीष्टको जन्म, जीवन र प्रायश्चितको बलिदान उहाँका सन्ततिहरूप्रति परमेश्वरको प्रेमको सबैभन्दा महान् अभिव्यक्ति हो । नफीले गवाही दिए जस्तै, यो प्रेम ‘सबै विषयहरूमा सबैभन्दा वाञ्छनीय’ र ‘आत्माका लागि सबैभन्दा आनन्दित’ थियो [१ नफी ११:२२-२३; पनि हेर्नुहोस् १ नफी ८:१२, १५]। १ नफीको अध्याय ११ ले मुक्तिदाताको जीवन, सेवा र बलिदानको प्रतीकका रूपमा जीवनको वृक्ष—’परमेश्वरको दया’ को विस्तृत विवरण प्रस्तुत गर्दछ [१ नफी ११:१६]। वृक्षलाई ख्रीष्टको प्रतिनिधित्वका रूपमा मान्न सकिन्छ ।

    “वृक्षमा फलका सम्बन्धमा सोच्ने एउटा तरिका मुक्तिदाताको प्रायश्चितको आशीर्वादको प्रतीक हो । फल ‘कसैलाई खुसी बनाउन वाञ्छनीय’ छ भनेर वर्णन गरिएको छ [१ नफी ८:१०] र यसले महान् आनन्द र त्यो आनन्द अरूहरूसँग बाँड्ने चाहना उत्पन्न गर्छ ।

    “महत्त्वपूर्ण रूपमा, मोर्मोनको पुस्तकको सर्वाङ्गीण विषयवस्तु, सबैलाई ख्रीष्टमा आउन आमन्त्रण दिने (हेर्नुहोस् मोरोनी १०:३२], लहीको दर्शनमा सर्वोपरि छ (हेर्नुहोस् १ नफी ८:१९]” (“The Power of His Word Which Is in Us” [address given at seminar for new mission leaders, June 27, 2017], 4–5).

  19. हेर्नुहोस् २-कोरिन्थी ३:३

  20. २ कोरिन्थी ५:१७

  21. अल्माको सादृश्यले हामीलाई सिकाउँछ कि विश्वास गर्ने चाहनाले हाम्रो हृदयमा बीउ रोप्छ, आस्थाको बीउलाई पोषण गर्दा जीवनको वृक्ष हुन्छ र वृक्षको पोषणले वृक्षको फल फलाउँछ, जुन “सबैभन्दा मीठो छ” (अल्मा ३२:४२) र “परमेश्वरका सबै उपहारहरूमध्ये सबैभन्दा महान्” हो (१ नफी १५:३६)।

  22. अल्मा ५:१४

  23. मोशा ६:३४; जोड दिएर थपिएको ।

  24. कलस्सी २:६

  25. १ यूहन्ना २:३-6; जोड दिएको।

  26. लुका १८:२२.

  27. मोसा ६:३४

  28. हेर्नुहोस् सिद्धान्त र करार १९:२३

  29. अल्मा ५:३३-३४; जोड दिएको।

  30. हेर्नुहोस् यूहन्ना १५:५

प्रिन्ट गर्नुहोस्