चौथो दिन पश्चात्
जब हामी येशू ख्रीष्टमा आस्थाका साथ अगाडि बढ्छौँ, चौथो दिन सदैव आउने छ । उहाँ सदैव हाम्रो सहयोगका लागि आउनुहुने छ ।
जसरी आज बिहान हामीलाई सम्झाइएको छ, आज पाम आइतबार हो, मुक्तिदाताको यरूशलेममा विजयी प्रवेश र उहाँको महान् प्रायश्चित पूर्वको त्यो पवित्र सप्ताहको आरम्भ चिनाउँदै, जसमा उहाँको पीडा, क्रूसारोहण र पुनरुत्थान समावेश हुने छ ।
शहरमा उहाँको अगमवाणी गरिएको धेरै समय नहुँदै, येशू ख्रीष्ट पूर्ण रूपमा आफ्नो सेवामा व्यस्त हुनुहुन्थ्यो जब उहाँले आफ्ना प्रिय मित्रहरू मरियम र मार्थाबाट उनीहरूको भाइ लाजरस बिरामी भएको खबर प्राप्त गर्नुभयो ।१
लाजरसको रोग गम्भीर भए तापनि, परमप्रभु “त्यही स्थानमा दुई दिनसम्म बास गर्नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो । त्यसपछि उहाँले आफ्ना शिष्यहरूलाई भन्नुभयो, “हामी पुनः यहुदा जाऔँ ।”२ बेथानियामा आफ्ना साथीहरूको घरको यात्रा सुरु गर्नु अघि, “येशूले [आफ्ना चेलाहरुलाई] स्पष्ट रूपमा भन्नुभयो, लाजरसको मृत्यु भयो ।”३
जब येशू बेथानियामा आउनुभयो र पहिले मार्था र त्यसपछि मरियमलाई भेट्नुभयो—सम्भवतया उहाँको ढिलो आगमनका कारण निराशामा—तिनीहरू प्रत्येकले उहाँलाई यसो भन्दै अभिवादन गरे, “परमप्रभु, यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइको मृत्यु हुने थिएन ।”४ मार्थाले अझ रुँदै भनिन्, “यतिबेलासम्म उसमा दुर्गन्ध आइसक्यो: किनकि ऊ मरेको चार दिन भयो ।”५
यी चार दिन मरियम र मार्थाको लागि महत्त्वपूर्ण थिए । रब्बीनिक शिक्षालयहरूका केही विचार अनुसार, यो विश्वास गरिएको थियो कि कसैको आत्मा, जीवन अझै सम्भव छ भन्ने आशा गर्दै तीन दिनसम्म शरीरमा रहने छ। तथापि, चौथो दिनमा त्यो आशा हराएको थियो, सायद शरीर कुहिन र “दुर्गन्धित“ हुन सुरू गर्ने भएकोले होला ।६
मरियम र मार्था निराशाको अवस्थामा थिए । “जब येशूले [मरियम] रोएको देख्नुभयो, … उहाँ आत्मामा ज्यादै व्याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो,
“अनि भन्नुभयो, तिमीहरूले उसलाई कहाँ राखेका छौ? तिनीहरूले उहाँलाई भने, परमप्रभु, आउनुहोस् र हेर्नुहोस् ।७
त्यो यही क्षण हो जब हामी मुक्तिदाताको मरणशील सेवाको समयमा एक महान चमत्कार देख्छौँ । सर्वप्रथम परमप्रभुले भन्नुभयो, “तिमीहरू ढुङ्गा हटाऊ ।”८ त्यसपछि आफ्ना पितालाई धन्यवाद दिएपछि, “उहाँले उच्च स्वरमा कराउनु भयो, लाजरस, बाहिर आऊ ।
“अनि मृत भएका ऊ बाहिर आयो, हात खुट्टा चिहानको कपडाले बाँधिएको थियो: र उसको अनुहार रूमालले बेरिएको थियो । येशूले तिनीहरूलाई भन्नुभयो, उसलाई खोल र जान देओ ।”९
मरियम र मार्थाले जस्तै, हामीसँग सबै मरणशीलता, दुःख१० र कमजोरी११समेत अनुभव गर्ने अवसर छ । हामी मध्ये हरेकले हृदयको पीडा अनुभव गर्ने छौँ जुन हामीले प्रेम गर्ने कसैलाई गुमाउँदा हुन्छ । हाम्रो मरणशील यात्रामा व्यक्तिगत रोग वा प्रियजनलाई दुर्बल पार्ने रोग; मानसिक चिन्ता, चिन्ता वा अन्य मानसिक स्वास्थ्यका चुनौतीहरू ; आर्थिक कठिनाइ; विश्वासघात; पाप समावेश हुन सक्छन् । अनि कहिलेकाहीँ निराशाका भावनाहरू यिनीहरूको साथ आउँछन् । म भिन्न छैन । तपाईं जस्तै, मैले पनि यो जीवनमा अपेक्षित चुनौतीहरूको असंख्य अनुभव गरेको छु । म मुक्तिदाताका सम्बन्धमा यो विवरणमा आकर्षित भएको छु र यसले उहाँसँगको हाम्रो सम्बन्धका बारेमा मलाई के सिकाउँछ ।
हाम्रो सबैभन्दा महान् चिन्ताको समयमा, हामी, मरियम र मार्था जस्तै, मुक्तिदातालाई खोज्छौँ वा पितालाई उहाँको दैवी हस्तक्षेपका लागि सोध्छौँ । लाजरसको कथाले हामीलाई सिद्धान्तहरू सिकाउँछ जुन हामीले हाम्रा व्यक्तिगत चुनौतीहरूको सामना गर्दा हाम्रो आफ्नै जीवनमा लागू गर्न सकिन्छ ।
जब मुक्तिदाता बेथानियामा आइपुग्नुभयो, लाजरसलाई बचाउन सकिन्छ भन्ने आशा सबैले गुमाएका थिए—चार दिन भइसकेका थिए र ऊ गइसकेको थियो । कहिलेकाहीँ हाम्रा आफ्नै चुनौतीहरूको समयमा, हामीलाई ख्रीष्टले धेरै ढिलो गर्नुभएको महसुस हुन सक्छ अनि हाम्रो आशा र आस्थालाई पनि चुनौती दिएको महसुस हुन सक्छ । मेरो साक्षी र गवाही यी हुन् कि जब हामी येशू ख्रीष्टमा आस्थाका साथ अगाडि बढ्छौँ, चौथो दिन सदैव आउने छ । उहाँ सदैव हाम्रो सहयोगका लागि वा हाम्रो आशालाई पुनः जीवित पार्न आउनुहुने छ। उहाँले प्रतिज्ञा गर्नुभएको छ:
“तिम्रो हृदय विचलित नबनाऊ ।”१२
“म तिमीहरूलाई आरामबिनाको छोड्ने छैन: म तिमीहरूकहाँ आउने छु।”१३
कहिलेकाहीँ यस्तो महसुस हुन सक्छ कि उहाँ सबै आशा हराएपछि, लाक्षणिक चौथो दिनसम्म हामीकहाँ आउनुहुन्न । तर किन यति ढिलो? अध्यक्ष थोमस एस्. मन्सनले सिकाउनुभयो, ““हाम्रा स्वर्गका पिता, जसले हामीलाई धेरै खुशी दिनु हुन्छ, यो पनि बुझ्नुहुन्छ कि हामी सिक्छौँ र बढ्छौँ र अझ मजबुत बन्छौँ जब हामी परीक्षाहरूको सामना गर्छौँ र पार गर्छौँ ।”१४
अगमवक्ता जोसेफ स्मिथले समेत विशाल चौथो दिनको अनुभवको सामना गर्नुभयो । उनको बिन्ती स्मरण हुन्छ? “हे परमेश्वर, तपाईं कहाँ हुनुहुन्छ? अनि तपाईंको लुक्ने ठाउँ छोपिएको मण्डप कहाँ छ?”१५ जब हामी उहाँमा भरोसा गर्छौं, हामी यस्तै जवाफको अपेक्षा गर्न सक्छौँ: “मेरा छोरा [वा छोरी], तिम्रो आत्मालाई शान्ति होस्; तिम्रा कष्ट र तिम्रा दु:खहरू छोटो समयकालागि मात्र हुने छन् ।”१६
लाजरसको कथाबाट हामीले सिक्न सक्ने अर्को सन्देश भनेको हामीले खोज्ने दैवी हस्तक्षेपमा हाम्रो आफ्नै भूमिका के हुन सक्छ । जब येशू चिहान नजिक पुग्नुभयो, उहाँले पहिले त्यहाँ भएकाहरूलाई भन्नुभयो, “तिमीहरू ढुङ्गा हटाओ ।”१७ मुक्तिदातासँग भएको शक्तिले, के उहाँले बिना प्रयास चमत्कारसँग ढुङ्गालाई सार्न सक्नुहुन्नथ्यो र? यो हेर्नका लागि प्रभावशाली र अविस्मरणीय अनुभव हुने थियो, तैपनि उहाँले अरूलाई भन्नुभयो, “तिमीहरू ढुङ्गा हटाओ ।”
दोस्रो, परमप्रभुले उच्च स्वरमा चिच्याउनु भयो, “लाजरस, बाहिर आऊ ।”१८ ढुङ्गा हटाउँदा भीडमा तुरुन्तै देखिने गरी परमप्रभुले लाजरसलाई चमत्कारपूर्ण ढङ्गले चिहानको मुखमा राख्नुभएको भए के यो अझै प्रभावशाली हुने थिएन र?
तेस्रो, जब लाजरस निस्किए, उनका “हात र खुट्टालाई चिहानको कपाडाले बाँधिएको थियो: र उनको अनुहार रूमालले बेरिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, उसलाई खोल र जान देऊ ।१९ म निश्चित छु कि परमप्रभुले लाजरसलाई चिहानको मुखमा पहिले नै सफा र उनको चिहानका लुगाहरू राम्रोसँग पट्याइएर पहुँचयोग्य अवस्थामा ऊभ्याउन सक्षम हुनुहुन्थ्यो ।
यी पक्षहरूलाई औंल्याउनुको औचित्य के हो? यी तीन चीजहरू मध्ये प्रत्येकमा केही समानता थियो—कुनैलाई पनि ख्रीष्टको दैवी शक्ति प्रयोग गर्न आवश्यक थिएन । उहाँका शिष्यहरूले जे गर्न सक्थे, उहाँले तिनीहरूलाई गर्न निर्देशन दिनुभयो । अनुयायीहरू वास्तवमा नै ढुङ्गा आफैं सार्न सक्षम थिए; लाजरस, उठाइएपछि, गुफाको छेउमा खडा हुन र आफूलाई प्रस्तुत गर्न उनमा क्षमता थियो; र लाजरसलाई प्रेम गर्नेहरूले वास्तवमा नै उनलाई चिहानको लुगा हटाउन पूर्ण रूपमा सहयोग गर्न सक्थे ।
यद्यपि, लाजरसलाई मृत्युबाट उठाउने शक्ति र अधिकार केवल ख्रीष्टसँग मात्र थियो । मेरो धारणा यो हो कि मुक्तिदाताले हामीले गर्न सक्ने सबै कार्यको अपेक्षा गर्नुहुन्छ र उहाँले त्यो गर्नुहुने छ जुन उहाँले मात्रै गर्न सक्नुहुन्छ ।२०
हामीलाई थाहा छ कि “आस्था [परमप्रभु येशू ख्रीष्टमा] कार्यको सिद्धान्त हो”२१ र “चमत्कारले आस्था उत्पन्न गर्दैन तर मजबूत आस्था येशू ख्रीष्टको सुसमाचारको आज्ञाकारिताद्वारा विकसित हुन्छ । अर्को शब्दहरूमा, आस्था धार्मिकताद्वारा आउँछ ।”२२ जब हामी पवित्र करारहरू गरेर र पालना गरेर र ख्रीष्टका सिद्धान्तलाई हाम्रो जीवनमा लागू गरेर धार्मिकतामा कार्य गर्न प्रयास गर्छौं, हाम्रो आस्था हामीलाई चौथो दिनसम्म पुर्याउन पर्याप्त हुने मात्र नभई, परमप्रभुको सहयोगले हामीले पनि ढुङ्गाहरू सार्न सक्षम हुने छौँ जुन हाम्रो मार्गमा छन्, जुन निराशाबाट उत्पन्न हुन्छन् र हामीलाई बाँध्ने सबै विषयबाट आफूलाई छुटाउँछौँ । जब परमप्रभुले हामीलाई “हाम्रो शक्तिमा भएका सबै विषयहरू” गरून् भन्ने अपेक्षा गर्नुहुन्छ,२३ स्मरण रहोस् कि हामीले उहाँमा भरोसा राख्दा उहाँले यी सबै विषयहरूमा आवश्यक सहयोग प्रदान गर्नुहुने छ ।
हामी कसरी ढुङ्गाहरू सार्न सक्छौँ र उहाँको चट्टानमा निर्माण गर्न सक्छौँ?२४ हामी अगमवक्ताहरूको सल्लाह द्वारा पालना गर्न सक्छौँ ।
उदाहरणका लागि, गत अक्टोबरमा अध्यक्ष रसल एम्. नेल्सनले मुक्तिदाता र उहाँको सुसमाचारको आफ्नै गवाहीको उत्तरदायित्व लिन, तिनीहरूका लागि कार्य गर्न र तिनीहरूलाई पालनपोषण गर्न, तिनीहरूलाई सत्य खुवाउन र तिनीहरूलाई अविश्वासीहरूको झूटा दर्शनहरूबाट प्रदूषित हुनबाट जोगाउन हामीलाई आग्रह गर्नुभयो । उहाँले हामी प्रत्येकलाई प्रतिज्ञा गर्नुभयो, “जब तपाईं येशू ख्रीष्टको गवाहीको निरन्तर सुदृढीकरणलाई आफ्नो सर्वोच्च प्राथमिकतामा राख्नुहुन्छ, आफ्नो जीवनमा चमत्कारहरू हुनका लागि प्रतीक्षा गर्नुहोस् ।२५
हामी यसो गर्न सक्छौं!
हामी कसरी लाक्षणिक रूपमा उठ्न र अगाडि आउन सक्छौँ ? हामी खुशीसाथ पश्चात्ताप गर्न सक्छौँ र आज्ञाहरूपालना गर्ने छनोट गर्न सक्छौँ । परमप्रभुले भन्नुभयो, “जससँग मेरा आज्ञाहरू छन् र ती पालना गर्दछन्, ऊ त्यही हो जसले मलाई प्रेम गर्छ: र मलाई प्रेम गर्नेलाई मेरा पिताद्वारा प्रेम गरिने छ र म उसलाई प्रेम गर्ने छु र आफूलाई उसकहाँ प्रकट गर्ने छु ।”२६ हामी दिनहुँ पश्चात्ताप गर्ने प्रयास गर्न सक्छौँ र परमप्रभुका लागि प्रेमले भरीपूर्ण हृदयले खुशीसाथ अगाडि बढ्न सक्छौँ ।
हामी यसो गर्न सक्छौं!
हामी कसरी, परमप्रभुको सहयोगले, हामीलाई बाँध्ने सबै विषयहरूबाट मुक्त हुन सक्छौं? हामी सर्वप्रथम र प्रमुख रूपमा आफैलाई हाम्रा स्वर्गका पिता र उहाँका पुत्र, येशू ख्रीष्टलाई करारहरूद्वारा बाँध्न सक्छौँ । एल्डर डी. टड क्रिस्टोफरसनले सिकाउनुभयो: “[हाम्रो] नैतिक र आध्यात्मिक शक्तिको स्रोत के हो र हामी यसलाई कसरी प्राप्त गर्छौं? स्रोत परमेश्वर हुनुहुन्छ । त्यो शक्तिमा हाम्रो पहुँच उहाँसँगका हाम्रा प्रतिज्ञाहरूद्वारा हुन्छ । यी दैवी सम्झौताहरूमा, परमेश्वरले उहाँको सेवा गर्न र उहाँका आज्ञाहरू पालना गर्ने हाम्रो प्रतिबद्धताको बदलामा हामीलाई जोगाउन, पवित्र बनाउन र उच्च पार्न आफैलाई बाँध्नुहुन्छ।”२७ हामी पवित्र करारहरू बनाउन र पालना गर्न सक्छौँ ।
हामी यसो गर्न सक्छौं!
तिमी ढुङ्गा पर हटाऊ । “बाहिर आऊ” “उसलाई छोड र उसलाई जान देऊ” ।
सल्लाहहरू, आज्ञा र करारहरू । हामी यसो गर्न सक्छौं!
एल्डर जेफ्री आर. हल्यान्डले प्रतिज्ञा गर्नुभयो, “केही आशीर्वादहरू छिट्टै आउँछन्, केही ढिलो आउँछन् र केही स्वर्गमा नपुगेसम्म आउँदैनन्; तर येशू ख्रीष्टको सुसमाचार अङ्गाल्नेहरूका लागि, तिनीहरू आउँछन्।”२८
अनि अन्त्यमा, “यसकारण, खुसी होओ र नडराओ, किनकि म परमप्रभु तिमीहरूका साथमा छु र तिमीहरूका साथमा उभिने छु ।”२९
यो मेरो साक्षी र गवाही हो, उहाँको पवित्र नाममा जो सदैव आउनु हुने छ, येशू ख्रीष्ट समेत, आमीन ।