उत्तर सदैव येशू ख्रीष्ट नै हो
तपाईंहरूसँग जस्तासुकै प्रश्नहरू वा समस्याहरू भए तापनि, उत्तर सदैव येशू ख्रीष्टको जीवन र शिक्षाहरूमा पाइन्छ ।
मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, पछिल्लो दुई दिनमा हामीले आध्यात्मिक खुराक प्राप्त गरेका छौँ । भजन मण्डलीको सङ्गीत उत्कृष्ट थियो । जसले बोल्नुभयो उहाँहरू परमप्रभुका लागि साधन हुनु भएको छ । म प्रार्थना गर्छु कि तपाईंहरूले यस मञ्चबाट सिकाइएका सत्यहरूलाई मनन गर्दा आफ्नो अध्ययनमा तपाईंहरूलाई मार्गदर्शन गर्न पवित्र आत्माको खोजी गर्नुहुने छ । वास्तवमा नै तिनीहरू स्वर्गबाट पठाइएका हुन् ।
आजको एक हप्ता पछि इस्टरको आइतबार हो । यो येशू ख्रीष्टका अनुयायीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण धार्मिक क्रिया हो । हामीले क्रिसमस मनाउने प्रमुख कारण ईस्टर हो । आऊ, मलाई अनुशरण गर यस हप्ताको पाठले तपाईंहरूलाई मुक्तिदाताको यरूशलेममा विजयी प्रवेश, उहाँको मन्दिरको सफाइ, गेतसमनीको बगैँचामा उहाँको पीडा, उहाँको क्रूसारोहण, उहाँको महिमित पुनरुत्थान र उहाँका अनुयायीहरूका लागि उहाँको आगामी प्रकटको अध्ययन गर्न प्रेरित गर्ने छ ।१
यी पवित्र पदहरूको स्वाद लिनुहोस् र उहाँका एकमात्र पुत्र हामीलाई पठाउनु भएकोमा हाम्रा स्वर्गका पितालाई धन्यवाद दिन सक्ने हरेक तरिका पत्ता लगाउनुहोस् ।२ येशू ख्रीष्टका कारण, हामीले पश्चात्ताप गर्न सक्छौँ र हाम्रा पापहरूका लागि क्षमा प्राप्त गर्न सक्छौँ । उहाँको कारणले गर्दा हामी प्रत्येकको पुनरुत्थान हुने छ ।
३ नफीमा अभिलेख गरिए जस्तै अमेरिकी देशहरूमा नफीहरूसामु मुक्तिदाताको प्रकटको विवरण पुनः अध्ययन गर्न पनि म तपाईंहरूलाई आमन्त्रण गर्छु । त्यो प्रकटको धेरै पूर्व होइन, उहाँको वाणी मानिसहरू बीचमा सुनिएको थियो, याचनाका यी शब्दहरू सहित:
“के तिमीहरू अब मकहाँ फर्कने छैनौ र आफ्ना पापहरूबाट पश्चात्ताप गर्ने छैनौ र परिवर्तन हुने छैनौ, ताकि म तिमीहरूलाई चङ्गाइ दिन सकूँ?
“… हेर, मेरो कृपाका बाहु तिमीहरूतर्फ फैलिएका छन् र जो आउँने छ, म उसलाई ग्रहण गर्ने छु ।”३
प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज येशू ख्रीष्टले तपाईंहरूलाई त्यही आमन्त्रण दिनुहुन्छ । म तपाईंहरूलाई उहाँकहाँ आउन अनुरोध गर्दछु ताकि उहाँले तपाईंहरूलाई चङ्गाइ दिन सक्नुहुन्छ! तपाईंहरूले पश्चात्ताप गर्दा उहाँले तपाईंहरूलाई पापबाट चङ्गाइ दिनुहुने छ । उहाँले तपाईंहरूलाई उदासिनता र भयबाट चङ्गाइ दिनुहुने छ । उहाँले तपाईंहरूलाई यस संसारका चोटहरूबाट चङ्गाइ दिनुहुने छ ।
तपाईंहरूसँग जस्तासुकै प्रश्नहरू वा समस्याहरू भएतापनि, उत्तर सदैव येशू ख्रीष्टको जीवन र शिक्षाहरूमा पाइन्छ । उहाँको प्रायश्चित, उहाँको प्रेम, उहाँको करूणा, उहाँको सिद्धान्त र उहाँको चङ्गाइ र प्रगतिको पुनर्स्थापित सुसमाचारका सम्बन्धमा थप जानकारी प्राप्त गर्नुहोस् । उहाँतर्फ फर्कनुहोस्! उहाँलाई अनुशरण गर्नुहोस्!
हामीहरूले मन्दिरहरू निर्माण गर्ने कारण येशू ख्रीष्ट हुनुहुन्छ । प्रत्येक उहाँको पवित्र गृह हो । मन्दिरमा करारहरू गर्नाले र आवश्यक नियमहरू प्राप्त गर्नाले, साथै त्यहाँ उहाँसँग नजिक हुन चाहँदा, तपाईंहरूको जीवनलाई अरू कुनै प्रकारको उपासनाले दिन नसक्ने तरिकामा आशीर्वाद दिने छ । यस कारण, हामी मन्दिरका आशीर्वादहरूलाई विश्वभरका हाम्रा सदस्यहरूका लागि थप पहुँचयोग्य बनाउन हामीहरूले हाम्रो सामर्थ्यका सबै चीज गरिरहेका छौँ । आज, म निम्न स्थानहरू प्रत्येकमा नयाँ मन्दिर निर्माण गर्ने हाम्रा योजनाहरू घोषणा गर्न पाउँदा कृतज्ञ छु:
-
रेटाल्हुलु,, ग्वाटेमाला
-
इक्वीटोस, पेरु
-
तेरेसिना, ब्राजिल
-
नाताल, ब्राजिल
-
टुग्वेगाराव सिटी, फिलिपिन्स
-
इलोइलो, फिलिपिन्स
-
जकार्ता, इन्डोनेसिया
-
हेम्बर्ग, जर्मनी
-
लेथब्रिज, अल्बर्टा, क्यानडा
-
सेन होसे, केलिफोर्निया
-
बेकर्सफिल्ड, केलिफोर्निया
-
स्प्रिंकफिल्ड, मिजोरी
-
शार्लट, नर्थ केरोलाइना
-
विन्चेस्टर, भर्जिनिया
-
हेरिसबर्ग, पेन्सिलभेनिया
मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म गवाही दिन्छु कि येशू ख्रीष्टले उहाँको चर्चका व्यवहारहरू निर्देशित गर्नुहुन्छ । म गवाही दिन्छु कि उहाँलाई अनुशरण गर्नु नै चिरस्थायी खुशीको एक मात्र उपाय हो । मलाई थाहा छ कि उहाँको शक्ति “धार्मिकता र महान् महिमामा परमेश्वरको शक्तिले सुसज्जित “ भएका उहाँको करार-पालना गर्ने मानिसहरूमा अवतरण हुँदै छ ।४ म येशू ख्रीष्टको पवित्र नाममा, तपाईंहरू प्रत्येकका लागि मेरो प्रेम र आशीर्वादका साथ गवाही दिन्छु, आमीन ।