साधारण सम्मेलन
प्रसन्नताको आवाज!
अप्रिल २०२३ को साधारण सम्मेलन


प्रसन्नताको आवाज!

मन्दिरहरूको निर्माण गर्नु अगमवक्ता जोसेफ स्मिथदेखि लिएर सबै अगमवक्ताहरूको सर्वोच्च प्राथमिकताहरू मध्येको एक रहेको छ ।

“अब, हामीले प्राप्त गरेको सुसमाचारमा हामी के सुन्छौँ? प्रसन्नताको आवाज! स्वर्गबाट कृपाको आवाज; अनि पृथ्वीबाट सत्यको आवाज; … जीवित र मृतहरूका लागि प्रसन्नताको आवाज; महान् खुशीको शुभ समाचार ।”

दाजुभाइ तथा दिदीबहिनीहरू, अगमवक्ता जोसेफ स्मिथबाट यी शब्दहरू सुन्न र अचानक महान् मुस्कान बिना रहनु प्राय: असम्भव छ!

जोसेफको हर्षोल्लासपूर्ण अभिव्यक्तिले साच्चैँ परमेश्वर स्वर्गका हाम्रा पिताको खुशीको महान् योजनामा ​​पाइने पूर्ण र राजसी हर्षलाई आत्मसात गर्छ, किनकि उहाँले हामीलाई आश्वस्त पार्नुभएको छ, “मानिसहरू छन्, ताकि तिनीहरूले आनन्द पाऊन सकून् ।”

हामीले परमेश्वरको खुशीको योजना सुनेपछि हामी सबैले हाम्रो नश्वर जीवनपूर्वको जीवनमा आनन्दले चिच्यायौँ र उहाँको योजनाअनुसार जिउँदै हामी आनन्दले चिच्याउन निरन्तरता दिन्छौँ । परन्तु अगमवक्ताको यो खुशीपूर्ण घोषणाको वास्तवमा के सन्दर्भ थियो? यी गहन र हृदयस्पर्शी भावनाहरूलाई केले उत्प्रेरित गऱ्यो?

अगमवक्ता जोसेफ स्मिथले मृतहरूको बप्तिस्माका सम्बन्धमा सिकाइरहनु भएको थियो । यो वास्तवमा नै एक महिमित प्रकाश थियो जुन महान् प्रसन्नताले प्राप्त भएको थियो । जब चर्चका सदस्यहरूले आफ्नो मृतक प्रियजनहरूका लागि बप्तिस्मा लिन सकिन्छ भनेर पहिलो पटक प्राप्त गरे, तिनीहरू हर्षित भए । विल्फोर्ड उड्रफले भन्नुभयो, “मैले यो सुन्ना साथ, मेरो हृदय प्रसन्नता [ले] उचालियो !”

हाम्रा मृत प्रियजनहरूका लागि बप्तिस्मा मात्र परमप्रभुले प्रकट गर्ने र पुनर्स्थापना गर्ने सत्य थिएन । त्यहाँ अन्य धेरै उपहारहरू वा अभिदानहरू थिए जुन परमेश्वरले आफ्ना छोराछोरीहरूलाई प्रदान गर्न उत्सुक हुनुहुन्थ्यो ।

यी अन्य उपहारहरूमा पादरित्व अधिकार, करारहरू र विधिहरू, विवाहहरू जुन सदासर्वदा रहन सक्छन्, परमेश्वरको परिवार भित्र आफ्ना अभिभावकसँग छोराछोरीलाई बाँध्ने र अन्ततः हाम्रा स्वर्गका पिता र उहाँका पुत्र, येशू ख्रीष्टको उपस्थितिमा घर फर्कने आशीर्वाद समावेश थिए । यी सबै आशीषहरू येशू ख्रीष्टको प्रायश्चितद्वारा सम्भव बनाइएका थिए ।

किनभने परमेश्वरले यी सबैलाई उहाँको सर्वोच्च र पवित्र आशीषहरू मध्येका मान्नुभयो, उहाँले आफ्ना सन्ततिहरूलाई यी बहुमूल्य उपहारहरू प्रदान गर्न सक्ने स्थानहरूमा पवित्र भवनहरू निर्माण गर्न निर्देशन दिनुभयो । यी भवनहरू पृथ्वीमा उहाँका गृह हुने छन् । यी भवनहरू मन्दिरहरू हुने छन् जुन जहाँ उहाँको नाम, उहाँको वचन र उहाँको नियुक्ति सहित पृथ्वीमा बाँधिएका र बाँधिने छन् स्वर्गहरूमा पनि बाँधिने छन् ।

चर्चका सदस्यहरूका रूपमा आज यी महिमित अनन्त सत्यहरूलाई हामी मध्ये केहीले सामान्य रूपमा लिन सक्छौँ । तिनीहरू हाम्रालागि दोस्रो सहजता भएका छन् । कहिलेकाहीँ यो उपयोगी हुन्छ जब हामी तिनीहरूलाई प्रथम पटक तिनीहरूका सम्बन्धमा सिक्नेहरूको नजरबाट हेर्छौँ । यो हालैको अनुभवबाट मलाई स्पष्ट भयो ।

गत वर्ष, टोकियो जापान मन्दिरलाई पुनः समर्पण गरिनुपूर्व, हाम्रो विश्वासभन्दा बाहिरका धेरै अतिथिहरूले त्यो मन्दिरको भ्रमण गरे । यस्तै एउटा भ्रमणमा फरक आस्थाका एक विचारशील अगुवा पनि थिए । हामीले हाम्रा पाहुनालाई स्वर्गका पिताको खुशीको योजना, त्यो योजनामा ​​येशूको उद्धार गर्ने भूमिका र बाँध्ने विधि मार्फत् परिवारहरू अनन्त रूपमा एकतावद्ध हुनसक्ने सिद्धान्तका सम्बन्धमा सिकायौँ ।

त्यस भ्रमणको अन्त्यमा, मैले हाम्रो मित्रलाई आफ्ना भावनाहरू व्यक्त गर्न आमन्त्रण गरेँ । परिवारहरूलाई एकतावद्ध गर्ने सन्दर्भमा—अतीत, वर्तमान र भविष्यमा—यी असल मानिसले सबै इमानदारीमा सोधे, “के तपाईंको आस्थाका सदस्यहरूले वास्तवमा नै यो सिद्धान्त कति गहन छ भनेर बुझ्छन्?” उनले थपे, “यति धेरै विभाजित संसारलाई एकताबद्ध गर्न सक्ने शिक्षाहरूमध्ये यो एक मात्र हुन सक्दछ ।”

कस्तो शक्तिशाली अवलोकन । यी मानिस मन्दिरको उत्कृष्ट शिल्पकलाले मात्र होइन तर परिवारहरू स्वर्गका पिता र येशू ख्रीष्टमा सदैव एकत्रित भएका र बाँधिएका छन् भन्ने आश्चर्यजनक र गहन सिद्धान्तले उत्प्रेरित भएका थिए ।

त्यसोभए, जब हाम्रो आस्थाभन्दा बाहिरको व्यक्तिले पनि मन्दिरमा के हुन्छ भनेर त्यहाँको महिमालाई बुझ्छ भनेर हामी आश्चर्यमा पर्नु हुँदैन । हाम्रा लागि सामान्य वा दैनिक दिनचर्या बन्न सक्ने विषय कहिलेकाहीँ प्रथम पटक सुन्ने वा महसुस गर्नेहरूका लागि शोभा र महिमामा देख्छन् ।

मन्दिरहरू प्राचीनकालमा अवस्थित भए तापनि, येशू ख्रीष्टको सुसमाचारको पुनर्स्थापनासँगै, अगमवक्ता जोसेफ स्मिथदेखि लिएर सबै अगमवक्ताहरूको सर्वोच्च प्राथमिकताहरू मध्येको एक मन्दिरहरूको निर्माण रहेको छ । अनि यो किन भनेर बुझ्न सजिलो छ ।

अगमवक्ता जोसेफ स्मिथले मृतहरूको बप्तिस्माका सम्बन्धमा सिकाइरहनु हुँदा, उहाँले अर्को महान् सत्य प्रकाशमा ल्याउनुभयो । उहाँले सिकाउनुभयो: “म तपाईंहरूलाई आश्वस्त गर्नचाहन्छु कि यी मृतक र जीवितहरूका सम्बन्धमा सिद्धान्तहरू हुन् जुन हाम्रो मुक्तिसँग सम्बन्धित भएकाले हल्का रूपमा लिइनु हुँदैन । किनभने तिनीहरूको मुक्ति हाम्रो मुक्तिको लागि आवश्यक र महत्त्वपूर्ण छ, … हामी बिना तिनीहरू परिपूर्ण हुन सक्दैनन्—न त हाम्रा मृतहरू बिना हामी परिपूर्ण हुन सक्दछौँ ।”

मन्दिरहरूको आवश्यकता र जीवित र मृत दुबैका लागि गरिने कार्य धेरै स्पष्ट हुन्छ ।

शत्रु सतर्क छ । मन्दिरहरूमा गरिने विधि र करारहरूबाट उसको शक्ति खतरामा पर्छ र कार्यलाई रोक्न उसले जे पनि गर्छ । किन? किनभने यस पवित्र कार्यबाट आउने शक्तिका सम्बन्धमा उसलाई थाहा छ । जब हरेक नयाँ मन्दिरलाई समर्पण गरिन्छ, शत्रुको प्रयासलाई रोक्न र जब हामी उहाँकहाँ आउँछौँ हामीलाई उद्धार गर्न येशू ख्रीष्टको उद्दार गर्ने शक्ति संसारभर फैलिन्छ । मन्दिरहरू र करार पालना गर्नेहरूको सङ्ख्यामा वृद्धि हुँदै जाँदा, विरोधीहरू कमजोर हुँदै जान्छन् ।

चर्चका प्रारम्भिक दिनहरूमा, कसै-कसैले नयाँ मन्दिरको घोषणा कहिले हुन्छ भनेर चिन्ता गर्थे, किनकि तिनीहरूले भन्ने गर्थे, “हामीले नरकको घण्टी बज्न सुरू नगरेसम्म मन्दिरको निर्माण गर्न सुरू गरेका छैनौँ ।” परन्तु ब्रिघम यङ्गले साहसका साथ जवाफ दिए, “म पुनः घन्टी बजेको सुन्न चाहन्छु ।”१०

यो नश्वर जीवनमा, हामी युद्धबाट कहिल्यै उम्कने छैनौँतर हामी शत्रुमाथि शक्ति पाउन सक्छौँ । त्यो शक्ति र समार्थ्य येशू ख्रीष्टबाट आउँछ जब हामी मन्दिरका करारहरू बनाउँछौँ र पालना गर्छौँ ।

अध्यक्ष रसल एम. नेल्सनले सिकाउनुभएको छ: “समय आउँदैछ जब परमप्रभुको आज्ञा पालना नगर्नेहरू पालना गर्नेहरूबाट अलग्याइने छन् । हाम्रो सबैभन्दा सुरक्षित बीमा उहाँको पवित्र गृहमा प्रवेश गर्न योग्य हुन निरन्तरता दिनु हो ।”११

यहाँ केही थप आशीषहरू छन् जुन परमेश्वरले उहाँको अगमवक्ता मार्फत् हामीलाई प्रतिज्ञा गर्नुभएको छ ।

के तपाईंलाई चमत्कारहरू आवश्यक छन्? हाम्रा अगमवक्ताले भन्नुभएको छ: “म तपाईंहरूलाई प्रतिज्ञा गर्दछु कि परमप्रभुले चमत्कारहरू ल्याउनुहुने छ जुन उहाँलाई जानकारी छ कि तपाईंलाई आवश्यकता पर्दछ जब तपाईंले उहाँका मन्दिरहरूमा सेवा गर्न र आराधना गर्न बलिदानहरू दिनुहुन्छ ।”१२

के तपाईंहरूलाई मुक्तिदाता येशू ख्रीष्टको चङ्गाइ प्रदान पार्ने र मजबुत बनाउने शक्ति आवश्यक छ? अध्यक्ष नेल्सनले हामीलाई पुनः आश्वासन दिनुहुन्छ कि “मन्दिरमा सिकाइएका सबै विषयले … येशू ख्रीष्टप्रतिको हाम्रो समझलाई बढाउँछ । … जब हामी हाम्रा करारहरू पालना गर्छौँ, उहाँले हामीलाई उहाँको चङ्गाइ प्रदान गर्ने, मजबुत बनाउने शक्ति प्रदान गर्नुहुन्छ । अनि ओहो, हामीलाई आगामी दिनहरूमा उहाँको शक्ति कति चाहिने छ ।”१३

पहिलो पाम आइतबारमा जब येशू ख्रीष्ट विजयी भई यरूशलेममा प्रवेश गर्नुभयो, उहाँका अनुयायीहरूको भीड “हर्षित [भए] र ठूलो स्वरमा यसो भन्दै परमेश्वरको प्रशंसा [गरे], … परमप्रभुको नाममा आउनुहुने राजा धन्य होस् ।”१४

सन् १८३६ को पाम आइतबारमा, कर्टल्याण्ड मन्दिरलाई समर्पण गरिएको कति उपयुक्त थियो । त्यो सुवअवसरमा येशू ख्रीष्टका अनुयायीहरू पनि आनन्द मानिरहेका थिए । त्यो समर्पणको प्रार्थनामा, अगमवक्ता जोसेफ स्मिथले प्रशंसाका यी वचनहरू घोषणा गर्नुभयो:

“हे सर्वशक्तिमान् परमेश्वर, हामीलाई सुन्नुहोस् … र स्वर्गबाट हामीलाई जवाफ दिनुहोस्, … जहाँ हजुर सिंहासनमा विराजमान हुनुहुन्छ, महिमा, सम्मान, पराक्रम, वैभव [र] आधिपत्यमा । …

“… हजुरको आत्माको शक्तिले हामीलाई सहयोग गर्नुहोस्, ताकि हामी हाम्रा आवाजहरू हजुरको सिंहासनको वरिपरि ती उज्यालो, चम्किलो सराफहरूसँग, प्रशंसाको गायनका साथ, परमेश्वर र थुमाका लागि होसन्ना गाउन सक्ने छौँ!

“अनि यी … हजुरका सन्तहरू प्रसन्नताले चिच्याऊन् ।”१५

दाजुभाइ तथा दिदीबहिनीहरू, आज यो पाम आइतबारमा येशू ख्रीष्टका अनुयायीहरूका रूपमा हामी पनि हाम्रा पवित्र परमेश्वरको प्रशंसा गरौँ र उहाँको हामीमाथि असलपनामा रमाऔँ । “हामीले प्राप्त गरेको सुसमाचारमा हामी के सुन्छौँ?” साच्चैँ “एक प्रसन्नताको आवाज!”१६

म गवाही दिन्छु कि तपाईंले अझै बढी आनन्द महसुस गर्नुहुने छ जब तपाईं परमप्रभुको पवित्र मन्दिरहरूमा प्रवेश गर्नुहुन्छ । म गवाही दिन्छु कि तपाईंहरूका लागि उहाँसँग भएको आनन्द तपाईंहरूले अनुभव गर्नुहुने छ, येशू ख्रीष्टको नाममा, आमीन ।

प्रिन्ट गर्नुहोस्