२०२३
येशू ख्रीष्टको सुसमाचार बाँढ्ने
जुलाई २०२३


“येशू ख्रीष्टको सुसमाचार बाँढ्ने,” लियाहोना, जुलाई २०२३ ।

मासिक लियाहोना सन्देश, जुलाई २०२३

येशू ख्रीष्टको सुसमाचार बाँढ्ने

छवि
धर्मशास्त्र खोलेर काखमा राखेकी युवती

जब हामी पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सदस्य भएकाले हामीले प्राप्त गर्ने आशीर्वादहरूका सम्बन्धमा मनन गर्छौँ, हामी आफूलाई प्रेम गर्नेहरूसँग सुसमाचार बाँढ्न चाहन्छौँ । हामी हाम्रा शब्दहरू र हाम्रा उदाहरणद्वारा सत्यका गवाहीहरू बाँढ्न सक्छौँ । हामी कोसँग बाँढ्ने र के भन्ने भनेर बुझ्ने प्रेरणाका लागि प्रार्थना गर्न सक्छौँ ।

छवि
येशू एक अशक्त मानिससामु पुग्दै

अरूहरूलाई प्रेम गर्नुहोस्

सुसमाचार बाँढ्नुको एउटा महत्त्वपूर्ण अंश अरूहरूलाई प्रेम गर्नु हो । जब हामी ख्रीष्टका जस्तै कार्यहरूद्वारा अरूहरूलाई हाम्रो प्रेम देखाउँछौँ, हामी कहिलेकाहीँ एक शब्द पनि नबोली—येशू ख्रीष्टको सुसमाचार बाँढ्दै हुन्छौँ । अनि जब अरूहरूलाई थाहा हुन्छ कि हामी वास्तवमा नै तिनीहरूप्रति ध्यान दिन्छौँ, तिनीहरू सुसमाचारका सम्बन्धमा हाम्रा विचारहरू सुन्नका लागि थप इच्छुक हुन सक्छन् । (हेर्नुहोस् गेरी ई. स्टीभेन्सन, “प्रेम गर्नु, बाँढ्नु, आमन्त्रण गर्नु,” लियाहोना, मे २०२२, ८४-८७ ।)

साधारण र प्राकृतिक तरिकामा बाँढ्नुहोस्

हामी सुसमाचारका सम्बन्धमा हामीलाई मनपर्ने बिषय बाँढ्न सक्छौँ । जब हामी यसलाई हाम्रो दैनिक जीवनको अंशका रूपमा गर्छौं, यो अप्ठ्यारो वा असहज हुने छैन । उदाहरणका लागि, हामी आइतबार के गर्छौं भन्ने सम्बन्धमा हाम्रो परिवार र साथीहरूसँग कुरा गर्न सक्छौँ । अथवा अरूहरूको सेवा गर्दा हामीले महसुस गर्ने आनन्दका सम्बन्धमा तिनीहरूलाई बताउन सक्छौँ । (हेर्नुहोस् डिएटर एफ. उक्डोर्फ, “Missionary Work: Sharing What Is in Your Heart,” लियाहोना, मे २०१९,१५-१८ ।)

हामीसँग सहभागी हुन अरूहरूलाई आमन्त्रण गर्नुहोस्

सुसमाचारका सम्बन्धमा थप जान्नका लागि हामी अरूहरूलाई आमन्त्रण गर्न सक्छौँ । उदाहरणका लागि, हामी तिनीहरूलाई चर्चका सभा वा क्रियाकलापमा आउन, मोर्मोनको पुस्तक पढ्न, चर्चको भिडियो हेर्न वा सुसमाचार प्रचारकहरूसँग भेट्न आमन्त्रण गर्न सक्छौँ । यी अनुभवहरूले तिनीहरूलाई आत्मा महसुस गर्न र थप जान्ने चाहना राख्न सहयोग गर्न सक्छ ।

छवि
दुई वयश्क महिला बसेर कुरा गर्दै

उनीहरूको अनुभवका सम्बन्धमा सोध्नुहोस्

मित्रजनहरू र परिवारका सदस्यहरू चर्चमा आएपछि वा सुसमाचार प्रचारकहरूसँग पाठ सिकेपछि, हामी उनीहरूलाई तिनीहरूको अनुभवका सम्बन्धमा सोध्न सक्छौँ । सुसमाचारका केही शिक्षाहरू तिनीहरूका लागि नयाँ हुन सक्छन्, त्यसैले हामी तिनीहरूका प्रश्नहरूको जवाफ दिन सक्छौँ । ख्रीष्टमा आउने तिनीहरूको प्रयासका लागि हामी हाम्रो प्रेम र समर्थन देखाउन सक्छौँ ।

तिनीहरूका विश्वासहरूमा थप्नुहोस्

हामी अरूहरूको विश्वासको कदर गर्छौं र आदर गर्छौं र हामी तिनीहरूसँग पहिले नै भएको आस्था माथि थप्ने प्रयास गर्छौं । उदाहरणका लागि, बाइबलका पदहरूमा सान्त्वना प्राप्त गरेका साथीले मोर्मोनको पुस्तकबाट बाँढिएका शिक्षाहरूमा पनि सान्त्वना प्राप्त गर्न सक्छन् ।

छवि
युवतीहरू एक वयश्क महिलालाई सडक पार गर्न सहयोग गर्दै

चर्चका नयाँ सदस्यहरूलाई सहयोग गर्नुहोस्

जब मानिसहरू चर्चमा सहभगी हुन्छन्, हामी तिनीहरूको आस्थालाई मजबुत बनाउन सहयोग गर्न सक्छौँ । हामी तिनीहरूको मित्र बन्न सक्छौँ, तिनीहरूका प्रश्नहरूको उत्तर दिन सक्छौँ र तिनीहरूले बोलावट प्राप्त गर्दा सहयोग गर्न सक्छौँ । हामी तिनीहरूलाई येशू ख्रीष्टको अनुयायी बन्न र उहाँको सुसमाचारका सम्बन्धमा सिक्न प्रोत्साहन गर्न सक्छौँ ।

छवि
दुई सुसमाचार प्रचारक एल्डरहरू र एक जना मानिस सँगै फोन हेर्दै

पूर्ण-कालिन सुसमाचार प्रचार सेवा गर्नुहोस्

हाम्रो दैनिक जीवनमा सुसमाचार बाँढ्नुका अतिरिक्त, चर्चका सदस्यहरूलाई पूर्ण-कालिन सुसमाचार प्रचारकहरूका रूपमा सेवा गर्न बोलावट गर्न सकिन्छ । यदि तिनीहरू तयार छन् भने, युवाहरूले कम्तिमा १८ वर्षको उमेरमा सेवा गर्न सक्छन् । युवती र वयस्कहरूले पनि सेवा गर्न सक्छन् । ChurchofJesusChrist.org/callings/missionaryमा तपाईं थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

प्रिन्ट गर्नुहोस्