२०२३
येशूले हामीलाई मार्ग देखाउनुभयो
अगष्ट २०२३


“येशूले हामीलाई मार्ग देखाउनुभयो” साथी, अगष्ट २०२३, ४–५।

मासिक साथी सन्देशहरू, अगष्ट २०२३

येशूले हामीलाई मार्ग देखाउनुभयो

छवि
alt text

ड्यान बरद्वारा चित्रण

येशू ख्रीष्ट स्वर्गका पिताका पुत्र हुनुहुन्छ । हामी कसरी एक दिन स्वर्गका पिताकहाँ फर्कन सक्छौँ भनेर हामीलाई देखाउन उहाँ पृथ्वीमा आउनुभयो । येशूले बप्तिस्मा लिनुभयो । हामीले पनि बप्तिस्मा लिनुपर्छ भनेर उहाँले सिकाउनुभयो ।

छवि
alt text

येशूले हामीलाई कसरी जिउने भनेर देखाउनुभयो । उहाँले सबैलाई प्रेम र सहयोग गर्नुभयो । हामीले उहाँलाई अनुशरण गरेको उहाँ चाहनुहुन्छ ।

छवि
alt text

येशूले हाम्रा सबै पीडाहरू महसुस गर्नुभयो र हाम्रा पापहरूको लागि कष्ट भोग्नुभयो । त्यसपछि उहाँ हामीहरूका लागि मर्नुभयो । यसलाई येशू ख्रीष्टको प्रायश्चित भनिन्छ । उहाँको पुनरुत्थान भयो । त्यसको मतलब उहाँ आज जीवित हुनुहुन्छ ! येशू ख्रीष्टका कारण, हामी पनि मरेपछि फेरि जीवित हुनेछौँ ।

छवि
alt text

येशूले यी सबै हाम्रा लागि गर्नुभयो किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ । उहाँको कारणले गर्दा, हामी हाम्रो स्वर्गको पिता र हाम्रा परिवारहरूसँग एक दिन जिउन सक्छौँ ।

छवि
alt text

बप्तिस्मा लिएर हामी येशूको अनुशरण गर्न सक्छौँ । हामी हरेक दिन उहाँको अनुशरण गर्न सक्छौँ जब हामी अरूलाई प्रेम गर्छौँ र सहयोग गर्छौँ र उहाँका आज्ञाहरू पालना गर्छौँ ।

प्रिन्ट गर्नुहोस्