२०२३
आत्मनिर्भरताले हामीलाई बलियो बनाउँछ
अगष्ट २०२३


“आत्मनिर्भरताले हामीलाई बलियो बनाउँछ,” लियाहोना, अगष्ट २०२३ ।

मासिक लियाहोना सन्देश, अगष्ट २०२३

आत्मनिर्भरताले हामीलाई बलियो बनाउँछ

छवि
दुई व्यक्तिहरू भाँडा माँझ्दै

आत्मनिर्भर हुनु भनेको हामीले आफ्नो र हाम्रो परिवारको आवश्यकताहरू पूरा गर्न सक्छौँ भन्ने हो । जब हामी आत्मनिर्भर हुन्छौँ, हामी प्रभुको सेवा गर्न र अरूको हेरचाह गर्न अझै बढी सक्षम हुन्छौँ । तर आत्मनिर्भरताको मतलब यो होइन कि हामीले हाम्रा चुनौतीहरू एक्लै सामना गर्नु पर्छ । हामी साथीहरू, परिवार, वार्ड वा शाखा सदस्यहरू र पेशेवरहरूबाट हामीलाई आवश्यक पर्दा मद्दत माग्न सक्छौँ ।

आत्म-निर्भरताका आधारभूत सत्यहरू

आत्मनिर्भर बन्न शिक्षा, आज्ञाकारिता र कडा परिश्रम चाहिन्छ । हामी आफ्नो हेरचाह गर्न सक्दो गर्छौँ र आवश्यक पर्दा हामी अरूलाई मद्दत माग्न सक्छौँ । साच्चैँ आत्मनिर्भर बन्न, यद्यपि, हामीले येशू ख्रीष्टमा आस्था राख्नपनि सिक्नु पर्छ । त्यसपछि जब हामी आफैलाई मद्दत गर्न काम गर्छौँ, उहाँले हामीलाई बलियो बनाउनुहुने छ ।

छवि
दुई हात जोडेको

आध्यात्मिक आत्मनिर्भरता

येशू ख्रीष्टको हाम्रो गवाहीलाई बलियो बनाउन काम गरेर हामी हाम्रो आध्यात्मिक आत्मनिर्भरता निर्माण गर्न सक्छौँ । हामी यसो गर्छौँ जब हामी प्रार्थना गर्छौँ, धर्मशास्त्र अध्ययन गर्छौँ, चर्चमा उपस्थित हुन्छौँ, आज्ञाहरू पालना गर्छौँ र हामीलाई ख्रीष्टको नजिक ल्याउने अन्य कामहरू गर्छौँ । उहाँ हामीलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भन्ने थाहा पाउँदा जीवन कठिन हुँदा पनि बलियो रहन हामीलाई आस्था मिल्ने छ ।

भौतिक आत्मनिर्भरता

भौतिक आत्मनिर्भर हुनु भनेको हामीले आफ्नो र आफ्नो परिवारको भौतिक आवश्यकताहरू पूरा गर्न सक्षम हुनु भन्ने समावेश गर्छ । यसमा खाना, आवास, स्वास्थ्य र अन्य आवश्यकताहरू समावेश छन् । हामी यो राम्रो शिक्षा प्राप्त गरेर, आवश्यक सीपहरू सिकेर वा विस्तार गरेर, कडा परिश्रम गरेर, हाम्रो समयलाई बुद्धिमानीपूर्वक प्रयोग गरेर र हाम्रो पैसाको राम्रो व्यवस्थापन गरेर गर्छौँ ।

छवि
तीनजना महिला सँगै हिँडिरहेका

भावनात्मक आत्मनिर्भरता

भावनात्मक आत्मनिर्भरता भनेको साहस र आस्थाका साथ भावनात्मक चुनौतीहरूलाई अनुकूलन गर्ने क्षमता हो । हामी सबैले चुनौतीहरू र बाधाहरू सामना गर्छौँ । सुसमाचारको लागि धन्यवाद, हामीलाई थाहा छ कि हामी तिनीहरूलाई कसरी प्रतिक्रिया दिने भनेर छनौट गर्न सक्छौँ । परमप्रभुमा आस्थाको साथ प्रतिक्रिया दिनाले थप आशाका साथ अन्य कठिनाइहरूको सामना गर्ने हाम्रो क्षमता बढ्छ ।

शिक्षा

हामीले सँधै सिक्नु पर्छ । परमेश्वरले हामीले हाम्रो दिमागलाई शिक्षित गरेको र यो जीवनभर र अर्को जीवनमा हाम्रा सीपहरूमा सुधार गरेको चाहनुहुन्छ । हामीले जति धेरै सिक्यौं, त्यति नै हामी असल कामको लागि प्रभावकारी बन्न सक्छौँ र आफ्नो, आफ्नो परिवार र खाँचोमा परेकाहरूलाई दिन सक्छौँ ।

छवि
झोला बोकेको युवक

आत्मनिर्भर हुनुका आशीषहरू

अगमवक्ताहरूले सिकाउनुभएको छ कि हामीले हाम्रो आत्मनिर्भरताको सुधार गर्दा, हामीले ठूलो आशा र शान्तिको साथ आशीष् पाउने छौँ । हामी हाम्रो परिवार र आवश्यकतामा परेका अरूलाई सहयोग गर्न सक्षम हुने छौँ । अनि हामीले थप अवसरहरू र प्रगति जारी राख्न सक्ने क्षमताको साथ आशीष् पाउने छौँ ।

चर्चका स्रोतहरू

तपाईंको किलाले आत्मनिर्भर समूहहरू प्रस्ताव गर्न सक्छ । यसले तपाईंलाई आत्मनिर्भरताका आधारभूत सत्यहरू र तपाईंको पैसा व्यवस्थापन गर्ने वा राम्रो काम खोज्ने जस्ता सीपहरू सिकाउन सक्छ । तपाईंले सुसमाचार पुस्तकालयमा सम्बन्धित स्रोतहरू फेला पार्न सक्नुहुन्छ । “पुस्तक र पाठ” र त्यसपछि “आत्मनिर्भरता” चयन गर्नुहोस् ।

प्रिन्ट गर्नुहोस्