२०२३
येशू ख्रीष्टको चर्चको सङ्गठन
अक्टोबर २०२३


“येशू ख्रीष्टको चर्चको सङ्गठन,” लियाहोना, अक्टोबर, २०२३ ।

मासिक लियाहोना सन्देश, अक्टोबर २०२३

येशू ख्रीष्टको चर्चको सङ्गठन

छवि
येशू ख्रीष्टको चित्र

परमप्रभू येशू ख्रीष्ट, डेल पार्सनद्वारा

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको प्रमुख येशू ख्रीष्ट हुनुहुन्छ । उहाँले अगमवक्ताहरू र प्रेरितहरूलाई आज चर्चको नेतृत्व गर्न प्रेरित गर्नुहुन्छ जसरी उहाँले नयाँ नियमको समयमा गर्नुभएको थियो । उनीहरूलाई चर्चका अन्य अगुवाहरूले सहयोग गर्दछन् ।

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च मुक्तिदाताको चर्च हो । यो “प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण गरिएको छ, येशू ख्रीष्ट स्वयम् मुख्य कुने ढुङ्गो हुनुहुन्छ” (एफिसी २:२०)। यसको अर्थ उहाँ जगको सबैभन्दा महत्त्वपूर्ण भाग हुनुहुन्छ । उहाँले अगुवा हुन स्वयम् रोज्नुभएका अगमवक्ताहरू र प्रेरितहरूद्वारा चर्चलाई अगुवा गर्नुहुन्छ ।

छवि
प्रथम अध्यक्षता

प्रथम अध्यक्षता

यस चर्चका अध्यक्ष आज पृथ्वीमा परमेश्वरका अगमवक्ता हुनुहुन्छ । तिनी वरिष्ठ प्रेरित हुन् र पृथ्वीमा एक मात्र व्यक्ति हुन् जसले सम्पूर्ण चर्चलाई मार्गदर्शन गर्न प्रकाश प्राप्त गर्दछन् । कुन दुई प्रेरितहरूलाई उनको सल्लाहकारको रूपमा सेवा गर्न बोलाउने भनेर परमप्रभुले तिनलाई प्रेरित गर्नुहुन्छ । तिनीहरू प्रथम अध्यक्षता बन्दछन् । तीनै जना अगमवक्ता, द्रष्टा र प्रकाशकर्ता हुन् ।

बाह्र प्रेरितहरूको गण

बाह्र प्रेरितहरूको गणका सदस्यहरू पनि अगमवक्ता, द्रष्टा र प्रकाशकर्ताहरू हुन् । तिनीहरूलाई येशू ख्रीष्टको विशेष साक्षीहरू हुन बोलाइन्छ । उहाँको बारेमा सिकाउन र गवाही दिन तिनीहरू संसारभरि यात्रा गर्दछन् । (हेर्नुहोस् सिद्धान्त र करार १०७:२३, ३३।)

सत्तरीको गण

सत्तरीका सदस्यहरूलाई पनि येशू ख्रीष्टको साक्षी हुन बोलाइन्छ (हेर्नुहोस् सिद्धान्त र करार १०७:२५) । तिनीहरूले बाह्रको गणलाई सुसमाचार सिकाउन र संसारभरि चर्च निर्माण गर्न मद्दत गर्दछन् ।

छवि
अगुवाहरू सँगै सल्लाह गर्दै

माचिको होरीद्वारा तस्वीर

स्थानीय अगुवाहरू

तपाईंको किला वा जिल्ला अध्यक्षता, बिशपरिक वा शाखा अध्यक्षता र एल्डरहरूको गण र राहत समाज अध्यक्षताहरू पनि परमेश्वरद्वारा बोलाइएको छ । तिनीहरूले तपाईंहरूलाई सुसमाचार सिक्न र पालना गर्न मद्दत गर्न सक्छन् । तपाईंले मार्च २०२२ को सुसमाचारको आधारभूत लेख, “चर्च बोलावटहरूमा सेवा गर्ने” मा यी केही बोलावटहरू बारे जान्न सक्नुहुन्छ ।

प्रिन्ट गर्नुहोस्