२०२३
मन्दिरमा उपस्थित हुनका लागि तयारी गर्ने
डिसेम्बर २०२३


“मन्दिरमा उपस्थित हुनका लागि तयारी गर्दै,” लियाहोना, डिसेम्बर २०२३ ।

मासिक लियाहोना सन्देश, डिसेम्बर २०२३

मन्दिरमा उपस्थित हुनका लागि तयारी गर्ने

छवि
अग्डन यूटा मन्दिर तर्फ हिँडिरहेका मानिसहरू

मार्क ब्रन्सनद्वारा अग्डन यूटा मन्दिरको तस्वीर

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका मन्दिरहरूमा हामीले हाम्रो र हाम्रा पुर्खाहरूको लागि पवित्र करार र विधिहरू प्राप्त गर्न सक्छौँ । हामी स्वर्गका पिता र येशू ख्रीष्टको लागि हाम्रो प्रेम र कृतज्ञता प्रर्दशन गर्न मन्दिरमा उपस्थित हुन्छौँ । हामी येशू ख्रीष्टको सुसमाचार सिकेर र पालना गरेर मन्दिरमा उपस्थित हुनका लागि तयारी गर्न सक्छौँ । मन्दिरहरूका सम्बन्धमा थप जानकारीका लागि,लियाहोनाको अक्टोबर २०२१को अङ्कमा सुसमाचारका आधारभूत लेखहरू “मन्दिरका कार्य” हेर्नुहोस् ।

छवि
डर्बन दक्षिण अफ्रिका मन्दिर बाहिर लेखिएका शब्दहरू

म्याथ्यू रेयरद्वारा डर्बन दक्षिण अफ्रिका मन्दिरको तस्वीर

परमप्रभुको गृह

मन्दिरहरूलाई “परमप्रभुका गृह” भनिन्छ । तिनीहरू पवित्र स्थानहरू हुन् जहाँ हामी परमेश्वरको आत्मा र उहाँको प्रेम महसुस गर्न सक्छौँ । तिनीहरू ती स्थानहरू पनि हुन् जहाँ हामी करारहरू गर्न सक्छौँ र विशेष विधिहरू प्राप्त गर्न सक्छौँ जसले हामीलाई अनन्त जीवन प्राप्त गर्न तयार गर्छ । (करारहरू परमेश्वर र उहाँका सन्ततिहरू बीचका पवित्र प्रतिज्ञाहरू हुन् ।) हाम्रा करारहरूप्रति आस्थावान् हुनु र यी विधिहरू प्राप्त गर्नाले हामीलाई स्वर्गका पिता र येशू ख्रीष्टसँग विशेष सम्बन्ध बनाउन सहयोग गर्छन् ।

छवि
गायाकिल इक्वेडर मन्दिर बाहिर उभिरहेका युवा

जने बिङ्घमद्वारा गायाकिल इक्वेडर मन्दिरको तस्वीर

को मन्दिरमा उपस्थित हुन सक्छ ?

चर्चका सदस्यहरूले १२ वर्षको उमेरदेखि मृतकहरूका लागि बप्तिस्मा दिन सक्छन् । यदि कुनै सदस्य कम्तिमा १८ वर्षका छन्, कम्तिमा एक वर्षका लागि चर्चको सदस्य भएका छन् र मन्दिरका करारहरू निर्माण गर्न र पालना गर्न चाहन्छन् भने, उनले अभिदान} प्राप्त गर्न सक्छन् (हेर्नुहोस् साधारण पुस्तिका : पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सेवा गर्ने) २७.२.२, ChurchofJesusChrist.org)। एक पुरुष र एक महिला जसले यसपूर्व नै आफ्ना लागि मन्दिरको अभिदान प्राप्त गरिसकेका छन् भने मन्दिरमा अनन्तकालका लागि बाँधिन (विवाह) सक्छन् ।

करार र विधिहरू

तपाईंले मन्दिरमा करारहरू nनिर्माण गर्नुहुने छ र विधिहरू प्राप्त गर्नुहुने छ । “परमेश्वरसँगका सम्बन्धका करारमा प्रवेश गर्नाले हामीलाई जीवनका सम्बन्धमा सबै विषयलाई सजिलो बनाउने तरिकामा उहाँसँग बाँध्छ” (रसल एम्. नेल्सन, “Overcome the World and Find Rest},” लियाहोना, नोभेम्बर २०२२, ९७) । कुनै विधि पादरित्वको अधिकारद्वारा गरिएको एक पवित्र भौतिक कार्य हो । विधिहरूको गहन आध्यात्मिक अर्थ हुन्छ । उदाहरणका लागि, जब तपाईं कुनै विधिमा सहभगी हुनुहुन्छ, तपाईंले परमेश्वरलाई देखाउनुहुन्छ कि तपाईं उहाँका करारहरू प्राप्त गर्न र पालना गर्न इच्छुक हुनुहुन्छ ।

व्यक्तिगत तयारी

येशू ख्रीष्टका शिक्षाहरू पालना गरेर र बप्तिस्मामा तपाईंले परमेश्वरसँग गर्नुभएका करारहरू पालना गरेर आध्यात्मिक रूपमा तयार हुनुहोस् । तपाईंले चर्चका स्रोतहरू, जस्तै धर्मशास्त्र र साधारण सम्मेलनका वक्तव्यहरू पनि अध्ययन गर्न सक्नुहुन्छ । Temples.ChurchofJesusChrist.org ले तपाई मन्दिरमा जाँदा के अपेक्षा गर्ने भन्ने सम्बन्धमा जानकारी प्रदान गर्छ । यसले मन्दिरका करार, विधिहरू र प्रतीकवादका सम्बन्धमा थप विवरणहरू पनि समावेश गर्छ ।

छवि
नाभू इलिनोइ मन्दिर बाहिर

इभ टफ्टद्वारा नाभू इलिनोइ मन्दिरको तस्वीर

प्रतीकवाद

परमप्रभुले प्रायस: प्रतीकहरू प्रयोग गरेर सिकाउनुहुन्छ । उदाहरणका लागि, बप्तिस्मा—पानी मुनि जानु र पुन: माथि आउनु—तपाईको पुरानो आत्म मर्नु र तपाईको नयाँ आत्म पुनर्जन्म जस्तै हो (हेर्नुहोस् रोमी ६:३–६) । मन्दिरका विधिहरूले येशू ख्रीष्ट र उहाँको प्रायश्चितलाई औँल्याउँछ । तपाईंलाई पहिलो पटक मन्दिरमा जाँदा सबै प्रतीकहरू बुझ्न कठीन हुन सक्छ तर तपाईंले आफ्नो जीवनभर मन्दिरमा फर्केर जाँदा सिक्न निरन्तरता दिन सक्नुहुन्छ ।

मन्दिर अनुमति पत्र

मन्दिर प्रवेश गर्न, तपाईं तयार र योग्य हुन आवश्यक छ । तपाईं आफ्ना बिशप वा शाखा अध्यक्ष र किला वा सुसमाचार प्रचार क्षेत्राध्यक्षसँग अन्तर्वार्ता पछि मन्दिर प्रवेश गर्नका लागि सिफारिस प्राप्त गर्न सक्नुहुन्छ । यी अगुवाहरूले तपाईं येशू ख्रीष्टको सुसमाचार पालना गर्दै हुनुहुन्छ भनी निश्चित गर्न प्रश्नहरूको एक सूचीबाट सोdध्नुहुने छ। तपाईंका अगुवाहरूले समय अगावै यी प्रश्नहरूका सम्बन्धमा तपाईंसँग वार्ता गर्न सक्नुहुन्छ ।

आफ्ना पितापुर्खाहरूका लागि मन्दिरमा फर्किँदै

स्वर्गका पिता उहाँका सबै सन्ततिहरूले उहाँसँग करारहरू निर्माण गरेको र पवित्र विधिहरू प्राप्त गरेको चाहनुहुन्छ । यी विधिहरू, जस्तै बप्तिस्मा र अभिदान, सुसमाचार प्राप्त नगरी मृत्यु भएकाहरूका लागि मन्दिरहरूमा गरिनु पर्छ । तपाईं आफ्नो मृत परिवारका सदस्यहरूkकालागि विधिहरू प्रदान गर्न मन्दिरमा फर्कन सक्नुहुन्छ ।

प्रिन्ट गर्नुहोस्