लियाहोना
उहाँ पुन: आउनुपूर्व ख्रीष्टमा विश्वास गर्ने
अप्रिल २०२४


ख्रीष्ट पुन: आउनुपूर्व उहाँमा विश्वास गर्नेयुवाहरूको शक्तिका लागि, अप्रिल २०२४ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, अप्रिल २०२४

यारोम

ख्रीष्ट पुन: आउनुपूर्व उहाँमा विश्वास गर्ने

मुक्तिदाता आउनुपूर्व नफीहरूले आस्था राखेका थिए र उहाँ पुन: आउनुपूर्व नै हामीले आस्था राख्न सक्छौँ ।

छवि
येशू ख्रीष्टले नफीहरूलाई भेट्दै

मुक्तिदाता पृथ्वीमा आउनु पूर्व उहाँमा विश्वास गर्नु कस्तो हुन्छ भनेर के तपाईंहरूले कहिल्यै सोच्नुभएको छ? पुरातन नफीहरूले त्यसै गर्नुपरेको थियो- “मसीहलाई प्रतिक्षा गर्नुहोस् र उहाँ यसपूर्व नै आउनुभए जस्तै गरी उहाँमा विश्वास गर्नुहोस्” (यारोम १:११) ।

आजकल, हामीसँग धर्मशास्त्रीय र ऐतिहासिक अभिलेखहरू छन् जसले येशू ख्रीष्ट जिउनुभयो, मर्नुभयो र पुनरुत्थान हुनुभयो भनेर गवाही प्रमाणित गर्छन् । हामी यसपूर्व नै आउनुभएका मुक्तिदातामा विश्वास गर्छौं । परन्तु हामी एक मुक्तिदातामा पनि विश्वास गर्छौं जो पुन: आउनुहुने छ ।

येशू ख्रीष्ट आउनुपूर्व नै नफीहरूले आस्था राखेका थिए:

छवि
राजा बेन्यामिन र उनकी पत्नी प्रार्थना गर्दै

तिनीहरूका पापहरूको क्षमापन हुने छ ।

“जोकसैले ख्रीष्ट आउनुहुने छ भनेर विश्वास गर्नु पर्छ, उसले आफ्ना पापहरूबाट छुट्कारा प्राप्त गर्न सक्छ, र उहाँ तिनीहरूका बीचमा आइसक्नुभए जस्तै गरी अत्यन्तै महान् आनन्दका साथ प्रसन्नता प्राप्त गर्न सक्छ” (मोसीयाह ३:१३; जोड दिएर थपिएको) ।

छवि
एनोश

आफू स्वयम् लाई क्षमा गर्नुहोस् ।

“अनि मलाई एक वाणी प्राप्त भयो, यसो भन्दै: एनोस, तिम्रा पापहरूलाई क्षमा दिइएको छ । … यसकारण, मेरो अपराध पखालिएको थियो। अनि मैले भनेँ: परमप्रभु, यो कसरी गरिन्छ? अनि उहाँले मलाई भन्नुभयो: तिमीले यसभन्दा पहिले कहिले नदेखेको र नसुनेको ख्रीष्टमाथिको तिम्रो आस्थाका कारणले । उहाँले आफू स्वयम् लाई शरीरमा प्रकट गर्नुपूर्व धेरै वर्षहरू बित्नेछन्; … तिम्रो आस्थाले तिमीलाई निको पारेको छ” (एनोस १:५-८; जोड दिएर थपिएको) ।

छवि
याकूब प्रवचन दिँदै

चमत्कारहरू गर्नुहोस् ।

“हामीलाई ख्रीष्टका सम्बन्धमा जानकारी थियो र उहाँको आगमन भन्दा धेरै सय वर्ष पहिले हामीले उहाँको महिमाको आशा गरेका थियौँ । … जहाँसम्म हामी वास्तवमा नैयेशूको नाममा आज्ञा गर्न सक्छौँ र रूखहरूले वा पहाडहरू वा समुद्रका छालहरूले” हाम्रो आज्ञा पालन गर्छन् ” (याकूब ४: ४, ६; जोड दिएर थपिएको) ।

छवि
मोरोनी पाताहरूमा लेख्दै

प्रकाश प्राप्त गर्नुहोस् ।

“अनि त्यहाँ धेरै थिए जसको आस्था अत्यन्त बलियो थियो, ख्रीष्ट आउनुभन्दा अगाडि समेत, जसलाई पर्दा भित्र लुकाउन सकिएन, तर उनीहरूका आफ्नै आँखाहरूले ती कुराहरू साँच्चै नै देखे जुन उनीहरूले आस्थाका आँखाहरूले देखेका थिए” (एतेर १२:१९; जोड दिएर थपिएको) ।

येशू ख्रीष्ट पुन: आउनुपूर्व, हामी यी विषयहरूमा आस्था राख्न सक्छौँ:

क्षमापन प्राप्त गर्नुहोस्, आफू स्वयम् लाई क्षमा गर्नुहोस्, चमत्कारहरू प्रदर्शन गर्नुहोस् र प्रकाश प्राप्त गर्नुहोस् (नफीहरू जस्तै) ।

छवि
युवक चर्चमा गाउँदै

उहाँको आगमनका लागि हामी स्वयम् लाई तयार राखौँ ।

जब हामी हाम्रा करारहरू पालना गर्न प्रयास गर्छौं, हामी सेलेस्टियल राज्यमा बस्नका लागि तयारी गरिरहेका हुन्छौँ । “किनकि हेर, यो जीवन मानिसहरूका निम्ति परमेश्वरलाई भेट्न तयार गर्ने समय हो; हो, हेर यो जीवनको दिन मानिसहरूका निम्ति उनीहरूले परिश्रम गर्ने दिन हो” (अल्मा ३४:३२) ।

छवि
मन्दिर अगाडि युवाहरू

उहाँको आगमनका लागि संसारलाई तयार पार्नुहोस् ।

अध्यक्ष रसल एम. नेल्सनद्वारा हामीलाई “पृथ्वीको सबैभन्दा महान् कार्य”—इस्राएलको एकीकरणको अंश बन्न आमन्त्रण गरिएको छ । “स्वर्गका हाम्रा पिताले उहाँका धेरै महान् आत्माहरूलाई आरक्षित गर्नुभएको छ—सायद, म भन्न सक्छु, उहाँको उत्कृष्ट टोली—यो अन्तिम चरणका लागि । ती महान् आत्माहरू—ती उत्कृष्ट खेलाडीहरू, ती नायकहरू— तपाईंहरू हुनुहुन्छ! ”

छवि
युवतीहरू अङ्गकमाल गर्दै

कठीन समयमा आशा राख्नुहोस् ।

जब मुक्तिदाता पुन: आउनुहुन्छ, धर्मीहरू शान्तिसँग बस्ने छन् । मुक्तिदाताले राज्य गर्नुहुने छ र अन्यायलाई सही बनाइने छ । “किनभने परमप्रभु तिनीहरूका बीचमा हुनुहुने छ र उहाँको महिमा तिनीहरूमाथि हुने छ र उहाँ तिनीहरूका राजा र तिनीहरूका व्यवस्थाकर्ता हुनुहुने छ” (सिद्धान्त र करार ४५:५९) ।

छवि
युवती महिला

पुनरुत्थानमा विश्वास गर्नुहोस् ।

सबै मानवजातिको पुनरुत्थान हुने छ । हामीसँग पूर्ण, अविनाशी शरीर हुने छ । हामी बितेर गएका प्रियजनहरूलाई पुन: देख्न सक्छौँ । “आत्मा र शरीर यसको पूर्ण रूपमा पुन: एकीकृत हुने छ; हातगोडा र जोर्नी दुबै यसको उचित स्वरूपमा पुनर्स्थापना गरिने छ, जसरी हामी अहिले यस समयमा छौँ” (अल्मा ११:४३) ।

छवि
येशू ख्रीष्ट नफीहरूसामु प्रकट हुनुहुन्छ

उहाँ आउनुपूर्व पुरातन नफीहरूलाई मुक्तिदातामा आस्था थियो । हामीले आस्था राख्न सक्छौँ मुक्तिदाता पुन: आउनुहुने छ—जब “[हामी] [उहाँलाई] शक्ति र महान् महिमाले पहिरिएको स्वर्गको बादलमा देख्ने छौँ” (सिद्धान्त र करार ४५:४४; प्रेरित १:११ पनि हेर्नुहोस्) । उहाँ पुन: आउनुहुने छ भनी जानकारी प्राप्त गर्दा आज तपाईंहरूले गर्नुहुने कार्यमा के परिवर्तन आउँछ?

सूची

  1. रसल एम. नेल्सन, “इस्राएलको आशा” (विश्वव्यापी युवा आराधना, जून ३, २०१८), सुसमाचारको पुस्तकालय

प्रिन्ट गर्नुहोस्