लियाहोना
हामीलाई असल कार्य गर्न बोलावट गरिएको छ
जुन २०२४


“हामीलाई असल कार्य गर्न बोलावट गरिएको छ,” लियाहोना, जुन २०२४।

मासिक लियाहोना सन्देश, जुन २०२४

हामीलाई असल कार्य गर्न बोलावट गरिएको छ

जब हामीले अरूहरूको सेवा गर्छौँ, आफ्नो ज्योति माथि उचाल्छौँ र धार्मिक स्वतन्त्रताका लागि खडा हुन्छौँ, हामीले परमेश्वरको अधिराज्य निर्माण गर्छौं ।

झूटो शिक्षा सुनेर गिदोनले जानकारी प्राप्त गरे । तिनले यो राजा नोआ र तिनका पादरीहरूबाट सुनेका थिए—पादरीहरू जो “आफ्ना हृदयका घमण्डमा उचालिएका थिए” र जसलाई “नोआ राजाले उनका जनमाथि लगाएका करहरूद्वारा उनीहरूलाई उनीहरूको अल्छीपनमा र मूर्तिपूजामा र वेश्यावृत्तिमा पालिएको थियो;” (मोसीयाह ११:५-६) ।

सबैभन्दा नराम्रो विषय, राजा नोआले अगमवक्ता अबिनादीलाई मारेका थिए र अल्मा र तिनीद्वारा परिवर्तित भएकाहरूलाई नष्ट गर्न खोजेका थिए (हेर्नुहोस् मोसीयाह १७; १८:३३-३४) । यस्तो दुष्टताको अन्त्य गर्न, गिदोनले राजालाई रोक्ने प्रतिज्ञा गरे, जसलाई लमानीको आक्रमणका कारणले गर्दै मात्र उनले बचाए (हेर्नुहोस् मोसीयाह १९:४-८) ।

पछि, गिदोनले २४ लमानीहरूका छोरीहरू भगाएर लैजानमा नोआका पादरीहरूलाई दोष लगाए । उनले अबिनादीका जनहरू विरुद्ध गरेका अगमवाणी पूरा भएको देखे किनभने तिनीहरूले पश्चात्ताप गर्न अस्वीकार गरेका थिए । (हेर्नुहोस् मोसीयाह २०:१७–२२ ।) उनले लिम्हीका जनहरूलाई छुटकारा दिन सहयोग गरे, जो लमानीहरूको दासत्वमा थिए (मोसीयाह २२:३-९ हेर्नुहोस्) ।

अब वृद्ध, गिदोनले पुन: एक पटक घमण्ड र दुष्टता दुबैको सामना गरे जब तिनी नेहोरका सामु उभिए, जसले मानिसहरूमा पाखण्डीपनको परिचय दिएका थिए । नेहोर “चर्चका विरुद्धमा लडिरहेका थिए” र मानिसहरूलाई बहकाउन खोजिरहेका थिए । (हेर्नुहोस् अल्मा १:३, ७, १२; २ नफी २६:२९ पनि हेर्नुहोस् ।)

आफ्नो हतियारका रूपमा परमेश्वरको वचन प्रयोग गर्दै, निडर गिदोनले नेहोरलाई उनको दुष्टताका लागि चेतावनी दिए । क्रोधित, नेहोरले गिदोनलाई आफ्नो तरवारले आक्रमण गरे र मारे । (हेर्नुहोस् अल्मा १:७-९ ।) यसरी “धर्मिक मानिस” का दिनहरू समाप्त भए जसले “यस मानिसहरू माझ धेरै असल कार्य गरेका थिए” (अल्मा १:१३) ।

हामी जिइरहेका पछिल्ला दिनहरूले हामीलाई गिदोनलाई अनुकरण गर्दै “परमेश्वरका हातका औजार” (अल्मा १:८) अरूहरूका लागि “सेवा” (मोसीयाह २२:४) गरेर, धार्मिकताको पक्षमा उभिएर परमेश्वरको आराधना र सेवा गर्ने हाम्रो स्वतन्त्रतामा खतराहरू सामना गर्ने प्रशस्त अवसरहरू प्रदान गर्छन् । जब हामी गिदोनको आस्थावान् उदाहरण अनुशरण गर्छौँ हामी पनि धेरै असल कार्य गर्न सक्छौँ ।

छवि
ओछ्यानमा सुतेकी महिलाको छेउमा खानाको किस्ती लिएर उभिएकी महिला

सेवामा एकजुट हुनुहोस्

“[मुक्तिदाताका] अनुयायीहरूका रूपमा, हामी परमेश्वर र संसारभरिका हाम्रा छिमेकीहरूलाई प्रेम गर्न खोजी गर्छौँ,” प्रथम अध्यक्षताले भन्नुभएको छ । “पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च अरूहरूलाई आशीषित गर्न र आवश्यकतामा परेकाहरूलाई सहयोग गर्न उत्सुक छ । यो पवित्र उत्तरदायित्व पूरा गर्न सक्ने क्षमता, श्रोत र विश्वव्यापी विश्वसनीय सम्बन्धहरू प्राप्त भएकोमा हामी धन्य छौँ ।”

चर्चका सदस्यहरूले हाम्रा मन्दिरहरूमा र तिनीहरूका वार्डहरू, शाखाहरू र किलाहरूमा प्रदान गर्ने निःस्वार्थ सेवा र परोपकारका लागि म कृतज्ञ छु । चर्च सदस्यहरूले अनगिन्ती सामुदायिक, शैक्षिक र परोपकारी संस्थाहरूमा सेवा गर्छन् र तिनीहरूले वार्षिक रूपमा हजारौँ मानवीय परियोजनाहरूमा संलग्न हुन्छन्, करीब २०० देशहरू र क्षेत्रहरूमा लाखौँ घण्टा स्वयम् सेवा गरेकोमा पनि म कृतज्ञ छु ।

धेरै देशहरूमा सेवाका अवसरहरूलाई व्यापक बनाउने चर्चको एक तरिका JustServe.org का माध्यमबाट हो । चर्चद्वारा प्रायोजित तर अरूहरूलाई आशीषीत गर्न चाहने जो कोहीलाई पनि उपलब्ध छ, JustServe.org ले “समुदायमा जीवनको गुणस्तर बढाउने स्वयम् सेवकहरूसँग समुदाय स्वयम् सेवकका आवश्यकताहरूको समायोजन गर्छ” ।

चर्च र यसका सदस्यहरूले पनि विश्वभरका सेवा प्रदायक संस्थाहरूसँग मिलेर कार्य गर्छन् । “२०२२ मा सबैभन्दा ठूलो रेड क्रस रक्त अभियानमा एकमात्र योगदानकर्ता भएको चर्चले आफ्ना सदस्यहरूलाई धन्यवाद व्यक्त गर्छ ।” थप रूपमा, चर्चले हालै रेड क्रसलाई ८.७ लाख डलर दान गरेको छ ।

चर्चले विश्वभरका क्षेत्रहरूमा सफा पानी र सरसफाइ परियोजनाहरू प्रदान गर्न सङ्गठनहरूसँग सहभागी हुन्छ । २०२२ मा, १५६ त्यस्ता परियोजनाहरूमा चर्च सहभागी भयो । हामी अन्य संस्थाहरूलाई पनि सहयोग गर्छौँ र दान गर्छौँ जसले परमेश्वरका पीडित बालबालिकाहरूलाई राहत दिन्छ ।

“जब हामी आवश्यकतामा परेका मानिसहरूको सेवा गर्न हात मिलाउछौँ,” अध्यक्ष हेनरी बी आइरिङ, प्रथम अध्यक्षताका दोस्रो सल्लाहकारले भन्नुभयो, “परमेश्वरले हाम्रो हृदयलाई एकतावद्ध गर्नुहुन्छ ।”

छवि
हातले सूर्यको प्रकाशलाई घेरेको

आफ्नो ज्योति माथि उचाल्नुहोस्

मुक्तिदाताका अनुयायीहरूका रूपमा, हामी हाम्रा छिमेकीहरूलाई पनि आशीषित गर्छौँ जब हामी हाम्रा करारहरू पालना गर्छौँ र ख्रीष्टको जस्तो जीवन यापन गर्छौँ । मोर्मोनको पुस्तकले सिकाउँछ कि “चर्चका मानिसहरू” ले धार्मिकता मात्रै छनोट गर्नु हुँदैन तर तिनीहरूको धार्मिक आवाज पनि सुनाउनु पर्छ यदि तिनीहरूले परमप्रभुले उनीहरूको रक्षा र समृद्धि गरून् भन्ने चाहन्छन् (हेर्नुहोस् अल्मा २:३-७; मोसीयाह २९:२७पनि हेर्नुहोस्) । परमप्रभु हामीबाट हाम्रो आस्था र विश्वास बाँढ्ने र आफ्नो ज्योति माथि उचाल्ने अपेक्षा गर्नुहुन्छ । “हेर म त्यही प्रकाश हुँ जुन तिमीहरूले उचाल्ने छौ” (३ नफी १८:२४) ।

“हामीले हाम्रा मुक्तिदातालाई उपयुक्त रूपमा सेवा गर्दैनौँ यदि हामी परमेश्वर भन्दा मानिससँग डराउँछौँ,” प्रथम अध्यक्षतामा प्रथम सल्लाहकार अध्यक्ष ड्यालिन एच ओक्सले भन्नुभयो । उहाँले थप्नुभयो, “हामीहरूलाई परमप्रभुको स्तरलाई स्थापित गर्न बोलावट गरिएको हो, संसारको अनुसरण गर्न होइन ।”

चाहे विद्यालयमा, कार्यालयमा वा खेलकूदमा, छुट्टीमा, डेटमा वा अनलाइन, परमप्रभुका अनुयायीहरू “ख्रीष्टको नाम लिन लज्जितहुँदैनन्” (अल्मा ४६:२१) । हामी हाम्रा शब्दहरू र हाम्रा कार्यहरूद्वारा गवाही दिन्छौँ कि परमेश्वर जीवित हुनुहुन्छ र हामी उहाँका पुत्रलाई अनुशरण गर्छौँ ।

“हाम्रो आस्था विभाजन गरिएको छैन वा निश्चय नै यो हुनु हुँदैन । आस्था केवल चर्चका लागि होइन, यो घरका लागि मात्रै पनि होइन, यो [विद्यालय] का लागि मात्रै होइन,” धार्मिक अनेकताका पछिल्ला दिनका विशेषज्ञ पल ल्याम्बर्टले अवलोकन गरे । “यो तपाईंहरूले गर्नुहुने सबै विषयका लागि हो ।”

हाम्रो गवाहीको असल उदाहरण र असल कार्यहरूले अरूहरूमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषय हामीलाई थाहा छैन । परन्तु जब हामी अधिकारको पक्षमा उभिन्छौँ र मुक्तिदाताको ज्योतिलाई धारण गर्छौँ, मानिसहरूले हामीतर्फ ध्यान दिने छन् र स्वर्ग हाम्रा लागि जरा बन्ने छ ।

छवि
मन्दिर बाहिर उभिएकी महिला

धार्मिक स्वतन्त्रताका लागि खडा हुनुहोस्

आजको पाखण्डीपन, बढ्दो धर्मनिरपेक्ष समाजहरूले आस्थाका मानिसहरूका विरुद्धमा लडिरहेका छन्, यो मोर्मोनको पुस्तकको समयभन्दा भिन्न छैन । सार्वजनिक र राजनीतिक क्षेत्रहरूमा धर्मको महत्त्वपूर्ण भूमिकाको विरोध गर्नेहरूको आवाज चर्को हुँदै गइरहेको छ । धर्मनिरपेक्षताहरू र सरकारहरू, धेरै विद्यालयहरू र विश्वविद्यालयहरू सहित, वाध्यात्मक आचरण र अनैतिकता, नास्तिकता र नैतिक सापेक्षतावादलाई परिवर्तन गरिरहेका छन् ।

यदि हामी हाम्रो धार्मिक अधिकारका लागि खडा भएनौँ भने धार्मिक स्वतन्त्रतामाथि गरिने आक्रमणहरू सफल हुने छन् । “चर्चका रूपमा,” मैले भर्खरै सिकाएको थिएँ, “हामी सबै धर्म र धारणाका मानिसहरूको रक्षा गर्ने र तिनीहरूको दृढ आस्थामा बोल्ने अधिकारको रक्षा गर्ने अन्य धर्महरूसँग सहभागी हुन्छौँ ।”१०

स्वर्गमा नैतिक छनोटका लागि एक युद्ध लडिएको थियोछनोटको हाम्रो स्वतन्त्रता । हाम्रो छनोटको स्वतन्त्रतालाई संरक्षण गर्नका लागि हामी हाम्रो धार्मिक स्वतन्त्रताको रक्षा गर्न लगनशील हुनु आवश्यक हुन्छ ।

जीवन्त धार्मिक आस्थाले परिवारहरू, समुदायहरू र राष्ट्रहरूलाई मजबूत बनाउँछ र सुरक्षा दिन्छ । यसले कानुनको आज्ञाकारितालाई उत्प्रेरित गर्छ, जीवन र सम्पत्ति प्रतिको सम्मानलाई जगाउँछ र करुणा, इमानदारिता र नैतिकता सिकाउँछ—एक न्यायपूर्ण, स्वतन्त्र र नागरिक समाजलाई स्थापित् गर्न आवश्यक पर्ने गुणहरू । हामीले हाम्रो आस्थाका लागि कहिल्यै क्षमा याचना गर्नु पर्दैन ।

सुसमाचार प्रचारका हाम्रा प्रयासहरू, मन्दिरहरूमा हाम्रो प्रतिनिधिका रूपमा गरिने कार्य, परमेश्वरको अधिराज्य निर्माण गर्ने हाम्रा प्रयासहरू र हाम्रो अधिक खुशीका लागि हामी धार्मिक आस्था र स्वतन्त्रताका लागि खडा हुनु आवश्यक छ । हामीले अन्य स्वतन्त्रताहरू नगुमाई त्यो स्वतन्त्रता गुमाउन सक्दैनौँ ।

अगमवक्ता जोसेफ स्मिथले सिकाउनु भयो, “यो त्यो स्वतन्त्रताको प्रेम हो जसले मेरो आत्मालाई प्रेरित गर्छ—सम्पूर्ण मानव जातिका लागि नागरिक र धार्मिक स्वतन्त्रता ।”११ धार्मिक स्वतन्त्रताले हाम्रो आत्मालाई पनि प्रेरित गर्ने छ जब हामी चर्चका अगुवाहरूको सल्लाहको अनुशरण गर्छौँ ।

  • “सार्वजनिक महत्त्वका विषयहरूका सम्बन्धमा सूचित रहनुहोस् र त्यसपछि साहस र सभ्यताका साथ बोल्नुहोस् ।”१२

  • “धार्मिक स्वतन्त्रताको बिनाशले हाम्रो सामर्थ्य र सुसमाचारको ज्ञानमा वृद्धि गर्ने, पवित्र विधिहरूद्वारा आशीषित हुने र उहाँको चर्चलाई निर्देशित गर्न परमप्रभुमा निर्भर रहनका लागि हाम्रा अवसरहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने छ भनेर बुझ्नुहोस् ।”१३

  • “परमेश्वर अस्तित्वमा हुनुहुन्छ र उहाँका आज्ञाहरूले स्थापित् गरेका पूर्ण सत्यहरू छन् भनी प्रमाणित गर्न खडा हुनुहोस् र बोल्नुहोस् ।”१४

  • “हाम्रा आस्था अभ्यास गर्ने हाम्रो स्वतन्त्रतालाई कमजोर बनाउने कानुनहरूलाई चुनौती दिनुहोस् ।”१५

  • “असल कार्य गर्न, सर्वशक्तिमान् परमेश्वरमा आस्था निर्माण गर्न र अरूहरूलाई सुखी स्थानमा ल्याउन सहयोग गर्न संसारमा जानुहोस् ।”१६

  • अध्ययनका स्रोतहरू religiousfreedom.ChurchofJesusChrist.orgreligiousfreedomlibrary.org/documentsमा छन् ।

जब हामीले अरूहरूको सेवा गर्छौँ, हाम्रो ज्योति धारण गर्छौँ र धार्मिक स्वतन्त्रताका लागि खडा हुन्छौँ, हामीले परमेश्वरको अधिराज्य निर्माण गर्छौं । हाम्रा परिवारहरू, समुदायहरू र राष्ट्रहरू माझमा “धेरै असल कार्य” गर्ने हाम्रो प्रयासमा परमप्रभुले हामीलाई आशीर्वाद दिनुहोस् ।

सूचीहरू

  1. Caring for Those in Need: 2022 Annual Report of The Church of Jesus Christ of Latter-day Saintsमा “प्रथम अध्यक्षताबाट एक सन्देश,” ३, ChurchofJesusChrist.org ।

  2. हेर्नुहोस् Caring for Those in Need: 2022 Annual Report, ४, ChurchofJesusChrist.org ।

  3. Justserve.org/about । JustServe १७ राष्ट्रहरूमा सक्रिय छ । यस पहलबाट हजारौँ व्यक्ति र संस्थाहरू आशीषित हुँदै छन् ।

  4. हेर्नुहोस् केट्लिन ब्यानक्रफ्ट, “चर्चले रेड क्रसलाई सहयोगको अंशका रूपमा $ ८.७ लाख दान गर्छ,” Church News, अप्रिल २२, २०२३, २३ ।

  5. हेर्नुहोस् मेरी रिचर्ड्स, “Church Joins with Groups around the World to Tap into the Gift of Water,” Church News, मे २७, २०२३, १२ ।

  6. ड्यालिन एच ओक्स, “Helping the Poor and Distressed,” लियाहोना, नोभेम्बर २०२२, ६-८ हेर्नुहोस् ।

  7. हेनरी बी आइरिङ, “Opportunities to Do Good,” लियाहोना, मे २०११, २५ ।

  8. ड्यालिन एच ओक्स, “Unselfish Service,” लियाहोना, मे २००९, ९४-९५ ।

  9. पल ल्याम्बर्ट, रेचल स्टर्जर गिब्सनमा, “कार्यस्थलमा आस्थाको आवश्यकता किन छ?” चर्च समाचार, अप्रिल २२, २०२३, १६ ।

  10. रोनल्ड ए रसब्यान्ड, “To Heal the World,” लियाहोना, मे २०२२, ९२ ।

  11. Teachings of Presidents of the Church: Joseph Smith (२०११), ३४५ ।

  12. डि टड क्रिस्टोफर्सन, “Religious Freedom—A Cherished Heritage to Defend” (address at Freedom Festival Patriotic Service, प्रोभो, यूटा, जुन २६, २०१६), ५-६, speeches.byu.edu ।

  13. रोनाल्ड ए रसब्यान्ड, “Free to Choose” (ब्रिघम यङ्ग युनिभर्सिटी भक्ति समारोह, जनवरी २१, २०२०), ३, speeches.byu.edu ।

  14. ड्यालिन एच्. ओक्स, “Truth and Tolerance” (ब्रिघम यङ्ग युनिभर्सिटी भक्ति समारोह, सेप्टेम्बर ११, २०११), २, speeches.byu.edu ।

  15. ड्यालिन एच्. ओक्स, “Truth and Tolerance,” ४ ।

  16. रोनाल्ड ए रसब्यान्ड, “Free to Choose,” ५, speeches.byu.edu।

प्रिन्ट गर्नुहोस्