लियाहोना
हामीले बप्तिस्मा लिँदा वास्तवमा के प्रतिज्ञा गर्छौं?
जुन २०२४


“हामीले बप्तिस्मा लिँदा वास्तवमा के प्रतिज्ञा गर्छौं?” युवाहरूको शक्तिका लागि, जुन २०२४ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, जुन २०२४

हामीले बप्तिस्मा लिँदा वास्तवमा के प्रतिज्ञा गर्छौं?

छवि
बप्तिस्मा

एनी हेनरी नेडरद्वारा बप्तिस्मा

धर्मशास्त्रहरूले हामीलाई सिकाउँछ कि जब हामी बप्तिस्मा लिन्छौँ, हामी येशू ख्रीष्टको नाम लिन, परमेश्वरको सेवा गर्न र उहाँका आज्ञाहरू पालना गर्न इच्छुक हुने करार (वा प्रतिज्ञा) गर्छौं (हेर्नुहोस् मोसीयाह १८:१०; सिद्धान्त र करारहरू २०:३७,७७) ।

धर्मशास्त्रहरूमा हामी यो पनि सिक्छौँ कि बप्तिस्माले हामीलाई “परमेश्वरको समुहमा आउन र उहाँका जन कहलाइने” इच्छा पूरा गर्न सहयोग गर्छ (मोसीयाह १८:८) । अर्को शब्दमा, हामीले बप्तिस्मा लिनुको एउटा कारण यो हो कि हामी येशू ख्रीष्टको चर्चमा सहभागी हुन चाहन्छौँ र ख्रीष्टमा एकतावद्ध भएर आएको प्रेम र सदस्य हुनुको आनन्द लिन चाहन्छौँ ।

परमप्रभुको सेवा गर्ने र उहाँका आज्ञाहरू पालना गर्ने प्रतिवद्धताले हाम्रो जीवनभर धेरै विषयहरूलाई समावेश गर्न सक्छ । उदाहरणका लागि, यसमा “एकअर्काको बोझ वहन गर्न इच्छुक हुनु, … शोक गर्नेहरूसँग शोक गर्नु; हो, र सान्त्वनाको आवश्यकता परेकाहरूलाई सान्त्वना दिने र सबै समय र सबै विषयहरूमा र सबै स्थानहरूमा परमेश्वरको साक्षीका रूपमा खडा हुने विषयलाई समावेश गर्छ” (मोसीयाह १८:८-९) ।

प्रिन्ट गर्नुहोस्