लियाहोना
येशू ख्रीष्टमा एकताका लागि एक नमूना
अक्टोबर २०२४


“येशू ख्रीष्टमा एकताको नमूना,” लियाहोना, अक्टोबर २०२४ ।

मासिक लियाहोना सन्देश, अक्टोबर २०२४

येशू ख्रीष्टमा एकताको नमूना

जब हामी ४ नफीका जनहरू जस्तै येशू ख्रीष्टमा एकताबद्ध हुन्छौँ, एक हुने हाम्रो चाहनाले हाम्रा भिन्नताहरूलाई हटाउँछ र प्रसन्नतातर्फ अगुवाइ गर्छ ।

(ख्रीष्टस) को प्रतिमूर्ति

हामी यस्तो युगमा जिउँछौँ जहाँ संसारभरि कलह र विवादको बढ्दो प्रवाह फैलिरहेको छ । प्रविधिको सहयोगले र हृदय चिसो भएका मानिसहरूद्वारा प्रोत्साहान गरिएका, यी विभाजनकारी शक्तिहरूले हाम्रो हृदयलाई तिरस्कारले भर्ने तथा विवादले हाम्रा सञ्चारलाई भ्रष्ट बनाउने चुनौती दिन्छन् । साम्प्रदायिक सम्बन्धहरू टुट्दै छन् । युद्धहरू भइरहेका छन् ।

यस सन्दर्भमा, येशू ख्रीष्टका सत्य अनुयायीहरू शान्तिको चाहना राख्छन् र सक्रिय रूपमा येशू ख्रीष्टको शिक्षामा आधारित भिन्न प्रकारको समाज निर्माण गर्न प्रयास गर्छन् । यो लक्ष्य पूरा गर्न, परमप्रभुले हामीलाई उत्तरदायित्व दिनुभएको छ “एक होऊ; र यदि तिमीहरू एक भएनौ भने तिमीहरू मेरा होइनौ ” (सिद्धान्त र करार ३८:२७) । वास्तवमा, एकता येशू ख्रीष्टको सत्य चर्चको विशिष्ट विशेषता हो ।

हामीले विभाजन र विवादका शक्तिहरू विरुद्ध कसरी कार्य गर्ने? हामीले एकता कसरी प्राप्त गर्ने?

सौभाग्यवश, मोर्मोनको पुस्तकमा ४ नफीले हामीलाई एउटा उदाहरण दिन्छ । यस अध्यायले मुक्तिदाताले तिनीहरूलाई भेट्नुभएपछि, उनीहरूलाई सिकाउनुभएपछि र तिनीहरूका बीचमा उहाँको चर्च स्थापना गर्नुभएपछि मानिसहरूले कसरी जीवन बिताए भनेर संक्षिप्त रूपमा अभिलेख गर्छ । यस अभिलेखले यी मानिसहरूले कसरी आनन्दित र शान्तिपूर्ण एकता प्राप्त गरे भनेर देखाउँछ र यसले हामीलाई एक नमूना दिन्छ जुन हामीहरूस्वयम् ले पनि त्यही एकता प्राप्त गर्नका लागि अनुशरण गर्न सक्छौँ ।

परिवर्तन

४ नफी १:१ मा, हामी पढ्छौँ: “येशूका शिष्यहरूले वरपरका सबै देशहरूमा ख्रीष्टको चर्च स्थापना गरे । अनि [मानिसहरू] उहाँहरूकहाँ आए र तिनीहरूका पापहरूबाट साँच्चै पश्चात्ताप गरे ।”

हामी परमप्रभु र मुक्तिदाता येशू ख्रीष्टको वरिपरि एकताबद्ध हुन्छौँ । प्रत्येक व्यक्तिले येशू ख्रीष्ट, उहाँको सुसमाचार र उहाँको चर्चका सम्बन्धमा सिक्दै गर्दा, पवित्र आत्माले प्रत्येक व्यक्तिको हृदयमा सत्यको गवाही दिन्छ । तब हामी प्रत्येकले मुक्तिदातामा आस्था राख्न र पश्चात्ताप गरेर उहाँलाई अनुशरण गर्ने उहाँको आमन्त्रणलाई स्वीकार गर्न सक्छौँ ।

यसरी एक व्यक्तिको —स्वार्थी र पापपूर्ण चाहनाहरूबाट टाढा र मुक्तिदातातर्फको परिवर्तनको यात्रा सुरु हुन्छ । उहाँ हाम्रो आस्थाको आधार हुनुहुन्छ । अनि जसरी हामी प्रत्येकले हरेक विचारमा उहाँलाई हेर्छौँ (हेर्नुहोस् सिद्धान्त र करार ६:३६), उहाँ हाम्रो जीवनमा एकीकृत गर्ने शक्ति बन्नुहुन्छ ।

करारहरू

४ नफीको अभिलेखले बताउँछ कि चर्चमा आएर आफ्ना पापहरूबाट पश्चात्ताप गर्नेहरूले “येशूको नाममा बप्तिस्मा लिए; र तिनीहरूले पवित्र आत्मा पनि प्राप्त गरे” (४ नफी १:१) । तिनीहरू परमेश्वरसँग—एक विशेष, बाँध्ने सम्बन्ध—को करारमा प्रवेश गरेका थिए ।

हामीहरूले करारहरू गर्दा र पालना गर्दा, व्यक्तिगत रूपमा हामी परमप्रभुको नाम हामीमा लिन्छौँ । यसका साथै, मानिसहरूका रूपमा हामी उहाँको नामलाई हामी माथि लिन्छौँ । करारहरू गर्ने र त्यसलाई पालना गर्न प्रयास गर्नेहरू सबै परमप्रभुका जनहरू, उहाँका विशिष्ट खजाना बन्छन् (हेर्नुहोस् प्रस्थान १९:५ ) । यसरी, हामी व्यक्तिगत र सामूहिक रूपमा करारको मार्गमा यात्रा गर्छौँ । परमेश्वरसँगको हाम्रो करारको सम्बन्धले हामीलाई समान कारण र समान पहिचान दिन्छ । जब हामी आफूस्वयम् लाई परमप्रभुमा बाँध्छौँ, उहाँले हामीलाई हाम्रो “हृदयलाई एकतामा र एकअर्काप्रति प्रेममा जोड्न” सहयोग गर्नुहुन्छ (मोसीयाह १८:२१) ।

निष्पक्षता, समानता र गरिबहरूलाई सहयोग गर्ने

४ नफीको विवरण निरन्तर रहन्छ: “तिनीहरूका माझ कुनै कलह र विवादहरू थिएनन् र हरेक मानिसले एकअर्कासँग न्यायपूर्ण व्यवहार गरे ।

“अनि तिनीहरूसँग भएका सबै वस्तुहरू तिनीहरू माझ समान थिए; त्यसकारण त्यहाँ धनी र गरीब, दास र स्वतन्त्र थिएनन् तर तिनीहरू सबै स्वतन्त्र बनाइएका थिए र स्वर्गका उपहारका सहभागीहरू थिए” (४ नफी १:२–३) ।

हाम्रो सांसारिक व्यवहारमा, परमप्रभुले हामी एकअर्कालाई धोका दिने वा एक अर्काको लाभ उठाउने नभई एकअर्का प्रति निष्पक्ष र न्यायपूर्ण भएको चाहनुहुन्छ (हेर्नुहोस् १ थेसलोनिकी ४:६ ) । हामीहरू परमप्रभुको नजिक हुँदै जाँदा हामी सँग “एक अर्कालाई चोट पुर्याउने मस्तिष्क हुने छैन तर शान्तिपूर्वक जीवन बिताउने र हरेक मानिसलाई उसको योग्यताअनुसार प्रतिफल दिने मस्तिष्क हुने छ” (मोसीयाह ४:१३) ।

परमेश्वरले हामीलाई गरिब र आवश्यकतामा परेकाहरूको हेरचाह गर्न पनि आज्ञा दिनुभएको छ । हामीहरूले तिनीहरूको न्याय नगरीकन, हाम्रो त्यसो गर्ने क्षमताअनुसार उनीहरूलाई सहयोग गर्नका लागि “[हाम्रो] सम्पत्ति बाँढ्नु पर्छ” (हेर्नुहोस् मोसीयाह ४:२१-२७) ।

हामी प्रत्येकले “आफ्ना बन्धुलाई आफूस्वयम् लाई जस्तै सम्मान गर्नु पर्छ” (सिद्धान्त र करार ३८:२४) । यदि हामी परमप्रभुका जनहरू बन्न र एकताबद्ध हुन चाहन्छौँ भने, हामीले एकअर्कालाई समान रूपमा व्यवहार मात्रै गरेर पुग्दैन तर हामीले एकअर्कालाई वास्तवमा नै समान रूपमा हेर्नु—समान योग्यता र समान क्षमता भएका, परमेश्वरसामु समान र हामी समान छौँ भनेर हाम्रो हृदयमा महसुस गर्नु पर्छ ।

आज्ञाकारिता

४ नफीको अर्को शिक्षा यस सरल अभिव्यक्तिमा आउँछ: “तिनीहरू आफ्ना परमप्रभु र आफ्ना परमेश्वरबाट प्राप्त गरेका आज्ञाहरू पालना गरे” (४ नफी १:१२) ।

परमप्रभुले यी जनहरूलाई आफ्नो सिद्धान्त सिकाउनुभएको थियो, तिनीहरूलाई आज्ञाहरू दिनुभएको थियो र तिनीहरूलाई प्रशासन गर्न सेवकहरूलाई बोलावट गर्नुभयो । यसो गर्नुमा उहाँका उद्देश्यहरू मध्येको एक उनीहरूका बीचमा कुनै विवाद नहोस् भन्ने विषय सुनिश्चित गर्नु थियो (हेर्नुहोस् ३ नफी ११:२८-२९; १८:३४) ।

परमप्रभु र उहाँका सेवकहरूका शिक्षाहरूप्रति हाम्रो आज्ञाकारिता हामी एकताबद्ध हुनका लागि आवश्यक छ । यसमा हामी कमजोर हुँदा पश्चात्तापको आज्ञा पालना गर्ने र हरेक दिन राम्रो गर्न र अझै असल बन्ने प्रयास गर्दा एकअर्कालाई सहयोग गर्ने हाम्रो प्रतिबद्धता समावेश छ ।

मानिसहरू सभामा धर्मशास्त्र हेर्दै

सँगै भेटघाट गर्ने ।

अर्को, हामीले सिक्छौँ कि ४ नफीका जनहरू “उपवास र प्रार्थनामा र प्रार्थना गर्न र परमप्रभुका वचन सुन्न दुबैका लागि एकसाथ एकत्रित हुन [निरन्तरता दिए]” (४ नफी १:१२) ।

हामी सँगै भेट्नु आवश्यक छ । हाम्रा साप्ताहिक आराधनाका सभाहरू हाम्रो लागि व्यक्तिगत र सामूहिक रूपमा सामर्थ्य प्राप्त गर्ने महत्त्वपूर्ण अवसर हुन् । हामी प्रभुभोज ग्रहण गर्छौँ, सिक्छौँ, प्रार्थना गर्छौँ, सँगै गाउँछौँ र एकअर्कालाई समर्थन गर्छौँ । अन्य एकीकरणहरूले पनि हाम्रो सम्बन्ध, मित्रता र साझा उद्देश्यको भावनामा प्रोत्साहन दिन सहयोग गर्छ ।

प्रेम

४ नफीको अभिलेखले हामीलाई यी सबैका लागि सम्भवतः सर्वश्रेष्ठ भनिने साँचो प्रदान गर्छ—जुन बिना वास्तविक एकता प्राप्त गर्न सकिँदैन: “मानिसहरूको हृदयमा बास गरेको परमेश्वरको प्रेमका कारणले गर्दा भूमिमा कुनै कलह थिएन” (४ नफी १:१५) ।

विनम्र समर्पणमा, हामीले वस्तावमा नै परमेश्वरलाई प्रेम गर्दा व्यक्तिगत शान्ति प्राप्त हुन्छ । यो पहिलो र महान् आज्ञा हो । कसैलाई वा अन्य कुनै चीजभन्दा बढी परमेश्वरलाई प्रेम गर्नु भनेको वास्तविक शान्ति, सान्त्वना, आत्मविश्वास अनि आनन्द ल्याउने अवस्था हो । हामीले परमेश्वर र येशू ख्रीष्टको प्रेमको विकास गर्दा, परिवार र छिमेकी प्रतिको प्रेम स्वाभाविक रूपमा उत्पन्न हुने छ ।

हामीले सदैव अनुभव गर्ने सबैभन्दा महान् प्रसन्नता तब हुन्छ जब हामी परमेश्वर र उहाँका सबै सन्ततिहरूका लागि प्रेमले भरिपूर्ण हुन्छौँ ।

करुणा, ख्रीष्टको विशुद्ध प्रेम, विवादको प्रतिकारक हो । करुणा येशू ख्रीष्टको सत्य अनुयायीको प्रमुख विशेषता हो । जब हामीले परमेश्वर सामु हामीहरूस्वयम् लाई विनम्र तुल्याउँछौँ र हाम्रा हृदयको सम्पूर्ण शक्तिले प्रार्थना गर्छौँ, उहाँले हामीलाई करुणा दिनुहुने छ (मोरोनी ७:४८ हेर्नुहोस्) ।

हामी सबैले हाम्रा हृदयमा परमेश्वरको प्रेम प्राप्त गर्न प्रयास गर्दा एकताको चमत्कार हामीलाई पूर्ण रूपमा प्राकृतिक भएको महसुस हुन्छ ।

दैवी पहिचान

अन्तमा, ४ नफीका जनहरूले हाम्रो ध्यानाकर्षण गर्न योग्य एकताको सङ्केत प्रदर्शन गरे: “त्यहाँ कुनै लुटेराहरू थिएनन्, न हत्याराहरू थिए, न त त्यहाँ लमानीहरू थिए, न त कुनै पनि प्रकारका -इट्सहरू थिए; तर तिनीहरू एउटैमा थिए, ख्रीष्टका सन्तति र परमेश्वरको अधिराज्यका उत्तराधिकारीहरू नै थिए” (४ नफी १:१७) ।

मानिसहरूलाई सयौँ वर्षदेखि विभाजित गर्ने तहहरू अझै चिरस्थायी र आकर्षक पहिचान सामुबाट पछाडि हटेका छन् । तिनीहरूले आफूहरूस्वयम् लाई र अन्य सबैलाई—स्वर्गका पिता र येशू ख्रीष्टसँगको आफ्नो सम्बन्ध अनुसार हेरे ।

विविधता र भिन्नता हाम्रा लागि सही र महत्त्वपूर्ण हुन सक्छ । परन्तु हाम्रा सबैभन्दा महत्त्वपूर्ण पहिचानहरू हाम्रो दैवी उत्पत्ति र उद्देश्यसँग सम्बन्धित छन् ।

पहिलो र प्रमुख विषय, हामी प्रत्येक परमेश्वरका सन्तति हौँ । दोस्रो, चर्चको सदस्यका रूपमा, हामी प्रत्येक करारका सन्तति हौँ । अनि तेस्रो, हामी प्रत्येक येशू ख्रीष्टका शिष्य हौँ । कुनै पनि अन्य पहिचानकर्तालाई “यी तीन अनन्त पदका नामहरूमा विस्थापन, प्रतिस्थापन वा प्राथमिकता लिन” अनुमति नदिनुहुन म हामी सबैलाई आग्रह गर्छु ।

भुइँमा सँगै बसिरहेको परिवार

एक हुनुहोस्

परमेश्वरले सबैलाई उहाँकहाँ आउन आमन्त्रण दिनुभएको छ । त्यहाँ सबैका लागि स्थान छ । हामी हाम्रो संस्कृति, राजनीति, जाति, स्वाद र अन्य धेरै तरिकामा भिन्न हुन सक्छौँ । परन्तु जब हामी येशू ख्रीष्टमा एकताबद्ध हुन्छौँ, एक बन्ने हाम्रो अत्यधिक चाहनाका करण त्यस्ता भिन्नताहरूको महत्त्व क्षीण हुँदै जान्छ—ताकि हामी उहाँका हुन सक्छौँ ।

४ नफीमा सिकाइएको पाठलाई हृदयमा हृदयङ्गम गर्नुहोस् । हामी प्रत्येकले आफ्नो जीवनमा एकताका यी अत्यावश्यक तत्वहरू समावेश गर्ने प्रयास गर्दा, यो उहाँहरूको भए जस्तै हाम्रा सम्बन्धमा भनिन सकिन्छ, तिनीहरूमध्ये जस्तै यो हाम्रो बारेमा भन्न सकिन्छ, “निश्चय नै त्यहाँ परमेश्वरका बाहुद्वारा सृष्टि गरिएका सबै मानिसहरू भन्दा प्रसन्न मानिसहरू प्राप्त गर्न सकिँदैन” (४ नफी १:१६) ।

सूचीहरू

  1. परमेश्वरसँगको करारको अर्थ र आशीर्वादहरूका सम्बन्धमा थप जानकारीका लागि, हेर्नुहोस् रसल एम्. नेल्सन, “The Everlasting Covenant,” लियाहोना, अक्टोबर २०२२, ४-११ ।

  2. रसल एम्. नेल्सन,“Choices for Eternity” (worldwide devotional for young adults, मे १५, २०२२), सुसमाचारको पुस्तकालय ।