“येशूले एक-एक गरेर आशीर्वाद दिनुभयो,” साथी, अक्टोबर २०२४, २६-२७ ।
मासिक साथी सन्देश, अक्टोबर २०२४
येशूले एक-एक गरेर आशीर्वाद दिनुभयो
अगमवक्ताहरूले नफीहरूलाई येशू ख्रीष्टको मृत्युका सङ्केतहरूका सम्बन्धमा सिकाउनुभयो । जब उहाँ बित्नुभयो, तीन दिनसम्म भूमिमा अन्धकार थियो । पछि, मानिसहरूले स्वर्गबाट स्वर्गका पिताको वाणी सुने ।
स्वर्गका पिताले भन्नुभयो, “हेर मेरा प्रिय पुत्र” (३ नफी ११:७) । येशू नफीहरूसामु प्रकट हुनुभयो । उहाँ पुनरुत्थान हुनुभएको थियो । उहाँले नफीहरूलाई धेरै विषयहरू सिकाउनुभयो । उहाँले तिनीहरूलाई पश्चात्ताप गर्न र उहाँको अनुशरण गर्न भन्नुभयो ।
उहाँले बिरामी भएकाहरूलाई चङ्गाइ दिन उहाँकहाँ ल्याउन मानिसहरूलाई आग्रह गर्नुभयो । उहाँले तिनीहरूलाई आशीर्वाद दिनुभयो ।
उहाँले सबै बालबालिकालाई एक एक गरी आशीर्वाद पनि दिनुभयो । स्वर्गदूतहरूले बालबालिकाहरूलाई घेरे ।
© 2024 Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, July 2024. को अनुवाद Nepali. 19291 372