लियाहोना
येशू ख्रीष्ट “जीवन्त,” “असल” र “अझ धेरै उत्कृष्ट आशा” को स्रोत हुनुहुन्छ
डिसेम्बर २०२४


येशू ख्रीष्ट “जीवन्त,’‘असल” र “अझ धेरै उत्कृष्ट आशा” को स्रोत हुनुहुन्छ लियाहोना, डिसेम्बर २०२४ ।

मासिक लियाहोना सन्देश, डिसेम्बर २०२४

येशू ख्रीष्ट “जीवन्त,” “असल” र “अझ धेरै उत्कृष्ट आशा” को स्रोत हुनुहुन्छ

बेथलेहेममा बालकको जन्मोत्सव मनाउने यो विशेष अवसरमा, हामीसदैव सम्झन ससक्छौँ ।

मरियम र योसेफ बालक येशूसँग

येशूको जन्म, शार्लट एन्ड्रूसद्वारा

प्रेरित पत्रुस र मोर्मोनको पुस्तकका अगमवक्ताहरू याकूब र मोरोनीले ख्रीष्टमा आशाको आत्मिक वरदानलाई निर्देशनात्मक रूपमा समान तरिकामा जोड दिनुहुन्छ ।

उदाहरणका लागि, पत्रुसले घोषणा गर्नुभयो, “धन्य हुनुहुन्छ हाम्रा परमप्रभु येशू ख्रीष्टका परमेश्वर र पिता, जसले उहाँको प्रचुर कृपाले हामीलाई मृत्युबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा जीवित आशाका लागि पुनर्जन्म दिनुभयो” (१ पत्रुस १:३; जोड दिएर थपिएको) । कृपया “आशा”को वर्णन गर्न “जीवन्त” शब्दको प्रयोगलाई ध्यान दिनुहोस् ।

याकूबले घोषणा गर्नुभयो, “यसकारण, प्रिय बन्धुहरू, उहाँका जन्माइएका एकमात्र पुत्र, ख्रीष्टको प्रायश्चित्तद्वारा उहाँमा मिलाप गर, अनि ख्रीष्टमा भएको पुनरुत्थानको शक्तिअनुसार, पुनरुत्थान प्राप्त गर, अनि आस्था भएकाले परमेश्वरसामु ख्रीष्टको पहिलो फलका रूपमा प्रस्तुत होऊ, उहाँ शरीरमा आफैँ प्रकट हुनुभन्दापूर्व उहाँबाट एक असल आशाको महिमा प्राप्त गर” ((याकूब ४:११; जोड दिएर थपिएको) । कृपया “आशा”को वर्णन गर्न “असल” शब्दको प्रयोगलाई ध्यान दिनुहोस् ।

अनि मोरोनीले भने, “अनि मैले यो पनि सम्झन्छु कि हजुरले भन्नुभएको छ कि हजुरले मानिसहरूका लागि, हो, हजुरका पिताका महलहरूमाझ समेत, मानिसका लागि भवन तयार पार्नुभएको छ, जसमा मानिसले अझै उत्तम आशा प्राप्त गर्न सक्छन्; यसकारण मानिसले आशा गर्नु पर्छ, अन्यथा उसले त्यो स्थान उत्तराधिकारमा प्राप्त गर्न सक्दैन जुन हजुरले तयार गर्नुभएको छ” (एतेर १२:३२; जोड दिएर थपिएको) । कृपया “आशा”को वर्णन गर्न “उत्कृष्ट” शब्दको प्रयोगलाई ध्यान दिनुहोस् ।

ख्रीष्टमा आशा भनेको के हो?

ख्रीष्टमा आशाको आत्मिक वरदान भनेको “पवित्र मसीहको योग्यता र कृपा र अनुग्रह” (२ नफी २:८) द्वारा अनन्त जीवनको आनन्दमय प्रत्याशा र प्रतिज्ञा गरिएका धार्मिकताका आशीर्वादहरूका लागि मजबूत चाहना हो । यी पदहरूमा “जीवन्त,” “असल,” र “अझै बढी उत्कृष्ट” विशेषणहरूले येशू ख्रीष्टमा आस्थाद्वारा पुनरुत्थान र अनन्त जीवनको निरन्तर विस्तार हुने र जीवन्त आश्वासन प्रदान गर्छन् ।

अगमवक्ता मोर्मोनले वर्णन गर्नुभयो:

“अनि पुनः, मेरा प्रिय बन्धुहरू, म तिमीहरूसँग आशाका सम्बन्धमा भन्छु । यदि तिमीहरूसँग आशा नभए, कसरी तिमीहरूले आस्था प्राप्त गर्न सक्छौ ?

“अनि यो केका लागि हो कि तिमीहरूले आशा गर्नु पर्छ? हेर म तिमीहरूलाई भन्छु कि तिमीहरूले ख्रीष्टको प्रायश्चित्त र उहाँको पुनरुत्थानको शक्तिद्वारा, अनन्त जीवनमा उठ्न आशा गर्ने छौ र यो प्रतिज्ञाअनुसार तिमीहरूको उहाँ माथिको आस्थाका कारण हो ।

“त्यसकारण, यदि मानिससँग आस्था छ भने ऊसँग आशा हुनु आवश्यक छ; किनकि आस्था बिना कुनै आशा हुन सक्दैन” (मोरोनी ७:४०–४२) ।

पिताको खुशीको योजना

परमेश्वर अनन्त पिता जीवित हुनुहुन्छ भन्ने ज्ञान जुन जीवन्त, असल र अझै उत्कृष्ट छ भन्नेबाट ख्रीष्टमा आशा सुरु हुन्छ । उहाँ हाम्रा पिता हुनुहुन्छ र हामी उहाँका आत्मिक सन्ततिहरू हौँ । हामी साच्चैँ नै परमेश्वरका आत्मिक छोरा र छोरीहरू हौँ र उहाँबाट दैवी गुणहरू प्राप्त गरेका छौँ ।

खुशीको योजनाका लेखक पिता हुनुहुन्छ (हेर्नुहोस् अब्राहाम ३:२२-२८) । परमेश्वरका आत्मिक पुत्रहरू र पुत्रीहरूका रूपमा, हामीले “उहाँको योजनालाई स्वीकार गर्यौं जसद्वारा उहाँका सन्ततिहरूले भौतिक शरीर प्राप्त गर्न सक्छन् र पूर्णतातर्फ प्रगति गर्न सांसारिक अनुभव प्राप्त गर्न सक्छन् र अन्ततः अनन्त जीवनको उत्तराधिकारीका रूपमा तिनीहरूको दैवी भाग्यलाई महसुस गर्न सक्छन् ।” धर्मशास्त्रहरूमा, हामी सिक्छौँ: “पिताको मानिसको जस्तै मासु र हड्डीको मूर्त शरीर छ; पुत्रको पनि” (सिद्धान्त र करार १३०:२२) । यसरी, हाम्रो दैवी भाग्य तर्फ अघि बढ्ने प्रक्रियामा भौतिक शरीरहरू प्राप्त गर्नु आवश्यक छ ।

हामी दुई प्राणी हौँ । हाम्रा आत्माहरू, हाम्रा अनन्त अंश, भौतिक शरीरद्वारा ढाकिएका छन् जुन भौतिक चाहना र भोकहरूको अधीनमा छन् । पिताको प्रसन्नताको योजना आफ्ना सन्ततिहरूलाई निर्देशन प्रदान गर्न, तिनीहरूलाई पुनरुत्थान भएको, उच्च पारिएको शरीरसहित सुरक्षित रूपमा घर फर्कन र अनन्त प्रसन्नता र खुशीको आशीर्वाद प्राप्तिका लागि सहयोग गर्न योजना गरिएको हो ।

मरियम बालक येशूसँग

बालक ख्रीष्ट, शार्लट एन्ड्रूसद्वारा

​पिताको योजनामा येशू ख्रीष्टको उद्धारको भूमिका

येशू ख्रीष्ट अनन्त पिताका जन्माइएका एक मात्र पुत्र हुनुहुन्छ । उहाँ आफ्नो पिताको चाहना पूरा गर्न संसारमा आउनुभयो (हेर्नुहोस् ३ नफी २७:१३ ) । येशू ख्रीष्ट मानवजातिको मुक्ति सम्बन्धि सबै विषयहरूमा उहाँको व्यक्तिगत प्रतिनिधि हुनका लागि पिताबाट अभिषिक्त एक मात्र हुनुहुन्छ । उहाँ हाम्रा मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ किनभने उहाँले मृत्यु र पाप दुबैलाई परास्त गर्नुभयो ।

अल्माले गिदोनका मानिसहरूलाई मसीहको उद्धार कार्यका सम्बन्धमा भविष्यवाणी गरे:

“अनि उहाँ अगाडि जानुहुने छ, प्रत्येक प्रकारका पीडाहरू र कष्टहरू र परीक्षाहरू सहेर; अनि यो कि वचन पूरा हुन सक्छ जसले भन्छ उहाँले आफ्ना जनहरूका पीडाहरू र रोगहरू आफूमा लिनुहुने छ ।

“अनि उहाँले आफूमाथि मृत्यु लिनुहुने छ, कि उहाँले मृत्युका बन्धनहरू फुकाउन सक्नुहुने छ जसले उहाँका जनहरूलाई बाँध्छ; अनि उहाँले तिनीहरूका कमजोरीहरूलाई आफूमाथि लिनुहुने छ, कि उहाँको हृदय कृपाले भरिन सक्छ, शरीरअनुसार, कि उहाँले शरीरअनुसार बुझ्न सक्नुहुन्छ कि उनीहरूका कमजोरीअनुसार उहाँका जनहरूको कसरी सहयोग गर्ने ।

“अब आत्मालाई सबै विषयहरूको ज्ञान छ; यद्यपि परमेश्वरका पुत्रले शरीरअनुसार सहनुहुन्छ कि उहाँले उहाँका जनहरूका पापहरू बहन गर्न सक्नुहुने छ, ताकि उहाँको मुक्तिको शक्तिअनुसार तिनीहरूका उल्लङ्घनहरू उहाँले मेटाउन सक्नुहुने छ” (अल्मा :११–१३)।

सुसमाचारको प्रथम सिद्धान्त परमप्रभु येशू ख्रीष्टमा आस्था हो । सत्य आस्थाले मुक्तिदातामा केन्द्रित हुन्छ र उहाँमा भरोसा केन्द्रित गर्न सक्षम बनाउँछ र हामीलाई उहाँमा भरोसा गर्न र मृत्युबाट बचाउन, पापबाट शुद्ध पार्न र हामीलाई हाम्रो आफ्नै भन्दा बढी शक्ति प्राप्त गर्न उहाँको शक्तिमा पूर्ण भरोसा राख्न सक्षम बनाउँछ ।

मोरोनीले गवाही दिए, “अनि मानिसको उद्धारका कारण, जुन येशू ख्रीष्टबाट आयो, उनीहरूलाई परमप्रभुको उपस्थितिमा ल्याइने छ; हो, यसैबाट सबै मानिसहरूलाई मुक्त गरिन्छ, ख्रीष्टको मृत्युका कारण पुनरुत्थान ल्याइने छ, जसले त्यो अनन्त निन्द्राबाट उद्धार ल्याउने छ, जुन निन्द्राबाट सबै मानिसहरूलाई परमेश्वरको शक्तिद्वारा व्युँताइने छ जब त्यो बिगुल फुकिने छ; र उनीहरू अघि आउने छन्, साना र ठूला दुबै र सबै उहाँका न्यायलयअगाडि खडा हुने छन्, उद्धार गरिएकाले र यो मृत्युको अनन्त बन्धनबाट स्वतन्त्र गरिएकाले, जुन लौकिक मृत्यु हो” (मोर्मोन ९:१३) ।

मुक्तिदाताले मृत्युको बन्धन तोड्नुभयो भनेर म गवाही दिन्छु । उहाँको पुनरुत्थान भयो, उहाँ जीवित हुनुहुन्छ र उहाँ जीवन्त, असल, र अझ धेरै उत्कृष्ट आशाको एकमात्र स्रोत हुनुहुन्छ ।

आत्माका लागि एक साहारा

अगमवक्ता एतेरले गवाही दिनुभयो, “यसकारण, जसले परमेश्वरमा विश्वास गर्छ उसले निश्चितताका साथ अझ सुन्दर संसार, हो, परमेश्वरको दाहिने हाततर्फ स्थान सहितको आशा गर्न सक्छ जुन आशाबाट आस्था आउँछ, मानिसहरूका आत्माहरूका लागि भरोसा निर्माण गर्छ, जसले उनीहरूलाई सदैव असल कार्यहरूमा प्रशस्त मात्रा परमेश्वरको महिमा गर्न अगुवाइ गरिँदै” मजबुत र अडिग बनाउँछ (एतेर १२:४; जोड दिएर थपिएको) ।

बेथलेहेममा बालकको जन्मोत्सव मनाउने यो विशेष अवसरमा, येशू ख्रीष्ट हाम्रो मुक्तिदाता र उद्धारकर्ता हुन संसारमा आउनुभयो भनेर हामी सदैव सम्झन सक्छौँ । प्रकाश, नवीकरण, प्रेम, शान्ति, दृष्टिकोण, प्रसन्नता र आशाका अमूल्य आत्मिक उपहारहरू उहाँले हामीहरूलाई जीवनका प्रदान गर्नुहुन्छ ।

उहाँको प्रायश्चितको बलिदान र शाब्दिक पुनरुत्थानका सम्बन्धमा पुरातन र आधुनिक अगमवक्ताहरूका शिक्षा र गवाहीहरू अध्ययन गरेर मुक्तिदातामा आशाको आत्मिक वरदानका लागि म तपाईंहरूलाई उचित रूपमा खोज्न आमन्त्रण गर्छु । तपाईंहरूले त्यसो गर्दा, उद्धारकर्ताको देवत्वको तपाईंहरूको गवाही सुदृढ हुने छ, उहाँमा तपाईंहरूको परिवर्तन गहिरो हुने छ, उहाँको साहसी साक्षीका रूपमा उभिने तपाईंहरूको चाहना र दृढ सङ्कल्प बढ्ने छ र तपाईंहरूलाई तपाईंहरूको आत्मामा साहारा सहित—जीवन्त, असल र अझ धेरै उत्कृष्ट आशाको आशीर्वाद दिइने छ भनेर म प्रतिज्ञा गर्छु ।

युगौँ देखि उहाँको गवाही दिने प्रेरितहरू सँग, येशू ख्रीष्ट जीवित परमेश्वरका जीवित पुत्र हुनुहुन्छ भन्दै म मेरो गवाहीलाई खुशीसाथ घोषणा गर्छु । उहाँ मासु र हड्डीहरूको महिमापूर्ण, मूर्त शरीर सहित पुनरुत्थान हुनुभएको हाम्रो उद्धारकर्ता हुनुहुन्छ । अनि परमप्रभुले सबै मानवजातिका लागि सम्भव बनाउनुभएको उद्धार र परमेश्वरसँग मेलमिलापको कारणले गर्दा, हामीले आत्मिक आश्वासन र “ख्रीष्टमा सबै जीवित पारिने छन्” भन्ने आत्मिक आश्वासन र जीवन्त, असल र अझ उत्कृष्ट आशा प्राप्त गर्न सक्छौँ (१ कोरिन्थी १५:२२) ।

सूची

  1. परिवार: संसारका लागि एक घोषणा,” सुसमाचारको पुस्तकालय ।