“परिचय,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“परिचय,” सिकारूहरूका लागि EnglishConnect १
Introduction
परिचय
Welcome to EnglishConnect!
EnglishConnect मा स्वागत् छ!
EnglishConnect ले अङ्ग्रेजी सिक्ने माध्यमबाट आफ्ना अवसरहरू विस्तार गर्न प्रयास गरिरहेका मानिसहरूलाई एकत्रित गर्छ । हामीहरू सबै फरक पृष्ठभूमिबाट आएका छौँ र विभिन्न भाषाहरू बोल्छौँ । हामीसँग विभिन्न स्तरहरूमा अङ्ग्रेजी बोल्ने क्षमता हुन सक्छन् तर सँगै हामीहरूले हाम्रा लक्ष्यहरू प्राप्त गर्न सक्छौँ ।
Why Are You Learning English?
तपाईंहरूले किन अङ्ग्रेजी सिक्दै हुनुहुन्छ?
स्पष्ट उद्देश्यले तपाईंहरूलाई केन्द्रित र उत्प्रेरित रहन सहयोग गर्न सक्छ । तपाईंहरू किन अङ्ग्रेजी सिक्दै हुनुहुन्छ भनेर मनन गरौँ । के तपाईंहरूले अझै राम्रो जागिर प्राप्त गर्ने अपेक्षा गरिरहनुभएको छ? के तपाईंहरूले आफ्नो शिक्षाका लागि अङ्ग्रेजी सिक्नु आवश्यक छ? अङ्ग्रेजी सिक्नका लागि आफ्ना कारणहरू लेख्न केही समय लिनुहोस् ।
म अङ्ग्रेजी सिक्न चाहन्छु किनभने:
अङ्ग्रेजी सिक्नाले शिक्षा, रोजगारी, सेवा र मित्रताका लागि अवसरहरू वृद्धि गर्न सक्छन् । आफ्ना लक्ष्यहरू पूरा गर्न EnglishConnect ले तपाईंहरूलाई सहयोग गर्न सक्छ ।
What Is EnglishConnect?
EnglishConnect भनेको के हो?
EnglishConnect पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चद्वारा प्रदान गरिएको अङ्ग्रेजी-सिक्ने उत्तम कार्यक्रम हो । EnglishConnect को उद्देश्य व्यक्तिहरूलाई आस्था, साहचर्य र वृद्धिको परिवेशमा अङ्ग्रेजीका सीपहरू विकास गर्न सहयोग गर्नु हो । यसको अर्थ तपाईंहरू एक्लै यसो गर्नुहुँदैन । तपाईंहरूले अरूहरू सँग सिक्नुहुने छ र एकअर्कालाई समर्थन र प्रोत्साहन दिनुहुने छ । तपाईंहरू पनि आफ्नो आस्था वृद्धि गर्न सक्षम हुनुहुने छ कि परमेश्वरले तपाईंहरूलाई सिक्न सहयोग गर्न सक्नुहुन्छ ।
EnglishConnect मा धेरै तहहरू समावेश छन् । EnglishConnect १ र २ ले सिकारूहरूलाई अङ्ग्रेजीका आधारभूत सीपहरू विकास गर्न सहयोग गर्छ । EnglishConnect ३ ले सिकारूहरूलाई शिक्षाका अवसरहरू—विशेष गरी BYU-Pathway Worldwide का लागि तयार गर्छ । तपाईंहरू byupathway.orgमा BYU-Pathway का सम्बन्धमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ । Englishconnect.orgमा EnglishConnect का सम्बन्धमा थप जानकारी प्राप्त गर्नुहोस् ।
What Makes EnglishConnect Unique?
EnglishConnect लाई के ले विशिष्ट बनाउँछ?
EnglishConnect मा, हामीहरूले आस्था, साहचर्य र वृद्धिको परिस्थितिमा अङ्ग्रेजीका सीपहरूको विकास गर्छौँ ।
Faith
आस्था
EnglishConnect मा, हामीहरू अध्ययन र आस्थाद्वारा सिक्छौँ । प्रत्येक पाठ सिकाइका सिद्धान्तबाट सुरु हुन्छ । यी आध्यात्मिक सिद्धान्तहरू हुन् जसले हामीलाई सिक्ने क्षमता वृद्धि गर्न परमेश्वरमा निर्भर रहन सहयोग गर्छन् । तपाईंहरूको सिक्ने क्षमताका सम्बन्धमा तपाईंहरूको विश्वासले तपाईंहरूको प्रयास र परिणामहरूमा महत्त्वपूर्ण प्रभाव पार्छ । सिकाइका सिद्धान्तहरूले तपाईंहरूलाई आफ्नो वास्तविक क्षमता र तपाईंहरूलाई सहयोग गर्ने परमेश्वरको क्षमता बुझ्न सहयोग गर्न सक्छन् । तपाईंहरूले अध्ययन गर्ने सिद्धान्तहरू निम्न छन्:
सिकाइका सिद्धान्तहरू सत्यका कथनहरू हुन् । जब तपाईंहरूलाई प्रेरणा वा प्रोत्साहन आवश्यक हुन्छ तपाईंहरूले यी कथनहरू आफूस्वयम् लाई भन्न सक्नुहुन्छ । तपाईंहरूले यी सिद्धान्तहरू लागू गर्दा, तपाईंहरूको सिक्ने क्षमता अभिवृद्धि हुँदै जान्छ । तपाईंहरूले जानकारी प्राप्त गर्नुहुने छ कि परमेश्वरको सहयोगले तपाईंहरूले आफ्ना लक्ष्यहरू प्राप्त गर्न सक्नुहुन्छ ।
Fellowship
साहचर्य
EnglishConnect अनुभवको महत्त्वपूर्ण अंश अरूहरूसँग सिक्नु हो । EnglishConnect समूहहरूले एकअर्कालाई प्रेम, सहयोग र समर्थन गर्छन् । तपाईंहरूका समूह वैठकहरू बोल्ने अभ्यास गर्न र गल्तीहरू गर्नका लागि सुरक्षित स्थान हुन् । EnglishConnect समूहमा सहभागी हुनाले तपाईंहरूलाई उत्प्रेरित रहन र मित्रता निर्माण गर्न सहयोग गर्न सक्छ ।
Growth
प्रगति
EnglishConnect अङ्ग्रेजी सिक्ने कार्यक्रम मात्र होइन । तपाईंहरूले जहाँबाट सुरु गरिरहनु भएको भए पनि, तपाईंहरूसँग भएका अनुभवहरूले तपाईंहरूलाई अझै राम्रो सिकारू बन्न सहयोग गर्ने छ । तपाईंहरू सँग यी अवसरहरू हुने छन्:
-
दैनिक अङ्ग्रेजी अभ्यास गर्न ।
-
आफ्नो प्रगति ट्रयाक गर्न ।
-
अरूहरू सँग सिक्न ।
-
तपाईंहरूका लक्ष्यहरू प्राप्त गर्न सहयोगका लागि परमेश्वरलाई प्रार्थना गर्नुहोस् ।
What Will I Do in EnglishConnect?
EnglishConnect मा म के गर्ने छु?
EnglishConnect मा, तपाईंहरूले व्यक्तिगत अध्ययन, सामूहिक वार्तालाप अभ्यास र दैनिक अभ्यास गर्नुहुने छ । EnglishConnect सिकारूको पुस्तिकामा प्रत्येक पाठलाई —“व्यक्तिगत अध्ययन” र “वार्तालाप समूह” गरी दुई भागमा विभाजन गरिएको छ ।
Personal Study
व्यक्तिगत अध्ययन
“व्यक्तिगत अध्ययन” खण्डले तपाईंहरूलाई आफ्ना वार्तालाप समूहका लागि तयार गर्छ । “व्यक्तिगत अध्ययन” मा, तपाईंहरूले निम्न क्रियाकलापहरू पूरा गर्नुहुन्छ:
Study the Principle of Learning
सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस्
प्रत्येक पाठमा सिकाइको सिद्धान्त समावेश हुन्छ । यी आध्यात्मिक सिद्धान्तहरू हुन् जसले तपाईंहरूलाई अङ्ग्रेजी सिक्नमा परमेश्वरसँग सहकार्य गराउँछ । तपाईंहरूका वार्तालाप समूह अघि, सिकाइका सिद्धान्त पढ्नुहोस्, प्रश्नहरू मनन गर्नुहोस् र आफ्ना विचारहरू लेख्नुहोस् ।
Memorize Vocabulary
शब्दावली स्मरण गर्नुहोस्
प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । नमूनाहरू अभ्यास गर्न शब्दावली प्रयोग गर्नुहोस् । तपाईंहरूले अतिरिक्त शब्दावलीका शब्दहरू पनि हेर्न सक्नुहुन्छ जुन नमूनामा प्रयोग गर्न सकिन्छ ।
Practice the Patterns
नमूनाहरू अभ्यास गर्नुहोस्
वाक्यका नमूनाहरू स्मरण गरेर सुरु गर्नुहोस् । त्यसपछि आफ्ना प्रश्न र उत्तरहरू सिर्जना गर्न नमूनाहरू प्रयोग गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित शब्दहरूलाई शब्दावली सूचीबाट अन्य शब्दहरूसँग परिवर्तन गर्न सक्नुहुन्छ । तपाईंहरूले नि:सन्देह प्रश्नहरू सोध्न र उत्तर दिन नमूनाहरू प्रयोग गर्न नसक्नुहुँदा सम्म ठूलो स्वरमा अभ्यास गरिरहनुहोस् ।
Conversation Group
वार्तालापका समूह
“वार्तालाप समूह” खण्डमा तपाईंहरूले अरूहरू सँग सिक्न प्रयोग गर्ने क्रियाकिलापहरू समावेश छन् । “वार्तालाप समूह” मा, तपाईंहरूले निम्न क्रियाकलापहरू पूरा गर्नुहुन्छ:
Discuss the Principle of Learning (20–30 minutes)
सिकाइका सिद्धान्तका सम्बन्धमा छलफल गर्नुहोस् (२०-३० मिनेट)
तपाईंहरूका समूहमा, सिकाइका सिद्धान्तहरू पढ्नुहोस् र छलफल गर्नुहोस् । यो बाँढ्ने र अरूहरूबाट सिक्ने अवसर हो ।
Activities
क्रियाकलापहरू
क्रियाकलाप १, २ र ३ मा, अर्थपूर्ण वार्तालापमा संलग्न हुन शब्दावली र वाक्यका नमूनाहरू प्रयोग गर्नुहोस् । क्रियाकलापहरूले तपाईंहरूलाई पुनरावृत्ति अभ्यासबाट तपाईंहरूका आफ्नै वार्तालापहरू सिर्जना गर्ने तर्फ प्रगति गर्न सहयोग गर्छ । प्रत्येक क्रियाकलापले तपाईंहरूलाई अर्को क्रियाकलापहरूका लागि तयार गर्छ ।
Activity 1: Practice the Patterns (10–15 minutes)
क्रियाकलाप १: नमूनाहरूको अभ्यास गर्नुहोस् (१०-१५ मिनेट)
क्रियाकपाल १ मा, तपाईंहरूले आफ्नो व्यक्तिगत अध्ययनमा सिकेका शब्दावली र नमूनाहरूको समीक्षा गर्नुहोस् । तपाईंहरूको लक्ष्य सरल प्रश्न र उत्तरहरू भन्न र बुझ्नका लागि नमूनाहरू प्रयोग गर्नु हो ।
Activity 2: Create Your Own Sentences (10–15 minutes)
क्रियाकलाप २: आफ्नै वाक्यहरू सिर्जना गर्नुहोस् (१०-१५ मिनेट)
क्रियाकलाप २ मा, तपाईंहरूका आफ्नै वाक्यहरू सिर्जना गर्न नमूनाहरू प्रयोग गर्नमा जोड दिनुहोस् । सिर्जनशील बन्नुहोस् । तपाईंहरूको लक्ष्य आफूहरूले सकेसम्म धेरै प्रश्न र उत्तरहरू सिर्जना गर्न नमूनाहरू प्रयोग गर्नु हो ।
Activity 3: Create Your Own Conversations (15–20 minutes)
क्रियाकलाप ३: आफ्नै वार्तालापहरू सिर्जना गर्नुहोस् (१५-२० मिनेट)
क्रियाकलाप ३ मा, वास्तविक जीवनका परिदृश्यहरूमा पूर्ण वार्तालापहरू अभ्यास गर्नुहोस् । तपाईंहरूको लक्ष्य भनेको आफूहरूले सिकेको अङ्ग्रेजी प्रयोग गरेर अर्थपूर्ण वार्तालाप गर्नु हो ।
Evaluate (5–10 minutes)
मूल्याङ्कन गर्नुहोस् (५–१० मिनेट)
प्रत्येक वार्तालाप समूहको अन्त्यमा, पाठका उद्देश्यहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् । व्यक्तिगत अध्ययनमा आफ्नो प्रयासको मूल्याङ्कन गर्न “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् र सुधार गर्न लक्ष्यहरू निर्धारण गर्नुहोस् । आफ्नो प्रगति र आफ्नो प्रयासको उत्सव मनाउन समय लिनुहोस् ।
Daily Practice
दैनिक अभ्यास
अङ्ग्रेजी सिक्न, तपाईंहरूले दैनिक अभ्यास गर्ने बानीको विकास गर्नु आवश्यक हुन्छ । छुट्ट्याइएको अध्ययन समयका अतिरिक्त, अङ्ग्रेजी सँगका आफ्ना दैनिक क्रियाकलापहरू प्रतिस्थापन गर्ने तरिकाहरू खोज्नुहोस् । उदाहरणका लागि, जब तपाईंहरूले सङ्गीत सुन्नुहुन्छ, अङ्ग्रेजीमा सुन्नुहोस् । जब तपाईंहरू चलचित्र हेर्नुहुन्छ, अङ्ग्रेजीमा हेर्नुहोस् वा अङ्ग्रेजी उपशीर्षक खोल्नुहोस् । जब तपाईंहरू कतै प्रतीक्षा गरिरहनु भएको छ, आफ्नो मस्तिष्कमा अङ्ग्रेजीका वार्तालापहरू अभ्यास गर्नुहोस् । जब तपाईंहरूले प्रार्थना गर्नुहुन्छ, तपाईंहरूलाई सम्भव हुने जति सबै अङ्ग्रेजीमा भन्नुहोस् । दैनिक अभ्यासको प्रमुख तत्व सामान्य दिनचर्यामा अङ्ग्रेजी प्रयोग गर्नु हो ।
तपाईंहरूले englishconnect.org/learner/resources मा र EnglishConnect कार्यपुस्तिकामा पनि पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्न सक्नुहुन्छ ।
तपाईंहरूले प्रत्येक पाठका लागि व्यक्तिगत अध्ययनका लागि क्रियाकिलापहरू पूरा गर्दा र दैनिक अभ्यास गर्दा, तपाईंहरूले छिटो सिक्नुहुने छ र तपाईंहरूको वार्तालाप समूहका लागि राम्रोसँग तयार हुनुहुने छ । आफ्ना प्रयास र लक्ष्यहरू ट्र्याक गर्न यस परिचयको अन्त्यमा समावेश गरिएको “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् ।
Remember This
यसलाई स्मरण गर्नुहोस्
जब तपाईंहरू व्यक्तिगत अध्ययनका क्रियाकलापहरू पूरा गर्नुहुन्छ, अङ्ग्रेजीको दैनिक अभ्यास गर्नुहुन्छ र तपाईंहरूको वार्तालाप समूहमा सक्रिय रूपमा सहभागी हुनुहुन्छ, तपाईंहरूले अङ्ग्रेजी वार्तालापका सीपहरू विकास गर्नुहुने छ । अझै महत्त्वपूर्ण विषय, तपाईंहरूले सिकाइका सिद्धान्तहरू लागू गर्दा र परमेश्वरको सहयोगका लागि प्रार्थना गर्दा, उहाँले तपाईंहरूलाई अहिले र भविष्यमा तपाईंहरूको लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्न सक्नुहुन्छ ।