“व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक),” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“ट्रयाकर,” सिकारूहरूका लागि EnglishConnect १
Personal Study Tracker
व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)
अङ्ग्रेजी सिक्नका लागि आफ्नो उद्देश्य लेख्नुहोस् ।
उद्देश्य: म अङ्ग्रेजी सिक्न चाहन्छु किनभने:
आफ्ना प्रयासहरू ट्र्याक गरेर र सुधार गर्नका लागि लक्ष्यहरू निर्धारण गरेर तपाईंहरूले आफ्नो सिक्ने क्षमतामा सुधार गर्न सक्नुहुन्छ । आफ्ना प्रयासहरूलाई ट्र्याक गर्न “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । प्रत्येक पाठ पछि, एक साधारण लक्ष्य निर्धारण गर्नुहोस् । आफ्नो प्रगतिको उत्सव मनाउनुहोस्; हरेक प्रयासले तपाईंहरूलाई आफ्नो लक्ष्यको नजिक लैजान्छ ।
न्यूनतम प्रयास
मध्यम प्रयास
महत्वपूर्ण प्रयास
प्रिन्टयोग्य “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)”
Example
उदाहरण
Lesson |
Study the Principle of Learning |
Memorize Vocabulary |
Practice the Patterns |
Practice Daily |
My Goal |
---|---|---|---|---|---|
Lesson १ | Study the Principle of Learning
| Memorize Vocabulary
| Practice the Patterns
| Practice Daily
| My Goal परिचय खण्ड पढ्नुहोस् । पाठ २ का लागि “व्यक्तिगत अध्ययन” खण्ड पूरा गर्नुहोस् । |
Lesson २ | Study the Principle of Learning
| Memorize Vocabulary
| Practice the Patterns
| Practice Daily
| My Goal पाठपूर्व सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् । |
Lesson ३ | Study the Principle of Learning
| Memorize Vocabulary
| Practice the Patterns
| Practice Daily
| My Goal जब म प्रार्थना गर्छु, म नयाँ अङ्ग्रेजी शब्दावलीका शब्दहरू प्रयोग गर्ने छु । |
Study Suggestions
अध्ययनका लागि सुझावहरू
आफ्नो अध्ययन सुधार गर्न तलका सुझावहरू प्रयोग गर्न ध्यान गर्नुहोस् ।
Study the Principle of Learning
सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।
-
प्रार्थना गर्नुहोस् । प्रार्थना सँगै आफ्नो अध्ययन सुरु र अन्त्य गर्नुहोस् । सिद्धान्त बुझ्न र उपयोग गर्नका लागि सहयोग प्राप्त गर्न परमेश्वर सँग याचना गर्नुहोस् ।
-
आत्मालाई सुन्नुहोस् । तपाईंहरूका विचार र अनुभवहरू तपाईंहरूले अध्ययन गरिरहेका विषयहरूसँग असम्बन्धित देखिए तापनि तिनीहरूमा ध्यान दिनुहोस् । आफ्ना विचार र अनुभवहरूको अभिलेख राख्नुहोस् । आत्माले तपाईंहरूलाई जे गर्न आमन्त्रण गरिरहेको छ त्यही गर्नुहोस् ।
-
प्रेरणादायी शब्दहरू र वाक्यांशहरू लेख्नुहोस् । तपाईंहरूले व्यक्तिगत रूपमा सान्दर्भिक र तपाईंहरूलाई प्रेरणा र उत्प्रेरित गर्ने निश्चित शब्दहरू र वाक्यांशहरू पत्ता लगाउन सक्नुहुन्छ । तिनीहरूलाई कुनै ठाउँमा लेख्नुहोस् जहाँ तपाईंहरूले तिनीहरूलाई देख्नुहुने छ । तिनीहरूलाई तपाईंहरूको ऐना वा तपाईंहरूको फोनमा राख्नुहोस् ।
-
सिकाइका सिद्धान्त लागू गर्नुहोस् । सिकाइका सिद्धान्त, उद्धरणहरू र धर्मशास्त्रका पदहरूलाई आफ्नो जीवनमा कसरी लागू गर्न सक्नुहुन्छ, मनन गर्नुहोस् । तपाईंहरूले सिकाइका सिद्धान्त लागू गर्दा तपाईंहरूले के सिक्नुभयो भनेर अभिलेख गर्नुहोस् ।
-
थप अध्ययन गर्नुहोस् । सिकाइका सिद्धान्त सँग सम्बन्धित धर्मशास्त्र वा साधारण सम्मेलनका वक्तव्यहरू पढ्नुहोस् ।
-
नयाँ शब्दावली सिक्नुहोस् । सिकाइका सिद्धान्तबाट केही शब्दहरू छान्नुहोस् जुन तपाईंहरू अङ्ग्रेजीमा सिक्न चाहनुहुन्छ । शब्दहरू खोज्नुहोस् । शब्दहरू र वाक्यांशहरूले तिनीहरूका लागि के अर्थ राख्छन् भन्ने सम्बन्धमा अन्य सिकारूहरूसँग वार्ता गर्नुहोस् ।
Memorize Vocabulary
शब्दावली सम्झनुहोस्
-
अर्थ र उच्चारणमा ध्यान दिनुहोस् । ठूलो स्वरमा शब्द दोहोर्याउने अभ्यास गर्नुहोस् र शब्दको अर्थ सोच्नुहोस् । प्रत्येक शब्दको उच्चारण सिक्नुहोस् र तपाईंहरूले यसलाई सही रूपमा उच्चारण नगरेसम्म अभ्यास गर्नुहोस् । तपाईंहरूले शब्दलाई आत्मविश्वासका साथ भन्न र यसको अर्थ के हो भनेर नजान्दा सम्म निरन्तरता दिनुहोस् ।
-
फ्ल्यासकार्ड सहित अभ्यास गर्नुहोस् । फ्ल्यासकार्डहरू सिर्जना गर्न नोट कार्डहरू (वा एप) प्रयोग गर्नुहोस् । एक तर्फ शब्द र अर्को तर्फ परिभाषा, अनुवाद वा चित्र लेख्नुहोस् । पुनरावृत्ति गर्नु शब्दावली स्मरण गर्ने उत्तम तरिका हो ।
-
शब्दहरूलाई वाक्यहरूमा अभ्यास गर्नुहोस् । तपाईंहरूले वाक्यमा सिकिरहेका शब्दलाई भन्न अभ्यास गर्नुहोस् । तपाईंहरूले सिकेका शब्दहरू अभ्यास गर्न वाक्य नमूनाहरू प्रयोग गर्न सक्नुहुन्छ ।
-
शब्द उपयोग गर्नुहोस् । तपाईंहरूले आफ्नो दैनिक जीवनमा शब्द प्रयोग गर्नुहुँदा परिस्थितिहरूका सम्बन्धमा मनन गर्नुहोस् । यो शब्द प्रयोग गर्दा स्वाभाविक महसुस नभएसम्म परिस्थितिअनुसार अभ्यास गर्नुहोस् । जब तपाईंहरू काम, विद्यालय, पसल वा अन्य ठाउँहरूमा जानुहुन्छ, विषयवस्तुहरूलाई वर्णन गर्न आफ्नो मस्तिष्कमा भएका शब्दहरूको प्रयोग गर्नुहोस् ।
-
शब्दहरूलाई ध्यान दिनुहोस् । तपाईंहरूले आफ्नो दिनचर्या यापन गर्दै गर्दा नयाँ शब्दहरू हेर्नुहोस् र सुन्नुहोस् । तपाईंहरू चलचित्रहरू, टिभी कार्यक्रमहरू, पुस्तकहरू, पोडकास्टहरू वा गीतहरूबाट सिक्न सक्नुहुन्छ । नयाँ शब्दहरू लेख्नुहोस् ।
-
थप सिक्नुहोस् । नयाँ शब्दहरूका सम्बन्धमा थप सिक्न शब्दकोश प्रयोग गर्नुहोस् । परिभाषाहरू, भाषाका अंशहरू, शब्दका अंशहरू, उच्चारण र उदाहरणका वाक्यहरू सिक्नुहोस् ।
-
समीक्षा गर्नुहोस् । तपाईंहरूले विगतमा सिकेका शब्दहरू आवधिक रूपमा समीक्षा गर्न समय लिनुहोस् । यसले तपाईंहरूलाई कति सिक्नुभएको छ र शब्दहरू नबिर्सन सहयोग गर्ने छ ।
Practice the Patterns
नमूनाहरू अभ्यास गर्नुहोस्
-
अर्थ र प्रवाहमा जोड दिनुहोस् । नमूनाबाट ठूलो स्वरमा वाक्य दोहोर्याउने अभ्यास गर्नुहोस् र वाक्यको अर्थ मनन गर्नुहोस् । तपाईंहरूले वाक्यलाई सहज रूपमा, आत्मविश्वासका साथ भन्न नसक्नुहुँदा सम्म निरन्तरता दिनुहोस् र यसको अर्थ के हो भनेर जानकारी लिनुहोस् ।
-
आफूस्वयम् को रेकर्ड गर्नुहोस् । आफ्नो फोनमा प्रश्न सोध्दै र उत्तर दिँदै आफ्नै रेकर्ड गर्नुहोस् । रेकर्डिङ सुन्नुहोस् र आफ्नो प्रवाह र उच्चारणमा ध्यान दिनुहोस् ।
-
सहपाठी सँग अभ्यास गर्नुहोस् । सहपाठीहरूसँग प्रश्नहरू सोध्न र जवाफ दिन नमूनाहरू प्रयोग गर्ने अभ्यास गर्नुहोस् । तपाईंहरू व्यक्तिगत रूपमा वा फोनमा अभ्यास गर्न सक्नुहुन्छ । तपाईंहरूले कुनै सहपाठीहरूलाई सन्देशहरू लेख्दा नमूनाहरू प्रयोग गर्ने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरूका सम्बन्धमा मनन गर्नुहोस् र वार्ता गर्नुहोस् । अङ्ग्रेजीले कसरी काम गर्छ भन्ने सम्बन्धमा तपाईंले के ध्यान दिनुहुन्छ? अङ्ग्रेजी तपाईंहरूको भाषासँग कसरी मिल्दोजुल्दो छ? तपाईंहरूको भाषा भन्दा अङ्ग्रेजी कसरी फरक छ? तपाईंहरू कसरी फरक परिस्थितिमा पाठबाट नमूना प्रयोग गर्न सक्नुहुन्छ?
-
अन्य स्रोतहरू प्रयोग गर्नुहोस् । व्याकरणका पुस्तकहरू, एपहरू, वेबसाइटहरू र अन्य सिकारूहरूले तपाईंहरूलाई अङ्ग्रेजी व्याकरणका नमूनाहरूका सम्बन्धमा थप जानकारी लिन सहयोग गर्न सक्छन् ।
-
नमूनाहरूमा ध्यान दिनुहोस् । अङ्ग्रेजी पढ्दा वा सुन्दा तपाईंहरूले सिक्ने नमूनाहरू हेर्नुहोस् र सुन्नुहोस् ।
Practice Daily
दैनिक अभ्यास गर्नुहोस्
-
दिनचर्या निर्धारण गर्नुहोस् । तपाईंहरू प्रत्येक दिन कहिले र कहाँ अध्ययन गर्नुहुन्छ योजना बनाउनुहोस् र यसो गर्नुहोस् । तपाईंहरूलाई सम्झन सहयोग गर्नका लागि, आफ्नो लक्ष्य “कहिले” कथनमा लेख्नुहोस् । उदाहरणका लागि, “जब म , म ।” यहाँ केही उदाहरणहरू छन्: “जब म बस चढ्छु, म शब्दावली समीक्षा गर्छु।”; “जब म बेलुकाको खाना पकाउँछु, म के गरिरहेको छु भनेर अङ्ग्रेजीमा वर्णन गर्छु।”; र “जब म प्रार्थना गर्छु, म सम्भव भए जति अङ्ग्रेजीमा भन्छु।”
-
दैनिक क्रियाकलापहरू अङ्ग्रेजीमा गर्नुहोस् । आफ्ना दैनिक क्रियाकलापहरूमा आफ्नो मातृभाषासँग अङ्ग्रेजी प्रतिस्थापन गर्ने तरिकाहरू खोज्नुहोस् । उदाहरणका लागि, जब तपाईंहरूले सङ्गीत सुन्नुहुन्छ, अङ्ग्रेजीमा सुन्नुहोस् । अन्य विचारहरू: अङ्ग्रेजीमा वा अङ्ग्रेजी उपशीर्षकहरू सहित चलचित्रहरू हेर्नुहोस्, आफ्नो फोन सेटिङहरू अङ्ग्रेजीमा परिवर्तन गर्नुहोस् र अङ्ग्रेजीमा धर्मशास्त्रहरू पढ्नुहोस् ।
-
पढ्नुहोस् । सम्भव भएसम्म अङ्ग्रेजीमा पढ्नुहोस् । धर्मशास्त्रहरू, साधारण सम्मेलनका वक्तव्यहरू, पत्रिकाहरू, ब्लगहरू, समाचारहरू र अन्य जानकारीहरू अङ्ग्रेजीमा पढ्नुहोस् ।
-
सुन्नुहोस् । तपाईंहरूलाई सम्भव भए सम्म सक्रिय रूपमा सुन्नुहोस् । पोडकास्टहरू, धर्मशास्त्रहरू, वार्तालापहरू, प्रस्तुतीकरणहरू, भिडियोहरू, टिभी कार्यक्रमहरू वा चलचित्रहरू सुन्नुहोस् ।
-
बोल्नुहोस् । साथीहरू, परिवार र सहकर्मीहरू खोज्नुहोस् र उहाँहरूसँग बोल्ने अभ्यास गर्नुहोस् । अङ्ग्रेजी अभ्यास गर्न तपाईंहरूले सिक्नुभएका र गरिरहनुभएका कार्यहरू बाँढ्नुहोस् । एउटा समूह च्याट सिर्जना गर्नुहोस् र भ्वाइस नोटहरू पठाउनुहोस् ।
-
लेख्नुहोस् । अङ्ग्रेजीमा लेख्ने अवसरहरू खोज्नुहोस् । दैनिक रूपमा दैनिकी लेख्न सुरु गर्नुहोस् वा समूह च्याट सिर्जना गर्नुहोस् । तपाईंहरूले सिकिरहेका वाक्यहरू र शब्दावली प्रयोग गर्नुहोस् ।
-
पाठका क्रियाकलापहरू पूरा गर्नुहोस् । englishconnect.org मा वा EnglishConnect कार्यपुस्तिकामा अनलाइन पाठ गतिविधि र मूल्याङ्कन पूरा गर्नुहोस् ।