अङ्ग्रेजी सिक्ने
पाठ २०: घर


“पाठ २०: घर,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ २०,” सिकारूहरूका लागि EnglishConnect १

युवती मन्दिरमा

Lesson 20

Home

उद्देश्य: म कोही बस्ने स्थानका सम्बन्धमा प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।

Personal Study

क्रियाकलापहरू क देखि ङ सम्म पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Love and Teach One Another

एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्

I can learn by the Spirit as I love, teach, and learn with others.

जब म अरूहरूलाई प्रेम गर्छु, सिकाउँछु र तिनीहरूसँग सिक्छु म पवित्र आत्माबाट सिक्न सक्छु ।

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ । उहाँ तपाईंलाई बढ्न र प्रगति गर्न मद्दत गर्न चाहनुहुन्छ । उहाँले तपाईंहरूलाई नयाँ क्षमताहरू विकास गर्न र धेरै राम्रा विषयहरू सिक्न सहयोग गर्न चाहनुहुन्छ । सिक्ने एउटा महत्त्वपूर्ण तरिका अरू कसैलाई सिकाउनु हो । तपाईंहरूले कुनै अर्को व्यक्तिलाई सिकाउँदा तपाईंहरूको आफ्नै समझमा वृद्धि हुन सक्छ । परमेश्वरले तपाईंहरूलाई एउटा अद्भुत प्रतिज्ञा दिनुभएको छ:

“अनि म तिमीहरूलाई एक आज्ञा दिन्छु ताकि तिमीहरूले एकअर्कालाई अधिराज्यका सिद्धान्त सिकाउने छौ ।

“तिमीहरूले लगनशीलताका साथ सिकाओ र मेरो अनुग्रहले तिमीहरूलाई साथ दिने छ, ताकि तिमीहरूलाई पूर्ण रूपमा निर्देशन दिन सकिन्छ, …

“ताकि तिमीहरू सबै विषयमा तयार रहन सक्ने छौ” (सिद्धान्त र करार ८८: ७७–७८, ८०) ।

जब हामी एकअर्कालाई सिकाउँछौँ र सेवा गर्छौँ, हामी आत्मालाई हामीसँग हुन आमन्त्रण गर्छौँ । आत्माले हामीलाई राम्रोसँग बुझ्न र छिटो सिक्न सहयोग गर्न सक्छ । अरूहरूलाई सिकाउनु भनेको परमेश्वरले हाम्रो सिक्ने क्षमता वृद्धि गर्नुहुने एउटा तरिका हो । कहिलेकाहीँ हामी अरूहरूलाई सिकाउन डराउँछौँ । कहिलेकाहीँ हामी सोच्दैनौँ कि हामीसँग प्रदान गर्नका लागि केही छ । परन्तु परमेश्वर बुझ्नुहुन्छ कि तपाईंहरू सँग अरूलाई बाँढ्नका लागि धेरै राम्रा विषयहरू छन् । जब हामी आफूहरूले सिकिरहेका विषयहरू बाँढ्छौँ, हामी एकअर्कालाई सिकाइरहेका हुन्छौँ । जब तपाईंहरू अरूहरूलाई सिकाउनुहुन्छ र आफ्ना अनुभवहरू बाँढ्नुहुन्छ, आत्माले तपाईंहरूलाई अझै धेरै सिक्न सहयोग गर्ने छ ।

अङ्ग्रेजी कक्षामा तीन जना मुस्कुराउँदै

Ponder

  • अन्य कसैलाई सिकाउँदा तपाईंहरूको सिकाइ वृद्धि गर्न कसरी सहयोग गर्न सक्छ?

  • तपाईंहरूले आफ्नो EnglishConnect समूहमा भएकाहरूलाई सिकाउन र समर्थन गर्नका लागि सहयोग गर्न सक्ने केही तरिकाहरू के-के हुन्?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्ना वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । अङ्ग्रेजीका शब्दहरू सम्झन सहयोग गर्नका लागि आफ्नो घरमा भएका वस्तुहरूमा नाम लेख्ने प्रयास गर्नुहोस् ।

Where do you live?

तपाईंहरू कहाँ बस्नुहुन्छ?

I live in …

म … मा बस्छु ।

Nouns 1

apartment

अपार्टमेन्ट

house

घर

Nouns 2

bathroom/bathrooms

स्नानकक्ष/स्नानकक्षहरू

bedroom/bedrooms

शयनकक्ष/शयनकक्षहरू

closet/closets

दराज/दराजहरू

dining room

खाना खाने कोठा

family room

परिवारको कोठा

kitchen

भान्सा कोठा

living room

वैठक कोठा

room/rooms

कोठा/कोठाहरू

stairs

सिँढीहरू

Prepositions

above

माथि

across from

बाट पार

below

मुनि, तल

next to

छेउमा

left of/to the left of

बाँया

right of/to the right of

दाँया

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूसँग रेखाङ्कित शब्दहरू प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: Where do you live?A: I live in an (noun 1).

Questions

नमूना १ प्रश्न तपाईंहरू कहाँ बस्नुहुन्छ

Answers

नमूना २ उत्तर म संज्ञा मा बस्छु

Examples

अग्लो अपार्टमेन्ट भवन

Q: Where do you live?A: I live in an apartment.

खजूरको वृक्ष सँगैको घर

Q: Where does she live?A: She lives in a house.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदैन नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरू ठूलो स्वरले भन्ने प्रयास गर्नुहोस् । तपाईंहरूस्वयम् ले रेकर्ड गर्न विचार गर्नुहोस् । आफ्नो उच्चारण र प्रवाहमा ध्यान दिनुहोस् ।

Q: Where is the (noun 2)?A: It’s (preposition) the (noun 2).

Questions

नमूना २ प्रश्न संज्ञा २ कहाँ छ?

Answers

नमूना २ उत्तर यो उपसर्ग संज्ञा २

Examples

अपार्टमेन्ट शयनकक्ष र दराजको निर्माण योजना

Q: Where is the closet?A: It’s next to the bedroom.

अपार्टमेन्ट भान्सा कोठा र खाना खाने कोठाको निर्माण योजना

Q: Where is the dining room?A: It’s to the right of the kitchen.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरले पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources अथवा EnglishConnect १ कार्यपुस्तिकामा अनलाइनमा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । तपाईंहरूको “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Love and Teach One Another

(20–30 minutes)

अङ्ग्रेजी कक्षामा तीन जना मुस्कुराउँदै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

आफ्नो सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

आफ्नो सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

तपाईंहरूले र आफ्नो परिवार कहाँ बस्नुहुन्छ भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

महिला चिया खन्याउँदै
  • A: Where do you live?

  • B: I live in an apartment.

  • A: Where is the kitchen in your apartment?

  • B: In my apartment, the kitchen is next to the living room.

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

Part 1

निर्माण योजना हेर्नुहोस् । हरेक कोठाहरू कहाँ छन् भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

अपार्टमेन्ट निर्माण योजना
Example
  • A: Where is the dining room?

  • B: The dining room is to the right of the kitchen.

Part 2

तत्कालै निर्माण योजना कोर्नुहोस् । कोठाहरूको नाम लेख्नुहोस् । निर्माण योजनाका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सम्भव भए सम्म बोल्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

How many bedrooms are there?

त्यहाँ कतिवटा शयनकक्षहरू छन्?

Is there a living room?

के त्यहाँ वैठक कोठा छ?

Example
  • A: How many rooms are there?

  • B: There are two rooms.

  • A: Is there a kitchen?

  • B: Yes, there is.

  • A: Where is the living room?

  • B: The living room is next to the kitchen.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Talk about where I live.

    म कहाँ बस्छु वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask and talk about where others live.

    अरूहरू कहाँ बस्छन् भन्ने सम्बन्धमा सोध्नुहोस् र संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Say where rooms are in a house or an apartment.

    घर वा अपार्टमेन्टमा कोठाहरू कहाँ छन् भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्नो प्रयासको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. प्रत्येक दिन अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययनका सुझावहरू विचार गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“यदि हामीले परमप्रभुले तोक्नुभएको तरिकामा सिकायौँ र सिक्यौँ भने, हामीले त्यसो गरेमा हामीलाई सुधार्न र उज्यालो बनाउन उहाँले आफ्नो आत्मा पठाउनुहुने छ” (ड्यालिन एच्. ओक्स, “Teaching and Learning by the Spirit,” Ensign, मार्च १९९७, ६) ।