“परिशिष्ट: सिकाइका सिद्धान्तहरूको शब्दावली,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“शब्दावली,” सिकारूहरूका लागि EnglishConnect १
Appendix
Principles of Learning Glossary
सिकाइका सिद्धान्तहरूको शब्दावली
Agency
छनोटको स्वतन्त्रतापरमेश्वरका सन्ततिका रूपमा, हामीसँग आफ्ना निर्णयहरू गर्न छनोटको स्वतन्त्रता वा शक्ति छ । हामी के विश्वास गर्छौँ, हामी के गर्छौँ, र हामी के बन्छौँ भनेर हामीले छनोट गर्न सक्छौँ ।
“छनोटको स्वतन्त्रता भनेको क्षमता र विशेषाधिकार हो जुन हामीलाई हामीहरूस्वयम् का लागि छनोट गर्न र कार्य गर्न परमेश्वरले दिनुहुन्छ” (सुसमाचारका विषयहरू, “Agency and Accountability,” ChurchofJesusChrist.org)।
“किनभने उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ, परमेश्वरले तपाईंहरूलाई छनोटको स्वतन्त्रता वा निर्णय गर्ने स्वतन्त्रता दिनुभयो । तपाईंहरूको छनोटको स्वतन्त्रताले तपाईंहरूलाई राम्रो छनोट गर्न सक्षम बनाउँछ जसले खुसी दिन्छ; यसले तपाईंहरूलाई गलत छनोटहरूका लागि उत्तरदायी बनाउँछ, जसले तत्कालै वा अन्ततः दु:खी बनाउँछ । परमेश्वरले तपाईंहरूका छनोटहरूमा हस्तक्षेप गर्नुहुँदैन; उहाँले तपाईंहरूलाई आफूस्वयम् ले निर्णय गर्न र नतिजाबाट सिक्न अनुमति दिनुहुन्छ । तैपनि उहाँले गल्तीहरू र पापहरूमाथि विजय प्राप्त गर्न अन्तिम सहयोग प्रदान गर्नुहुन्छ—येशू ख्रीष्टको बचाउने शक्ति । तपाईंहरूको परिस्थिति जतिसुकै नराम्रो भए तापनि वा तपाईंहरूले जतिसुकै गलत छनोटहरू गर्नुभएको भए तापनि, तपाईंहरूले सदैव परिवर्तन गर्न र येशू ख्रीष्टद्वारा शान्ति प्राप्त गर्न सक्नुहुन्छ” (“God Is There for You,” ComeuntoChrist.org) ।
Agent
प्रतिनिधि: प्रतिनिधि एक व्यक्ति हुनुहुन्छ जससँग आफ्ना लागि कार्य गर्ने क्षमता वा शक्ति हुन्छ । परमेश्वरका सन्ततिहरूका रूपमा, हामी प्रतिनिधिहरू हौँ; हामीसँग आफ्नै निर्णयहरू गर्न छनोटको स्वतन्त्रता वा शक्ति छ । हामी के विश्वास गर्छौँ, हामी के गर्छौँ, र हामी के बन्छौँ भनेर हामीले छनोट गर्न सक्छौँ ।
Bible
बाइबल:“बाइबल एउटा पवित्र पुस्तक हो जसमा परमेश्वरका वचन समावेश छन् । यसका पृष्ठहरूमा, पवित्र बाइबलले सिकाउँछ कि परमेश्वरले आफ्ना सन्ततिहरूलाई प्रेम गर्न छोड्नु हुँदैन । …बाइबलमा पाइने शिक्षाहरूलाई अनुशरण गर्दा हामीलाई परमेश्वर को हुनुहुन्छ भनेर बुझ्न … र उहाँले हामीलाई कसरी जिऊन् भन्ने चाहनुहुन्छ भनेर अझै राम्ररी बुझ्न सहयोग गर्छ । …”
“येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ जो हामीलाई पाप, उदासिनता, एक्लोपना, पीडा र अन्य विषयहरूबाट बचाउन पृथ्वीमा आउनुभयो । येशूले सेवा र प्रेमका सम्बन्धमा सुन्दर पाठहरू सिकाउनुभयो र उहाँ पृथ्वीमा हुनुहुँदा धेरै आश्चर्यकर्महरू गर्नुभयो । बाइबलमा, हामी यी कथाहरू पढ्न सक्छौँ र येशूको सहयोगले हामी कसरी कठीन विषयहरूलाई जित्न सक्छौँ भनेर बुझ्न सक्छौँ (“What Is the Holy Bible?,” ComeuntoChrist.org)।
Book of Mormon
मोर्मोनको पुस्तक:“मोर्मोनको पुस्तकमा येशूका अनुयायीहरूका पवित्र लेखहरू छन् । जसरी परमेश्वरले मोशा र नोआसँग बाइबलमा बोल्नुभयो, उहाँले अमेरिकाका मानिसहरूसँग पनि बोल्नु भयो । अगमवक्ता भनिने यी मानिसहरूले परमेश्वरका वचन लेख्नुहुन्छ । तिनीहरूका लेखहरू अन्ततः मोर्मोन नामक अगमवक्ताद्वारा एउटा पुस्तकमा एकत्रित गरियो ।
“मोर्मोनको पुस्तक प्रमाण हो कि परमेश्वरले आफ्ना सबै सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको जीवनमा संलग्न हुनुहुन्छ । यसले बाइबलमा भएका सत्यताहरू र येशू ख्रीष्टको देवत्व र शिक्षाहरूको साक्षीका रूपमा काम गर्छ” (“What Is the Book of Mormon?,” ComeuntoChrist.org) ।
Doctrine and Covenants
सिद्धान्त र करार:“सिद्धान्त र करार परमप्रभुबाट अगमवक्ता जोसेफ स्मिथ र केही अन्य पछिल्ला दिनका अगमवक्ताहरूलाई प्रकट गरिएको धर्मशास्त्रको पुस्तक हो । यो धर्मशास्त्रमा अद्वित्तीय छ किनभने यो पुरातन कागजातहरूको अनुवाद होइन ।
“सिद्धान्त र करार पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा प्रयोग गरिएका धर्मशास्त्रका चारवटा पुस्तकहरूमध्ये एउटा हो (अन्य तीनवटा बाइबल, मोर्मोनको पुस्तक र बहुमूल्य मोती हुन्)” (सुसमाचारका विषयहरू, “सिद्धान्त र करार,” ChurchofJesusChrist.org) ।
Faith
आस्था:“आस्था भनेको कार्य र शक्तिको आधारभूत सत्य हो । जब हामी कुनै योग्य लक्ष्यतर्फ कार्य गर्छौँ, हामीहरू आस्थाको अभ्यास गर्छौँ । हामीहरूले अझै देख्न नसक्ने कुनै पनि विषयका लागि हाम्रो आशा देखाउँछौँ । …”
“येशू ख्रीष्टमा आस्था राख्नु भनेको उहाँमा पूर्णरूपमा भरोसा गर्नु —उहाँको अनन्त शक्ति, बुद्धि र प्रेममा भरोसा गर्नु हो । यसमा उहाँका शिक्षाहरूमा विश्वास गर्नु समावेश हुन्छ । यसको अर्थ हामीले सबै विषय नबुझे तापनि उहाँले बुझ्नुहुन्छ भनेर विश्वास गर्नु हो । किनभने उहाँले हाम्रा सबै पीडाहरू, कष्टहरू र कमजोरीहरू अनुभव गर्नुभएको छ, उहाँले हामीलाई हाम्रा दैनिक कठिनाइहरूबाट माथि उठ्न कसरी सहयोग गर्ने भनेर बुझ्नुहुन्छ । … (हेर्नुहोस्अल्मा ७:११-१२; सिद्धान्त र करार १२२:८) ।”
“आस्था निष्क्रिय विश्वास भन्दा अधिक हो । हामी आफ्नो आस्थालाई व्यवहार—हाम्रो जीवन शैलीद्वारा व्यक्त गर्छौँ । …”
“आस्था परमेश्वरको उपहार हो तर हामीले हाम्रो आस्थालाई मजबुत पार्नका लागि पालनपोषण गर्नु पर्छ । आस्था मांसपेशी जस्तै हो । यदि अभ्यास गरियो भने, यो मजबुत हुन्छ । गतिहीन छोडियो भने कमजोर हुन्छ” (सुसमाचारका विषयहरू, “येशू ख्रीष्टमा आस्था,” ChurchofJesusChrist.org) ।
God/Heavenly Father
परमेश्वर/स्वर्गका पिता:“पिता परमेश्वर परमात्मा हुनुहुन्छ जसमा हामी विश्वास गर्छौँ, जसको हामी आराधना गर्छौँ र जसलाई हामी प्रार्थना गर्छौँ । उहाँ परम सृष्टिकर्ता, शासक र सबै वस्तुहरूको रक्षक हुनुहुन्छ । उहाँ परिपूर्ण हुनुहुन्छ, उहाँसँग सबै शक्ति छ र उहाँले सबै विषयहरूको जानकारी राख्नुहुन्छ” (सुसमाचारका शीर्षकहरू,” “परमेश्वर पिता,” ChurchofJesusChrist.org) ।
“परमेश्वर स्वर्गमा हाम्रा मायालु पिता हुनुहुन्छ । … उहाँ [हाम्रा] आत्माहरूका पिता हुनुहुन्छ । … [स्वर्गका पिता]ले तपाईंहरू सहित आफ्ना सबै सन्ततिहरूलाई पूर्ण रूपमा प्रेम गर्नुहुन्छ । … उहाँ तपाईंहरूसँग सम्बन्ध राख्न चाहनुहुन्छ” (परमेश्वरको प्रेम,” ComeuntoChrist.org) ।
धर्मशास्त्रहरूमा, परमेश्वर शब्द प्रायः स्वर्गका पिता वा येशू ख्रीष्टलाई सम्बोधन गर्न प्रयोग गरिन्छ किनभने उहाँहरू उद्देश्यमा एकतावद्ध हुनुहुन्छ । हामी हाम्रा स्वर्गका पितालाई प्रार्थना गर्छौँ ।
Holy Spirit
पवित्र आत्मा:“त्यो पवित्र आत्मा वा पवित्र आत्मा, परमेश्वर र येशू ख्रीष्टको गवाही हुनुहुन्छ । … पवित्र आत्माले हामीलाई सान्त्वना दिन्छ, हामीहरूलाई सत्य पहिचान गर्नु सहयोग गर्छ र येशूको गवाही दिन्छ । … परमेश्वरले हामीसँग वार्तालाप गर्ने तरिकाहरू मध्येको एक पवित्र आत्माद्वारा हो । पवित्र आत्माले हाम्रो मस्तिष्क र हाम्रो हृदयमा भावना र अनुभवहरूद्वारा बोल्नुहुन्छ” (“पवित्र आत्मा,” ComeuntoChrist.org) ।
Jesus Christ
येशू ख्रीष्ट:“येशू संसारका मुक्तिदाता र हाम्रा परिपूर्ण उदाहरण हुनुहुन्छ । हामीले उहाँलाई अनुशरण गर्दा, हामीहरूले जीवनमा महान् शान्ति र आनन्द प्राप्त गर्छौँ । …”
“येशू परमेश्वरका पुत्र हुनुहुन्छ । स्वर्गका हाम्रा पिताले आफ्नो पुत्र येशू ख्रीष्टलाई पृथ्वीमा बस्ने सबैका पापहरू उहाँमाथि लिन पठाउनुभयो ताकि हामीहरूले क्षमा प्राप्त गर्न सक्छौँ । …”
“हाम्रो स्वर्गका पिताकहाँ फर्कने मार्ग देखाउन येशूले परिपूर्ण जीवन बिताउनुभयो । …”
“येशूले हाम्रा पापहरूका लागि पीडा भोग्नु भयो र मृत्यु वरण गर्नु भयो । पृथ्वीमा आउनुको येशूको उद्देश्य हामीहरूलाई हाम्रा पापहरूबाट मुक्ति प्रदान गर्नु थियो । हामीले पश्चात्ताप गर्न र क्षमा प्राप्त गर्न सक्छौँ भनेर उहाँ हाम्रा गल्तीहरूको मूल्य चुकाउनका लागि पीडा भोग्न र बलिदान दिन तयार हुनुहुन्थ्यो । …”
“येशू पुनरुत्थापित् हुनुभयो ताकि हामी पुनः जिउन सक्छौँ । उहाँको मृत्युको तीन दिन पछि, येशू चिहानबाट उठ्नुभयो र उहाँका धेरै मित्रहरू र अनुयायीहरूसामु प्रकट हुनुभयो उहाँ पुनरुत्थान हुने पहिलो हुनुहुन्थ्यो, यसको अर्थ उहाँको आत्मा मृत्यु पछि उहाँको परिपूर्ण भौतिक शरीरसँग पुनर्मिलन भएको थियो । येशूले मृत्युमाथि विजय प्राप्त गर्नुभयो, हामी सबै एक दिन पुनरुत्थापित हुने छौँ । (“Following Jesus Christ, Our Perfect Example,” ComeuntoChrist.org) ।
Prayer
प्रार्थना:प्रार्थना भनेको “परमेश्वरसँगको सम्मानपूर्ण सञ्चार हो जसका क्रममा एक व्यक्तिले धन्यवाद दिनुहुन्छ र आशीर्वाद माग्नुहुन्छ । प्रार्थनाहरू हाम्रा स्वर्गका पितालाई येशू ख्रीष्टको नाममा सम्बोधन गरिन्छ” (धर्मशास्त्रको मार्गनिर्देशन, “प्रार्थना,” ChurchofJesusChrist.org) ।
“परमेश्वर स्वर्गमा हुनुहुने तपाईंहरूका प्रिय पिता हुनुहुन्छ र उहाँले तपाईंहरूबाट सुन्न चाहनुहुन्छ” (“कसरी प्रार्थना गर्ने,” ComeuntoChrist.org) ।
Prophet
अगमवक्ता:“अगमवक्ता त्यस्ता व्यक्ति हुन् जसलाई सारा संसारलाई मार्गनिर्देशन दिन परमेश्वरले बोलाउनुभएको छ । अब्राहाम र मोशादेखि आजका जीवित अगमवक्ताहरूसम्म, परमेश्वरले आफ्ना सन्ततिहरूलाई अगमवक्ताहरूद्वारा मार्गदर्शन गर्ने नमूनाको अनुशरण गर्नुहुन्छ” (“God Speaks to Us through Prophets,” ComeuntoChrist.org) ।
Savior
मुक्तिदाता:“जसले मुक्ति प्रदान गर्नुहुन्छ । … ‘मुक्तिदाता’ येशू ख्रीष्टको नाम र उपाधि हो” (धर्मशास्त्रको मार्गनिर्देशन, “मुक्तिदाता,” ChurchofJesusChrist.org) ।
येशू ख्रीष्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ किनभने उहाँले आफ्नो जीवन दिनुभयो र पुनरुत्थान हुनुभयो ताकि हामीले पाप र मृत्युको प्रभावलाई जित्न सक्छौँ र पुनः परमेश्वरसँग जिउन सक्छौँ ।
“येशूले हाम्रा पापहरूका लागि कष्ट भोग्नु भयो र मृत्यु वरण गर्नुभयो । पृथ्वीमा आउनुको येशूको उद्देश्य हामीहरूलाई हाम्रा पापहरूबाट मुक्ति प्रदान गर्नुथियो । हामीले पश्चात्ताप गर्न र क्षमा प्राप्त गर्न सक्छौँ भनेर उहाँ हाम्रा गल्तीहरूको मूल्य चुकाउनका लागि पीडा भोग्नभयो र बलिदान दिन तयार हुनुहुन्थ्यो । …”
“येशू पुनरुत्थापित् हुनुभयो ताकि हामी पुनः जिउन सक्छौँ । उहाँको मृत्युको तीन दिन पछि, येशू चिहानबाट उठ्नुभयो र उहाँका धेरै मित्रहरू र अनुयायीहरूसामु प्रकट हुनुभयो । उहाँ पुनरुत्थान हुनुहुने पहिलो हुनुहुन्थ्यो, यसको अर्थ मृत्यु पछि उहाँको आत्मा उहाँको पूर्ण भौतिक शरीरसँग पुनर्मिलन भएको थियो । किनकि येशूले मृत्युमाथि विजय प्राप्त गर्नुभयो, हामी सबै एक दिन पुनरुत्थान हुने छौँ” (“Following Jesus Christ, Our Perfect Example,” ComeuntoChrist.org) ।
Scripture
धर्मशास्त्र:“जब परमेश्वरका पवित्र जनहरूले पवित्र आत्माको शक्तिद्वारा लेख्नुहुन्छ वा बोल्नुहुन्छ, उहाँहरूका वचनहरू ‘धर्मशास्त्र हुने छन्, परमप्रभुको चाहना हुने छन्, परमप्रभुको मस्तिष्क हुने छन्, परमप्रभुको वचन हुने छन्, परमप्रभुको वाणी र मुक्तिका लागि परमेश्वरको शक्ति हुने छन्’ (सिद्धान्त र करार ६८:४) । …
“धर्मशास्त्रको मुख्य उद्देश्य ख्रीष्टको गवाही दिनु र परमेश्वरका सन्ततिहरूलाई अगुवाइ गर्नु हो ताकि तिनीहरूले उहाँकहाँ आउन र अनन्त जीवन प्राप्त गर्न सक्ने छन् (हेर्नुहोस् यूहन्ना ५:३९; २०:३१;१ नफी ६:४; मोसीयाह १३:३३-३५)” (सुसमाचारका विषयहरू, “धर्मशास्त्रहरू,” ChurchofJesusChrist.org) ।