अगमवक्ता योसेफ स्मिथको गवाही
मोर्मोनको पुस्तकको आगमनका बारेमा अगमवक्ता योसेफ स्मिथका वचनहरू यी हुन्:
“सेप्टेम्बरको [१८२३]… साँझमा…, मैले आफैँलाई सर्वशक्तिमान् परमेश्वरसामु प्रार्थना र याचनामा लगाएँ…
“जब म यसरी अझै परमेश्वरसामु पुकार्ने कार्यमा थिएँ, मैले मेरो कोठामा एक प्रकाश देखा परेको पाएँ, जुन मध्यान्ह भन्दा बढी प्रकासिलो नभइन्जेलसम्म निरन्तर बढ्दै गयो, जब तुरुन्तै मेरो विस्तारा नजिक एक व्यक्ति देखा परे, हावामा खडा हुँदै, किनकि उनका पाउहरूले जमिन छोएनन्।
“उनले अत्यन्त धेरै खुकुलो सेतो लबेदा पहिरिएका थिए। यो मैले देखेका कुनै पनि लौकिक कुराहरू भन्दा धेरै सेतो थियो; न त म विश्वास गर्छु कि कुनै लौकिक कुरालाई त्यस्तो अत्यन्त सेतो र चम्किलो देखिने बनाउन सकिन्छ। उनका हातहरू र उनका बाहुहरू पनि नाडी भन्दा अलिकति माथिसम्म नाङ्गा थिए; त्यसरी नै उनका पाउहरू पनि नाङ्गा थिए र खुट्टाहरू पनि कुर्कुच्चाहरू भन्दा अलिकति माथिसम्म नाङ्गा थिए। उनका शिर र घाँटी पनि नाङ्गा थिए। मैले देख्न सक्थेँ कि उनले त्यो लबेदा बाहेक अरु केही पहिरिएका थिएनन्, किनकि यो खुल्लै थियो, ताकि मैले उनको छाती देख्न सक्थेँ।
“उनको लबेदामात्र सेतो थिएन, तर उनको सम्पूर्ण शरीरनै वर्णन गर्न सकिने भन्दा बढी महिमित थियो, उनको मुहार साँच्चैँ नै आकाशको विजुलीको चम्काइ जस्तै थियो। कोठा अत्यन्त प्रकासिलो थियो, तर उनको शरीर लगत्तै वरिपरि त्यस्तो चम्किलो थिएन। जब मैले पहिले उनलाई देखेँ, म डराएँ; तर डरले मलाई तुरुन्त छाड्यो।
“उनले मलाई नाउँ लिएर बोलाए र मलाई भने कि उनी परमेश्वरका उपस्थितिबाट मेरा सामु पठाइएका सन्देशबाहक थिए र उनको नाउँ मोरोनी थियो; कि परमेश्वरसँग मैले गर्नुपर्ने एउटा कार्य छ; र मेरो नाउँ सबै राष्ट्रहरू, कुटुम्बहरू र भाषाहरूमाझ असलका या खराबका निम्ति हुनेछ, अथवा कि सम्पूर्ण जनमाझ यसका बारेमा असल र खराब दुबै बोलिनेछ।
“उनले भने त्यहाँ जम्मा गरिएको, सुनका पाताहरूमा लेखिएको, यो महाद्वीपका पूराना बासिन्दाहरूको र जहाँबाट ती आएको थिए त्यस स्रोतका बारेमा विवरण दिने एउटा पुस्तक छ। उनले यो पनि भने कि यसमा प्राचीन बासिन्दाहरूलाई मुक्तिदाताद्वारा दिइएअनुसारको चीरस्थायी सुसमाचारको पूर्णता छ;
“यो पनि, कि त्यहाँ चाँदीका गाँठाहरूमा दुइटा ढुङ्गाहरू थिए—यी ढुङ्गाहरू, कवचमा बाँधिएका र ऊरीम र तुम्मीम भनिनेबाट बनेका थिए—पाताहरूसँग जम्मा गरिएका थिए; र ती ढुङ्गाहरू साथमा हुनु र तिनको प्रयोग गर्नु नै प्राचीन अथवा पूराना समयहरूमा अर्थात् पहिलेका समयहरूमा ‘द्रष्टा’ हुनुथियो; र परमेश्वरले यो पुस्तकको अनुवाद गर्ने प्रयोजनका निम्ति ती तयार गर्नुभएको थियो।
“फेरि, उनले मलाई भने, कि जब मैले ती पाताहरू प्राप्त गरें जुनका बारेमा उनले बोलेका थिए—किनकि ती प्राप्त गरिने समय अझै पूरा भएको छैन—मैले ती कुनै व्यक्तिलाई पनि देखाउँन हुँदैन; न त ऊरीम र तुम्मीमसँगको कवचलाई नै; तिनीहरूलाई मात्र जसलाई देखाउँन मलाई आज्ञा दिइन्छ; यदि मैले त्यसो गरेँ भने मलाई विनाश गरिनेछ। जब उनी मसँग ती पाताहरूका बारेमा वार्तालाप गरिरहेका थिए, मेरो मस्तिष्कमा दर्शन खोलियो कि मैले त्यो स्थान देख्न सक्थे जहाँ ती पाताहरू राखिएका थिए र यति स्पष्ठ र चिनिनेसँग कि मैले त्यो स्थानलाई फेरि चिनेँ जब म त्यहाँ पुगेँ।
“यो संवादपछि, मैले कोठामा मसँग बोलिरहेका ती व्यक्ति वरिपरि प्रकाश तुरुन्त जम्मा हुन थालेको देखेँ र उनी वरिपरि बाहेक कोठा फेरि अँध्यारो नभइन्जेलसम्म यो निरन्तर भइरह्यो जब मैले तुरुन्तै स्वर्गसम्म पाइप खुलेको जस्तै देखेँ र उनी पूरै रुपमा नहराइन्जेलसम्म उनी आरोहण गरे र कोठा त्यो स्वर्गीय प्रकाश आउनुभन्दा पहिलेजस्तै बन्यो।
“म त्यो दृश्यको अनौठोपनालाई सोंच्दै र यी असामान्य सन्देशवाहकद्वारा मलाई भनिएका कुरामा अत्यन्त विस्मय गर्दै पल्टिए; जब, मेरो ध्यानको माझमा मैले अकास्मात फेला पारेँ कि मेरो कोठा फेरि प्रकाशिलो हुन थाल्यो र यस अघिजस्तै, ती सोही स्वर्गीय सन्देशबाहक फेरि मेरो विस्तारा नजिक थिए।
“उनले आरम्भ गरे र ती सोही कुराहरू बताए जुन उनले उनको प्रथम भ्रमणमा गरेका थिए, अलिकति पनि फेरबेदल बिना; जुन गरेपछि, उनले मलाई महान् न्यायको बारेमा सूचना गरे जुन अनिकालद्वारा, तरबारद्वारा र महामारीद्वारा महान् उजाडका साथ पृथ्वीमा आइरहेको थियो; र ती शोकाकूल न्यायहरू पृथ्वीमा यो पिँढीमा आउनेछन्। यी कुराहरू बताएपछि, उनले अगाडि गरेजस्तै उनी फेरि आरोहण गरे।
“यस समयसम्ममा, मेरो मस्तिष्कमा यति गहिरा छापहरू परे, कि निद्रा मेरा आँखाहरूबाट भागिसकेको थिए र म मैले देखेका र सुनेका कुराहरूको आश्चर्यमा आत्मविभोर हुँदै पल्टिरहेँ। तर जब मैले फेरि ती सोही सन्देशबाहकलाई मेरो विस्तारा नजिक देख्दा र अगाडि जस्तै सोही कुराहरू मेरासामु पुनर्अभ्यास गरेको र दोहोऱ्याएको सुन्दा मेरो आश्चर्य कस्तो थियो; अनि उनले एक चेतावनी थपे, मलाई यो भन्दै कि सैतानले मलाई लोभ्याउन प्रयास गर्नेछ (मेरा पिताको परिवारको गरिब परिस्थितिको नतिजामा), धन प्राप्त गर्ने प्रयोजनले पाताहरू प्राप्त गर्न। उनले यो निषेधित गरे, यसो भन्दै कि ती पाताहरू प्राप्त गर्न मसँग परमेश्वरको महिमा गर्ने बाहेक अरु कुनै उद्देश्य हुनुहुँदैन र उहाँको अधिराज्य बनाउने बाहेकका अरु कुनै लक्ष्यले प्रभावित हुनुहुँदैन; अन्यथा मैले ती प्राप्त गर्न सक्दिनँ।
“यो तेस्रो भ्रमणपछि, उनी पहिले जस्तै फेरि स्वर्गतिर आरोहण गरे र मलाई फेरि मैले भर्खरै अनुभव गरेका कुराहरूको अनौठोपनामा चिन्तन गर्न छाडियो; जब ती स्वर्गीय सन्देशबाहक मबाट तेस्रो पटक आरोहण गरे लगत्तैपछि, भाले बास्यो र मैले पत्ता लगाएँ कि दिन आउन लागेको थियो, ताकि हाम्रा अन्तरवार्ताहरूले त्यो रात पूरै लिएको हुनुपर्दछ।
“म मेरो विस्ताराबाट उठे पछि लगत्तै, र, सदा झैँ, दिनको आवश्यक परिश्रम गर्न गएँ; तर, अरु समयमा जस्तै काम गर्न प्रयास गर्दा, मैले आफ्नो शक्तिमा यति कम्जोर पाएँ कि म पूर्ण रुपमा असक्षम बनेँ। मेरा पिता, जो मसँग परिश्रम गरिरहनु भएको थियो, उहाँले ममा केही ठीक नभएको आभास पाउनुभयो र मलाई घर जान भन्नुभयो। मैले घर जाने लक्ष्यले सुरु गरें; तर, हामी भएको खेतबाट बाहिर जान बार पार गर्न खोज्दा, मेरो शक्तिले मलाई धोका दियो र म जमिनमा असाहय लडेँ र एक समयका निमित्त कुनै कुराको पनि होस पाइनँ।
“मैले सम्झन सक्ने पहिलो कुरा मेरो नाउँ लिँदै मलाइ बोलाउँदै गरेको एक आवाज थियो। मैले माथि हेरेँ र पहिले जस्तै प्रकाशले घेरिएका तिनै सन्देशवाहकलाई मेरो शिरमाथि देखेँ। उनले गए राति मलाई बताएका सबै कुराहरू मेरासामु फेरि बताए र मलाई मेरा पितासामु जान र उहाँलाई मैले प्राप्त गरेका दर्शन र आज्ञाहरूका बारेमा भन्न आदेश दिए।
“मैले पालना गरेँ: म खेतमा मेरा पिताकहाँ फर्केँ र त्यस विषयका बारेमा उहाँलाई पूरै विवरण दिएँ। उहाँले जवाफ दिनुभयो कि यो परमेश्वरबाट थियो र मलाई सन्देशवाहकद्वारा आज्ञा गरिए जस्तै गर्न भन्नुभयो। मैले खेत छाडेर, त्यस स्थानतिर गएँ जहाँ सन्देशवाहकले भनेका थिए कि ती पाताहरू राखिएका थिए; मैले त्यस स्थानका बारेमा देखेको दर्शनको स्पष्टताका कारण, मैले त्यस स्थानलाई त्यहाँ पुग्ने बित्तिकै चिनेँ।
“न्यु योर्कको, ओन्टारियो काउन्टीको मान्चेस्टर गाउँ नजिकै एक निकै नै ठूलो, वरिपरि भन्दा अति नै उच्च डाँडो खडा छ। यो डाँडाको पश्चिम पट्टि, त्यसको शिखरबाट नजिकै, निकै नै ठूलो ढुङ्गामुनि, पाताहरू, एउटा ढुङ्गाको बाकसमा जम्मा गरिएका थिए। यो ढुङ्गा माथिल्लो पट्टि बीचमा गोलो र बाक्लो र किनारामा पातलो थियो, ताकि बीचको भाग जमिनबाट देख्न सकिन्थ्यो, तर किनाराहरू सबै माटाले ढाकिएका थिए।
“माटो हटाएपछि, मैले एक उत्तोलक प्राप्त गरेँ, जुन मैले ढुङ्गाको किनारामुनि राखेँ र थोरै बल प्रयोग गरेर यसलाई उठाएँ। मैले भित्र हेरेँ र त्यहाँ मैले, सन्देशवाहकले भने जस्तै पाताहरू, ऊरीम र तुम्मीम र कवच साँचै नै देखेँ। जुनमा ती थिए त्यो बाकस ढुङ्गाहरूलाई कुनै प्रकारको सिमेन्टले जोडेर बनाइएको थियो र ती ढुङ्गाहरूमा पाताहरू र अन्य सबै कुराहरू तीसँग राखिएको थियो।
“मैले तिनलाई बाहिर ल्याउने प्रयास गरें, तर सन्देशवाहकद्वारा निषेधित गरियो र फेरि भनियो कि ती बाहिर ल्याउने समय अझै आइपुगेको छैन, न त त्यससमयदेखि अरु चारवर्षसम्म नै हुनेरहेछ; तर उनले मलाई भने कि म त्यससमयदेखि ठ्याक्कै एक वर्षपछि त्यो स्थानमा आउनुपर्दछ र उनले मलाई त्यहाँ भेट्नेछन् र पाताहरू प्राप्त गर्ने समय नआइन्जेलसम्म मैले त्यसो गर्नुपर्दछ।
“त्यसअनुसार, जसरी मलाई आज्ञा दिइएको थियो, म प्रत्येक वर्षको अन्त्यमा गएँ र प्रत्येक समयमा मैले सोही सन्देशवाहकलाई त्यहाँ पाएँ र परमप्रभुले अन्तिम दिनहरूमा आफ्नो अधिराज्यको के, कसरी र कुन प्रकारले सञ्चालन गर्नुहुनेछ भन्ने बारेमा हाम्रा प्रत्येक अन्तर्वार्ताहरूमा उनीबाट निर्देशन र ज्ञान प्राप्त गरेँ। …
“लामो समयपछि ती पाताहरू, ऊरिम र तुम्मिम र कवच प्राप्त गर्ने समय आयो। एक हजार आठ सय सत्ताइसको सेप्टेम्बरको बाइसौँ दिनमा अर्को वर्षको अन्त्यमा सदाझैँ ती जम्मा गरिएको त्यो स्थानमा गएपछि उनै स्वर्गीय सन्देशवाहकले यो आदेशका साथ ती मलाई दिए: कि मैले तिनको जिम्मेवारी लिनुपर्दछ; कि यदि मैले बेवास्ताका साथ, अथवा मेरो बेहोसियारी मार्फत् तिनलाई गुमाएँ भने, मलाई अलग्याइनेछ; तर कि यदि मैले सन्देशवाहक ती लिन नआइन्जेलसम्म तिनलाई जोगाउन मेरा सबै प्रयास गरे भने, ती सुरक्षित हुनेछन्।
“मैले तुरुन्त थाहा पाएँ किन ती सुरक्षाका साथ राख्न मैले ती कडा आदेशहरू प्राप्त गरेको थिएँ र किन यो थियो कि सन्देशवाहकले भनेका थिए कि जब मैले मेरा हातबाट चाहिएको कार्य गरेपछि, उनी लिन आउनेछन्। किनकि मसँग भएको थाहा हुने वित्तिकै, मबाट ती प्राप्त गर्न अति कडा परिश्रम प्रयोग गरिएको थियो। त्यो प्रयोजनका निम्ति आविष्कार गर्न सकिने अनेक युक्तिहरू लगाइएको थियो। सताइहरू पहिले भन्दा झन् तिब्र र कठोर बने, भीडले सम्भव भएसम्म मबाट ती खोस्न निरन्तर प्रयत्न गरे। तर परमेश्वरको विद्वताद्वारा, ती मेरा हातहरूमा सुरक्षित रहे, जबसम्म मैले तीद्वारा जे गरिनुपर्ने थियो त्यो गरेर सकिनँ। जब, व्यवस्थाअनुसार, सन्देशवाहक लिन आए मैले ती उनलाई बुझाएँ; र एकहजार आठसय अठ्तीसको मेको दोस्रो यो दिनसम्म ती उनीसँगै उनकै हातमा छन्।”
पूरा अभिलेखका निम्ति, बहुमुल्य मोति र योसेफ स्मिथ-इतिहास हेर्नुहोस्।
यसरी धुलोबाट बोल्ने जनको आवाज पृथ्वीबाट अगाडि ल्याइएको र ईश्वरीय पुष्टीकरणद्वारा प्रमाणित गरिएर परमेश्वरको उपहार र शक्तिद्वारा आधुनिक बोलीमा अनुवाद गरिएको यो प्राचीन अभिलेख The Book of Mormon का रुपमा १८३० सालमा यो संसारमा पहिलो पटक अंग्रेजीमा प्रकाशित गरियो।