आस्थाका बुँदाहरू
पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका
अध्याय १
१ हामी अनन्त पिता परमेश्वरमा र उहाँका पुत्र येशू ख्रीष्टमा र पवित्र आत्मामा विश्वास गर्छौँ ।
२ हामी विश्वास गर्छौँ कि मानिसहरू तिनीहरूका आफ्नै पापहरूका लागि दण्डित हुने छन् र आदमको उल्लङ्घनका लागि होइन ।
३ हामी विश्वास गर्छौँ कि ख्रीष्टको प्रायश्चित्तद्वारा, सुसमाचारका नियमहरू र विधिहरूप्रतिको आज्ञाकारिताका कारण सबै मानव जातिले मुक्ति प्राप्त गर्न सक्छन् ।
४ हामी विश्वास गर्छौँ कि सुसमाचारका प्रारम्भिक सिद्धान्त र विधिहरू यी हुन्: पहिलो, परमप्रभु येशू ख्रीष्टमाथिको आस्था; दोस्रो, पश्चात्ताप; तेस्रो, पापबाट छुटकाराका निम्ति पूर्ण रूपमा डुबाएर बप्तिस्मा; चौथो, पवित्र आत्माको उपहारका लागि शिरमाथि हातहरू राख्ने ।
५ हामी विश्वास गर्छौँ कि कुनै पनि मानिसले सुसमाचारको प्रवचन गर्न र त्यसका विधिहरूको प्रशासन गर्न अगमवाणीद्वारा र अधिकार प्राप्त गरेकाहरूद्वारा हातहरू राखेर परमेश्वरबाट बोलावट गरिएको हुनु पर्छ ।
६ हामी त्यही प्राचीन चर्चमा विद्यमान भएअनुसारको सङ्घठनमा विश्वास गर्छौँ, नामत: प्रेरितहरू, अगमवक्ताहरू, पाष्टरहरू, शिक्षकहरू, प्रचारकहरू आदि ।
७ हामी भाषाहरू, अगमवाणी, प्रकाश, दर्शनहरू, चङ्गाइ, भाषाहरूका भाषान्तकरण र आदि उपहारहरूमा विश्वास गर्छौँ ।
८ हामी बाइबलको सहीरूपमा अनुवाद भएसम्म त्यो परमेश्वरको वचन हो भनी विश्वास गर्छौं; हामी मोर्मोनको पुस्तक परमेश्वरको वचन हो भनेर पनि विश्वास गर्छौँ ।
९ हामी त्यो सबैमा विश्वास गर्छौँ जुन परमेश्वरले प्रकट गर्नुभएको छ, ती सबैमा जुन उहाँले अहिले प्रकट गर्नुहुन्छ र हामी विश्वास गर्छौँ कि उहाँले परमेश्वरको अधिराज्यका सम्बन्धमा अझै महान् र महत्वपूर्ण धेरै विषयहरू प्रकट गर्नुहुने छ ।
१० हामी इस्राएलको वास्तविक मूलको एकीकरण हुने र दश घरानाहरूको पुनर्स्थापना हुनेमा विश्वास गर्छौँ; कि सियोन (नयाँ यरूशलेम) अमेरिकी महादेशमा निर्माण गरिने छ; कि ख्रीष्टले आफैँ पृथ्वीमा राज्य गर्नुहुने छ; र कि पृथ्वीलाई पुनः नवीकरण गरिने छ र यसले स्वर्गको महिमा प्राप्त गर्ने छ ।
११ हामी आफ्नो विवेकअनुसार सर्वशक्तिमान् परमेश्वरको आराधना गर्न पाउने अधिकारको दाबी गर्छौँ र सबै मनिसहरूलाई आफूले चाहेअनुसार जसरी, जहाँ, जसको पनि आराधना गर्न पाउने सोही अधिकार दिन्छौँ ।
१२ हामी कानुनको पालना गर्न, सम्मान गर्न र समर्थन गर्न, राजाहरूको, राष्ट्रपतिहरूको, राज्यपालहरूको र निजामती कर्मचारीहरूको अधीनमा रहनेमा विश्वास गर्छौँ ।
१३ हामी इमान्दार, सत्य, शुद्ध, परोपकारी, सदाचारी हुनमा र सबै मानिसहरूको भलो गर्नमा विश्वास गर्छौँ; वास्तवमा, हामी भन्न सक्छौँ कि हामी पावलले दिएको सदुपदेशको पालना गर्छौँ—हामी सबै विषयहरूमा विश्वास गर्छौँ, हामीले सबै विषयहरूमा आशा गर्छौं, हामीले धेरै विषयहरू सहेका छौँ र सबै विषयहरू सहन सक्ने आशा गर्छौँ । यदि त्यहाँ कुनै सदाचारी, प्रेमयोग्य अथवा असल वा प्रशंसायोग्य भए, हामी ती वस्तुहरूको खोजी गर्छौँ ।
जोसेफ स्मिथ ।