धर्मशास्त्रहरू
जोसेफ स्मिथ—इतिहास १


जोसेफ स्मिथ—इतिहास

अगमवक्ता जोसेफ स्मिथको इतिहासबाट साभार गरिएका अंशहरू

अध्याय १

जोसेफ स्मिथले आफ्ना पुर्खाहरू, परिवारका सदस्यहरू र तिनीहरूका प्रारम्भिक निवासहरूका सम्बन्धमा बताउँछन्—पश्चिमी न्यूयोर्कमा धर्मका सम्बन्धमा असामान्य उत्तेजना फैलिन्छ—याकुबद्वारा निर्देशन गरिएअनुसार उनले ज्ञानको खोजी गर्ने निर्णय गर्छन्—पिता र पुत्र प्रकट हुनुहुन्छ अनि जोसेफलाई उनको अगमवाणीको सेवामा बोलावट गरिन्छ । (पदहरू १–२० ।)

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको उदय र प्रगतिका सम्बन्धमा, दुष्ट प्रवृत्तिका र धूर्त व्यक्तिहरूद्वारा प्रचार-प्रसार गरिएका धेरै विवरणहरूका कारण, सबै जुन चर्चका रूपमा यसको प्रतिष्ठा र संसारमा यसको प्रगतिका विरुद्धमा कार्य गर्न यसका लेखकहरू निर्माण गरिएका थिए—मानिसहरूका मस्तिष्कलाई सुधार गर्न र तथ्यहरूका सम्बन्धमा सत्य खोज्नेहरूलाई सचेत गराउनका लागि मलाई यो इतिहास लेख्न उत्प्रेरित गरियो, जसरी तिनीहरू म स्वयम् र चर्चका सम्बन्धमा घटिरहेका छन्, यस अवस्थासम्म मसँग यी तथ्यहरूको ज्ञान छ ।

यस इतिहासमा म यस चर्चका सम्बन्धमा विभिन्न घटनाहरूलाई सत्य र न्यायोचित रूपमा प्रस्तुत गर्ने छु, जसरी तिनीहरू घटेका थिए वा जसरी अहिले घटिरहेका छन्, हाल यो उल्लेखित चर्चको सङ्गठन भएको [१८३८] आठौँ वर्ष हो ।

हाम्रा परमप्रभुको एक हजार आठ सय र पाँच वर्षमा, डिसेम्बरको तेईसौँ दिनमा, भर्मन्टको राज्यको विन्डसर प्रदेशको शेरोनको सहरमा म जन्मेको थिएँ । … मेरा पिता, जोसेफ स्मिथ सिनियरले भर्मन्ट राज्य छोडेर, न्यू योर्क राज्यको पल्माइरा, ओन्टारियो (हालको वेन) प्रदेशमा बसाइँ सर्नुभयो, त्यस समयमा म दश वर्ष वा सोही उमेर वरिपरिको थिएँ । मेरा पिता पल्माइरा आइपुग्नुभएको करिब चार वर्ष पछाडि उहाँ आफ्नो परिवार सहित सोही प्रदेशको ओन्टारियोको म्यानचेस्टरमा सर्नु भयो—

उहाँको परिवार एघार सदस्यहरू मिलाएर बनाइएको थियो, नामत: मेरा पिता, जोसेफ स्मिथ; मेरी आमा, लुसी स्मिथ (जसको नाम, उहाँको विवाहपूर्व म्याक थियो, सोलोमन म्याककी छोरी); मेरा भाइहरू, अल्विन (जसको उनको उमेरको २६ औँ वसन्त नोभेम्बर १९, १८२३ मा मृत्यु भयो), हाइरम, म, शमुएल ह्यारिसन, विलियम, डन कार्लोस; र मेरा बहिनीहरू, सोफ्रोनिया, क्याथरिन र लुसी ।

हामी म्यानचेस्टरमा सरेको दोस्रो वर्षको कुनै समयमा हामी बसिरहेको त्यो स्थानमा धर्मको विषयमा असामान्य उत्साह सिर्जना भयो । यो मेथोडिस्टहरूबाट आरम्भ भयो तर लगत्तै पछि देशको त्यो क्षेत्रका सबै सम्प्रदायहरूका बीचमा सामान्य बन्यो । वास्तवमा, देशको पूरै जिल्ला यसबाट प्रभावित देखिन्थ्यो र विशाल भीड विभिन्न धार्मिक समुहहरूमा एकत्रित भएको थियो, जसले मानिसहरूमा सानो हलचल र विभाजन सिर्जना गरेन, केहीले चिच्याउँदै भने “अवलोकन गर, यहाँ!” र अन्यले भने, “अवलोकन गर, त्यहाँ!” केहीले मेथोडिस्ट आस्थाका लागि, केहीले प्रेस्बिटेरियनका लागि र केहीले ब्याप्टिस्टका लागि झगडा गरिरहेका थिए ।

किनकि, यद्यपि यी भिन्न आस्थाहरूमा परिवर्तन हुनेहरूले तिनीहरूको परिवर्तनको समयमा महान् प्रेम व्यक्त गरेका थिए र नियुक्त गरिएका सम्बन्धित सेवकद्वारा महान् उत्सुकता प्रकट गारिएता पनि, जो यस धार्मिक भावनाको असाधारण दृश्यलाई उत्तेजित गर्न र प्रवर्द्धन गर्न सक्रिय थिए, सबैलाई परिवर्तन गर्नका लागि, जुन तिनीहरू भन्न रूचि राख्थे, तिनीहरूलाई मन लागेको समुहमा सहभागी हुन अनुमति दिइन्थ्यो; तर पनि जब परिवर्तन हुनेहरूले समुह परित्याग गरेर केहीले एक समुह र अन्यले अर्को समुहमा जान सुरू गरे, पादरी र परिवर्तन हुनेहरू दुबैको मिलनसार भावना स्पष्ट रूपमा वास्तविक भन्दा पनि बढी ढोँगी थियो भनेर देखियो; पादरीका विरुद्धमा पादरी र परिवर्तन हुनेका विरुद्धमा परिवर्तन हुनेहरूको झगडा गर्ने गरी—ठूलो भ्रम र नराम्रो भावनाको दृश्य उत्पन्न भयो; यतिसम्म कि तिनीहरूसँग एक अर्काका लागि कुनै पनि असल भावनाहरू थिए भने पनि तिनीहरूका शब्दहरूको द्वन्द्व र विचारहरूको प्रतिस्पर्धामा सबै पूर्ण रूपमा हराएका थिए ।

त्यस समयमा म मेरो पन्ध्रौँ वर्षमा थिएँ । मेरा पिताको परिवार प्रेस्बिटेरियन आस्थामा परिवर्तन भएको थियो र उहाँहरूमध्ये चार जना, अर्थात्, मेरी आमा, लुसी; मेरा भाइहरू हाइरम र शमुएल ह्यारिसन; र मेरी बहिनी सोफ्रोनिया त्यो चर्चमा सहभागी हुनुहुन्थ्यो ।

महान् उत्साहको यस समयमा मेरो मस्तिष्क गम्भीर चिन्तन र चरम असहजतामा थियो; तर मेरा भावनाहरू गहन र प्रायः मार्मिक भए तापनि मैले आफूलाई यी सबै समुहहरूबाट टाढै राखेँ, तरपनि समयपरिस्थितिले मलाई अनुमति दिँदा म तिनीहरूका विभिन्न सभाहरूमा सहभागी भएँ । समयानुक्रम सँगै मेथोडिस्ट समुह प्रति मेरो मस्तिष्कमा केही हदसम्म झुकाव थियो र मैले तिनीहरूसँग एकतावद्ध हुने केही चाहना गरेको महसुस गरेँ; तर विभिन्न समुहहरू बीचको भ्रम र कलह यति भयङ्कर थियो कि व्यक्ति र विषयवस्तुहरूसँग परिचित नभएको म जस्तो युवकका लागि को सही र को गलत भन्ने कुनै निश्चित निष्कर्षमा पुग्नु असम्भव थियो ।

कहिलेकाहीँ मेरो मस्तिष्क अत्यन्तै उत्साहित हुन्थ्यो, हल्ला र कोलाहल तीव्र र निरन्तर थिए । प्रेस्बिटेरियनहरू ब्याप्टिस्टहरूका र मेथोडिस्टहरूका विरुद्धमा सबैभन्दा बढी पूर्वाग्रही थिए र तिनीहरूका त्रुटिहरू प्रमाणित गर्न वा कम्तिमा, मानिसहरूलाई तिनीहरू गलत छन् भनेर मनन गर्न लगाउन तर्क र धूर्त्याइँहरूका सबै शक्तिहरू प्रयोग गरे । विपरीत दृष्टिकोणबाट, ब्याप्टिस्टहरू र मेथोडिस्टहरू उनीहरू स्वयम् का तर्फबाट तिनीहरूका आफ्नै सिद्धान्तहरू स्थापना गर्न र अन्य सबैलाई गलत प्रमाणित गर्ने प्रयासमा समान रूपमा उत्साहित थिए ।

१० शब्दहरूको यस युद्ध र विचारहरूको कोलाहलका बीचमा म प्रायः आफूस्वयम् लाई भन्थेँ: के गरिनु पर्छ? यी सबै समुहहरूमध्ये कुन सही छ; वा तिनीहरू सबै एकै साथ गलत छन्? यदि तिनीहरू मध्ये कुनै एक सही छ भने, यो कुन हो र मैले यो कसरी चिन्न सक्ने छु?

११ यी धार्मिक समूहहरूका विवादहरूद्वारा सिर्जना गरिएका गम्भीर द्विविधाका कारण मानसिक रूपमा विच्छिप्त बनाइएको त्यस समयमा, म एक दिन याकूबको पत्र पढ्दै थिएँ, पहिलो अध्याय र पाँचौँ पद, जसले बताउँछ: तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइने छ ।

१२ धर्मशास्त्रको कुनै पनि खण्ड मनुष्यको हृदयमा यति शक्तिशाली रूपमा कहिल्यै आएको थिएन जति यो यस समयमा ममा आएको थियो । यो मेरो हृदयको भावनामा महान् शक्तिका साथ प्रवेश गरेको महसुस हुन्थ्यो । मैले त्यसलाई बारम्बार चिन्तन गरेँ, यदि कुनै व्यक्तिलाई परमेश्वरबाट ज्ञान आवश्यक छ भने, म त्यो हुँ; किनकि कसरी कार्य गर्ने भनेर मलाई जानकारी थिएन र जबसम्म मैले मसँग भएको भन्दा अधिक ज्ञान प्राप्त गर्न सक्दैनथेँ, मैले कदापि जानकारी प्राप्त गर्ने थिइन; किनकि विभिन्न समुहका धर्मका शिक्षकहरूले धर्मशास्त्रको एउटै खण्डलाई यति भिन्न तरिकाले व्याख्या गरेका थिए कि यसले बाइबलबाट प्रश्नको समाधान खोज्ने सबै सम्भाव्यतालाई विनाश गर्यो ।

१३ केही समय पश्चात् म या त अन्धकार र अन्योलमा रहनु पर्छ, अन्यथा याकूबले निर्देशन दिएअनुसार गर्नै पर्छ, अर्थात्, परमेश्वरसँग याचना गर्नु पर्छ भन्ने निष्कर्षमा पुगेँ । केही समय पश्चात् म “परमेश्वरसँग याचना गर्ने,” सङ्कल्पमा पुगेँ कि यदि उहाँले ज्ञानको कमी भएकाहरूलाई उदारतापूर्वक र गाली नगरी ज्ञान दिनुभयो भने मैले पनि प्रयास गर्न सक्छु भन्ने निष्कर्षमा पुगेँ ।

१४ तसर्थ, यसअनुसार, परमेश्वरसँग याचना गर्ने मेरो दृढ सङ्कल्प सहित प्रयास गर्न म जङ्गलमा गएँ । यो अठार सय बीसको वसन्तको प्रारम्भमा सुन्दर, सफा दिनको बिहानी थियो । यो मेरो जीवनमा पहिलो पटक थियो जसमा मैले यस्तो प्रयास गरेको थिएँ, किनकि मेरा सबै चिन्ताहरूको बीचमा मैले अहिलेसम्म शाब्दिक रूपमा प्रार्थना गर्ने प्रयास गरेको थिइन ।

१५ मैले यसपूर्व नै योजना बनाएको स्थानमा पुगेपछि, आफ्नो वरिपरि हेरेँ र आफूलाई एक्लो प्राप्त गरे पछि, मैले घुँडा टेकेर मेरो हृदयका चाहनाहरू परमेश्वरलाई अर्पण गर्न सुरू गरेँ । मैले बिरलै त्यसो गरेको थिएँ, तत्कालै पूर्ण रूपमा विजय प्राप्त गर्ने कुनै शक्तिले ममाथि कब्जा जमायो र ममाथि यस्तो आश्चर्यजनक प्रभाव पार्यो कि यसले मेरो जिब्रोलाई बाँध्यो ताकि मैले बोल्न नसकौँ । बाक्लो अन्धकार मेरो वरिपरि जम्मा भयो र केही समयका लागि मलाई यस्तो महसुस भयो कि अचानक मलाई विनाशका लागि पठाइएको थियो ।

१६ परन्तु, मलाई यस शत्रुको शक्तिबाट छुटकारा दिनका लागि परमेश्वरलाई पुकार्न मैले मेरो सम्पूर्ण शक्तिले परिश्रम गरेँ जसले ममाथि कब्जा गरेको थियो र त्यस क्षण जसमा म निराशामा प्रवेश गर्न र आफैँलाई विनाशमा नष्ट गर्न व्याकुल थिएँ—काल्पनिक विनाशका लागि होइन तर अदृष्य संसारको केही वास्तविक अस्तित्वको शक्तिमा, जसमा यति अद्भूत शक्ति थियो जुन मैले यसपूर्व कहिल्यै अन्य प्राणीमा महसुस गरेको थिइन—यो महान् त्रासको क्षणमा, मैले मेरो शिरको ठ्याक्कैमाथि सूर्यको चमक भन्दा पनि माथिको प्रकाशको स्तम्भ देखेँ, जुन ममाथि नपरेसम्म बिस्तारै अवतरण गर्यो ।

१७ यो देखा पर्ने बित्तिकै मैले आफूस्वयम् लाई शत्रुबाट उद्धार गरिएको पाएँ जसले मलाई बाँधेको थियो । जब प्रकाश ममाथि रह्यो मैले दुई व्यक्तिहरूलाई ममाथि हावामा उभिरहनुभएको देखेँ, जसको चमक र महिमा वर्णन गर्न असम्भव छ । उहाँहरूमध्ये एकले मलाई मेरो नामले पुकार्दै र अर्कोलाई देखाउँदै मसँग बोल्नुभयो—यी मेरा प्रिय पुत्र हुन् । उनलाई सुन!

१८ परमप्रभुसँग सोधपुछ गर्न जानुको मेरो उद्देश्य सबै समुहहरूमध्ये कुन सही थियो भनेर बुझ्नु थियो, ताकि मैले कुनमा सहभागी हुने भनेर बुझ्न सक्थेँ । त्यसकारण, मैले बोल्न सक्षम हुनका लागि आफूलाई सम्हालेको लगतै पछि, मैले प्रकाशमा मभन्दा माथि उभिनु भएका व्यक्तिहरूलाई सोधेँ, सबै समुहहरूमध्ये कुन सही थियो (किनकि सबै गलत थिए भन्ने सोच यस समयमा मेरो यो हृदयमा कहिल्यै आएको थिएन)—र म कुनमा सहभागी हुनु पर्छ ।

१९ मलाई जवाफ दिइयो कि म तिनीहरूमध्ये कुनैसँग पनि सम्मिलित हुनुहुँदैन, किनकि तिनीहरू सबै गलत थिए; र मलाई सम्बोधन गर्ने व्यक्तिले भन्नुभयो कि तिनीहरूका सबै कथनहरू उहाँको नजरमा घृणित थिए; कि ती विश्वासीहरू सबै भ्रष्ट थिए; कि: “तिनीहरू आफ्नो ओठले मेरो नजिक आउँछन् तर तिनीहरूका हृदयहरू मबाट टाढा छन्, ईश्वरीयपनका रूपमा, तिनीहरूले सिद्धान्तहरूका लागि मानिसहरूका आज्ञाहरू सिकाउँछन् तर तिनीहरूले यसको शक्तिलाई अश्वीकर गर्छन् ।”

२० उहाँले पुनः मलाई तिनीहरूमध्ये कसैसँग पनि सम्मिलित नहुन आज्ञा दिनुभयो; र उहाँले मलाई अन्य धेरै विषयहरू भन्नुभयो, जुन म यस समयमा लेख्न सक्दिन । जब म पुनः सचेत भएँ, मैले आफू स्वयम् लाई स्वर्गमा हेर्दै आफ्नो पीठमा पल्टिरहेको पाएँ । जब प्रकाश हटिसकेको थियो, मसँग शक्ति थिएन; तर छिट्टै केही मात्रामा पुनः प्राप्त गर्दै, म घर गएँ । अनि जब म अगेनुतिर ढल्केँ, आमाले के भयो भनेर सोध्नुभयो । मैले जवाफ दिएँ, “चिन्ता नगर्नुहोस्, सबै ठीक छ—म ठीक छु ।” त्यसपछि मैले मेरी आमालाई बताएँ, “प्रेस्बिटेरियनवाद सत्य होइन भनेर मैले आफू स्वयम् का लागि सिकेको छु ।” यस्तो देखिन्छ कि मेरो जीवनको प्रारम्भिक समयावधिमा नै शत्रुलाई थाहा थियो कि म उसको राज्यलाई विचलित गर्ने र कष्ट दिने व्यक्ति बन्ने थिएँ; अन्यथा अन्धकारका शक्तिहरू मेरा विरुद्धमा किन एकजुट हुन्थे? किन मेरा विरुद्धमा त्यो विपक्ष र सतावट उठ्यो, करीब मेरो शैशवावस्थामा?

केही प्रचारकहरू र धर्मका अन्य विश्वासीहरूले पहिलो दर्शनको विवरणलाई अस्वीकार गर्छन्—जोसेफ स्मिथमाथि सतावट थुप्रिएको छ—उनले दर्शनको वास्तविकताको गवाही दिन्छन् । (पदहरू २१–२६ ।)

२१ मैले यो दर्शन प्राप्त गरेको केही दिन पछि, म मेथोडिस्ट प्रचारकहरू मध्येका एक सँगै हुन पुगेँ, जो पूर्व उल्लेखित धार्मिक अभ्यासमा धेरै सक्रिय थिए; र उनीसँग धर्मको विषयमा वार्तालाप गर्दैगर्दा मैले आफूले देखेको दर्शनको विवरण उनलाई दिने अवसरका रूपमा लिएँ । म उनको व्यवहार देखेर अत्यन्तै आश्चर्यचकित भएँ; उनले मेरो वार्तालापलाई हल्का रूपमा मात्र होइन, तर महान् तिरस्कारका साथ व्यवहार गरे, यो सबै दानवको हो भन्दै, कि यी दिनहरूमा दर्शन वा प्रकाश जस्ता विषयहरू हुँदैनन्; कि ती सबै विषयहरू प्रेरितहरूसँग समाप्त भइसकेका छन् र कि तिनीहरू मध्ये अब अरू कुनै पनि कहिल्यै हुने छैनन् ।

२२ यद्यपि, मैले छिट्टै पत्ता लगाएँ कि मेरो दर्शनको विवरणले धर्मका विश्वासीहरूका बीचमा मेरा विरुद्धमा ठूलो पूर्वाग्रह बढेको थियो र ठूलो सतावटको कारण बनेको थियो, जुन निरन्तर बढ्दै गयो; र म केवल चौध र पन्ध्र वर्षको उमेर बीचको एक अपरिचित बालक थिएँ र पनि मेरो जीवनको परिस्थितिले मानवजातिमा एक महत्वहीन बलाक बनायो, तैपनि उच्च स्तरका मानिसहरूले मेरा विरुद्धमा जनमानसलाई उत्तेजित पार्न पर्याप्त ध्यान दिने छन् र एक निर्दयी सतावट सिर्जना गर्ने छन्; र यो सबै समुदायहरूमा सामान्य थियो—सबै मलाई सताउन एकजुट भए ।

२३ त्यस समय र प्रायशः त्यस समय देखि यता यसले मलाई गम्भीर चिन्तनमा पारेको थियो, यो कति अनौठो थियो कि चौध वर्ष भन्दा थोरै बढी उमेरको एक अपरिचित बालक र त्यो पनि, जसलाई उसको दैनिक परिश्रमद्वारा न्यूनतम आवश्यकता परिपूर्ति गर्न बाध्य पारिएको थियो, आजका प्रख्यात समुदायका प्रसिद्ध मानिसहरूमा सतावट र अपमानजनक भाषामा बोल्ने अति नै निर्दयी भावना सिर्जना गर्न र तिनीहरूको ध्यानाकर्षण गराउने प्रतिष्ठित व्यक्तित्वका रूपमा परिचित गराइयो । परन्तु यो अनौठो थियो वा थिएन, यस्तै थियो र प्रायः यो म स्वयम् का लागि भयानक दुःखको कारण थियो ।

२४ तथापि, यो यद्यपि एक तथ्य थियो कि मैले एक दर्शन देखेको थिएँ । त्यस समयदेखि मैले सोचेको छु, कि मैले पावलले जस्तै महसुस गरेँ, जब उनले राजा अग्रिपाका अगाडि आफ्नो प्रतिवाद गरे र उनले ज्योति देखेको र आवाज सुने पछिको दर्शनको अभिलेख वर्णन गरे; तर यद्यपि उनलाई विश्वास गर्ने थोरै मात्र थिए; कसैले भने उनी बेइमान थिए, अन्यले भने उनी मूर्ख थिए; र उनलाई उपहास र आलोचना गरियो । परन्तु यी सबैले उनको दर्शनको वास्तविकतालाई परिवर्तन गरेनन् । उनले एक दर्शन देखेका थिए, उनलाई थाहा थियो कि उनले देखेका थिए र स्वर्ग मुनिका सबै सतावटले यसलाई परिवर्तन गर्न सक्दैन; र यद्यपि तिनीहरूले उनलाई मृत्युसम्म सताए, तैपनि उनलाई थाहा थियो र उनको मृत्यु नहुँदासम्म थाहा हुने छ, कि उनले एक ज्योति देखेका थिए र उनीसँग बोलेको आवाज सुनेका थिए र सारा संसारले उसलाई भिन्न रूपमा सोच्न वा विश्वास गर्न बाध्य बनाउन सक्दैन ।

२५ त्यसैले यो मसँग थियो । मैले वास्तवमा एक ज्योति देखेको थिएँ र त्यो प्रकाशको बीचमा मैले दुई व्यक्तिहरू देखेँ र उहाँहरूले वास्तवमा मसँग बोल्नुभयो; र यद्यपि मैले दर्शन देखेको छु भन्दा मलाई घृणा गरियो र सताइयो तथापि यो सत्य थियो; र जब तिनीहरूले मलाई सताइरहेका थिए, मलाई आलोचना गरिरहेका थिए र मेरा विरुद्धमा सबै प्रकारका खराब कुराहरू यसो भन्दै झूट बोलिरहेका थिए, सत्य बोलेकोमा मलाई किन सताउने? भनेर मलाई मेरो हृदयमा यसो भन्न अगुवाइ गरियो: मैले वास्तवमा नै दर्शन देखेको छु; र म को हुँ कि म परमेश्वरको सामना गर्न सक्छु वा किन मानवले मैले वास्तवमा नै देखेको दर्शनलाई अस्वीकार गर्न लगाउँछ? किनकि मैले दर्शन देखेको थिएँ; मलाई यो जानकारी थियो र मलाई जानकारी थियो कि परमेश्वरलाई पनि यो जानकारी थियो र म यसलाई अस्वीकार गर्न सक्दिन, न त मैले यसो गर्ने साहस नै गर्छु; कमसेकम मलाई यो जानकारी थियो कि यसो गरेमा मैले परमेश्वरको अपमान गर्ने छु र उहाँको तिरस्कारमा पर्ने छु ।

२६ साम्प्रदायिक संसारका सम्बन्धमा अहिले मेरो मनमस्तिष्क सन्तुष्ट भएको थियो—ताकि तिनीहरूमध्ये कसैसँग जोडिनु मेरो उत्तरदायित्व थिएन, तर अर्को निर्देशन प्राप्त नगर्दासम्म मैले निरन्तरता दिनु पर्छ । मैले याकूबको गवाही सत्य भएको पाएको थिएँ—कि ज्ञानको कमी भएको मानिसले परमेश्वरसँग अनुरोध गर्न सक्छ र प्राप्त गर्न सक्छ, र हप्काइने छैन ।

मोरोनी जोसेफ स्मिथसामु प्रकट हुन्छन्—जोसेफको नाम सबै राष्ट्रहरूमाझ असल र दुष्ट दुबैका लागि परिचित हुने छ—मोरोनीले उनलाई मोर्मोनको पुस्तक र परमप्रभुका आगामी फैसलाहरूका सम्बन्धमा बताउँछन् र धेरै धर्मशास्त्रहरू उधृत गर्छन्—सुनका पताहरू लुकाइएका स्थान प्रकट गरिन्छ—मोरोनीले अगमवक्तालाई निर्देशन दिन निरन्तरता दिन्छन् । (पदहरू २७–५४ ।)

२७ मैले एक हजार आठ सय तेईसको एकाईस सेप्टेम्बरसम्म मेरो दैनिक जीवनका कार्यहरूलाई निरन्तरता दिइरहेँ, सदैव मैले हरेक प्रकारका ब्यक्तिहरू, धर्मी र अधर्मी दुबैबाट कठोर सतावट सहँदै, किनभने मैले एक दर्शन देखेको छु भनेर प्रमाणित गर्न निरन्तरता दिइरहेँ ।

२८ मैले दर्शन प्राप्त गरेको र अठार सय तेईस वर्षको बीचको समयावधिको अन्तरालमा—मलाई ती दिनहरूमा कुनै पनि धार्मिक समुहमा सहभगी हुन निषेध गरिएको हुनाले र धेरै कलिलो उमेरको भएकाले र जो मेरा साथीहरू हुनु पर्ने र स्नेहपूर्ण तरिकाले व्यवहार गर्नु पर्ने तिनीहरूद्वारा नै सताइयो र तिनीहरूले मलाई भ्रमित भएको विश्वास गरेर मलाई पूर्वज्ञान तर्फ फर्काउन उचित र स्नेहपूर्ण तरिकामा प्रयास गरे—मलाई सबै प्रकारका प्रलोभनहरूमा छोडियो; र सबै प्रकारका मानिसरूसँग घुलमिल हुँदा, म बारम्बार धेरै अज्ञानी उल्लङ्घनहरूमा परेँ र युवाहरूका कमजोरीहरू र मानवीय कमजोरीहरू प्रदर्शन गरेँ; मलाई यो बताउन दुःख महसुस भएको छ कि यसले मलाई विभिन्न प्रकारका प्रलोभनहरूमा डोर्‍यायो जुन परमेश्वरको नजरमा अपमानजनक थिए । यसलाई स्वीकार गर्दा, कसैले पनि मलाई कुनै भयानक वा गम्भीर पापको दोषी मान्नु आवश्यक छैन । यस्तो गर्ने चाहना मेरो स्वभावमा कहिले पनि थिएन । परन्तु म अमर्यादित व्यवहारको दोषी थिएँ र यदाकदा उल्लासपूर्ण, अन्य यस्तै समूहसँग आवद्ध थिएँ, जुन त्यस चरित्रसँग मेल खाँदैनथ्यो जुन परमेश्वरबाट बोलावट गरिएको म जस्तै एक व्यक्तिले कायम राख्नु पर्थ्यो । परन्तु मेरो युवावस्थाको स्मरण गर्ने र मेरो जीवन्त मनोभावसँग परिचित हुनेहरूलाई यो धेरै अनौठो लाग्दैन ।

२९ यी विषयहरूको परिणामस्वरूप, म प्रायशः मेरा कमजोरी र त्रुटीहरूका लागि निन्दा महसुस गर्थेँ; जब, माथि उल्लेख गरिएको एकाइसौँ सेप्टेम्बरको साँझमा म रातिमा ओछ्यानमा गइसकेपछि, मैले मेरा सबै पापहरू र मूर्खताहरूको क्षमापनका लागि र मेरा लागि एक प्रकटका लागि पनि सर्वशक्तिमान् परमेश्वरलाई प्रार्थना र याचनामा आफूलाई समर्पित गरेँ ताकि मैले उहाँको अगाडि मेरो स्थिति र स्तरका सम्बन्धमा जानकारी प्राप्त गर्ने छु; किनकि मसँग यसपूर्वको एक जस्तै दैवी प्रकट प्राप्त गर्ने पूर्ण विश्वास थियो ।

३० जब म यसरी परमेश्वरलाई पुकार गर्ने कार्यमा थिएँ, मैले मेरो कोठामा एक प्रकाश प्रकट भएको पाएँ, जुन तबसम्म बढ्दै गयो जबसम्म कोठा मध्यान्नमा भन्दा प्रकाशमय भएन, अनि त्यसपछि लगत्तै मेरो ओछ्यानको छेउमा एक व्यक्ति प्रकट भए, हावामा खडा हुँदै, किनकि उनका पाउहरूले जमिन छोएका थिएनन् ।

३१ उनले सबैभन्दा उत्कृष्ट सेतोपनाको खुकुलो लबेदा पहिरिएका थिए । यसमा कुनै पनि भौतिक वस्तुभन्दा परको मैले कहिल्यै नदेखेको सेतोपना थियो; न त कुनै पनि भौतिक वस्तुलाई यति धेरै सेतो र चम्किलो देखाउन सकिन्छ भनेर मलाई विश्वास नै छ । नाडी भन्दा थोरै माथिसम्म उनका हातहरू र उनका बाहुहरू पनि नाङ्गा थिए; त्यसरी नै, उनका पाउहरू पनि नाङ्गा थिए र कुर्कुच्चाहरू भन्दा अलिकति माथिसम्म खुट्टाहरू पनि नाङ्गा थिए । उनका शिर र घाँटी पनि नाङ्गा थिए । म पत्ता लगाउन सक्थेँ कि उनले त्यो लबेदा बाहेक अन्य केही पहिरिएका थिएनन्, किनकि यो खुल्लै थियो, ताकि मैले उनको छाती देख्न सक्थेँ ।

३२ उनको लबेदामात्र सेतो थिएन, तर उनको सम्पूर्ण शरीर नै वर्णन गर्न सकिने भन्दा बढी महिमित थियो र वास्तवमा नै उनको मुहार आकाशको विजुली जस्तै थियो । कोठा अत्यन्तै उज्यालो थियो तर व्यक्तिको नजिक र वरपर चम्किलो थिएन । जब मैले पहिलो पटक उनलाई हेरेँ, म डराएँ; तर डरले मलाई तत्कालै छोड्यो ।

३३ उनले मलाई नामले पुकारे र मलाई भने कि उनी परमेश्वरको उपस्थितिबाट मेरा लागि पठाइएका सन्देशबाहक थिए र कि उनको नाम मोरोनी थियो; कि परमेश्वरसँग मैले गर्नुपर्ने एउटा कार्य छ; र सबै राष्ट्रहरू, कुटुम्बहरू र भाषाहरूमाझ असल या खराबका लागि मेरो नाम हुने छ, अथवा कि सबै मानिसहरूमाझ राम्रो वा नराम्रो दुबै रूपमा लिइने छ ।

३४ उनले यस महाद्वीपका पूर्व बासिन्दाहरूको विवरण र तिनीहरू कहाँबाट उद्भव भएका थिए भन्ने स्रोतको अभिलेख दिँदै सुनका पाताहरूमा लेखिएको एउटा पुस्तक एकत्रित गरिएको बताए । उनले यो पनि भने कि अनन्त सुसमाचारको परिपूर्णता यसमा निहित थियो, जसरी मुक्तिदाताले प्राचीन बासिन्दाहरूलाई प्रदान गर्नुभएको थियो;

३५ यसका अतिरिक्त, कि त्यहाँ चाँदीका धनुषहरूमा दुईवटा पत्थरहरू थिए—र यी पत्थरहरू, कवचमा बाँधिएका थिए, ऊरीम र तुम्मीम भनिनेबाट निर्माण गरिएका थिए—पाताहरूसँग राखिएका थिए; र यी पत्थरहरूको स्वामित्व र प्रयोग प्राचीन वा यसपूर्वको समयमा “द्रष्टाहरू” को सङ्गठन थियो; र कि परमेश्वरले पुस्तकको अनुवाद गर्ने प्रयोजनका लागि तिनीहरूलाई तयार पार्नुभएको थियो ।

३६ मलाई यी विषयहरू बताएपछि, उनले पुरानो करारका अगमवाणीहरू उद्धृत गर्न सुरू गरे । उनले सर्वप्रथम मलाकीको तेस्रो अध्यायको अंश उद्धृत गरे; र उनले सोही आगमवाणीको चौथो वा अन्तिम अध्याय पनि उद्धृत गरे, यद्यपि यो हाम्रो बाइबलमा पढ्ने तरिका भन्दा थोरै भिन्न थियो । पहिलो पदलाई हाम्रो पुस्तकहरूमा पढिने जसरी उद्धृत गर्नुको सट्टा, उनले यसरी उद्धृत गरे:

३७ किनकि हेर, त्यो दिन आउने छ जुन भट्टी जस्तै बल्ने छ र सबै घमण्डी, हो र सबै जसले दुष्टतापूर्वक गर्छन्, ठुटा जस्तै बल्ने छन्; र आउनेहरूले तिनीहरूलाई जलाउने छन्, सैन्यहरूका अधिपति भन्नुहुन्छ, कि यसले तिनीहरूको न त जरा न त हाँगा नै छोड्ने छ ।

३८ अनि पुनः, उनले पाँचौँ पद यसरी उद्धृत गरे: हेर, परमप्रभुको विशाल र भयङ्कर दिनको आगमनपूर्व, एलिया अगमवक्ताको हातद्वारा म तिमीहरूलाई पादरित्व प्रकट गर्ने छु ।

३९ उनले भिन्न तरिकामा अर्को पद पनि उद्धृत गरे: अनि उनले छोराछोरीहरूका हृदयहरूमा पिताहरूलाई दिएका प्रतिज्ञाहरू रोप्ने छन् र छोराछोरीहरूका हृदयहरू तिनीहरूका पिताहरूतर्फ फर्किने छन् । यदि त्यसो भएन भने, उहाँको आगमनको समयमा सारा पृथ्वी पूर्ण रूपमा उजाड बनाइने छ ।

४० यिनीहरूका अतिरिक्त, उनले यशैयाको एघारौँ अध्याय उद्धृत गरे, यसो भन्दै कि यो पूर्ण हुन लागेको छ । तिनीहरू हाम्रो नयाँ करारमा भए जस्तै गरी तिनले प्रेरितको तेस्रो अध्यायको बाईसौँ र तेईसौँ पदहरू पनि उद्धृत गरे । उहाँ अगमवक्ता ख्रीष्ट हुनुहुन्थ्यो भनेर तिनले बताए; तर त्यो दिन अझै पनि आएको थिएन तर छिट्टै आउने छ जसमा “उहाँको वाणी नसुन्नेहरूलाई मानिसहरूका बीचबाट अलग्याइने छ ।”

४१ उनले योएलको दोस्रो अध्याय पनि उद्धृत गरे अट्ठाइसौँ पद देखि अन्तिम सम्म । उनले यो पनि भने कि यो अझै पूर्ण भइसकेको छैन तर छिट्टै हुने छ । अनि यसका अतिरिक्त उनले भने कि गैह्र यहूदीहरूको पूर्णता छिट्टै आउँदैछ । उनले धर्मशास्त्रका अन्य धेरै खण्डहरू उद्धृत गरे र धेरै विवरणहरू प्रदान गरे जुन यहाँ उल्लेख गर्न सकिँदैन ।

४२ पुनः, उनले मलाई भने, कि जब मैले ती पाताहरू प्राप्त गर्छु जसका सम्बन्धमा उनले बोलेका थिए—किनकि तिनीहरू प्राप्त गर्नुपर्ने समय अझै पूरा भएको छैन—तिनीहरूलाई मैले कसैलाई पनि देखाउनु हुँदैन; न त ऊरीम र तुम्मीमसँगको कवचलाई नै; तिनीहरूलाई मात्र जसलाई देखाउन मलाई आज्ञा दिइन्छ; यदि मैले त्यसो गरेँ भने मेरो विनाश हुने छ । जब उनी मसँग ती पाताहरूका सम्बन्धमा वार्तालाप गरिरहेका थिए, मेरो मस्तिष्कमा दर्शन प्रकट भएको थियो कि मैले पाताहरू राखिएको त्यस स्थानलाई देख्न सक्षम भएँ र यति स्पष्ठ र व्यवधान बिना कि मैले त्यो स्थानलाई पहिचान गरेँ जब म पुनः त्यहाँ गएँ ।

४३ यो वार्तालापपछि, मैले कोठामा मसँग बोलिरहेका ती व्यक्ति वरिपरि तत्कालै प्रकाश केन्द्रित हुन सुरू गरेको देखेँ र उनी वरिपरि बाहेक कोठा पुनः अँध्यारो नहुँदासम्म यो निरन्तर रहिरह्यो; अनि त्यसपछि क्षणभरमा नै मैले पाइप जस्तै कुनै चीज सिधै स्वर्गमा प्रकट भएको देखेँ र उनी पूर्ण रूपमा अन्तर्ध्यान नहुँदासम्म आरोहण गरे र कोठा त्यस्तै बन्यो जस्तो त्यो स्वर्गको प्रकाश प्रकट हुनुपूर्व थियो ।

४४ म त्यो दृश्यको असामान्यतामा मनन गर्दै थिएँ र यी असाधारण सन्देशवाहकद्वारा मलाई बताइएका विषयमा अति नै आश्चर्यचकित बन्दै पल्टिरहेँ; अनि त्यसपछि, मेरो चिन्तनको बीचमा, मैले अचानक अनुभव गरेँ कि मेरो कोठा पुनः उज्यालो हुन सुरू गरेको छ र तत्काल, यसपूर्व जस्तै, स्वर्गका उही सन्देशवाहक मेरो ओछ्यानको नजिकै थिए ।

४५ उनले आरम्भ गरे र पुनः सोही शब्दहरू बताए जुन उनले आफ्नो प्रथम भेटमा गरेका थिए, न्यूनतम भिन्नता बिना नै; जुन गरेपछि, उनले मलाई पृथ्वीमा आउने महान् न्यायका सम्बन्धमा जानकारी दिए जुन अनिकालद्वारा, तरबारद्वारा र महामारीद्वारा महान् विनाशहरूका साथ पृथ्वीमा आइरहेको थियो; र ती शोकमय न्यायहरू पृथ्वीमा यो युगमा आउने छन् । यी विषयहरू बताएपछि, उनले यसपूर्व गरेजस्तै उनी पुनः आरोहण गरे ।

४६ यस समयसम्ममा, मेरो मस्तिष्कमा यति गहिरा प्रभावहरू परे, कि निद्रा मेरा आँखाहरूबाट हराइसकेको थियो र म मैले देखेका र सुनेका दुबै आश्चर्यमा व्यग्र हुँदै पल्टिरहेँ । परन्तु जब मैले पुनः सोही सन्देशबाहकलाई मेरो ओछ्यानको छेउमा देखेँ र यसपूर्व जस्तै सोही विषयहरू मेरासामु पुनः बताएको वा दोहोऱ्याएको सुन्दा म कस्तो आश्चर्यचकित भएँ; अनि उनले मलाई यसो भन्दै एक चेतावनी थपे कि (मेरा पिताको परिवारको विपन्न परिस्थितिको परिणाममा), धनी बन्ने उद्देश्यले पाताहरू प्राप्त गर्नका लागि सैतानले मलाई प्रलोभन गर्न प्रयास गर्ने छ । उनले यसो भन्दै यो निषेध गरे कि पाताहरू प्राप्त गर्नका लागि मसँग परमेश्वरको महिमा गर्ने बाहेक अन्य कुनै उद्देश्य हुनुहुँदैन र उहाँको अधिराज्य निर्माण गर्ने बाहेक अन्य कुनै लक्ष्यबाट प्रभावित हुनुहुँदैन; अन्यथा मैले तिनीहरूलाई प्राप्त गर्न सक्दिनँ ।

४७ यो तेस्रो भेट पछाडि, उनी यसपूर्व जस्तै पुनः स्वर्गतिर आरोहण गरे र मलाई पुनः मैले भर्खरै अनुभव गरेको विचित्रतामा चिन्तन गर्न छोडियो; स्वर्गका सन्देशवाहक तेस्रो पटक मबाट माथि आरोहण गरेको लगत्तै पछि, भाले बास्यो र मैले जानकारी प्राप्त गरेँ कि दिन प्रारम्भ भएको थियो, त्यसकरण हाम्रा वार्तालापहरूले त्यो पूरै रात लिएको हुनु पर्छ ।

४८ केही समयपछि म ओछ्यानबाट उठेँ र सदा जस्तै आवश्यक दैनिक कार्य गर्न गएँ; तर, अन्य समयमा जस्तै काम गर्ने प्रयास गर्दा, मैले आफूलाई पूर्ण रूपमा असक्षम हुने गरी सामर्थ्यहीन भएको महसुस गरेँ । मेरा पिता, जो मसँग कार्य गरिरहनु भएको थियो, उहाँले ममा केही गलत भएको अनुमान गर्नुभयो र मलाई घर जान भन्नुभयो । घर जाने अभिप्रायले मैले प्रारम्भ गरेँ; तर, हामी जहाँ थियौँ त्यो मैदानको बार पार गर्ने प्रयासमा, मेरो सामर्थ्यले मलाई पूर्ण रूपमा असफल बनायो र म आफूलाई सहयोग गर्न असमर्थ बनेर जमिनमा ढलेँ र केही समयका लागि कुनै पनि विषयका सम्बन्धमा पूर्ण रूपमा बेहोस थिएँ ।

४९ मैले सम्झन सक्ने पहिलो घटना मलाई मेरो नामले पुकार्दै मसँग बोलिएको एक आवाज थियो । मैले माथि हेरेँ र पहिले जस्तै प्रकाशले घेरिएका सोही सन्देशवाहकलाई मेरो शिरमाथि देखेँ । त्यसपछि उनले अघिल्लो रात उनले मलाई वर्णन गरेका सबै विषयहरू मलाई पुनः वर्णन गरे र मलाई मेरा पितासामु गएर मैले प्राप्त गरेका दर्शन र आज्ञाहरूका सम्बन्धमा उहाँलाई बताउन आज्ञा दिए ।

५० मैले पालना गरेँ; म खेतमा मेरा पिताकहाँ फर्केँ र त्यस विषयका सम्बन्धमा पूर्ण रूपमा उहाँलाई वर्णन गरेँ । यो परमेश्वरबाट थियो भनेर उनले मलाई प्रतिक्रिया दिए र मलाई सन्देशवाहकद्वारा आज्ञा गरिएअनुसार गर्न भने । म खेतबाट पर गएँ र त्यस स्थानतिर गएँ जहाँ सन्देशवाहकले ती पाताहरू राखिएका छन् भनेका थिए; र त्यस स्थानका सम्बन्धमा मैले देखेको दर्शनको स्पष्टताका कारण, म त्यहाँ पुगेको क्षणमा नै मैले त्यस स्थानलाई पहिचान गरेँ ।

५१ न्यू योर्कको, ओन्टारियो प्रदेशको मान्चेस्टरको गाउँ नजिकै पर्याप्त आकारको र वरपरका क्षेत्रका सबभन्दा सर्वोच्च पर्वत खडा छ । यो पर्वतको पश्चिमतर्फ, त्यसको शिखरबाट धेरै टाढा होइन, यथेष्ट मात्रामा विशाल पत्थरमुनि, पाताहरू, पत्थरको एक बाकसमा राखिएको थियो । यो पत्थर बाक्लो र माथिल्लो भागको बीचमा गोलो र किनारहरूमा पातलो थियो ताकि यसको बीचको भाग जमिन माथि देखिन्थ्यो तर वरिपरिको किनारा माटोले ढाकिएको थियो ।

५२ माटो हटाएपछि, मैले एक उतोलक प्राप्त गरेँ, जुन मैले पत्थरको छेउमा गाढेँ र थोरै जोड लगाएर यसलाई माथि उठाएँ । मैले भित्र हेरेँ र त्यहाँ वास्तवमा मैले पाताहरू, ऊरीम र तुम्मीम र सन्देशवाहकले भनेजस्तै कवच देखेँ । तिनीहरू राखीएका बाकस कुनै प्रकारको सिमेन्टमा पत्थरहरू सँगै राखेर निर्माण गारिएको थियो । बाकसको तल्लो भागमा बाकसका दुईवटा छेउहरूमा पत्थरहरू राखिएका थिए र ती पत्थरहरूमा पाताहरू र अन्य वस्तुहरू तिनीहरूसँग राखिएका थिए ।

५३ मैले तिनीहरूलाई बाहिर निकाल्ने प्रयास गरेँ, तर सन्देशवाहकद्वारा निषेधित गरियो र पुनः जानकारी दिइयो कि ती बाहिर ल्याउने समय अझै आइपुगेको छैन, न त त्यससमयदेखि आगामी चारवर्षसम्म नै हुने छ; तर उनले मलाई भने कि म त्यससमयदेखि ठीक एक वर्षपछि त्यो स्थानमा आउनु पर्छ र उनले मलाई त्यहाँ भेट्ने छन् र पाताहरू प्राप्त गर्ने समय नआउँदासम्म मैले त्यसो गर्न निरन्तरता दिनु पर्छ ।

५४ त्यसअनुसार, जसरी मलाई आज्ञा दिइएको थियो, म प्रत्येक वर्षको अन्त्यमा गएँ र प्रत्येक समयमा मैले सोही सन्देशवाहकलाई त्यहाँ भेटाएँ र हाम्रा प्रत्येक वार्तालापहरूमा परमप्रभुले अन्तिम दिनहरूमा आफ्नो अधिराज्यको के, कसरी र कुन प्रकारले सञ्चालन गर्नुहुने छ भन्ने सम्बन्धमा उनीबाट निर्देशन र ज्ञान प्राप्त गरेँ ।

जोसेफ स्मिथले एमा हेलसँग विवाह गर्छन्—उनले मोरोनीबाट सुनका पाताहरू प्राप्त गर्छन् र केही अक्षरहरू अनुवाद गर्छन्—मार्टिन ह्यारिसले अक्षरहरूमा र अनुवाद प्राध्यापक एन्थोनलाई देखाउँछन्, जसले भन्छन्, “म मोहोर लगाइएको पुस्तक पढ्न सक्दिन ।” (पदहरू ५५–६५ ।)

५५ मेरा पिताको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण, अवसर प्राप्त भएअनुसार हामी पाखुराको भरमा परिश्रम गर्ने, दैनिक ज्यालादारीमा कार्य गर्नुपर्ने बाध्यतामा थियौँ । कहिले हामी घरमा हुन्थ्यौँ र कहिले बाहिर र निरन्तर परिश्रम गरेर सहज जीविका प्राप्त गर्न सक्षम भयौँ ।

५६ १८२३ सालमा मेरो जेठो दाजु अल्विनको मृत्युले मेरो पिताको परिवारलाई ठूलो पीडा दियो । १८२५, अक्टोबरको महिनामा, मैले न्यू योर्क राज्यको चेनान्गो प्रदेशमा बस्ने जोसिया स्टोल नामका एक जना प्रौढ भद्रपुरुषसँग काम गरेँ । उनले पेन्सिलभेनिया राज्यको सस्क्वाहाना प्रदेशको हार्मोनीमा स्पेनीहरूद्वारा चाँदीको खानी खोलिएको सुनेका थिए; र मलाई काममा राख्नुपूर्व, यदि खानी पत्ता लगाउन सम्भव भएमा, उत्खनन गर्ने क्रममा थिए । म उनीसँग बस्न गएपछि, उनले मलाई चाँदीको खानी उत्खननका लागि आफ्ना बाँकी कामदारहरू सँगै मलाई लिएर गए, जहाँ मैले करीब एक महिना काम गरिरहेँ, सफलता बिनाको हाम्रो प्रयासमा, अन्ततः मैले प्रौढ भद्रपुरुषलाई उत्खनन बन्द गर्नका लागि मनाउन सफल भएँ । यसबाट खजाना खोज्ने व्यक्ति बनेको मेरो धेरै लोकप्रिय कथा उत्पन्न भयो ।

५७ म यसरी कार्यरत रहेको समयमा, मलाई त्यस स्थानका श्री आइजेक हेलकहाँ बास बस्न पठाइयो; त्यहाँ मैले पहिलो पटक मेरी श्रीमती (उनकी छोरी), एमा हेललाई देखेँ । म श्री स्टोलको सेवामा कार्यरत रहेको समयमा, १८२७ को, १८ जनावरीमा, हाम्रो विवाह भयो ।

५८ मैले दर्शन देखेको छु भनेर दाबी गरिरहेका कारण, सतावटले मलाई अझै पछ्याई रहयो र मेरी श्रीमतीको पिताका परिवार हाम्रो विवाहको अत्यन्तै विरोधी थिए । त्यसकारण, ममा, उनलाई अन्यत्र कतै लैजानुपर्ने आवश्यकतामा थियो; त्यसैले हामीले न्यू योर्कको चेनान्गो प्रदेशको साउथ बेनब्रिजमा रहेको स्क्वायर ताबिलको घरमा गएर विवाह गर्र्यौँ । मेरो विवाहको लगत्तै पछि, मैले श्री स्टोलको कार्य छोडिदिएँ र मेरा पिताकहाँ गएँ र त्यो समयमा उहाँसँग खेती गरेँ ।

५९ लामो समय पश्चात् ती पाताहरू, ऊरीम र तुम्मीम र कवच प्राप्त गर्ने समय आयो । एक हजार आठ सय सत्ताइसको सेप्टेम्बरको बाइसौँ दिनमा, अर्को वर्षको अन्त्यमा सामान्यत: गइरहेको स्थान जहाँ तिनीहरूलाई राखिएको थियो, स्वर्गका तिनै सन्देशवाहकले यो आज्ञा सहित तिनीहरू मलाई दिए: कि मैले तिनको उत्तरदायित्व वहन गर्नु पर्छ; कि यदि मैले मेरो बेवास्ता अथवा लापर्वाहीद्वारा तिनलाई गुमाएँ भने, मलाई अलग्याइने छ; परन्तु कि यदि ती दूतले तिनीहरूलाई पुनः नलिँदासम्म यदि तिनीहरूलाई सुरक्षित राख्न मैले मेरा सबै प्रयत्नहरूको प्रयोग गरेँ भने, ती सुरक्षित हुने छन् ।

६० तिनीहरूलाई सुरक्षित राख्नका मैले किन त्यति कडा निर्देशनहरू प्राप्त गरेको थिएँ र जब मैले मेरा हातबाट गर्नुपर्ने आवश्यक कार्य सम्पन्न गरिसके पश्चात् उनी तिनीहरूलाई लिन आउने छन् भनेर सन्देशवाहकले किन भनेका थिए भनेर मैले तत्कालै कारण पत्ता लगाएँ । किनकि तिनीहरू मसँग थिए भन्ने जानकारी प्राप्त गरेको लगत्तै पछि तिनीहरूलाई मबाट लिनका लागि सबैभन्दा कडा परिश्रमहरू प्रयोग गरिएका थिए । त्यस प्रयोजनका लागि सोच्न सकिने सबै प्रकारका रणनीतिहरू प्रयोग गरिएको थियो । सतावटहरू यसपूर्वका भन्दा पनि अझै बढी निर्दयी र कठोर बने र भीडले सम्भव भएसम्म तिनीहरूलाई मबाट खोस्नका लागि निरन्तर रूपमा सतर्क थिए । परन्तु परमेश्वरको विवेकद्वारा, तिनीहरू मेरा बाहुहरूमा सुरक्षित रहे, जबसम्म मैले तिनीहरूद्वारा जे गरिनुपर्ने आवश्यक थियो त्यो पूर्ण गरिन । जब ती सन्देशवाहकले व्यवस्थापन गरिएअनुसार तिनीहरूलाई बोलाए, मैले तिनीहरू उनलाई सुम्पिएँ; र आज एक हजार आठ सय अठतीसको मे महिनाको दोस्रो दिनसम्म तिनीहरू तिनको नियन्त्रणमा थिए ।

६१ यद्यपि, उत्साह, अझै पनि निरन्तर रूपमा थियो र मेरा पिता र म स्वयम् का सम्बन्धमा तिनका हजारौँ जिब्राहरू सहितका हल्लाहरू सदैव झूठहरूको प्रसार गर्नमा कार्यरत थियो । यदि मैले तिनीहरूका हजारौँ अंशहरू मध्येको एकलाई बताउने हो भने पनि, यसले खण्डहरू भरिने छन् । तथापि, सतावट यति असैह्य थियो कि मैले म्यानचेस्टर छोडेर मेरी श्रीमतीसँग पेन्सिल्भेनिया राज्यको सस्काहाना प्रदेशमा जानुपर्ने बाध्यता सिर्जना भयो । आरम्भ गर्ने तयारी गर्दै गर्दा—अत्यधिक गरिब र सहन कठीन हामीमाथिका सतावटका करण हामीले भिन्न हुने सम्भावना थिएन—हाम्रा कठीनाइहरूका बीचमा हामीले मार्टिन ह्यारिस नामका एक सज्जन मित्रलाई भेट्टायौँ, जो हामीकहाँ आए र हाम्रो यात्रामा सहयोग गर्न मलाई पचास डलर दिए । श्री ह्यारिस न्यूयोर्क राज्यको वेन प्रदेशको पल्माइरा सहरका बासिन्दा र प्रतिष्ठित किसान थिए ।

६२ समयमै प्राप्त भएको सहयोगका कारण म मेरो गन्तव्य पेन्सिल्भेनियासम्म पुग्न सफल भएँ; र त्यहाँ पुगेपछि तत्कालै मैले पाताहरूबाट अक्षरहरू प्रतिलिपि गर्न सुरू गरेँ । मैले ती मध्ये यथेष्ट सङ्ख्यामा प्रतिलिपि गरेँ र ऊरीम र तुम्मीमका माध्यमद्वारा मैले ती मध्ये निश्चित केहीको अनुवाद गरेँ, जुन मैले डिसेम्बर महिना र त्यसपछिको फेब्रुवरीमा मेरी श्रीमतीका पिताको घरमा पुग्दाको बीचमा गरेँ ।

६३ फेब्रूवरी महिनाको कुनै समयमा, यसपूर्व उल्लिखित श्री मार्टिन ह्यारिस हामीकहाँ आए, मैले पाताहरूबाट प्रतिलिपि गरिएका अक्षरहरू लिएँ र तिनीहरू लिएर न्यू योर्क सहरमा गए । उनी र अक्षरहरूका सम्बन्धमा के भयो भनेर म उनको आफ्नै कार्यको अभिलेखलाई सन्दर्भ गर्छु, उनले फर्केर आएपछि सोही रूपमामा मलाई बताए, जुन निम्नानुसार थियो:

६४ “म न्यूयोर्क सहरमा गएँ र अनुवाद गरिएका अक्षरहरूलाई अनुवाद सहित, प्राध्यापक चार्ल्स एन्थोनलाई प्रस्तुत गरेँ, जो आफ्नो साहित्यिक उपलब्धिहरूका कारण एक प्रख्यात भद्रपुरुष थिए । अनुवाद सही थियो भनेर प्राध्यापक एन्थोनले बताए, जुन यसपूर्व उनले पढेका मिश्रीहरूबाट गरिएको अनुवाद भन्दा पनि अझै बढी सही थियो । त्यसपछि मैले उनलाई ती देखाएँ जुन अहिलेसम्म पनि अनुवाद गरिएका थिएनन् र ती मिश्रीहरू, कल्दिक, अश्शुरिक र अरविक हुन्; र तिनीहरू सही अक्षरहरू हुन् भनेर उनले बताए । उनले मलाई एक प्रमाणपत्र दिए जसले पल्माइराका मानिसहरूलाई ती सही लिपिहरू थिए र अनुवाद गरिएको लिखित दस्तावेज पनि सही थियो भनेर प्रमाणित गर्यो । मैले प्रमाणपत्र लिएँ र मेरो खल्तीमा राखेँ र घरबाट बाहिर निस्कदै गर्दा श्री एन्थोनले मलाई पुनः बोलाए र ती युवकले आफूले भेटेको स्थानमा सुनका पाताहरू छन् भनेर कसरी पत्ता लगाए भनेर मलाई सोधे । परमेश्वरका स्वर्गदूतले यो उनलाई प्रकट गरेका थिए भनेर मैले जवाफ दिएँ ।

६५ “त्यसपछि उनले मलाई भने, ‘मलाई त्यो प्रमाण-पत्र हेर्न देऊ ।’ सोहीअनुरुप मैले यसलाई आफ्नो खल्तीबाट निकालेँ र उनलाई दिएँ, अनि त्यसपछि उनले त्यसलाई लिए र अहिले स्वर्गदूतहरूको सेवा भन्ने यस्तो कुनै विषय हुँदैन भन्दै टुक्रा-टुक्रा पारिदिए र यदि मैले पाताहरू उनीसामु ल्याइदिएँ भने, उनले तिनीहरूको अनुवाद गर्ने छन् । पाताहरूका केही अंश मोहोर लगाइएका थिए र तिनीहरू ल्याउनका लागि मलाई निषेध गरिएको थियो भनेर मैले उनलाई जानकारी दिएँ । उनले जवाफ दिए, ‘म मोहोर लगाएको पुस्तक पढ्न सक्दिन ।’ मैले उनलाई छोडिदिएँ र डा. मिचेलकहाँ गएँ, जसले अक्षरहरूमा र अनुवाद दुबैका सम्बन्धमा प्रोफेसर एन्थोनले भनेका विषयलाई अनुमोदन गरे ।”

· · · · · · ·

ओलिवर काउड्रीले मोर्मोनको पुस्तक अनुवाद गर्न शास्त्रीका रूपमा सेवा गर्छन्—जोसेफ र ओलिभरले बप्तिस्मा दिने यूहन्नाबाट हारुनको पादरित्व प्राप्त गर्छन्—तिनीहरूलाई बप्तिस्मा दिइन्छ, नियुक्त गरिन्छ र अगमवाणीको आत्मा प्राप्त गर्छन् । (पदहरू ६६–७५ ।)

६६ अप्रिल १८२९ को ५औँ दिनमा, ओलिवर काउड्री मेरो घरमा आए, त्यस समय भन्दापूर्व मैले उनलाई कहिल्यै देखेको थिइन । मेरा पिता बसोवास गर्ने स्थानको समुदायको विद्यालयमा अध्यापन गर्ने र मेरो पिता विद्यालयमा पठाउनेहरूमध्येका एक भएकाले तिनी उनको घरमा केही समयका लागि बास बस्न गएको बताए र उनी त्यहाँ रहँदा परिवारले उनलाई मैले पाताहरू प्राप्त गरेको परिस्थितिका सम्बन्धमा बताए र त्यसैका आधारमा उनी मसँग सोधखोज गर्न आएका थिए ।

६७ श्री काउड्रीको आगमनको दुई दिन पश्चात् (अप्रिलको ७ मा) मैले मोर्मोनको पुस्तक अनुवाद गर्न प्रारम्भ गरेँ र उनले मेरा लागि लेख्न आरम्भ गरे ।

· · · · · · ·

६८ हामीले अझै पनि अनुवादको कार्यलाई निरन्तरता दियौँ, जब त्यसपछिको महिना (मे, १८२९) मा, पापहरूको छुट्काराका लागि बप्तिस्माका सम्बन्धमा प्रार्थना गर्न र सोधखोज गर्न हामी एक निश्चित दिन उपवनमा गयौँ, जुन हामीले पाताहरूको अनुवादमा उल्लेख गरिएको पायौँ । जब हामी यसरी प्रार्थना गर्ने र परमप्रभुलाई पुकार्ने कार्यमा थियौँ, स्वर्गबाट एक सन्देशवाहक प्रकाशको बादलमा ओर्लिए र हामीमाथि आफ्ना हातहरू राखेर, उनले हामीलाई यसो भन्दै नियुक्त गरे:

६९ मेरा सहचरी सेवकहरू तिमीहरूमाथि, मसीहको नाममा, म हारुनको पादरित्व प्रदान गर्छु, जसले स्वर्गदूतहरूको सेवा र पश्चात्तापको सुसमाचार र पापहरूबाट छुट्काराका लागि डुबाएर बप्तिस्मा दिने साँचाहरू धारण गर्छ; र लेवीका पुत्रहरूले धार्मिकतामा परमप्रभुलाई पुनः भेटी अर्पण नगर्दासम्म यो पुनः कहिल्यै पृथ्वीबाट लगिने छैन ।

७० उनले भने कि यो हारुनको पादरित्वमा पवित्र आत्माको उपहारका लागि हातहरू राख्ने शक्ति थिएन तर कि यो हामीलाई यस पश्चात प्रदान गरिने छ; र उनले हामीलाई गएर बप्तिस्मा लिने आज्ञा दिए र हामीलाई निर्देशन दिए कि मैले ओलिवर काउड्रीलाई बप्तिस्मा दिनु पर्छ र पछि उनले मलाई बप्तिस्मा दिनु पर्छ ।

७१ सोहीअनुसार हामी गयौँ र बप्तिस्मा लियौँ । सर्वप्रथम मैले उनलाई बप्तिस्मा दिएँ र पछि उनले मलाई बप्तिस्मा दिए—त्यस पछि मैले उनको शिरमाथि मेरा हातहरू राखेँ र उनलाई हारुनको पादरित्वमा नियुक्त गरेँ र त्यसपछि उनले मेरो शिर माथि उनका हातहरू राखे र मलाई सोही पादरित्वमा नियुक्त गरे—किनकि हामीलाई यही आज्ञा*दिइएको थियो ।

७२ यस अवसरमा हामीलाई भेट्न र पादरित्व प्रदान गर्न आएका यी सन्देशवाहकले भने कि उनको नाम यूहन्ना हो, सोही यूहन्ना जसलाई नयाँ करारमा बप्तिस्मा दिने यूहन्ना भनिन्छ र उनले पत्रुस, याकूब र यूहन्नाको निर्देशनमा कार्य गरे जसले मल्कीसेदेक पादरित्वका साँचोहरू धराण गरेका छन्, उनले भने, जुन पादरित्व, त्यसको समय आए पछि हामीलाई प्रदान गरिने छ र मलाई चर्चको प्रथम एल्डर र उनी (ओलिवर काउड्री)लाई दोस्रो एल्डर भनिने छ । यो मे, १८२९ को पन्ध्रौँ दिन थियो, कि हामी यी सन्देशवाहकको हातबाट नियुक्त भएका थियौँ र बप्तिस्मा लिएका थियौँ ।

७३ हामीले बप्तिस्मा लिइसकेर पानीबाट बाहिर आएको लगत्तै पछि, स्वर्गका हाम्रा पिताबाट हामीले महान् र महिमित आशीर्वादहरूको अनुभव गर्यौँ । मैले ओलिवर काउड्रीलाई बप्तिस्मा दिए लगत्तै, पवित्र आत्मा उनीमा आयो र उनी खडा भए र धेरै बिषयहरूको अगमवाणी गरे जुन छिट्टै हुन आउने छन् । अनि पुनः, उनीद्वारा मलाई बप्तिस्मा दिइए लगत्तै, मैले पनि अगमवाणीको आत्मा प्राप्त गरेँ, त्यसपछि, खडा भएर, मैले यस चर्चको उदय र चर्चसँग र मानिसहरूका छोराछोरीहरूका यस सन्ततिसँग सम्बन्धित धेरै विषयहरूका सम्बन्धमा अगमवाणी गरेँ । हामी पवित्र आत्माले भरिपूर्ण भयौँ र हाम्रो मुक्तिका परमेश्वरमा आनन्दित भयौँ ।

७४ अब हाम्रा मस्तिष्कहरूमा ज्ञान प्रदान गरिएकाले हामीलाई धर्मशास्त्रहरू स्पष्ट पारिएको थियो र तिनीहरूका थप अस्पष्ट खण्डहरूको वास्तविक अर्थ र अभिप्राय हामीलाई यसरी प्रकट गरियो जुन हामीले यसपूर्व कहिल्यै पनि प्राप्त गर्न सकेका थिएनौँ, न त यसपूर्व कहिल्यै सोचेका नै थियौँ । त्यही समयमा वरपरका क्षेत्रमा यसपूर्व नै प्रकट भइसकेको सतावटको मनोवृत्तिका कारण, हामीले पादरित्व प्राप्त गरेको र हामीले बप्तिस्मा लिएको परिस्थितिलाई गोप्य राख्न बाध्य भयौँ ।

७५ हामीलाई समय-समयमा भीडद्वारा आक्रमण गर्ने धम्की दिइएको थियो, अनि त्यो पनि, धर्मका विश्वासीहरूद्वारा । अनि हामीलाई आक्रमण गर्ने तिनीहरूको लक्ष्य केवल मेरी श्रीमतीका पिताका परिवारका (दैवी प्रभाव अन्तर्गत) का कार्यमा केन्द्रित थिए, जो मरा लागि अति नै मिलनसार थिए र जो भीडका विरुद्धमा थिए र अनुवादको कार्यलाई कुनै पनि अवरोध बिना निरन्तरता दिन मलाई अनुमति दिइनु पर्छ भन्ने चाहना राख्थे; र त्यसकारण तिनीहरू सक्षम हुँदा सम्म हामीलाई सबै गैरकानुनी कार्यहरूबाट सुरक्षा दिने प्रतिज्ञा गरे ।

  • ओलिवर काउड्रीले यी घटनाहरूलाई यसरी वर्णन गर्नुहुन्छ: “स्वर्गको प्रेरणाद्वारा निर्देशित यी वाणीको ध्वानिमुनि रहने यस अन्तरह्रदयको परम कृतज्ञता जगाउने—कहिल्यै बिर्सन नसकिने दिनहरू थिए! मैले दिनदिनै उहाँको मुखबाट बोलिएका विषय लेख्न निर्बाध रूपमा निरन्तरता दिएँ, जसरी उहाँले ऊरीम र तुम्मीमसँग अनुवाद गर्नुभयो वा, नफीहरूले भनेका हुन सक्थे, ‘दोभासेहरू,’ इतिहास वा अभिलेख भनिने ‘मोर्मोनको पुस्तक’ ।

    “सूचनाका लागि, यहाँ सम्म कि केही शब्दमा, मोर्मोन र उहाँका आस्थावान् छोरा, मोरोनीले, कुनै समयका स्वर्गका प्रिय र कृपापात्र जनहरूका सम्बन्धमा दिइएको रोचक विवरणले, मेरो वर्तमानको डिजाइनलाई प्रतिस्थापन गर्ने छ; त्यसकारण मैले यसलाई भविष्यका लागि स्थगित गर्दै छु अनि मैले परिचय खण्डमा बताए जस्तै, यस चर्चको उदय सँग तत्कालै जोडिएका केही घटनाहरूलाई प्रत्यक्ष रूपमा अगाडि बढ्ने केही हजार कट्टरपन्थीहरू र कपटीहरूको मिथ्‍यापवादमा रहने र ख्रीष्टको सुसमाचारलाई आत्मसात गर्नेहरूका लागि रोचक मार्ग हुन सक्छ ।

    “विशेष गरी भ्रष्टाचारले सबै स्वरुपहरू र अभ्यासहरूमा अनिश्चितता फैलाएको अवस्थामा मानिसहरूले उहाँको चर्चलाई कसरी निर्माण गर्नु पर्छ भनेर मुक्तिदाताको मुखारविन्दबाट नफीहरूलाई दिइएका, मानिसहरूका माझमा अभ्यास गरिएका, आर्द्रतायुक्त चिहानमा दफनाइएर येशू ख्रीष्टको पुनरुत्थानद्वारा सही विवेकमा उत्तर दिने कुनै सुअवसरको चाहना बिना हृदयको चाहना प्रकट गर्ने निर्देशनहरू कुनै पनि मानिसले, तिनीहरूको उद्वेग रहित चेतनामा, अनुवाद गर्न र लेख्न सकेनन् ।

    “याकूबका सन्ततिहरूका अवशेषलाई मुक्तिदाताको सेवाको विवरण लेखे पछि, यस महाद्वीपमा अगमवक्ताले भने जस्तै यो देख्न सहज थियो, कि अन्धकारले पृथ्वीलाई ढाकेको थियो र घोर अन्धकारले मानिसहरूको मस्तिष्कहरूलाई ढाकेको थियो । थप चिन्तन गर्दा सजलै यो प्रतिबिम्बित हुन्थ्यो कि धर्मका सम्बन्धमा भएका महान् द्वेष र कोलाहलका क्रममा, सुसमाचारका विधिहरू सञ्चालन गर्ने अधिकार कसै सँग पनि थिएन । किनकि यो प्रश्न सोध्न सकिन्छ, ख्रीष्टको नाममा प्रशासन गर्ने अधिकार मानिसहरूलाई दिइएको छ, जसले प्रकाशहरूलाई अस्वीकार गर्छन्, जुन उहाँको अगमवाणीको आत्मा भन्दा कम छैन र उहाँको धर्ममा आधारित, तत्कालका प्रकाशहरूद्वारा निर्माण र समर्थन गरिएका, कुनै पनि समयका संसारका सबै युगहरू जब पृथ्वीमा उहाँका मानिसहरू थिए । यदि यी तथ्यहरूलाई दफनाइएको हुन्थ्यो र मानिसहरूद्वारा सावधानीपूर्वक लुकाइएको हुन्थ्यो जसको शिल्प खतरामा परेको हुन्थ्यो यदि एक पटक मानिसहरूको अनुहारमा चम्कन अनुमति दिइन्थ्यो भने, तिनीहरू अब हामीहरूका लागि थिएनन्; र हामीले ‘उठ र बप्तिस्मा लिय’ भन्ने आज्ञाका लागि मात्रै प्रतिक्षा गर्यौँ ।

    “यो महसुस गरिनुपूर्व यो धेरै लामो समय देखि चाहना गरिएको थिएन । परमप्रभु, जो कृपामा धनी हुनुहुन्छ र विनम्रहरूको निरन्तर प्रार्थनाको उत्तर दिनका लागि सदैव इच्छुक हुनुहुन्छ, हामीले उहाँलाई अति नै उत्साह सहित मानिसहरूको निवासस्थानहरूबाट टाढा राखेर पुकार गरे पछि उहाँको चाहना प्रकट गर्नका लागि उहाँ अनुग्रहशील हुनुभयो । अचानक, अनन्तकालको बीचबाट जस्तै, उद्धारकर्ताको वाणीले हामीलाई शान्तिको घोषणा गर्यो, जब पर्दालाई पृथक गरियो र परमेश्वरका दूत महिमाको वस्त्र पहिरिएर तल आउनुभयो र उत्सुकतासाथ सन्देश र पश्चात्तापको सुसमाचारका साँचाहरू खोजिरहेकाहरूलाई सुम्पनुभयो । कस्तो प्रसन्नता! कस्तो आश्चर्य! कस्तो अचम्म ! जब संसार तीब्र रूपमा सताइएको र विक्षिप्त भएको थियो—जब लाखौँ मानिसहरू प्रकाश या मार्गका रूपमा कुनै द्वार नरहे जस्तै गरी रूमल्लिरहेका थिए अनि जब सबै मानिसहरू अनिश्चिततामा आराम गरिरहेका थिए, सामान्य जनहरूका रूपमा, हाम्रा आँखाले हेरे, हाम्रा कानले ‘दिनको चमक’ जस्तै सुनेका थिए; हो, थप—मेको सूर्यको किरणको चमक भन्दा पनि माथि, जसले प्रकृतिको मुहारमा आफ्नो चमक फैलाउँछ! त्यसपछि कोमल भए तापनि, उहाँको वाणीले केन्द्रमा छेड्यो र ‘म तिम्रो सह-सेवक हुँ,’ भन्ने उहाँका शब्दहरूले सबै भय दूर गराए । हामीले सुन्यौँ, हामीले हेर्यौं, हामीले प्रशंसा गर्यौं! ‘महिमाबाट आएका स्वर्गदूतको वाणी थियो,’ सर्वोच्चबाट आएको सन्देश थियो! अनि जब उहाँको प्रेमले हाम्रो आत्मालाई प्रज्वलित तुल्यायो, हामीले सुन्दा हामी हर्षित भयौँ, र हामी सर्वशक्तिमानको दर्शनमा समेटियौँ! शङ्का गर्ने स्थान कहाँ थियो र? कहीँ केही थिएन; अनिश्चितता भागेको थियो, पुनः नउठ्ने गरी शङ्का डुबेको थियो, जबकि कल्पना र छलकपट सदाका लागि भागेको थियो!

    “परन्तु, प्रिय दाजुभाइहरू, एक क्षणका लागि, थप सोच्नुहोस्, उहाँले ‘मेरा सह-सेवकहरू, म मसीहका नाममा, म यो पदारित्व र यो अधिकार प्रदान गर्छु, जुन पृथ्वीमा रहने छ, ताकि लेवीका सन्ततिहरूले अझै पनि धार्मिकतामा परमप्रभुलाई भेटी अर्पण गर्न सक्छन् भन्नुहुँदै आफ्ना बाहु मुनि हामीले पवित्र पदारित्व प्राप्त गर्दा (यस्तो आशीर्वादका लागि कसले घुँडा टेकेर झुकेको थिएन?) हाम्रो हृदय कस्तो प्रसन्नताले भरियो र हामी कस्तो आश्चर्यमा झुक्यौँ होला!’

    “म तपाईंहरूलाई यस हृदयका भावनाहरू, न त यस अवसरमा हामीलाई चारै तर्फबाट घेरिएको तेजस्वी सौन्दर्य र महिमाको चित्रण गर्ने प्रयास गर्ने छैन; तर मैले बताउँदा तपाईंहरूले मलाई विश्वास गर्नुहुने छ, न त पृथ्वी, न त मनुष्यले नै, समयको वाक्पटुता सहित, यी पवित्र व्यक्तित्व जस्तै भाषालाई रोचक र उत्कृष्ट रूपमा प्रस्तुत गर्न सक्दैनन् । होइन; न त यस पृथ्वी सँग प्रसन्नता दिने, शान्ति प्रदान गर्ने वा पवित्र आत्माको शक्तिद्वारा प्रदान गरिएका प्रत्येक वाक्यमा समावेश भएको ज्ञानलाई बुझ्ने शक्ति छैन! केवल कल्पनाले मात्रै भरणपोषण गर्दा सम्म मानिसले आफ्ना मित्रहरूलाई धोका दिन सक्छ, छलले छलको अनुशरण गर्न सक्छ र पतीतका छोराछोरीहरूमा मूर्ख र अशिक्षितहरूलाई प्रलोभन दिने शक्ति हुन सक्छ र झूटको फलले आफ्नो समसामयिक परिभ्रमण चिहान सम्म पुर्याउँछ; परन्तु उहाँको प्रेमको औँलाको एक स्पर्शले, हो, सर्वोच्चबाट महिमाको एक किरणले वा मुक्तिदाताको मुखारविन्दबाट, अनन्तताको अन्तरहृदयबाट, यी सबैलाई महत्वहीन तुल्याउँछ र मस्तिष्कबाट सदाका लागि मेटाइदिन्छ । हामी स्वर्गदूतको उपस्थितिमा थियौँ भन्ने आश्वासन, हामीले येशूको वाणी सुन्यौँ भन्ने सुनिश्चितता र परमेश्वरका चाहनाद्वारा निर्देशित विशुद्ध व्यक्तित्वबाट प्रवाहित भएको सत्य मेरा लागि पवित्र विगतको विवरण हो र म मलाई विलम्व गर्न अनुमति दिइँदासम्म यो मुक्तिदाताको असलपनाको अभिव्यक्तिलाई पूर्णता वास गर्ने र पाप कहिल्यै नआउने ती महलहरूमा आश्चर्य र धन्यवाद सहित हेर्ने छु; म त्यो दिनमा आराधना गर्ने अपेक्षा गर्छु जुन कहिल्यै समाप्त हुने छैन ।”—Messenger and Advocate [सन्देशवाहक र अधिवक्ता], खण्ड १ (अक्टोबर १८३४), पृष्ठ १४–१६ ।