साधारण सम्मेलन
परमप्रभुद्वारा अत्यन्तै मन पराइएको
अक्टोवर 2020 साधारण सम्मेलन


14:7

परमप्रभुद्वारा अत्यन्तै मन पराइएको

दु: ख र निराशाका समयहरुले परमप्रभुको नजरलाई बदल्न सक्दैन किनकि उहाँले हाम्रो पक्षमा हेर्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ।

धेरै बर्ष अगि एक दिन, युवा सुसमाचार प्रचारकका रुपमा जापानको अमामी ओशिमा मा परिश्रम गर्दैगर्दा, मेरा सहकर्मी र म अध्यक्ष स्पेनसर डब्लु किम्बल एशिया भ्रमणमा आउँदै हुनुहुन्छ र सबै सदस्यहरु र सुसमाचार प्रचारकहरुलाई एक क्षेत्रीय सम्मेलनमा अगमबक्तालाई सुन्न टोक्यो निमन्त्रणा गरिएको छ भन्ने कुराले उन्माद भयौं । शाखाका सदस्यहरू सहित पूर्वी चीन सागर हुँदै १२ घण्टाको डुङ्गा यात्रा पछि जापानको मुख्यभूमि, त्यसपछि टोकियो सम्म १५-घण्टाको ट्रेन सवारीका यात्राका लागि मेरो साथी र मैले उत्साहित हुँदै सम्मेलनका लागि योजनाहरू बनाउन शुरू गर्यौं। दुर्भाग्यवस, तथापि, यो नहुनेभयो। हामीले हाम्रा सुसमाचार प्रचार अध्यक्षबाट सन्देश पायौँ कि मेरो साथी र म, दुरी र समयका कारण टोकियोमा हुने सम्मेलनमा भाग लिन पाउने छैनौं।

एल्डर स्टिभनसन र उहाँका सहकर्मी

हाम्रो सानो शाखाका सदस्यहरूले टोकियोका लागि यात्रा गर्दा हामी जान पाएनौँ। त्यस पछिका दिनहरू शान्त र खाली महसुस भयो। जापानका पछिल्ला दिनका सन्तहरू र सुसमाचार प्रचारकहरू उक्त सम्मेलनमा उपस्थित हुँदा हामी एक्लै सानो सभागृहमा प्रभुभोज सभा आयोजना गरेका थियौँ ।

एशिया क्षेत्रीय सम्मेलन

केहि दिनपछि सम्मेलनबाट फर्केका शाखाका सदस्यहरूबाट अध्यक्ष किमबलले टोकियोमा एउटा मन्दिर निर्माण गर्ने घोषणा गर्नुभयो भन्ने कुरा खुशीकासाथ सुनेपछि मेरो व्यक्तिगत निराशाको भाव वृद्धि भयो। उनीहरूले आफ्नो सपना पुरा भएको कुरा उत्साहका साथ बाँढे। उहाँहरूले वर्णन गर्नुभयो कि कसरी, मन्दिरको घोषणा सुन्नेबित्तिकै सदस्यहरू र सुसमाचार प्रचारकहले आफ्नो खुशीलाई काबुमा राख्न सकेनन् र तिनीहरूले स्वत तालीको वर्षा गरे।

अध्यक्ष किम्बलले टोक्योमा एउटा मन्दिरको घोषणा गर्दै

वर्षौं बितिसक्यो, तरपनि मैले त्यो ऐतिहासिक सभा गुमाएका कारण महसुस गरेको निराशालाई म अझै सम्झन सक्छु।

हालसालैका महिनाहरूमा मैले यो अनुभवका बारेमा चिन्तन गरेको छु जब अरुले विश्वव्यापी कोभिड-१९ को महामारीले ल्याएको, युवा सुसमाचार प्रचारकका रुपमा मेरो भन्दा महान् रअति नै गहिरो, निराशाको सामना गरेको देखें ।

यस वर्षको सुरूमा, महामारीको गति बढ्दै जाँदा, प्रथम अध्यक्षताले प्रतिज्ञा गर्नुभयो कि “चर्च र यसका सदस्यहरूले इमान्दार भई असल नागरि र असल छिमेकी ”भएको प्रतिवद्धता प्रदर्शन गर्नुहुनेछ र “भरपुर होशियार हुनेछन्।” तसर्थ, हामीले विश्वभरीका चर्च भेलाहरूको स्थगन, आधा भन्दा बढी चर्चका सुसमाचार प्रचारकहरूको शक्ति उनीहरूका देशहरूमा फर्केको र चर्चभरीका सबै मन्दिरहरू बन्द भएको अनुभव गरेका छौं। तपाईंहरू मध्ये हजारौंले मन्दिरमा बाँधिने लगायतका मन्दिरका जीवित विधिहरूका लागि मन्दिर प्रवेश गर्न तयारी गर्दै हुनुहुन्थ्यो। तपाईंहरू मध्ये अन्यले सुसमाचार प्रचारकहरूका रुपमा तपाईंको सेवा चाँडै पूरा गर्नुभयो वा अस्थायी रुपमा रिहा गरियो र पुनः नियुक्त गरियो।

कोभिटका कारण सुसमाचार प्रचारकहरु फर्कदै

यस समयमा, सरकार र शैक्षिक अगुवाहरूले स्कूलहरू बन्द गरे — जसको परिणाम स्वरूप स्नातकका कार्यक्रमहरु हेरफेर भए, खेलकूद, सामाजिक अनि स्कूलका अन्य गतिविधिहरू र क्रियाकालपहरू रद्द गर्न बाध्य पर्यो। तपाईंहरू मध्ये धेरैले सहभागी नभएका कार्यक्रमहरु , नसुनिएका प्रदर्शनहरु, सहभागी हुन नपाएका गतिविधिहरू र प्रतियोगिता वा नखेलिएका एथलेटिक खेलहरुका लागि तैयार गर्नुभएको थियो ।

अझैँ बढी मार्मिक त ती परिवारहरुका बारेमा सोच्दा हुन्छ जसले यस समयमा प्रियजनहरू गुमाएका छन्; उनीहरूले आशा गरे अनुरुप धेरैले अन्त्येष्टि वा अन्य महत्वपूर्ण भेला गर्न पाएनन् ।

छोटकरीमा, तपाईंहरू मध्ये अधिकांशले हृदयविदारक निराशा, शोक र निरुत्साहको सामना गर्नुभएको छ। त्यसोभए चीजहरू विच्छेद भएका जस्ता देखिँदा हामीले कसरी चङ्गाइ प्राप्त गर्छौं, अनन्त सम्म सहन्छौँ र अगाडि बढ्छौँ ?

उहाँ वयस्क हुँदा अगमवक्ता नफीले साना प्लेटहरूमा खोप्न थाल्नुभयो। जब उहाँले आफ्नो जीवन र सेवालाई पुनरावलोकन गर्नुभयो, उहाँले मोर्मोनको पुस्तकको सुरुको पहिलो पदमा नै एउटा महत्त्वपूर्ण प्रतिबिम्ब प्रस्तुत गर्नुभयो। यस पदले हाम्रो समयमा विचार गर्नका लागि एक महत्त्वपूर्ण सिद्धान्त उधृत गर्दछ। उहाँका परिचत शब्दहरु अनुशरण गर्दा, “म, नफि, असल आमाबाबुबाट जन्मेको थिए … ,”अनि उहाँ लेख्नुहुन्छ, “तर मेरो जीवनकालमा धेरै कष्टहरू देखेपनि, यद्यपि मेरो जीवनकालमा परमप्रभुद्वारा अत्यन्तै मन पराइएको छु।”

मोर्मोनको पुस्तकको विद्यार्थीको रुपमा, हामी नफीले उल्लेख गर्नुभएका धेरै कष्टहरूसँग परिचित छौं । यद्यपि आफ्नो जीवनकालमा उनले भोगेका दु:खहरू स्वीकार गरेपछि, नफिले उनको जीवनकालमा परमप्रभुद्वारा अत्यन्तै मन पराइएको हुनुको सुसमाचारको दृष्टिकोण दिन्छन् । दु:ख र निराशाका समयहरुले परमप्रभुको नजरलाई बदल्न सक्दैन किनकि उहाँले हाम्रो पक्षमा हेर्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ।

भर्चुअल सुसमाचार प्रचार क्षेत्र मीटिंग
एल्डर र सिस्टर स्टिभनसनसँग भर्चुअल सुसमाचार प्रचार क्षेत्र मीटिंग
एल्डर र सिस्टर स्टिभनसनसँग भर्चुअल सुसमाचार प्रचार क्षेत्र मीटिंग

हालसालै लेसा र मैले अस्ट्रेलियामा करीब ६०० सुसमाचार प्रचारकहरूसँग भर्चुअल भेट गर्यौं, जसमध्ये धेरै जसो कोभिड-१९ सँग सम्बन्धित केही निषेध वा प्रतिबन्ध अन्तर्गत थिए, धेरैले उनीहरूको अपार्टमेन्टबाट काम गरिरहेका थिए। सँगै हामी नयाँ करार,मोर्मोनको पुस्तक अनि सिद्धान्त र करारका व्यक्तिहरूलाई विचार गरौँ जसलाई परमप्रभुले कठिनाइमा महानता हासिल गर्न आशीष दिनुभयो। उनीहरूले आफ्नो निषेध र प्रतिबन्धको समयमा के गर्न सकेनन् भन्ने कुराले भन्दा पनि उनीहरूले परमप्रभुको सहयोगमा के गर्न सक्षम थिए भन्ने कुराले अझ बढी परिभाषित थिए।

हामी स्टोक्समा जेलमा कैद गरिएको बेला प्रार्थना, गीत, शिक्षण, गवाही दिने र जेलरलाई बप्तिस्मा दिने पावल र सिलासका बारेमा पढ्यौं।

अनि फेरी पावलका बारेमा, जो रोममा दुई वर्ष नजरबन्दमा थिए र यसै बेला उनले निरन्तर “परमेश्वरको राज्यको व्याख्या गर्दै र गवाही दिँदै” “परमप्रभु येशू ख्रीष्टसंग सम्भन्धित विषयहरूलाई सिकाए। “

नफी र लही, हेलामनका छोराहरू को, जसले दुर्व्यवहार र कारावासपछि सुरक्षाको आगोले घेरिएका थिए जब परमप्रभुको “स्थिर सानो आवाजले … … [तिनीहरूका अपहरणकारीहरूको] अन्तर आत्मामा छेदन गरेको थियो।”

अम्मोनीहमा अल्मा र अमुलेकको बारेमा, जसले तिनीहरूलाई खाना, पानी, वा कपडा बिना जेलमा खिल्ली उँडाउने, बाँधिने र सीमित बनाइँदा पनि यो पाए कि धेरैले “विश्वास गरे… र पश्चाताप गर्न अनि धर्मशास्त्र खोजी गर्न थाले।

जोसेफ स्मिथ लिबर्टी जेलमा

अनि अन्त्यमा जोसेफ स्मिथका बारेमा, जो लिबर्टी जेलमा पीडा भोग्दैगर्दा, एक्लै छोडिएको र त्यागिएको महसुस गरे, त्यसपछि परमप्रभुका शब्दहरु सुने , “यी चीजहरू …तिम्रो हीतका लागि हुनेछन्”१० र “ परमेश्वर सदाका लागि तिमीसँग हुनुहुन्छ।”११

यि सबैले नफिलाई थाहा भएको कुरा बुझे: किनकि उनीहरूले आफ्नो जीवनकालमा धेरै कष्टहरू देखेका थिए, तैपनि उनीहरूलाई परमप्रभुद्वारा अत्यन्तै मन पराइएको थियो ।

विगतका धेरै महिनाहरूमा हामीले सामना गरिरहेका चुनौतीपूर्ण समयमा परमप्रभुको अनुमोदन पाएका कुरामा व्यक्तिगत सदस्यहरूका रुपमा र चर्चका रुपमा हामी पनि समानन्तर बन्न सक्छौं । म यी उदाहरणहरू प्रस्तुत गर्दैगर्दा, तिनीहरूले हाम्रा जीवित अगमवक्ता द्रष्टा हुनुहुन्छ भन्ने तपाईंको गवाहीलाई अझ सुदृढ पार्न दिनुहोस्, जसले हामीलाई सङ्केत दिएर महामारी अगाडि नै चुनौतिहरूको सामना गर्न सक्षम बनाउँदै समायोजनका लागि तयार पार्नुभयो।

पहिलो, बढी घर केन्द्रित र चर्च समर्थित हुने।

दुई वर्ष अघि अध्यक्ष रसल एम्. नेल्सनले भन्नुभयो: “हामीले ‘चर्च’ लाई सभागृहहरूमा हुने कुरा भन्ने सोच्न अभ्यस्त भएका छौं जसलाई घरमा हुने कुराले समर्थन गर्दछ। हामीले यो ढाचालाई समायोजन गर्नुपर्छ । … हाम्रा भवनहरु भित्र हुने कुराहरुले समर्थन गर्दै, एक घर-केन्द्रित चर्च।”१२ कस्तो भविष्यसूचक समायोजन! सभागृहहरूलाई अस्थायी रुपमा बन्द गरिएको अवस्थामा गृह-केन्द्रित सुसमाचारको अध्ययनलाई अभ्यासमा राखिएको छ। जब संसार सामान्य हुन थाल्छ र हामी सभागृहहरुमा फर्कन्छौं, हामीले महामारीका क्रममा विकसित गरेको घर-केन्द्रित सुसमाचार अध्ययन र शिक्षालाई कायम राख्न चाहन्छौं।

परमप्रभुद्वारा अत्यन्तै मन पराइनुको दोस्रो उदाहरण भनेको उच्च र पवित्र तरिकाले सेवा गर्ने सम्बन्धमा प्रकाश हो ।

सेवा गर्ने

२०१८ मा अध्यक्ष नेल्सनले “हामी एक अर्कालाई हेरचाह गर्ने तरिकामा” समायोजन सहित सेवा गर्ने तरिका प्रस्तुत गर्नुभयो।१३ महामारीले सेवा गर्ने हाम्रो सीपलाई अझ धेरै तिखार्न असंख्य अवसरहरू ल्याएको छ। सेवा गर्ने दाजुभाइ तथा दिदीबहिनीहरू, युवती महिलाहरू र युवा पुरुषहरू, अनि अन्यहरूले आवश्यक परेकाहरूलाई आशिषित गर्न सम्पर्क, कुराकानी, यार्ड हेरचाह, खाना, टेक्नोलोजी मार्फत सन्देशहरू, र प्रभुभॊजको विधि प्रदान गरेका छन्। यस महामारीका क्रममा खाद्य पदार्थ बैंक, बेघर आश्रयस्थलहरू, र आप्रवासी समर्थन केन्द्रहरूमा वस्तुहरूको अभूतपूर्व वितरणको साथसाथै विश्वको सबैभन्दा भोकमरी परिस्थितिलाई निर्देशित परियोजनाहरू सहित चर्च आफैले पनि अरूलाई सेवा गर्दै आएको छ । राहत समाजका दिदीबहिनीहरू र तिनीहरूका परिवारहरूले स्वास्थ्यकर्मीहरूका लागि लाखौं मास्क बनाउने चुनौतीलाई स्वीकार गरे।

मानवीय परियोजनाहरु
माक्स बनाउने

कठिनाइको समयमा आशीष‌ पाउनुको अन्तिम उदाहरण- मन्दिरका विधिहरूको फिर्तीमा तीव्र आनन्द पाउन हो ।

सिस्टर कैटलिन पाल्मर

यसलाई कथासँगै उत्तम रुपमा वर्णन गरिएको छ। गत अप्रिलमा बहिनी क्याटलिन पाल्मरले उनको सुसमाचार प्रचार बोलावट प्राप्त गरेपछि उनी सुसमाचार प्रचारक भनेर चिनिएकोमा उत्साहित भएकी थिइन तर उनलाई अभिदान लिन र पवित्र वाचा गर्न मन्दिर जानु उत्तिकै बढी महत्वपूर्ण र विशेष लाग्यो। उनले आफ्नो अभिदानको तालिका बनाइसकेको केही समय पछि नै विश्वव्यापी महामारीको कारण सबै मन्दिरहरू अस्थायी रूपमा बन्द हुनेछ भनेर घोषणा आयो। यो हृदयविदारक जानकारी प्राप्त गरिसकेपछि, उनले आफ्नो घरबाट भर्चुवल रुपमा एमटीसीमा सहभागी हुने छिन् भन्ने जानकारी प्राप्त गरिन्। यी निराशाहरूका बाबजुद पनि, क्याटलिनले उनको हौसला बढाउने कुरामा ध्यान दिइन्।

सिस्टर कैटलिन पाल्मर र  घर एमटिसि

विगतका महिनाहरूमा बहिनी पाल्मरले मन्दिरमा जाने आशा कहिल्यै गुमाइनन्। उनको प्रस्थान हुनु अघि मन्दिरहरू खोलिऊन् भनेर उनको परिवारले उपवास बसे र प्रार्थना गर्यो । क्याटलिनले प्रायः उनको घरमा हुने एमटीसीको बिहानलाई यसो भन्दै सुरू गर्थिन्, “के आज त्यो दिन हो जुन दिन हामीले चमत्कार पाउँछौँ र मन्दिरहरू पून: खोलिनेछ?”

१० अगष्टमा, प्रथम अध्यक्षताले घोषणा गरे कि क्याटलिनको मन्दिर त्यही दिन जीवित विधिहरूका लागि पून: खोलिनेछ जुन दिन उनी सुसमाचार क्षेत्रमा जान बिहान सबेरैका लागि उडान निर्धारित गरिएको थियो। उनी मन्दिरमा सहभागी भइ र उडान गर्न सक्ने हुने थिइनन्। सफलताका लागि थोरै आशा राख्दै, उनीहरूले प्रार्थना गरिरहेको चमत्कार साकार हुने कुनै मार्ग छ कि भनेर बुझ्नका लागि उनको परिवारले मन्दिरका अध्यक्ष माइकल वेलिंगालाई सम्पर्क गरे । तिनीहरूको उपवास र प्रार्थनाहरूको उत्तर आयो!

पाल्मर परिवार मन्दिरमा

बिहान २:०० बजे, उनको प्रस्थान उडान हुनु भन्दा केही घण्टा अघि, आँशुमा बहिनी पाल्मर र उनको परिवारलाई मुस्कान सहित मन्दिरका अध्यक्षले मन्दिरको ढोकामा स्वागत गरे, “शुभ प्रभात, पाल्मर परिवार, मन्दिरमा स्वागत छ!” मन्दिरमा स्वागत छ!” जब उनले आफ्नो अभिदान पूरा गरिन्, उनीहरूलाई छिटो जानका लागि प्रोत्साहित गरियो किनकि अर्को परिवार ढोकामा कुरिरहेको थियो। उनको सुसमाचार प्रचार क्षेत्र तर्फ उडानलाई समयमा नै भ्कायाउने गरि उनीहरु सिधै एयरपोर्टमा गए।

सिस्टर पाल्मर एरपोर्टमा

संसारभरका मन्दिरहरू चरणवद्ध रुपमा पून: खोलिँदा हामीले धेरै महिनासम्म पूरा गर्न नपाएका मन्दिरका विधिहरू पहिला कल्पना गरेका भन्दा रोमान्चक देखिन्छन् ।

मैले समापन गर्ने तयारी गर्दैगर्दा, कृपया अगमवक्ता जोसेफ स्मिथका प्रोत्साहन, उत्साहजनक, उत्थानयुक्त शब्दहरु सुन्नुहोस्। उहाँले विवश र नभूमा प्रतिबन्धित, कष्ट र नितान्त पीडा, एक्लोपनामा गैरकानुनी रुपमा पक्राऊ गर्न खोज्नेहरुबाट लुक्दै लेख्नुभएको थियो भनेर कसैले पनि अनुमान गर्न सक्दैन।

अब, हामीले प्राप्त गरेको सुसमाचारमा हामी के सुन्दछौं? खुशीको आवाज! स्वर्गबाट करुणाको आवाज; अनि पृथ्वीबाट सत्यको आवाज। मृत मानिसहरूलाई शुभ समाचार! जीवित र मृतहरूका लागि खुशीको आवाज; ठूलो खुशीको शुभ समाचार। …

“ … के हामी यति माहान उदेश्यका लागि नजाने ? अगाडि जानुहोस् र पछाडि होइन। साहस … अनि, र अगाडी जीत सम्म! तपाईंको हृदय आनन्दित र अत्यन्तै खुशी होओस्। पृथ्वीलाई गाउदै अगाडी बढ्न दिनुहोस्।”१४

दाजुभाइ तथा दिदीबहिनीहहरू, म विश्वास गर्दछु कि एकदिन तपाईंहरू सबैले महामारीका कारण रद्द गरिएका कार्यक्रमहरु र दु:ख, निराशा, र एक्लोपनालाई फर्केर हेर्नुहुनेछ र यसलाई आशीर्वाद र वृद्धि भएको विश्वास अनि गवाहीले त्यो ओझेलमा परेको देख्नुहुनेछ। म विश्वास गर्दछु कि यस जीवनमा र आगामी जीवनमा तपाईंका कष्टहरू, तपाईंका अम्मोनिहा, तपाईंको लिबर्टी जेल, तपाईंको लाभका लागि पवित्र पारिनेछन्।15 म प्रार्थना गर्दछु कि नफिसँगै, हामी हाम्रो जीवनकालमा भएका दु: खहरूलाई स्वीकार गर्न सक्नेछौँ र साथसाथै हामी परमप्रभुको उच्च अनुग्रहमा छौँ भनेर मान्नेछौँ।

म येशू ख्रीष्टको मेरो गवाहीसँगै अन्त्य गर्दछु, जो आफैं कुनै पीडाबाट अपरिचित हुनुहुन्थिएन र उहाँको असीम प्रायश्चितको एक भागका रुपमा सबै थोकबाट तल झर्नुभयो।१६ उहाँले हाम्रा शोक, पीडा, र निराशा बुझ्नुहुन्छ। उहाँ हाम्रो मुक्तिदाता, हाम्रो उद्धारकर्ता, हाम्रो आशा, हाम्रो सान्त्वना र हाम्रो उद्धारकर्ता हुनुहुन्छ। म यसको गवाही उहाँको पवित्र नाम, येशू ख्रीष्ट, मा दिन्छु, आमीन।