परमप्रभुको प्रतिक्षामा
आस्थाको अर्थ राम्रो र खराब समयमा परमेश्वरमाथि भरोसा गर्नु हो, हुनसक्छ यसमा केही कष्टहरू समावेश हुन्छन्, जबसम्म हामीले उहाँका बाहुहरू हाम्रो पक्षमा उठेका देख्दैनौँ।
मेरा प्यारा दाजुभाई र दिदीबहिनीहरू, हामी सबै उत्सुक छौं—म भन्दा अरू को हुन सक्छ—हाम्रा प्रिय अगमवक्ता, अध्यक्ष रसल एम. नेल्सनको समापन टिप्पणी सुन्न। यो एक अद्भुत सम्मेलन भएको छ, तर यो दोस्रो पटक हो कि कोभिड महामारीले हाम्रो परम्परागत कार्यवाहीमा परिवर्तन ल्याएको छ। हामी यस संक्रमणबाट धेरै थकित छौँ, हामीलाई कपाल उखालौं जस्तो लाग्छ। स्पष्टतया, मेरा केही दाजुभाइहरूले पहिल्यै त्यो कार्य गरिसकेका छन्। कृपया कुनै पनि तरिकाले प्रभावित बनेका, विशेष गरी आफ्ना प्रियजनहरू गुमाउनेहरूका लागि हामीले निरन्तर रुपमा प्रार्थना गर्दछौँ भनेर बुझ्नुहोस्। सबैजना सहमत हुनुहुन्छ कि यो धेरै भयो, अति नै लामो भयो।
हामीमाथि आइपर्ने कठिनाइहरूबाट राहत प्राप्त गर्न हामी कतिन्जेल कुर्ने ? जब हामी प्रतिक्षारत रहन्छौँ र सहयोग आउन ढिला भइरहेको देखिन्छ, त्यतिबेला व्यक्तिगत परीक्षणहरू सहने बारे के त ? बोझ हामीले उठाउन सक्ने भन्दा पनि बढीको जस्तो देखिँदा पनि ढिलाइ किन?
त्यस्ता प्रश्नहरू सोधिरहँदा, यदि हामीले प्रयास गर्यौं भने, त्यस स्थानमा त्यो समयमा रेकर्डमा आएको एउटा सब भन्दा जाडो हिउदे याममा चिसो अन्धकार जेलको कोठीबाट प्रतिध्वनि भई आएको आवाज सुन्न सक्छौँ ।
“हे परमेश्वर, तपाईं कहाँ हुनुहुन्छ?” हामी लिबर्टी जेलको गहिराइबाट सुन्छौं। “तपाईंको लुक्ने ठाउँ छोप्ने मण्डप कहाँ छ? कहिले सम्म हजुरका हातहरु रोकिने छन्?”१ हे परमप्रभु, कहिले सम्म?
त्यसैले, त्यस्ता प्रश्नहरू सोध्ने हामी पहिलो होइनौं वा हामी अन्तिम व्यक्ति पनि हुनेछैन जब हामीलाई दुःखकष्टले सताउँछ वा हाम्रो हृदयमा पीडा भइरहन्छ। म अब महामारी वा जेलहरुको कुरा गरिरहेको छैन तर तपाईं, तपाईंको परिवार र तपाईंका छिमेकीहरू जसले थुप्रै चुनौतीहरूको सामना गरिरहेका छन्। म धेरैको तृष्णाको कुरा गर्छु जो विवाहित हुन चाहन्छन् तर भएका छैनन् वा विवाहित छन् र सम्बन्ध थोरै दिव्य भएको चाहन्छन्। म ती मानिसहरूका बारेमा कुरा गर्छु जसले नचाहँदा नचाहँदै पनि अनावश्यक गम्भीर चिकित्सा अवस्थाको सामना गर्नुपरेको छ - हुनसक्छ उपचार नै नहुने - वा जसका लागि आनुवंशिक दोषका साथ आजीवन लडाइँ गर्नु बाहेक कुनै उपचार छैन। म ति भावनात्मक र मानसिक स्वास्थ्य चुनौतीहरूसँग निरन्तर संघर्षको कुरा गर्दछु जुन तिनीहरुका कारण पीडित हुनेहरू र तिनीहरूलाई माया गर्ने र उनीहरूसँगै पिडा भोग्ने माथि ठूलो बोझका रुपमा रहनछन्। म ति गरीबहरूको कुरा गर्दछु, जसलाई मुक्तिदाताले हामीलाई कहिल्यै नबिर्सन भन्नुभएको छ, म तपाईंले एउटा सन्तानको पुनरागमनका लागि प्रतिक्षा गरिरहेको कुरा गर्छु, जुनसुकै उमेरको भएतापनि, जसले तपाइले उसले लियोस भनेर प्रार्थना गरेको भन्दा फरक बाटो रोज्यो।
यसका साथै, म स्वीकार गर्दछु कि हामीले व्यक्तिगत रुपमा प्रतिक्षा गरिरहेका विषयहरूको यो लामो सूचीले पनि सामूहिक रुपमा सामना गरिनु पर्ने ठूला आर्थिक, राजनीतिक र सामाजिक सरोकारहरूलाई सम्बोधन गर्ने प्रयास गर्दैनन्। स्वर्गमा रहनुहुने हाम्रा पिताले हामीले यी सार्वजनिक र व्यक्तिगत समस्याहरूलाई स्पष्ट रुपमा सम्बोधन गरेको अपेक्षा गर्नुहुन्छ, तर हाम्रो जीवनमा यस्तो समय आउनेछ जब हाम्रो उत्तम आध्यात्मिक प्रयास र लगनशीलता, बिन्तीका प्रार्थनाले हामीले आशा गरेका विजय दिदैन, चाहे त्यो वैश्विक ठूला विषयहरू हुन् वा साना व्यक्तिगत सवालहरू। त्यसकारण जब हामी काम गर्दै हाम्रा केही प्रार्थनाहरूको जवाफहरूको प्रतिक्षा गर्दैगर्दा, म तपाईंहरूलाई मेरो प्रेरित अभिव्यक्ति प्रदान गर्दछु कि तिनीहरु सुनिन्छन् र उत्तर र तिनीहरूको उत्तर दिइन्छ, त्यो हामीले चाहेको समय वा तरिकामा नहुन सक्छ । तर तिनीहरू सँधै एक ज्ञानी र अनन्त दयालु अभिभावकले दिनुपर्ने समय र तरिकामा जवाफ दिइन्छ । मेरा प्यारा दाजुभाइहरू तथा दिदीबहिनीहरू, कृपया बुझ्नुहोस् कि उहाँ जो कहिल्यै सुत्नुहुन्न न निदाउनुहुन्छ २ ले एक दैवी अस्तित्वले गर्नुपर्ने भन्दा अधिक आफ्ना सन्ततिहरूको खुशी र अन्तिम उन्नयनको ख्याल राख्नुहुन्छ। उहाँ विशुद्ध प्रेम, महिमित व्यक्तित्व हुनुहुन्छ, र दयालु पिता उहाँको नाम हो।
“यदि त्यसो हो भने,” तपाईं भन्नसक्नुहुन्छ, “के उहाँको प्रेम र दयाले केवल हाम्रो व्यक्तिगत लाल समुद्रलाई बिभाजन गरिदिनुपर्दैन र हामीलाई सुख्खा भूमिमा हाम्रा समस्याहरुबाट पार गर्न दिए हुन्न? के उहाँले २१औं शताब्दीका समुद्री चराहरुलाई कतैबाट उडाउदै हाम्रा २१औँ शताब्दीका सत्रुजिब क्रिकेटहरुलाई छिटो छिटो खान पठाउनपर्ने होइन र?”
त्यस्ता प्रश्नहरूको जवाफ हो, “हो, परमेश्वरले तत्काल चमत्कारहरू प्रदान गर्न सक्नुहुन्छ, तर ढिलो चाँडो हामी यो सिक्छौं कि हाम्रो नश्वर यात्राको समय र अवधिहरू उहाँले नै निर्देशन गर्नुहुन्छ।” उहाँले हामी हरेकलाई व्यक्तिगत रुपमा त्यो कैलेन्डरमा दिनुहुन्छ । प्रत्येक अशक्त मानिसको बेथस्दाको पोखरीमा पस्न पर्खँदा निको भइहाल्दा, ३अरू कसैले प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गर्न ४० वर्षसम्म मरुभूमिमा प्रतिक्षारत रही बिताउनेछ। ४ प्रत्येक नफी र लहीलाई आफ्नो आस्था का कारण दैवी रुपमा आगोको ज्वालाले सुरक्षित गर्दा ५ हामीसँग अबीनादी हुनुहुन्छ जो आफ्नो आस्था का कारण काठमा बाँधी आगोको ज्वालामा जलाइएको छ।६ अनि हामीलाई याद छ कि स्वर्गबाट बालका पादरीहरू विरूद्ध साक्षी दिनका लागि एकैचोटि आगो बोलाउने एलिया ७ उनी त्यही एलिया हुन जसले वर्षौंसम्म पानी नपरेको अवधिमा धैर्यधारण गरे अनि जसलाई, कुनै समय, केवल कागका नंग्रामा सार्न सकिने जति खानेकुरा मात्रले निर्वाह गरे। ८ मेरो अनुमानबाट, त्यो कुनैपनि तरिकाले हामीले भन्ने “खुशीको खाना” हुन सक्दैनथ्यो ।
भन्न खोजेको? भन्न खोजेको के हो भने केही कष्टहरू समावेश भएपनि हामीले जबसम्म उहाँका बाहुहरू हाम्रो पक्षमा उठेको देख्दैनौँ, तबसम्म आस्थाको अर्थ राम्रो र खराब समयमा परमेश्वरमाथि भरोसा गर्नु हो।९ त्यसो गर्न हाम्रो आधुनिक जीवनमा कठीन हुन सक्छ जहाँ धेरैलाई यो विश्वास छ कि जीवनमा सबै भन्दा उत्तम चीज भनेको सबै दुःख कष्टबाट जोगिनु हो, कि कुनै पनि कुराले कहिल्यै पनि कोही पिडामा पर्नुहुँदैन।१० तर त्यो विश्वासले कहिल्यै पनि हामीलाई “ख्रीष्टको पूर्णता सम्म” अगुवाइ गर्न सक्दैन।”११
एल्डर निल ए. म्याक्सवेलले एक पटक भनिसकेको कुरालाई परिमार्जन र विस्तार गर्ने हिम्मत गरेकोमा माफी माग्दै, म पनि सुझाव दिन्छु कि “हाम्रो जीवन …आस्थाले भरिएको र तनाव-मुक्त दुबै हुन सक्दैन।” कुनैपनि हालतमा “जीवनमा अप्ठ्याराहरु प्रति बेखबर भई बग्न” सकिदैन, अर्को गिलास कागती पानि पिउदै यसो भन्दै, “परमप्रभु, मलाई हजुरका सबै राम्रा गुण दिनुहोस्, तर मलाई दु:ख, शोक, पीडा र अवरोध नदिनुहोस्। कृपया कसैलाई पनि मलाई मन नपराउन नदिनुहोस् वा मलाई धोका दिन नदिनुहोस्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, मलाई हजुर वा मैले प्रेम गर्नेहरूबाट कहिल्यै परित्याग भएको महसुस हुन नदिनुहोस्। वास्तवमा, हे परमप्रभु, हजुरलाई दैवी बनाउने ती सबै अनुभवहरू मलाई दिलाउन होशियार बन्नुहोस्। अनि जब अरूहरका अप्ठ्यारा अनुभवहरु समाप्त हुन्छन्, कृपया मलाई आउन दिनुहोस् र हजुरुसँग बस्न दिनुहोस्, जहाँ म आरामदायी इसाई वायुमा तैरिरहँदा कसरी हाम्रा गुणहरु र चरित्रहरु समान छन् भनेर म घमण्ड गर्न सकूँ।”१२
मेरा प्यारा दाजुभाई तथा दिदीबहिनीहरू, इसाई धर्म सान्त्वनादायी छ, तर प्राय: यो आरामदायी छैन। पवित्रता र खुशीको मार्ग यहाँ र यस पछाडि लामो र कहिलेकाँही ढुङ्गै ढुङ्गाको हुन्छ। यसमा हिंड्नका लागि समय र दृढता चाहिन्छ। तर, निश्चय नै, त्यसो गर्नु चीरस्मरणीय पुरस्कार हो। मोर्मोनको पुस्तकमा अल्माकोको ३२ औँ अध्यायमा यो सत्य स्पष्ट र प्रोत्साहनजनक रुपमा सिकाइएको छ। त्यहाँ यी महान् उच्च पादरीहरूले सिकाउँछन् कि यदि परमेश्वरका वचनलाई केवल एक बिउको रुपमा रोपिएको छ, र यदि हामीले पानी हाल्ने, झार उखल्ने, पोषण गर्ने र यसलाई प्रोत्साहित गर्ने कुरामा पर्याप्त ध्यान दिन्छौँभने भविष्यमा यसले महत्वपूर्ण फल दिने छ “जुन सब भन्दा बहुमूल्य छ, … मीठो मध्य सबै भन्दा मीठो,” यसको सेवनले कहिल्यै प्यास नलाग्ने र भोक नलाग्ने स्थिति निम्त्याउँछ।१३
यस उल्लेखनीय अध्यायमा धेरै पाठहरू सिकाइन्छ, तर ती सबैको केन्द्रबिन्दु भनेको बीऊ पोषित गर्नुपर्छ र हामीलाई यसलाई परिपक्व हुन कुर्नुपर्छ; हामीले आस्थाको आँखाले फललाई “अगाडि हेर्दै प्रतिक्षा गर्नु हो। १४ हाम्रो फसल, अल्मा भन्नुहुन्छ “क्रमिक रुपमा” आउँछ।”१५ यो कुनै आश्चर्य होइन कि उहाँले आफ्नो महत्वपूर्ण सन्देशलाई हाम्रो हृदयामा परमेश्वरका वचनले पोषित गर्न का लागि लगनशीलताअनि धैर्यता को तीन पटक सम्म आह्वान गदै समापन गर्नुभयो, “प्रतिक्षा गर्दै,” उहाँले भने जस्तै, “सहनशीलताका साथ … वृक्षले तपाईंका सामु फल ल्याउन का लागि।” १६
कोभिड र क्यान्सर, शंका र निराशा, वित्तीय समस्या र परिवारका परीक्षाहरु। यी भारहरु कहिले उठाइनेछ? जवाफ “क्रमिक रुपमा” छ ।”१७ अनि त्यो छोटो अवधि होस् कि लामो, सधैं हाम्रो भनाई हुँदैन, तर परमेश्वरको अनुग्रहका कारण, येशू ख्रीष्टको सुसमाचारलाई समातिरहनेहरूलाई आशीषहरू मिल्नेछन्। यो विषयको धेरै पहिले नै एक अति निजी बगैंचामा र यरूशलेमको अति सार्वजनिक पहाडमा समाधान भएको थियो।
जब हामी जब हाम्रा प्रिय अगमवक्ताले यो सम्मेलन समापन गरेको सुन्नेछौँ, हमिलाई स्मरण रहोस्, रासल नेल्सनले आफ्नो जीवनभरि देखाए जस्तै, कि “परमप्रभुमा प्रतिक्षा गर्नेहरू ले आफ्नो शक्तिलाई नवीकरण गर्नेछन् [र] चील जस्तै पखेटाले माथि उड्नेछन्; तिनीहरु दौडनेछन् तर थाक्ने छैनन्; … तिनीहरू हिंड्नेछन्, र मूर्च्छा पर्नेछैनन्।”१८ म प्रार्थना गर्दछु कि “क्रमिक रुपमा” —ढिलो वा चाडो — ती आशीषहरू तपाईंहरू सबैलाई आउनेछन् जसले आफ्नो शोकबाट राहत र आफ्नो पीडाबाट स्वतन्त्रताको खोजी गर्दछन्। म परमेश्वरको प्रेम र उहाँको गौरवमय सुसमाचारको पूनर्स्थापनाको गवाही दिन्छु, जुन, कुनै तरिकाले, हामीले जीवनमा सामना गर्ने हरेक समस्याहरूको उत्तर हो। उद्धार गर्ने परमप्रभु येशू ख्रीष्टको नाममा, आमीन।