२०२१
लेखन कार्य गर्नुहोस्
जुलाई २०२१


“लेखन कार्य गर्नुहोस्,” यूवाको शक्तिका लागि, जुलाई २०२१, १८-१९।

मासिकयूवाको शक्तिका लागि सन्देश, जुलाई २०२१

लेखनकार्य गर्नुहोस्

धर्मशास्त्रहरूको अध्ययनका क्रममा तपाईंका विचारहरू लेख्नाले वास्तवमै तपाईंलाई सिक्नका लागि सहयोग गर्न सक्छ।

“जब म धर्मशास्त्र पढ्न शुरु गर्छु, मलाई निन्द्रा लाग्छ!” एकजना सुसमाचार प्रकारकले आफ्ना सुसमाचार प्रचार क्षेत्र अध्यक्षलाई भने। “धर्मशास्त्रहरू निद्राका गोली हुन् जस्तै लाग्छ!”

उनका अध्यक्षले जवाफ दिनुभयो, “जब तिमी पढ्छौ के तिमी कहिल्यै नोटहरू टिप्छौ?”

“अँहँ,” सुसमाचार प्रचारकले भने।

अध्यक्षले भन्नुभयो, “जब तपाईं केवल पढ्नु मात्रै हुन्छ निदाउन वा तपाईंको मस्तिष्क बहकिन सजिलो छ,” तर जब तपाईं लेख्नु हुन्छ यो असम्भव छ!”

सङ्घर्षरत आफ्ना सुसमाचार प्रचारकलाई यी सुसमाचार प्रचार क्षेत्र अध्यक्षले दिएको सल्लाहले ठूलो भिन्नता ल्यायो। त्यसैले यदि तपाईं आफ्नो धर्मशास्त्र अध्ययनलाई सुदृढ पार्ने नयाँ तरिका खोज्दै हुनुहुन्छ भने, यसलाई एकपटक प्रयास गर्नुहोस्। जब तपाईं आफुले अध्ययन गरेका विषयहरूका बारेमा लेख्नुहुन्छ, तपाईंले आफुलाई अझै बढी सक्रिय भएको र राम्रोसँग सिकिरहेको पनि पाउनुहुनेछ।

हामीले वास्तवमा नै उपयोगी पाएका केही दृष्टिकोणहरु यहाँ छन्।

दाजु स्टीभन लन्ड:

छवि
स्टीभन लन्ड

जब म पढ्छु म कागज नजिकै राख्छु। जब मेरो अध्ययनका क्रममा आत्माले मलाई प्रोत्साहन गर्छ, म ती प्रोत्साहनहरूलाई लेख्छु।

मैले यो विचार बाह्र प्रेरित गणका एल्डर रिचर्ड जी स्कट (१९२८-२०१५) बाट पाएको हुँ, जसले भन्नुभयो: “पवित्र आत्माबाट तपाईंले सिक्नु भएका महत्त्वपूर्ण कुराहरू सुरक्षित ठाउँमा लेख्नुहोस्। तपाईंले पाउनुहुनेछ कि जब तपाई लेख्नुहुन्छ बहुमूल्य विचारहरु,अझ धेरै आउनेछन्। साथै, तपाईंले प्राप्त गर्नुभएको ज्ञान तपाईंको जीवनभर उपलब्ध हुनेछ” (“ज्ञान प्राप्त गर्न र यसलाई वुद्धिमानीपूर्वक प्रयोग गर्न सक्ने शक्ति,” Ensign, June 2002, 32)।

मलाई थाहा छ ती शब्दहरू सत्य छन्। जब म व्यक्तव्यहरू र पाठहरू तयारी गर्छु, म धर्मशास्त्रहरूमा मात्र हेर्दिन तर तिनीहरूको अध्ययन गर्दा मैले के लेखेँ भन्ने विषयलाई पनि हेर्छु ।

दाजु अहमद कोर्बिट:

छवि
अहमद कोर्बिट

मलाई विषयगत अध्ययन गर्न मनपर्छ। म धर्मशास्त्रहरू शुरू देखि अन्त्यसम्म पढ्छु, तर मलाई गहिराइमा विषयगत अध्ययन गर्न पनि मन पर्छ। उदाहरणका लागि, आस्था वा इस्राएललाई एकतृत गर्ने विषयमा धर्मशास्त्रहरू खोज्न म टपिकल गाइड प्रयोग गर्नेछु। त्यसो भए म नोटहरू मात्रै लिन्न, तर म मैले यसलाई वास्तवमा नै बुझेको छु भनेर सुनिश्चित गर्न आफुले सिकिरहेका विषयहरू मात्रै लेख्छु । जब मैले यसो गर्छु मैले विषयवस्तुहरूलाई अझै कति राम्ररी बुझेको छु भनेर म सँधै चकित हुन्छु। स्मरण गर्न म केही धर्मशास्त्रहरू छनौट गर्छु।

दाजु ब्राडली विल्कोक्स:

छवि
ब्राडली विल्कोक्स

म एउटा अध्ययन जरनल राख्छु जहाँ म धर्मशास्त्राहरूलाई आफ्नै शब्दमा लेख्छु। उदाहरणका लागि, “किनकि प्राकृतिक मानव परमेश्वरको शत्रु हो”(मोसीयाह ३:१९) यो यस्तो बन्छ “एक घमण्डी र पश्चात्ताप नगर्ने मानिस परमेश्वरको शत्रु हुने छनौट गर्दछ, तर पनि परमेश्वर त्यसको शत्रु हुनुहुन्न। परमेश्वर उनको उत्कृष्ट मित्र हुनुहुन्छ।”

म प्रश्नहरू पनि लेख्छु। ती पढ्नु अघि नै मैले सोचिरहेका प्रश्नहरू हुनसक्छन्, वा ती मैले पढ्दै गर्दा प्रष्फुटित भएका प्रश्नहरू हुनसक्छ। कुनै पनि तरिकाले, यसले मलाई केन्द्रित गराउँछ।

तपाईंका विचारहरू लेख्ने शक्ति

हाम्राअध्यक्षतामा हामी हेरकले फरक तरिकाले धर्मशास्त्रको अध्ययन गर्दछौँ तर हामी जस्तो गर्छौँ त्यस्तै लेख्छौँ!

पढाइले विचार र भावनाहरूलाई अभिग्रहण गर्न हामीलाई सहयोग गर्दछ। त्यो महत्त्वपूर्ण छ। अनि जब हामी बोल्छौँ वा लेख्छौँ, हामीले पत्ता लगाउँछौँ र अन्तरहृदयबाट विचार र भावनाहरू व्यक्त गर्दछौँ। हामीले महसुस गर्छौं त्यसले सुसमाचारका सत्यताहरूलाई अझै राम्ररी वैयक्तिकृत गर्न हामीलाई सहयोग गर्दछ।

एक जवान पुरूषले यो सत्यता आफुस्वयंका लागि पत्ता लगाए जब उनलाई प्रभुभोज सभामा व्यक्तव्य दिन आग्रह गरियो। उनले अन्य धेरैले व्यक्तव्य दिएको सुनेका थिए तर विवरण भने सम्झन सकेनन्। यो समय चाँहि फरक थियो। जब उनले आफ्नै वक्तव्यका लागि रुपरेखा तयार पार्थे, यसले उनलाई एक सङ्गठित व्यक्तव्य मात्रै प्रदान गर्न सहयोग गरेन, तर लामो समयसम्मका लागि उनले यो स्मरण गरे।

यही कुरा तपाईंको धर्मशास्त्र अध्ययनमा पनि हुन सक्छ। यदि तपाईं आफ्ना धर्मशास्त्रहरू खोल्दा निदाइरहेको हुनुहुन्छ भने, यो ब्यूँझिने समय हो। एउटा पेन्सिल, कलम, फोन, वा कम्प्युटर बाहिर तान्दै लेख्ने प्रयास गर्नुहोस्। यसले कस्तो फरक पार्न सक्छ भनेर तपाईं चकित पर्नुहुनेछ!

प्रिन्ट गर्नुहोस्