२०२१
स्वर्गका हाम्रा पिताले हामी खुशी भएको चाहनुहुन्छ
जुलाई २०२१


“स्वर्गका हाम्रा पिताले हामी खुशी भएको चाहनुहुन्छ” लियाहोना, जुलाई २०२१

मासिक लियाहोना सन्देश, जनवरी २०२१

स्वर्गका हाम्रा पिताले हामी खुशी भएको चाहनुहुन्छ

जब हामीले परमेश्वरको खुशीको योजनालाई सम्झन्छौं, जीवन कठीन हुँदा पनि हामीले आनन्द पाउन सक्दछौँ।

छवि
बालबालिकाका साथ ख्रीष्ट

हामी पृथ्वीमा जन्मनु भन्दा पहिले हामी सबै उहाँकै आत्मिक सन्तानका रुपमा स्वर्गका पितासँग थियौं। सिक्न र उन्नति गर्नका लागि आफ्ना सन्ततिहरूलाई सहयोग गर्न उहाँले एउटा योजना बनाउनुभयो। उहाँको योजना मार्फत, हामी उहाँ जस्तै बन्न र अनन्त जीवनका लागि योग्य हुन सक्छौं। यो योजना सम्भव छ किनकि परमेश्वरका पुत्र येशू ख्रीष्ट हाम्रा पापहरूका लागि कष्ट भोग्न पृथ्वीमा आउनुभयो, यो वलिदानलाई प्रायश्चित भनिन्छ।

स्वर्गका पिताको योजनालाई

यी र अन्य धर्मशास्त्रहरूले देखाए जस्तै स्वर्गका पिताले हामी उहाँजस्तै भएको, उहाँतर्फ फर्किएको, र वास्तवमा नै खुशी भएको चाहनुहुन्छ (मोसा १:३९)।

हामी पृथ्वीमा सिक्न र उन्नति गर्न आएका छौं

परमेश्वरले हामीलाई पृथ्वीमा पठाउनुभयो, जहाँ हामी भौतिक शरीर प्राप्त गर्न सक्छौँ। (हेर्नुहोस् उत्पत्ति १: २६-२७)। पृथ्वीमा जीवनको अनुभव दिनका लागि हामीलाई शरीरहरू चाहिएको थियो।

हामीले बुझ्यौँ कि हामीले सँधै खुशी महशुस गर्नेछैनौँ। हामीले निराशा, पीडा, र मृत्युको पनि अनुभव गर्दछौं। तर जीवनका चुनौतीहरूको बीचमा, स्वर्गका पिताले हामीलाई सिक्न र उन्नति गर्न सहयोग गर्नुहुन्छ।

परमेश्वरले हामीलाई छनौटको स्वतन्त्रता, असल र खराबका बीच छनौट गर्ने क्षमता पनि दिनुभयो। हामीले के सोच्छौँ र गर्छौँ भनेर उहाँले हामी स्वयंका लागि छनौट गर्न दिनुहुन्छ। कुन कुरा सही हो भनेर छनौट गर्न सिक्नका लागि सहयोग गर्न उहाँले हामीलाई धर्मशास्त्रहरू र जीवित अगमवक्ताहरू दिनुभएको छ (हेर्नुहोस् अब्राहाम ३:२५)।

छवि
जीवनको वृक्ष

येशू ख्रीष्ट जस्तै बन्नका लागि प्रयास गर्नुहोस्

अनुशरण गर्ने उदाहरण बिना परमेश्वरले हामीलाई पृथ्वीमा पठाउनुभएन (हेर्नुहोस् युहन्ना १३:१५)। हामीलाई बाटो देखाउनका लागि उहाँले आफ्ना पुत्र, येशू ख्रीष्टलाई पठाउनुभयो। उहाँलाई कसरी अनुशरण गर्ने भनेर सिक्न, हामी उहाँ को हुनुहुन्छ र पृथ्वीमा आफ्नो जीवनका क्रममा के गर्नुभयो भनेर बुझ्न धर्मशास्त्रहरू पढ्न सक्छौँ। हामी पनि परमेश्वरको अनुशरण गरेर अनि अरूहरूलाई प्रेम गरेर ख्रीष्ट जस्तै बन्नका लागि सक्दो प्रयास गर्न सक्छौँ।

जब हामी गल्ती गर्छौँ, हामी क्षमाका लागि आग्रह गर्छौं र येशू ख्रीष्टको प्रायश्चितको शक्तिले हामीलाई परिवर्तन गर्न सहयोग गर्दछ। जब हामीले उहाँजस्तै बन्नका लागि हरेक दिन प्रयास गर्छौं, हामी खुसी हुन सक्छौं।

मृत्यु नै अन्त्य होइन

जब हाम्रो मृत्य हुन्छ, हाम्रो आत्मा आत्मिक संसारमा जान्छ। पूनरुत्थानका लागि तयारी गर्दा हामी त्यहाँ सिक्न जारी राख्छौँ।

पूनरुत्थानको समयमा, हाम्रो शरीर र आत्माको पूनर्मिलन हुनेछ। हाम्रो शरीर पूर्ण हुनेछ, र हामीले पून: कहिल्यै मृत्यु वा रोगको सामना गर्नेछैनौँ। (हेर्नुहोस् अल्मा ११:४४–४५)। जसरी येशू ख्रीष्ट मर्नुभयो र पून: जीवित हुनुभयो, हामी सबै पून: जिउनेछौँ।

जब परमेश्वरले हामीलाई न्याय गर्नुहुन्छ, उहाँले हाम्रा कार्य र चाहनाहरूलाई विचार गर्नुहुनेछ। यदि हामीले स्वर्गका पितासँग गरेका आज्ञा र प्रतिज्ञाहरू पालन गर्न कोसिस गरेका छौँ भने हामी पून: उहाँसँग बस्न सक्छौँ।

स्वर्गमा परमेश्वर र हाम्रा परिवारहरूसँगको जीवन

सेलेष्टियल राज्यमा हामी परमेश्वर र येशू ख्रीष्टसँगै जिउनेछौँ। यदि हामी उहाँहरूसँग बाँधिएका छौँ भने हामी पनि त्यहाँ आफ्नो परिवारसँग सदाका लागि जिउन सक्नेछौँ। हामीले शान्ति, खुशी, र आराम पाउनेछौँ (हेर्नुहोस् मोसीयाह २:४१)।

समय-समयमा पृथ्वीमा हाम्रो जीवन कठीन हुन सक्छ, तर यदि हामीले येशू ख्रीष्टको अनुशरण गर्यौं भने, हामीले यस जीवनमा खुशी र आगामी जीवनमा अनन्त आनन्द प्राप्त गर्न सक्छौँ।

खुशीको योजनाका बारेमा धर्मशास्त्रहरूले के भन्छन्?

हामीले हाम्रो जीवन जिउने तरिका महत्त्वपूर्ण छ। परमेश्वरले हाम्रा सोच र कार्यहरू अनुसार हामीलाई न्याय दिनुहुनेछर पुरिस्कृत गर्नुहुनेछ (हेर्नुहोस् अल्मा ४१:३)।

शैतान हाम्रो खुशीको दुश्मन हो। पृथ्वीमा हाम्रो जीवनको दुरुपयोग गर्न र पाप गर्न उसले हामीलाई लोभ्याउँछ। ऊ हामीलाई आफुजस्तै दयनीय होस् भन्ने चाहन्छ (हेर्नुहोस् २ नफी २:२७)।

जब हाम्रा लागि हामीसँग परमेश्वरको योजनामा विश्वास हुन्छ, हामी जस्तासुकै चुनौतीहरूको सामना गर्नु परे तापनि हामीसँग शान्ति हुन्छ। हामीले परमेश्वरसँग सदाका लागि जिउने आशा गर्न सक्छौँ (हेर्नुहोस् सिद्धान्त र करार ५९:२३)।

सम्पूर्ण कलाकृतिहरु जे किर्क रिचर्डद्वारा

प्रिन्ट गर्नुहोस्