२०२१
उहाँको चर्चको नाम
अक्टोवर २०२१


“उहाँको चर्चको नाम,” युवाको शक्तिका लागि, अक्टोवर २०२१।

मासिक युवाको शक्तिका लागि सन्देश, अक्टोवर २०२१

उहाँको चर्चको नाम

येशू ख्रीष्टले आफ्नो चर्चलाई दिनुभएको नामको पछाडि अर्थ छ।

छवि
असल गोठालोका रुपमा येशू ख्रीष्ट

मेरो चर्च

चर्च—मानिसहरूको एक समूह जो एउटै चीजहरूमा विश्वास गर्छन् र एक साथ आराधना गर्छन्। यो चर्च येशू ख्रीष्ट को हो। उहाँले यसको सुरुवात गर्नुभयो। उहाँले यसको नेतृत्व गर्नुहुन्छ। यो उहाँको हो।

भनिनेछ

मानिसहरूले उहाँको चर्चलाई के भनून् भन्ने उहाँको चाहनालाई येशू ख्रीष्टले हामीलाई भन्नुभएको छ । त्यसैले हामीले यसलाई त्यही भन्नुपर्छ-र अरूहरूलाई पनि हामीले बिनम्रपुर्वक त्यही भन्न लगाउनु पर्छ। यो नाम येशू ख्रीष्टबाट आएको हो।

अन्तिम दिनहरू

अन्तिम दिनहरू— हामी जइरहेका दिनहरू; येशू ख्रीष्टको दोस्रो आगमन अघिको समय। यो अन्तिम पटक येशू ख्रीष्टले आफ्नो चर्च पृथ्वीमा फिर्ता ल्याउनुभएको छ। यसले उहाँको दोस्रो आगमनका लागि संसारलाई तयार पार्नेछ।

येशू ख्रीष्टको चर्च

(हेर्नुहोस्”मेरो चर्च”।) यो मुक्तिदाताले आफ्नो चर्चलाई दिनुभएको नामको पहिलो भाग हो। उहाँ यसलाई “चर्च” भन्नुहुन्छ किनकि उहाँले यसलाई सङ्गठित गर्नुभयो। अनि उहाँले यसमा आफ्नो नाम राख्नुभएको छ।

पछिल्ला दिनहरू

(हेर्नुहोस् “पछिल्ला दिनहरू.”) यो चर्चको नामको अर्को अंश हो। यसले सामान्य रुपम देखाउँछ कि यो उहाँले यी दिनहरूमा फिर्ता ल्याउनुभएको चर्च हो, त्यो होइन जुन उहाँले अघिल्लो समयमा शुरू गर्नुभएको थियो।

सन्तहरू

सन्तहरू—एक शब्दको अर्थ “पवित्र मानिसहरू।” यो चर्चको नामको अन्तिम अंश हो। यसले चर्चका सदस्यहरूका बारेमा कुरा गरिरहेको छ। येशू ख्रीष्टले हामीलाई स्वच्छ र शुद्ध बनाउन सक्नुहुन्छ। अनि हामीलाई बलियो बनाउनका लागि उहाँले हामीलाई पवित्र आत्मा दिनुहुन्छ जब हामी उहाँले आज्ञा दिनुभएको जस्तै गर्न कोशिश गर्दछौँ। यदि हामीसँग उहाँमा आस्था छ र प्रयास गरिरहन्छौँ भने, उहाँले हामीलाई पवित्र बनाउनुहुन्छ। उहाँले हामीलाई सन्तहरू बनाउनुहुन्छ।

प्रिन्ट गर्नुहोस्