२०२१
मन्दिरका कार्य
अक्टोवर २०२१


मन्दिरका कार्य लियाहोना, अक्टोवर २०२१

मासिक लियाहोना सन्देश, अक्टोवर २०२१

मन्दिरका कार्य

मन्दिरहरू परमप्रभुका घर हुन्। हामी मन्दिरहरूमा विधिहरू प्राप्त गर्न र उहाँसँग करारहरू गर्न सक्छौँ। हामी हाम्रा पुर्खाहरूका लागि मन्दिरमा विधिहरू पनि गर्न सक्छौँ।

छवि
मन्दिर

ब्रुनो लिमाद्वारा ब्यारनक्विला कोलम्बिया मन्दिर को तस्वीर

इतिहासभरी, परमप्रभूले आफ्ना मानिसहरूलाई मन्दिरहरू निर्माण गर्न आज्ञा दिनुभएको छ। मन्दिरहरू पवित्र स्थानहरू हुन् जहाँ हामी परमेश्वरको प्रेम महसुस गर्न, विधिहरू प्राप्त गर्न र उहाँसँग प्रतिज्ञाहरू गर्न सक्छौँ। धेरै भन्दा धेरै मानिसहरूले यी आशीर्वादहरू प्राप्त गर्न सकून् भन्ने हेतुले चर्चले संसारभरी मन्दिरहरू निर्माण गरिरहेको छ।

छवि
मन्दिर अगाडि महिला

नेक्सिओ र म्याथ्यू रियरद्वारा ओक्यूर माउन्टेन यूटा मन्दिरको अगाडि महिलाको तस्वीर

अभिदान

धार्मिकताका साथ जिइरहेका चर्चका सदस्यहरू विधिहरू प्राप्त गर्न र परमेश्वरसँग करार, वा प्रतिज्ञाहरू गर्न मन्दिरमा जान्छन्। हामीले मन्दिरमा प्राप्त गर्ने एउटा विधि अभिदान हो। अभिदान शब्दको अर्थ “उपहार” हो । मन्दिरको अभिदान परमेश्वरद्वारा दिइएको एक उपहार हो। यस विधिमा हामीले हाम्रो मुक्तिका लागि स्वर्गका पिताको योजनाका बारेमा सिक्दछौँ, र हामी परमेश्वरका आज्ञाहरूको पालन गर्नका लागि करारहरू गर्दछौँ। यदि हामी हामीले गरेका करारहरू प्रति वफादार रह्यौं भने, परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।

छवि
मन्दिरको अगाडि दम्पत्ति

क्रिष्टिना स्मिथद्वारा मनिला फिलिपिन्स मन्दिर हुँदै हिड्दै गरेको दम्पत्तिको तस्वीर

परिवार सँगै बाँधिने कार्य

मन्दिरमा गरिएको विवाहलाई बाँधिने पनि भनिन्छ। जब एक दम्पत्ति मन्दिरमा बाँधिछन् र उनीहरूले आफ्ना करारहरू पालना गर्छन् भनेउनीहरू सदाका लागि विवाहित हुनेछन्। यदि उनीहरूका सन्ततिहरू भएभने, ती सन्ततिहरू पनि उनीहरूसंगै बाँधिनेछन्। सन्ततिहरू भइसकेपछि बाँधिएका अभिभावकहरूले उनीहरूका केटाकेटीहरूलाई आफुसँग बाँध्न लगाउन सक्छन्। यदि तिनीहरू धार्मिकतामा जिउँछन् भने उनीहरू अनन्तकालसम्मका लागि एक परिवार हुनेछन्।

छवि
लिस्बन पोर्चुगल मन्दिरमा बप्तिस्मा दिने ठाउँ

लेस्ली नेल्सनद्वारा लिस्बन पोर्चुगल मन्दिरमा बप्तिस्मा दिने ठाउँको तस्वीर

परमेश्वरका सबै सन्ततिहरूका लागि मन्दिरका कार्य

हाम्रा पुर्खाहरूका बारेमा पत्ता लगाउन हामी पारिवारिक इतिहासको काम गर्दछौँ। त्यसपछि हामी उहाँहरूको तर्फबाट मन्दिरको काम गर्छौं। हामी बप्तिस्मा, प्रमाणीकरण, पादरित्व (पुरुषहरूका लागि) अभिदान र बाँधिने जस्ता जीवितलाई आवश्यक सबै विधिहरू उहाँहरूका लागि गर्दछौँ । त्यस पछि तिनीहरू यी विधिहरू स्वीकार गर्ने नगर्ने भन्ने छनौट गर्न सक्छन्। यस तरीकाले, परमेश्वरका सबै सन्ततिहरूले सुसमाचारका आशीषहरूको आनन्द लिन सक्छन्।

छवि
मन्दिर अगाडि परिवार

कोडी बेलद्वारा फिलाडेल्फिया पेन्सिलभेनिया मन्दिर अगाडि परिवारको तस्वीर

मन्दिरको कार्यका आशीषहरू

यदि हामीले मन्दिरमा गरेका करारहरूको पालना गर्दछौँ भने हामी आशीषित, सुरक्षित, र मजबुत हुनेछौँ। हामीसँग पादरित्वको शक्ति हुनेछ। हाम्रो परिवार सदाका लागि सँगै हुनेछ।

मन्दिर शान्ति र प्रकाशको एक स्थान पनि हो। जब हामी मन्दिरको काम गर्छौं, हामी आत्मिक मार्गदर्शन प्राप्त गर्न सक्छौँ र परमेश्वरको माया महसुस गर्न सक्छौँ।

प्रिन्ट गर्नुहोस्