२०२२
कुलपिताहरू: तिनीहरू को थिए र किन यो महत्त्वपूर्ण छ
फेब्रुवरी २०२२


“कुलपिताहरू: तिनीहरू को थिए र किन यो महत्त्वपूर्ण छ,” युवाको शक्तिका लागि, फेब्रुवरी २०२२ ।

मासिक युवाको शक्तिका लागि सन्देश, फेब्रुवरी २०२२

उत्पत्ति ११-५०

कुलपिताहरू

तिनीहरू को थिए र किन यो महत्त्वपूर्ण छ

सम्भवत: तपाईंले अब्राहम, इसहाक र याकूबका बारेमा सुन्नु भएको होला। हामीले तिनीहरूका बारेमा मोर्मोनको पुस्तकमा प्रायः पढ्छौँ र तपाईंले यस वर्ष पुरानो करारको अध्ययन गर्दा तिनीहरूका बारेमा थप सुन्नुहुनेछ। तिनीहरूलाई अधिक ध्यान दिए सँगै, तिनीहरूअधिक महत्त्वपूर्ण हुनुपर्छ, होइन त? तरपनि तपाईं आफैलाई सोध्न सक्नुहुन्छ, ‘हजारौँ वर्ष पहिले जिएका तीन व्यक्तिहरू आज किन महत्त्वपूर्ण छन्?’ ठीक छ, त्यो जवाफको साँचो मा परमेश्वरले तिनीहरूलाई दिनुभएका अनन्त करारहरू र प्रतिज्ञा गरिएका आशीषहरूमा छ।

अब्राहम

छवि
अब्राहम

जरोम भोगेलद्वारा चित्रण

अब्राहम एक महान् अगमवक्ता हुनुहुन्थ्यो । उहाँ धर्मात्मा हुनुहुन्थ्यो र परमेश्वरका आज्ञाहरूप्रति आज्ञाकारी हुनुहुन्थ्यो।

उहाँले बप्तिस्मा लिनुभयो, पादरित्व प्राप्त गर्नुभयो, र अनन्तका लागि आफ्नी पत्नी सारासँग बाँधिनुभयो।

परमेश्वरले अब्राहमसँग उनका सन्तति महान् हुनेछन् र उनले प्राप्त गरेका आशीषहरू जस्तै आशीष प्राप्त गर्नेछन् भनी प्रतिज्ञा गर्नुभयो।

तिनीहरूले येशू ख्रीष्टको सुसमाचारको पूर्णतालाई पृथ्वीका राष्ट्रहरूमा लैजानेछन् ।

इसहाक

छवि
इसहाक

इसहाक अब्राहम र साराका पुत्र थिए।

परमेश्वरले अब्राहमलाई इसहाकको वलिदान दिन भन्नुभयो। अब्राहमले इसहाकलाई माया गर्थे तर परमेश्वरको आज्ञा पालन गर्न छनौट गरे । अब्राहमले इसहाकलाई वलिदान दिन जानुभन्दा ठीक अघि, एक स्वर्गदूतले अब्राहमलाई रोक्न भने। अब्राहम र इसहाकको परमेश्वरको आज्ञा पालन गर्न चाहना परमेश्वरका जन्माइएका एकमात्र पुत्रको प्रायश्चित्तको प्रतीकात्मक हो।

इसहाकलाई पनि अब्राहमलाई जस्तै आशीषहरूको प्रतिज्ञा गरिएको थियो।

याकूब

छवि
याकूब

आफ्नो बुबा र हजुरबुबा जस्तै, याकूब परमेश्वरप्रति वफादार थिए।

उहाँको वफादारीताका कारण परमप्रभुले याकूबको नाम परिवर्तन गरेर इस्राएल राख्नुभयो जसको अर्थ परमेश्वरसँग विजयी हुने वा परमेश्वरलाई जित्न दिनु हो (हेर्नुहोस् Bible DictionaryIsrael).

याकूबका १२ छोराहरू थिए। यी पुत्रहरू र तिनीहरूका परिवारहरू इस्राएलका कुलहरू भनेर चिनिन थाले।

परमेश्वरलेअब्राहमसँग गर्नुभएको करार याकूब र तिनका सन्ततिहरूसँग नवीकरण गरिएको थियो।

कुलपतिहरू र तपाईं

चर्चको सदस्यका रुपमा, तपाईं अब्राहम, इसहाक र याकूबको वंशको अंश हुनुहुन्छ। तिनीहरूले परमेश्वरसँग गरेको करार तपाईंमा लागू हुन्छ!

तपाईंसँग मुक्तिदाताको गवाही र सुसमाचार बाँढ्ने आशीष र जिम्मेवारी छ।

तपाईंलाई सबैलाई करारहरू गर्न र पालन गर्न अनि पादरित्व विधिहरू प्राप्त गर्न आमन्त्रित गर्न पनि आह्वान गरिएको छ। अध्यक्ष रसेल एम. नेल्सनले भन्नुभएको छ कि यो सबै इस्राएलको भेलाको अंश हो, जुन ‘आज पृथ्वीमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण विषय हो’ (“Hope of Israel,”[विश्वव्यापी युवा भक्ति, जुन ३, २०१८], ८, ChurchofJesusChrist.org)।

प्रिन्ट गर्नुहोस्