“अब्राहम र सारा,” मासिक साथी सन्देशहरू, फेब्रुवरी २०२२
“अब्राहम र सारा”
मासिक साथी सन्देशहरू, फेब्रुवरी २०२२
अब्राहम र सारा
अप्रिल स्टटद्वारा चित्रण
अब्राहम एक अगमवक्ता हुनुहुन्थ्यो । परमेश्वरले अब्राहम र तिनकी पत्नी सारासँग एउटा करार गर्नुभयो।
परमेश्वरले तिनीहरूलाई आशीष दिने प्रतिज्ञा गर्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो तिनीहरूका सन्तान हुनेछन् । अब्राहम र सारा परमेश्वरलाई अनुशरण गर्ने प्रतिज्ञा गरे ।
अब्राहम र साराले आफ्ना प्रतिज्ञाहरूको पालना गरे। तर लामो समयसम्म उनीहरूका सन्तान भएनन् । उनीहरू बुढा हुँदै गए ।
अन्त्यमा, अब्राहम १०० र सारा ९० वर्षको हुँदा, तिनीहरूको शिशु जन्मियो। तिनीहरूले उसको नाम इसहाक राखे। उनीहरूलाई थाहा थियो कि परमेश्वरले उनीहरूलाई आशीष दिनुभएको थियो।
म परमेश्वरमा भरोसा गर्न सक्छु. कहिलेकाहीं आशीर्वाद तत्कालै आउँदैन । परमप्रभुले सधैँ आफ्ना प्रतिज्ञाहरू राख्नुहुन्छ।
रङ भर्ने पाना
म परमेश्वरमा भरोसा गर्न सक्छु
डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।
अप्रिल स्टटद्वारा चित्रण
तपाईं डराउँदा वा दु:खी हुँदा स्वर्गका पिताले तपाईंलाई कसरी मद्दत गर्नुभयो?
© 2022 by Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित। अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९। Monthly Friend Message, February 2022को अनुवाद। Nepali. 18313 372