२०२२
करारहरूले हामीलाई परमेश्वरसँग जोड्दछन्
फेब्रुवरी २०२२


करारहरूले हामीलाई परमेश्वरसँग जोड्दछन्,” लियाहोना फेब्रुवरी २०२२

मासिक लियाहोना सन्देश, फेब्रुवरी २०२२

करारहरूले हामीलाई परमेश्वरसँग जोड्दछन्

करारहरू बनाउनालेले र पालन गर्नाले आशीषहरू ल्याउँछन् ।

करार स्वर्गका पिता र उहाँका सन्ततिहरू बीचको एउटा प्रतिज्ञा हो। हामीले उहाँसँग गर्ने करारहरूका लागि उहाँले सर्तहरू निर्धारण गर्नुहुन्छ। जब हामीले उहाँले भन्नुभए अनुसार गर्छौं, हामीले धेरै आशीषहरू पाउँछौँ । अनि हामीले पृथ्वीमा मात्र आशीर्वाद प्राप्त गर्दैनौँ- जब हामी करारहरू गर्छौं र पालन गर्छौं, हामी एक दिन स्वर्गमा परमेश्वर र हाम्रा परिवारहरूसँग बस्न फर्कनेछौँ ।

छवि
बप्तिस्मा

करार र विधिहरू

हामीले निश्चित विधिहरूका क्रममा करारहरू बनाउँछौँ । परमेश्वरसँग जीवन जिउनका लागि हामीले ती विधिहरू प्राप्त गर्न र ती करारहरूलाई पालन गर्न आवश्यक छ । पदारित्व अधिकारद्वारा विधिहरू गरिन्छ। ती विधिहरूमा बप्तिस्मा र प्रमाणीकरण, मल्केसेडेक पादरित्व (पुरुषहरूका लागि) प्राप्त गर्ने र मन्दिरमा हामीले प्राप्त गर्ने विधिहरू समावेश छन्। प्रभूभोजको समयमा, चर्चका सदस्यहरूले उनीहरूले परमेश्वरलाई गरेका प्रतिज्ञाहरू नवीकरण गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार २०: ७७, ७९

छवि
प्रभूभोज

करारहरूले हामीलाई सही रुपमा जिउन मद्दत गर्दछन्

बप्तिस्माको समयमा, हामी येशू ख्रीष्टलाई अनुशरण गर्ने, उहाँलाई सधैँ सम्झने र आज्ञाहरू पालन गर्ने प्रतिज्ञा गर्छौं। (हेर्नुहोस् सिद्धान्त र करार २०:३७)। परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि पवित्र आत्मा हामीसँगै सधैँ हुनुहुनेछ।

जब पुरुषहरूले पदिरत्व प्राप्त गर्छन्, तिनीहरूले परमेश्वरको पदारित्व शक्ति अनुरुपको योग्य जीवन जिउने प्रतिज्ञा गर्छन्। परमेश्वरले तिनीहरूलाई आशीष दिने प्रतिज्ञा गर्नुहुन्छ। (हेर्नुहोस् सिद्धान्त र करार ८४:३३-४०।)

छवि
ब्राजिल रेसिफे मन्दिर

जेम्स पोर्टरद्वारा रेसिफे ब्राजिल मन्दिरको चित्रण

हामीले मन्दिरमा गरेका करारहरू

जब चर्चका सदस्यहरूले मन्दिरमा आफ्नो अभिदान प्राप्त गर्छन्, तिनीहरूले धार्मिक रुपमा जिउने र सुसमाचारका लागि वलिदान दिने प्रतिज्ञा गर्छन्। तिनीहरूलाई परमेश्वरबाट शक्तिको प्रतिज्ञा गरिन्छ (हेर्नुहोस् ; सिद्धान्त र करार ३८:३२; १०९:२२|

मन्दिरमा बाँधिँदा, एक पति र पत्नी अनन्तका लागि विवाहित हुन्छन् र एक-अर्का र परमेश्वरप्रति वफादार हुने प्रतिज्ञा गर्छन्। तिनीहरू उहाँकहाँ फर्केर सधैँभरी परिवारका रुपमा बस्न सक्ने प्रतिज्ञा परमेश्वरले गर्नुहुन्छ। (हेर्नुहोस् सिद्धान्त र करार १३२:१९-२०।)

छवि
सुसमाचार प्रचारकहरू

हामी करारका जन हौँ|

पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सहभागी हुनेहरू परमेश्वरका करारका मानिसहरू बन्दछन्। तिनीहरूले अब्राहामिक करारका आशीष र जिम्मेवारीहरू पनि पाउँछन् (हेर्नुहोस् गलाती ३:२७-२९)। परमेश्वरको करारका मानिसहरूको अंश हुँदा हामी ख्रीष्टको नजिक आउँछौँ र एक अर्कालाई मद्दत गर्छौं। यसको अर्थ हामी पृथ्वीमा परमेश्वरको चर्चलाई बलियो बनाउन कार्य गर्छौं। जब हामी हाम्रा करारहरू पालन गछौँ, हामी परमेश्वरबाट शक्ति र मजबुती पाउन सक्छौँ ।

प्रिन्ट गर्नुहोस्