२०२२
आइतबारका चर्चका सभाहरुमा के हुन्छ?
जुन २०२२


“आइतबारका चर्चका सभाहरुका के हुन्छ?,” लियाहोना, जुन २०२२.

मासिक लियाहोना सन्देश, जुन २०२२

आइतबारका चर्चका सभाहरुमा के हुन्छ?

छवि
दुईजना महिलाहरु अङ्गकमाल गर्दै

पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरु हरेक आइतबार परमेश्वरको आराधना गर्न र एक अर्कालाई सुसमाचार सिकाउनका लागि भेला हुन्छन्। सबैलाई सहभागी हुनका लागि स्वागत छ र सदस्यहरुले प्रार्थना गर्ने, वक्तव्य दिने र आफूले चाहेमा पढाउने अवसर प्राप्त गर्नेछन्। यी सभाहरुले सदस्यहरुलाई एक-अर्काका आस्थालाई मजबुत गर्न र “एक-अर्काको हृदयलाई एकता र प्रेममा बुन्न” सहयोग गर्छन् (मोसीयाह १८:२१)।

छवि
व्हीलचेयरमा बसेका केटाले प्रभुभोज बाँढ्दै।

प्रभुभोजका सभा

हरेक आइतबार वार्ड वा शाखाका सदस्यहरु प्रभुभोज सभाका लागि भेला हुन्छन्। (हाम्रो आस्थामा नरहेकाहरुलाई पनि उपस्थित हुन् स्वागत छ। यस सभामा सदस्यहरुलाई येशू ख्रीष्टलाई सम्झनका लागि सहयोग गर्न प्रभुभोज दिइन्छ।(प्रभुभोजका बारेमा थप जानकारीका लागि अप्रिल २०२२ सुसमाचारका आधारभूत लेख हेर्नुहोस् । सभामा प्रार्थना, उपासना सङ्गीत, अनि येशू ख्रीष्टको सुसमाचारका बारेमा सदस्यहरूले दिएका वक्तव्यहरू पनि समावेश हुन्छन् ।

छवि
चर्चमा दुई मुस्कुराउँदै गरेका केटीहरू

अरु सभाहरु

प्रभुभोज सभापछि, सदस्यहरु भिन्न कक्षाहरुमा जान्छन्। १८ महिना देखि ११ वर्षका केटाकेटीहरु प्राथमिक कक्षामा सहभागी हुन्छन्। हरेक महिनाको पहिलो र तेस्रो आइतबार, अरु सबै सदस्यहरु आइतबारे कक्षामा सहभागी हुन्छन्। दोस्रो र चौथो आइतबारहरुमा, उनीहरु राहत समाज, युवतीहरु अथवा पादरित्व गण सभाहरुमा सहभागी हुन्छन्।

प्रार्थनाहरू

सदस्यहरुले चर्चका सभाहरुमा प्राथनाहरु गर्छन्। प्रर्थनाहरु सरल र पवित्र आत्माद्वारा निर्देशित हुन्छन्। सदस्यहरूले स्वर्गका पितालाई प्रेम र आदर व्यक्त गर्ने शब्दहरू प्रयोग गरेर प्रार्थना गर्छन् । यसमा उहाँलाई प्रार्थना गर्दा उपनामहरु हजुर, हजुरकाहजुर समावेश हुन्छन्।

वक्तव्यहरु

विशप्रिकका अथवा शाखा अध्यक्षताका एक सदस्यले प्रभुभोज सभामा वक्तव्य दिन आग्रह गर्नुहुन्छ। यी वक्तव्यहरु येशू ख्रीष्टको सुसमाचारमा केन्द्रित हुन्छन्। वक्ताहरुले उनीहरुका वक्तव्यको तयारी गर्दा धर्मशास्त्रहरु र चर्चका अगुवाहरुका वचनहरुको प्रयोग गर्छन्। उनीहरुले तिनीहरुका जीवनमा सुसमाचारका सिद्धान्तहरुका आशीषहरुका बारेमा गवाही पनि दिन्छन्।

पाठहरू

प्रभुभोजपछि, सदस्यहरुले साना कक्षाहरुमा सुसमाचारका बारेमा सिक्छन्। धर्मशास्त्रहरु, साधारण सम्मेलन अथवा अरु विषयहरुको बारेमा पाठहरू अन्य विषयहरूका बारेमा हुनसक्छन्। पाठको अगुवाइ शिक्षकले गरे तापनि, यो भाषण होइन। कक्षाका सबै सदस्यहरुले विषयका बारेमा आफ्नो मन्तव्य व्यक्त गर्न सक्नेछन्।

छवि
चर्चको मञ्चमा वक्तव्य दिदै मानिस ।

गवाही

महिनामा एक पटक, प्रभुभोज सभामा गवाहीको सभा समावेश हुन्छ। प्रायशः यो महिनाको पहिलो आइतबारमा हुन्छ। यस सभामा, सदस्यहरुले येशू ख्रीष्ट र उहाँको सुसमाचारको गवाही दिन सक्छन्। गवाही दिनु भनेको पवित्र आत्माद्वारा प्रेरित सुसमाचारका सत्यताको घोषणा गर्नु हो ।

तयारी

सदस्यहरुले प्रार्थना गरेर, धर्मशास्त्रहरु पढेर र पवित्र आत्माबाट प्रेरणा प्राप्त गर्न तयार भएर आइतबारका सभाहरुको तयारी गर्छन्। यदि तपाईंलाई वक्तव्य दिन अथवा पाठ पढाउन भनियो भने, तपाईंले सुसमाचारका सिद्धान्तहरू कसरी पढाउन सकिन्छ भनी प्रार्थनापूर्वक सोच्नुहोस्। धर्मशास्त्रहरुको प्रयोग गर्नुहोस्। सत्यताको गवाही दिनुहोस्। आवश्यक भएमा, तपाईका चर्चका अगुवाहरुले तपाइको सहयोग गर्न सक्नुहुनेछ।

प्रिन्ट गर्नुहोस्