२०२२
प्रभुभोज: मुक्तिदातालाई सम्झिने एक तरिका
अप्रिल २०२२


“प्रभुभोज: मुक्तिदातालाई सम्झिने एक तरिका,” लियाहोना, अप्रिल २०२२

मासिक लियाहोना सन्देश, अप्रिल २०२२

प्रभुभोज: मुक्तिदातालाई सम्झिने एक तरिका

छवि
placeholder altText

अन्तिम रात्रीभोज, साइमन डेविद्वारा

उहाँलाई क्रूसमा टाँगिएको अघिल्लो रात, येशू ख्रीष्टले उहाँका प्रेरितहरूसँग अन्तिम भोजमा भेट्नुभयो। त्यहाँ उनीहरुलाई उहाँले पहिलो पटक प्रभुभोज दिनुभयो। उहाँले व्याख्या गर्नुभयो कि यो उहाँलाई सम्झिने एक तरिका हो। प्रभुभोज एक विधि हो जहाँ हामी ख्रीष्टको प्रायश्चित्तको सम्झना गर्नका लागि रोटी र पनि ग्रहण गर्छौं। रोटीले ख्रीष्टको शरीर र पानीले उहाँको रगतको प्रतिनिधित्व गर्छ।

हामी हरेक आइतबार प्रभुभोज सभाको समयमा प्रभुभोज लिन्छौं। हामी भजन गाउँछौं जब पादरित्व वाहकहरू रोटीलाई साना टुक्राहरुमा टुक्र्याउँछन्।

रोटी टुक्र्याउने पादरित्व वाहकहरू ले विशेष प्रार्थना गर्छन्। यी प्रार्थनाहरू सिद्धान्त र करार २०:७७, ७९मा भेटिन्छ। प्रार्थनाहरूले हामीलाई स्वर्गमा रहनुहुने पितालाई हामीले के प्रतिज्ञा गरेका छौं र उहाँले हामीलाई के प्रतिज्ञा गर्नुभएको छ भनेर सम्झाउँछन्।

अन्य पादरित्व वाहकहरू ले प्रभुभोजलाई वार्ड अथवा शाखाका सदस्यहरूलाई बाँढ्छन्। जब हामी प्रभुभोज लिन्छौं, हामी मुक्तिदातालाई र हाम्रा लागि गर्नुभएको उहाँको वलिदानलाई सम्झिन्छौँ। हामीले पनि स्वर्गमा रहनुहुने पितासँग गरेका करारहरू (प्रतिज्ञाहरु) पालना गर्ने पून: प्रतिवद्ध पनि बन्छौँ।

छवि
प्रभुभोज सभामा रोटी ग्रहण गरिरहेकी बालिका

प्रभुभोजलाई आशीषित गर्ने र बाँढ्ने बेलामा हामी श्रद्धापूर्वक बस्छौं। यो हाम्रा लागि येशू ख्रीष्टको जीवन, शिक्षा र प्रायश्चितका बारेमा मनन गर्ने समय हो। उहाँको उदाहरणलाई कसरी अनुसरण गर्ने भन्ने बारेमा पनि हामीले मनन गर्न सक्छौं।

प्रिन्ट गर्नुहोस्