“मोशा र मन्न,” मासिक साथी सन्देशहरू, अप्रिल २०२२
“मोशा र मन्न”
मासिक साथी सन्देश, अप्रिल २०२२
मोशा र मन्न
मोशा एक अगमवक्ता हुनुहुन्थ्यो । उहाँले परमेश्वरका मानिसहरुलाई प्रतिज्ञाको भूमितर्फ लैजानु भयो। उनीहरु धेरै दिनसम्म हिँडे।
मानिसहरु भोकाएका थिए। उनीहरुसँग खानेकुरा थिएन। त्यसैले परमेश्वरले स्वर्गबाट खानेकुरा पठाइदिनु भयो। त्यसलाई मन्नभनियो।
हरेक बिहानी, मानिसहरुले मन्न बटुलेर खान्थे। तर यो रातभर ताजा रहँदैनथ्यो। तिनीहरुने भोलिपल्ट थप जम्मा गर्नुपर्थ्यो।
मन्नले हामीलाई येशू ख्रीष्टको सम्झना गराउँछ। परमेश्वरले मानिसहरुलाई बचाउन मन्न पठाइदिनु भयो। उहाँले येशूलाई पनि हाम्रो रक्षा गर्न पृथ्वीमा पठाउनुभयो। हामीलाई हरेक दिन खानाको आवश्यकता भए जस्तै येशूको आवश्यकता छ।
म येशूलाई अनुशरण गर्छु। उहाँले मलाई हरेक दिन शक्ति दिनुहुनेछ र उहाँको प्रेमको महसुस गराउनुहुनेछ।
© 2022 by Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित। अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९। Monthly Friend Message, April 2022को अनुवाद। Nepali. 18314 372