२०२२
कष्ट सहनेवाला मुक्तिदाता
अप्रिल २०२२


“ कष्ट सहनेवाला मुक्तिदाता,” युवाहरूको शक्तिका लागि, अप्रि २०२२।

मासिक युवाहरुको शक्तिका लागि सन्देश, अप्रिल २०२२

कष्ट सहनेवाला मुक्तिदाता

सयौँ वर्ष अगाडि येशू ख्रीष्ट आउनुभयो, यशैयाले हाम्रा पापहरूका लागि उहाँको कष्टको पूर्वाभास गरेका थिए।

अपमानित र अस्वीकृत

छवि
येशू ख्रीष्टका हातहरु बाँधिएका

जब येशू ख्रीष्ट पृथ्वीमा आउनुभयो, केही मानिसहरुले विश्वास गरे, तर धेरैले गरेनन्। तिनीहरुले उहाँलाई तुच्छ सम्झे र धेरैले उहाँलाई घृणा गरे। अन्तमा, मानिसहरुले उहाँलाई यातना दिने र मृत्यू दिने छनौट गरे। (हेर्नुहोस १ नफी १९:९।)

उहाँले हाम्रा पीडाहरू वहन गर्नुभएको छ

छवि
गेत्समनीमा घुडा टेक्दै येशू ख्रीष्ट

येशू ख्रीष्टले हाम्रा सबै पीडा, विरामीपना र कमजोरी आफैमाथि लिनुभयो। उहाँले यसो गर्नुभयो ताकि उहाँलाई हामीमा दया होस् र हामीलाई कसरी सहयोग गर्ने भनेर समझ होस्। (हेर्नुहोस् अल्मा ७:११-13।)

उहाँलाई हाम्रा उल्लङ्घनहरुका लागि घाइते बनाइएको थियो

छवि
येशू ख्रीष्ट क्रूसमा

येशू ख्रीष्टले हाम्रा पापहरूको पीडा सहनुभयो। हामीले पश्चात्ताप गर्यौँ भने क्षमा प्राप्त गर्न सकौँ भनेर उहाँले यस्तो गर्नुभयो। (हेर्नुहोस् सिद्धान्त र करार १८:११; १९: १५-१९।)

उहाँका डामहरूद्वारा हामीलाई निको पारियो।

छवि
मानिसहरु पूनरुत्थान हुनुभएका येशू ख्रीष्टको हात छाम्दै

“उहाँका डामहरू” उहाँका घाउहरु हुन्। यिनीहरुले उहाँले हाम्रा लागि सहनुभएका सबै पीडाहरू, उहाँको रगतको बहाव र उहाँको मृत्यू सहितको प्रतिनिधित्व गर्छन्। किनकि येशू ख्रीष्टले हाम्रा लागि दुःख भोग्नु भयो, हामी पून: पूर्ण बन्न सक्छौँ । उहाँको वलिदानका कारण हाम्रा पापहरुको क्षमा सम्भव भएको हो। जब हामी पश्चात्ताप गर्छौं र हाम्रा करारहरू पालन गर्ने प्रयास गर्छौं, उहाँले हामीलाई चङ्गाइ दिनुहुन्छ र हामीलाई परिवर्तन गर्नुहुन्छ। (हेर्नुहोस् मोसीयाह ३:७–11; आस्थाका बुँदाहरू १:३।)

प्रिन्ट गर्नुहोस्