“गेत्सेमनी ” युवाहरूको शक्तिका लागि, अप्रिल २०२३ ।
स्थानहरू धर्मशास्त्रहरू बाट
गेत्सेमनी
हाम्रो लागि मुक्तिदाताको पीडा सुरु भएको स्थानका सम्बन्धमा थप जानकारी प्राप्त गर्नुहोस् ।
त्यो कहाँ छ?
जैतून पहाडको भीरमा, यरूशलेमको पूर्वमा (चित्रमा दायाँ, विशाल रूखले सङ्केत गरेको) ।
त्यहाँ के थियो?
जैतूनका रूखहरूको वृक्षवाटिका र सम्भवतः जैतूनबाट तेल लिनका लागि थिच्ने उपकरण ।
यहाँ के भयो?
अन्तिम भोजन पछि, येशू ख्रीष्ट आफ्ना एघार प्रेरितहरूसँगै गेत्सेमनीमा जानुभयो । त्यसपछि उहाँ प्रार्थना गर्न एक स्थानमा जानुभयो र पत्रुस, याकूब र यूहन्नालाई आफूसँगै लैजानुभयो ।
उहाँ “पीडादायी पीडामा द्रवीभूत हुन र अत्यधिक बोझिलो हुन सुरु गर्नु भयो ।” उहाँले भन्नुभयो, “मेरो आत्मा मृत्युसम्मै दुःखी छ” (मर्कूस १४:३३-३४) ।
उहाँले प्रार्थना गर्नुभयो, “पिता, यदि हजुर इच्छुक हुनुहुन्छ भने, यो प्याला मबाट हटाउनुहोस्: यद्यपि मेरो इच्छा होइन, तर हजुरको, पूरा होस् ।
“अनि उहाँलाई मजबूत पार्दै स्वर्गबाट उहाँकहाँ एक स्वर्गदूत देखा पर्नुभयो ।
“अनि पीडामा परेर उहाँले झन् दृढतापूर्वक प्रार्थना गरनुभयो: र उहाँको पसिना रगतका ठूला थोपाहरू जस्तै भुइँमा खसिरहेको थियो” (लूका २२:४२-४४) ।
मुक्तिदाताद्वारा बहन गारिएको यो तीव्र पीडा पछि, उहाँलाई यहूदाद्वारा धोका दिइयो र यहूदी अधिकारीहरू र रोमी सैनिकहरूको समूहद्वारा गिरफ्तार गरियो ।
© 2023 by Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, June 2023 को अनुवाद ।Language. 19026 372