२०२३
पवित्र आत्माले हामीलाई सहयोग गर्न सक्छ
जुन २०२३


“पवित्र आत्माले हामीलाई सहयोग गर्न सक्छ,” लियाहोना, जुन २०२३ ।

मासिक लियाहोना सन्देश, जुन २०२३

पवित्र आत्माले हामीलाई सहयोग गर्न सक्छ

छवि
मानिस बसेर सूर्योदय हेर्दै

पवित्र आत्मा देवप्रमुखको तेस्रो सदस्य हो । धर्मशास्त्रले उसलाई आत्मा, पवित्र आत्मा वा सान्त्वनादाता भनेर पनि उल्लेख गरेको छ । जब हामी उसको आवाज सुन्न सिक्छौँ, उसले हामीलाई येशू ख्रीष्टको गवाही दिने छ र हामीलाई सुसमाचारको सत्यताहरू सिक्न सहयोग गर्ने छ ।

देवप्रमुखका सदस्य

स्वर्गका पिता, येशू ख्रीष्ट र पवित्र आत्मा देवप्रमुख हुनुहुन्छ । उहाँहरूले हामीलाई प्रेम गर्नुहुन्छ र मुक्तिको योजना लाई ल्याउनका लागि एकतामा कार्य गर्नुहुन्छ । स्वर्गका पिता र येशू ख्रीष्टको मासु र हड्डीको शरीर भएतापनि, पवित्र आत्मामा सँग छैन । ऊ आत्मा हो ।

छवि
पिता र पुत्रको रङगीन काँचको चित्र

पिता र पुत्रको साक्षी

पवित्र आत्माले “पिता र पुत्रको साक्षी दिन्छन्” २ नफीलाई ३१:८) । यसको अर्थ यो हो कि हामीले स्वर्गका पिता र येशू ख्रीष्टको गवाही पवित्र आत्माद्वारा प्राप्त गर्न सक्छौँ ।

सत्य प्रमाणित गर्छ

पवित्र आत्माले सबै सत्यको गवाही दिन्छ । उसले हामीलाई सुसमाचार— मुक्तिको योजना, परमेश्वरका आज्ञाहरू, पुनर्स्थापना र येशू ख्रीष्टको प्रायश्चित्त सहित—सुसमाचार सत्य छ भनेर बुझ्न सहयोग गर्ने छ । जब हामी प्रार्थना गर्न निरन्तरता दिन्छौँ, आज्ञाहरू पालना गर्छौँ र सुसमाचारको अध्ययन गर्छौँ, उसले हाम्रो गवाहीलाई मजबुत बनाउने छ ।

छवि
कम्पास समातिरहेको हात

हामीलाई मार्गदर्शन दिन्छ र सुरक्षा गर्छ

पवित्र आत्माले हामीलाई हाम्रा निर्णयहरूमा मार्गदर्शन गर्न र शारीरिक र आध्यात्मिक खतराबाट सुरक्षित गर्न सक्छ । हामीले प्रार्थना गऱ्‍यौं र सही गर्ने प्रयास गऱ्‍यौं भने उसले हामीलाई हाम्रा प्रश्नहरूको जवाफ प्राप्त गर्न सहयोग गर्ने छ । उसले हामीलाई सदैव “असल गर्न” मार्गदर्शन गर्ने छ (सिद्धान्त र करार ११:१२) ।

हामीलाई सान्त्वना दिन्छ ।

पवित्र आत्मालाई कहिलेकाहीँ “सान्त्वनादाता” भनिन्छ (यूहन्ना १४:२६) । उसले हामीलाई “आशा र पूर्ण प्रेमले” भरीपूर्ण पार्न सक्छ (मोरोनी ८:२६) जब हामी चिन्तित, दुःखी वा त्रसित हुन्छौँ । जब उसले हामीलाई परमेश्वरको प्रेम महसुस गर्न सहयोग गर्छ, हामी निराशामाथि विजय प्राप्त गर्न सक्छौँ र हाम्रा परीक्षाहरूमा मजबुत बनाइन सक्छौँ ।

पवित्र आत्माको उपहार

हामीले बप्तिस्मा गरिसकेपछि, हामीले प्रमाणीकरण भनिने विधिमा पवित्र आत्माको वरदान प्राप्त गर्छौँ । हामीले एकपटक यो वरदान प्राप्त गरेपछि, हामीले पवित्र आत्माको साथ निरन्तर प्राप्त गर्न सक्छौँ जबसम्म हामी धार्मिक रूपमा जिइरहेका हुन्छौँ ।

छवि
महिला धर्मशास्त्र अध्ययन गर्दै

जे किर्क रिचर्डसद्वारा चित्रण

हामी कसरी पवित्र आत्मालाई सुन्छौँ

पवित्र आत्माले विभिन्न तरिकामा मानिसहरूसँग सञ्चार गर्छ । यसमा शान्तिपूर्ण, सान्त्वनादायी अनुभूतिहरू वा के भन्ने वा गर्ने सम्बन्धमा अन्तर्दृष्टिहरू समावेश हुन सक्छन् । जब हामी निर्देशनका लागि प्रार्थना गर्छौं र उसको प्रोत्साहनहरू सुन्छौँ, उसले हामीसँग कसरी बोल्छन् भनेर हामी सिक्न सक्छौँ ।

प्रिन्ट गर्नुहोस्