२०२३
अब ख्रीष्ट उठ्नुभयो
सेप्टेम्बर २०२३


“अब ख्रीष्ट उठ्नुभयो,”, युवाहरूको शक्तिका लागि, सेप्टेम्बर २०२३ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, सेप्टेम्बर २०२३

अब ख्रीष्ट उठ्नुभयो

येशू ख्रीष्टको पुनरुत्थानको बारेमा प्रेरित पावलले के सिकाए जान्नुहोस् ।

छवि
पुनरुत्थापित येशू ख्रीष्ट

पुनरुत्थापित येशू ख्रीष्ट, विल्सन जे. अङ्गद्वारा

अब ख्रीष्ट मृत्युबाट उठ्नुभएको छ

येशू ख्रीष्ट क्रूसमा मर्नुभयो, चिहानमा राखिनुभयो र तेस्रो दिनमा मृत्युबाट उठ्नुभयो ।

सुतेकाहरू मध्येमा प्रथम फल

यहाँ प्रथम फल को लागि प्रयोग गरिएको ग्रीक शब्दको अर्थ वर्षको सबैभन्दा प्रारम्भिक बाली हो । यो काटिएको फसलको पहिलो हो—आउने धेरै मध्येको पहिलो ।

तिनीहरू जो सुतेका वाक्यांशको अर्थ “तिनीहरू जो मृत्यु भइसकेकाहरू” हो ।

येशू ख्रीष्ट पहिलो पुनरुत्थान हुनुहुन्थ्यो र उहाँको पुनरुत्थान पछि, सबै मानिसहरू पुनरुत्थान हुने छन् ।

मानिस द्वारा मृत्यु आयो

यो आदमको बारेमा कुरा गरिएको हो । उनको पतनको अर्थ संसारमा आउने सबै मानिसहरू मर्ने छन् । (हेर्नुहोस् मोशा ४।)

ख्रीष्टमा सबै जीवित हुने छन्

येशू ख्रीष्टको पुनरुत्थानको कारणले गर्दा, सबै मानिसहरूको पुनरुत्थान हुने छ । यसको मतलब यो हो कि जो पहिले जीवित थिए वा यस पछि जिउने छन् तिनीहरू पुनरुत्थान हुने छन् । हाम्रो आत्माहरू हाम्रो शरीरसँग पुनर्मिलन हुने छ र हाम्रो शरीर पूर्ण र अमर हुने छ । (हेर्नुहोस् अल्मा ११:४३–४५।)

प्रिन्ट गर्नुहोस्